जिन्दगी एक महान पुरस्कार

जीवनको पाठशालामा बुझेको अत्यन्त महत्वपूर्ण कुरा होे— “ओठमा मुस्कान, हातमा कर्म, हृदयमा करुणा र मनमा विचारको गहिराइ लिएर, जीवनमा असल घटना पक्कै घटित हुनेछन् भनी पर्खेर बस्ने धैर्य भयो भने खुशी हुनबाट कसैले रोक्न सक्दैन ।” यो बुझाइले जिन्दगीको यात्रालाई सजिलो बनाएको छ ।

१ मैले जीवनको पाठशालाबाट धेरै सिकेको छु । यस्तो लाग्छ, जीवनबाट सिक्ने क्रम जारी राखिएन भने एक किसिमले मानिसको मृत्यु हुन्छ । शारीरिक रूपमा ठीकठाक तन्दुरुस्त भएर मात्रै पुग्दैन, मान सिक रूपमा ठीक भएर मात्र पनि पुग्दैन । मान्छेलाई जे कुरा ले साँच्चैको मान्छे बनाउँछ त्यसलाई कायम र जीवित राख्नका लागि जीवनबाटै सिक्नुपर्छ, सिकी नै रहनुपर्छ । अनि जीवनबाट सिक्नुपर्ने सबभन्दा महत्वपूर्ण कुरा जीवनकै बारेमा हो ।

धेरै कुरा ले मानिसलाई सिकाइबाट विमुख गरिदिन्छन् । राम्रै ठानिएका कति कुरा पनि गतिहीनताको कारक हुन सक्छन् । उदाहरणका रूपमा आस्थालाई हेरौं । आस्थालाई हामी पवित्र मान्छौं, आस्थाका बारेमा कुरा गर्दा हामी निकै सचेत हुन्छौं । तरगहिरिएर हेर्ने हो भने आस्थाको समेत यस्तो नकारात्मक पक्ष हुन्छ । जब कोही आफ्नै आस्थाको बन्दी हुन्छ, उसले जीवनबाट सिक्न छाड्छ । ऊ पनि गतिहीन हुन्छ । व्यक्तिको समर्पण आस्था प्रति हैन, सत्यप्रति हुनुपर्छ । आस्था भनेको त सत्यको चित्र मात्र हो, व्यक्ति आफैंले कोरेको । उसले एउटा निश्चित समयमा बुझेको सत्यको छायाँ मात्र हो त्यो– अनेकन् सीमाले घेरिएको । जो व्यक्ति सत्यप्रति समर्पित हुन्छ ऊ त निरन्तर सत्यको खोजमा, सत्यको दिशामा हिंडी नै रहन्छ । हरेक पाइलामा उसले अनुभूत गर्छ– आफूले बुझेको भन्दा त सत्य धेरै विराट रहेछ, धेरै टाढा रहेछ । सुदूर क्षितिजको दिव्य प्रकाशपुन्जले झै मानिसलाई दिशाबोध गराइरहन्छ सत्यले । गति प्रदान गरिरहन्छ । यति बुझने व्यक्ति आफ्नो आस्थाको कैदी हुदैन । मृत्युको मुखमा पुगुञ्जेलसम्म पनि ऊ सत्यतर्फको यात्रामा लागिरहन्छ । जीवन एउटा महान यात्रा हो जहाँ हरेक क्षण सिक्नलाई केही न केही नयाँ भेटिन्छ । ­

२ औपचारिक सिकाइ पनि जरूरी छ । तर हामीले बुझनैपर्ने कुरा के भने यसको दायरा साह्रै साँघुरो हुन्छ । बहुआयामिक मानव जीवनलाई बुझन बहुमार्गको आवश्यकता पर्छ । तीमध्ये सजिलो, सूत्रबद्ध र व्यवस्थित मार्ग हो औपचारिक सिकाइ । हामीले प्रयोग गर्नु पर्ने थुप्रै बाटाहरूमध्येको एउटा बाटो मात्र हो त्यो । जिन्दगीको विराट पाठशालाको तुलनामा कुनै पनि विश्वविद्यालय ज्यादै साँघुरा हुन्छन्, साना हुन्छन् ।

३ हाम्रो सन्दर्भमा सामान्यतया बीस वर्षपछि मात्र व्यक्तिको वृत्तिविकास शुरू हुन्छ र पचास वर्ष पुग्दा नपुग्दा ऊ सफलताको उचाइमा पुग्छ । बीस देखि पचास वर्षको जीवनयात्रा उकालो हो । पचास वर्ष पछि व्यक्ति विस्तारै ओरालो लाग्न थाल्छ । बीस देखि पचास बीचका तीस वर्षमा कसैको प्रभाव क्षेत्र जुनगतिमा बढ्छ, ५० वर्षपछि त्यहीगतिमा प्रभाव क्षेत्र घट्न थाल्छ । निर्णय क्षमता ह्रास हुन्छ र ८० वर्ष पुगेपछि त व्यक्ति फेरि २० वर्ष उमेर भन्दा अघिकै जस्तो निरीह, आफैं निर्णय गर्न नसक्ने, अरूप्रति निर्भर रहनु पर्ने स्थितिमा पुग्छ ।

पचास वर्ष पुग्न अब केही वर्ष मात्र बाँकी रहँदा म झ्स्केको थिएँ; शायद ‘बुढेसकालमा’ प्रवेश हुन लागेको त्रासले । तर अर्को कोणबाट हेर्दा जीवनको उकालीमा आफूले गरेका गल्तीलाई सुधार्ने, बालेको बत्तीलाई अझ् उज्यालो पार्ने, गरेका राम्रा कामलाई अझ् विस्तार गर्ने र आफूले रोपेको राम्रो बिरुवालाई हुर्काउने मौका पनि त हो जीवनको ओराली । म शिखरमा पुगेर अब ओरालो झ्र्दैछु, तर यो मेरोे पुनर्जन्म जस्तै पनि त हो । धेरै कुरा हरू पहिलाभन्दा बुद्धि पुर्‍याएर गर्न सकुँला ।
तर मिसन ? के हुन सक्ला त ५० पछि मेरो जीवनको मिसन ?

यो प्रश्न सँगै जोडिएर आयो अर्को सार्वकालिक प्रश्न– जीवन के हो ?
“जीवन के हो” भन्ने प्रश्न सम्भवतः हरेक युगमा सर्वाधिक सोधिने प्रश्नहरूमध्येको हो । यसको उत्तर भने जहिले पनि उत्तिकै कठिन छ । यो कठिन तर सार्वकालिक महत्वको प्रश्नले मलाई पनि अरूलाई जस्तै धेरै सताएको छ ।

मान्छेको प्रजातिलाई आजको युगमा आउन लाखौं वर्ष लागेको छ । आज मैले पाएको जीवन– मानव जीवन– साँच्चै अद्भुत छ । जीवित हुनु नै पनि आफैंमा चमत्कार हो । त्यस माथि मान्छेको जीवनले त कति गर्न सक्छ कति । मानव ेतर अरू प्राणीले के के अनुभूति गर्छन्, हामीलाई थाहा छैन । तर मान्छेकै आँखाले हेर्दा त एउटा पुतली, वा सर्प, वा कुकुर वा अरू कुनै पनि प्राणीको भन्दा बढी स्वतन्त्रता हामीले पाएका छौं । प्रकृतिले कसैलाई एकदमै धेरै दिएको छ भने, मानिस मात्रलाई दिएको छ । त्यसैले जीवन अमूल्य छ, साह्रै महत्वपूर्ण छ । एउटा महान पुरस्कार जस्तो छ ।

यति अमूल्य जीवन हामीसँग छ भने त्योगह्रुँगो पनि हुनुपर्छ । त्यसले केही बोकेको हुनुपर्छ । तर म फेरि पनि उही प्रश्नमा बारम्बार फर्की रहें– ५० वर्षपछि के गर्ने त ?

छटपटीकै बीचमा ५० वर्ष पनि पुगें । अझै पनि आफ्नै मिसनको अत्तोपत्तो थाहा नभए जस्तो स्थिति थियो । एक दिन एक्लै हिंडिरहेको बेलामा मभित्र कोही बोलेको जस्तो लाग्यो, कसैको आवाज सुनेजस्तो लाग्यो— “तँ अब एउटा सिङ्गो मिसनका बारेमा सोच्न छोड्दे । अब एउटा चिज मात्र गर्छु भन्ने नसोच । सगरमाथा चढेर रेकर्ड तोड्दा पनि केही हुनेवाला छैन । अब जति जीवन बाँकी छ, निरन्तर सत्यतर्फको यात्रामा अघि बढ । ठीक ठीक ठाउँमा पाइला राख ।गलत ठाउँमा होइन ।”
त्यसपछि मलाई एकदमै ठूलो राहत मिले जस्तो भयो । लामो समय देखि को जीवन र ‘मिसन’बारेको छटपटीबाट मुक्ति मिल्यो । सत्यतर्फको यात्रामा अघि बढ्न र जीवनको बृहत् पाठशालाको छात्र भइरहन मद्दत पुग्यो । जीवनको पाठशालाले मलाई सिकाएको यो अमूल्य पाठ हो ।

४ तीस वर्षको उमेरमा “केहीगरौं” भन्ने ऊर्जा अलि बढी नै हुन्छ । त्यतिबेला धेरै असल साथीहरूको सङ्गत भयो । गुरुको रूपमा साथीहरू फेला परे । र उनीहरूसँग को सत्संग कक्षाकोठा जस्तो भयो । एकजना साथी (टीका भट्टराई)ले कसैलाई उद्धृत गर्दै भने— “सम्पूर्ण जगतमा आफूले अनुशासित गर्न सक्ने त एकजना मात्र हुँदो रहेछ । र; त्यो भनेको आफैं हो ।”

यो कथनले मलाई धेरै वटा तनावबाट मुक्त गरिदियो । “फलाना नेताले यसोग¥या भा’ हुन्थ्यो, उसोग¥या भा’ हुन्थ्यो” भन्छौं । खेलाडीले फूटबल हानिरहेको हुन्छ, “उसलाई पास दिएको भा’ हुन्थ्यो नि” भन्छौं,गाली गर्छौं । तर के अर्थ हुन्छ यसको ? अरूले गरिरहेको कामका बारेमा हामी निर्णय त गर्न सक्दैनौं । हामीले आफूले गर्ने कामको बारेमा, आफ्नै छनोटको बारेमा मात्र निर्णय गर्न सक्ने हो । आफूलाई मात्र अनुशासनमा राख्न सक्ने हो ।

म कसैसँग रिसाइरहेको हुन्छु उसले ठीक गरे न भनेर । तर उसलाई छुँदैन मेरो रीसले । रिसाउँदा ढुकढुकी आफ्नो बढेको छ, रक्तचाप आफ्नो बढेको छ, उमेर आफ्नो घटेको छ, तर सम्बन्धित व्यक्तिलाई केही भएको छैन । अर्काको बारेमा चिन्तित भएर, अरूसँग रिसाएर, अरूको बारेमा धेरै सोचेर, अरूका कुरा काटेर आफूलाई दुः खी बनाउनुको कुनै अर्थ रहेनछ !

५ तथापि म बुद्ध भइसकेको होइन । रिसाउने र अरूको कर्मप्रति आक्रोशित हुने मेरो बानी हटिसक्यो भन्ने पनि होइन । त्यो प्रवृत्ति अझै बाँकी छ । अझै पनि अरूको कटु आलोचना गर्छु, मेरो मुखबाट अझै पनि कठोर शब्दहरू निस्कन्छन् । तर आफूलाई संयम र अनुशासित राख्न मद्दत गर्ने केही कला विस्तारै सिक्दैछु जीवनबाट । र त्यो महत्वपूर्ण कला हो– अरूका मन नपर्ने गतिविधिलाई हेर्दा ऐनाका रूपमा हेर्ने । यो अति महत्वपूर्ण सिकाइ हो मेरो जीवनको ।

कोही अत्यन्त लोभी मानिस भेटिन सक्छ कुनै बेला । कुनै बेला एउटा क्रोधी भेटिएला । कुनै बेला वासनाको दास; घिनलाग्दो कामुक व्यक्ति देखा पर्ला । यस्ता मानिससँग घिन लाग्न सक्छ, रीस उठ्न सक्छ, तिनका कारण आफ्नो मन व्याकुल हुन सक्छ । तीबाट जोगिने काम आफ्नो हो । तर रिसाएर त काम छैन । बरु तिनलाई ऐना ठानेर हेर्दा त्यो ऐनामा जे देखिन्छ, त्यसलाई आफैंभित्र लुकेको लोभ, क्रोध, वासनाको ‘म्याग्निफाइड इमेज’का रूपमा हेर्न सक्नुपर्ने रहेछ । असुन्दर त त्यो अर्को मानिस देखि एको छ । तर उसको माध्यमले आफ्ना कमजोरी देख्न सके तिनलाई जित्ने उपाय गरिएला । यसो गर्दा मनको शान्ति मात्र हैन, आत्मविकास लाई पनि टेवा पुग्छ ।

६ जीवनको पाठशालामा बुझेको अर्को अत्यन्त महत्वपूर्ण कुरा होे— “ओठमा मुस्कान, हातमा कर्म, हृदयमा करुणा र मनमा विचार कोगहिराइ लिएर, जीवनमा असल घटना पक्कै घटित हुनेछन् भनी पर्खेर बस्ने धैर्य भयो भने खुशी हुनबाट कसैले रोक्न सक्दैन ।” यो बुझइले जिन्दगीको यात्रालाई सजिलो बनाएको छ । कुनै कुनै बेला मभित्र लामो समय पर्खिने धैर्य नहोला, हृदयमा करुणाभाव पनि नहोला, म कठोर पनि बनुँला तर त्यो होशलाई मात्रगुम्न नदिंदा पनि जीवन सहज र सुन्दर हुँदो रहेछ ।

७ मान्छेको जीवन यात्राका हरेक पाइलामा दुईवटा बाटा देखा पर्छन्— एउटा अन्धकारतर्फको र अर्को उज्यालोतर्फको । धार्मिक भाषामा एउटा नर्कको बाटो, अर्को स्वर्गको । एउटा मृत्युन्मुख, अर्को जीवनोन्मुख । एउटा प्रगतिशील, अर्को अधोन्मुख ।

हरेक पाइलामा यी दुईमध्ये हामीलाई कुनै एउटा बाटो छान्ने स्वतन्त्रता छ, दुईमध्ये एउटा बाटो छान्न सक्छांै । यता जाने कि उता जाने ? तिमी यही बाटो हिंड्नुपर्छ भनेर कसैले भनेको छैन । तर त्यहाँ उज्यालो बाटो छ र अँध्यारो बाटो पनि ।

अझ् महत्वपूर्ण के छ भने एउटा बिन्दुमा एउटा बाटो रोजिसके पनि अर्को पाइलामा फेरि दुई बाटा छुट्टिन्छन्, फेरि पनि छान्न सकिन्छ कता लाग्ने भनेर । नकारात्मक बाटोमा लागेकै भए पनि त्यो अन्त्य होइन, किनकि अँध्यारो बाटोमा हिंड्दाहिंड्दै उज्यालो बाटो लाग्ने मौका हुन्छ । यो ठूलो स्वतन्त्रता हो मान्छेले पाएको ।

८ धेरैले मानिस असल हुन दुः खी हुनुपर्छ भन्ने ठान्छन् । तर मलाई त्यस्तो लाग्दैन । जीवन खुशी हुनका लागि हो । त्यसो हो भने जीवनलाई किन ‘इन्ज्वाय’ न गर्ने ? किन खुशी नहुने ? म भन्छु, जीवनको भरपुर मज्जा लिनुपर्छ । भात खाइरहनु भएको छ भने चपाएर स्वाद लिएर खानुहोस् । संगीत सुनिरहनु भएको छ भने रमेर सुन्नुहोस् । कुनै बेला रक्सी नै पिउन मन लाग्छ भने त्यो धोक्ने होइन, त्यसको थोपा थोपाको स्वाद लिएर पिउनुहोस् ।

तैपनि मानिसहरू दुः खी हुन्छन्; बाँच्न नजानेर मात्रै हो त ?
मैले धेरै त्यस्ता मानिस देखेको छु जो असाध्यै धनाढ्य छन् । तर तिनले जिन्दगीको स्वाद पाएका छैनन् । पटक्कै जीवनको आनन्द लिन जानेका छैनन्; किनभने तिनले बुझदैनन्– जिन्दगीको अर्को अर्थ हो अरूसँग बाँड्नु । कुनै मीठो चिज तपाईंले बनाउनुभएको छ, त्यो एक्लै खानु र साथीसँग बसेर खानुमा ठूलो अन्तर छ । एक्लै बसेर संगीत सुन्नु र साथीसँग बसेर सुन्नुमा ठूलो भिन्नता छ । त्यसैले जिन्दगीको मज्जा लिने अर्को माध्यम हो सकेसम्म अरूसँग बाँड्नु । भौतिक कुरा मात्र हैन, खुशी, अनुभव, ज्ञान जस्ता कुरा पनि अरूसँग बाँड्न सकिन्छ ।

९ मान्छे स्वभावैले स्वार्थी हुन्छ । जो मान्छे “म स्वार्थी छैन” वा “मेरो स्वार्थले यो काम गर्न लागेको होइन” भन्छ त्यससँग होशियार हुनुपर्छ । किनभने उसले ठाडै ढाँटिरहेको छ । त्यसरी ढाँट्न सक्ने मानिस घातक हुन्छ । मेरा मनपर्ने लेखक स्कट पेक भन्छन्— मान्छेको स्वार्थको घेरा जति फराकिलो हुन्छ त्यति नै ऊ हुर्किन्छ । स्वार्थ हुन्छ । ‘इगो बाउन्ड्रिज’को भित्ता जति पातलो हुन्छ र घेरा जति फराकिलो हुन्छ उज्यालोको यात्रामा त्यति नै अघि बढिन्छ । ‘म’ जति जति पातलिंदै, फराकिलो हुँदै जान्छ, त्यो ‘म’को दूरी अरूसँग घट्दै जान्छ, त्यो ‘म’मा धेरै समेटिन्छन् । छिमेकी, देश र समाज नै व्यक्तिको फराकिलो ‘स्वार्थ’मा समेटिन्छ । स्वार्थ नहुने होइन, स्वार्थ संकीर्ण हुनुभएन; मानिस निस्वार्थ हुन सक्दैन र हुन खोज्ने निरर्थक प्रयास गर्नु पनि हुँदैन । आफ्नो स्वार्थलाई अरूको स्वार्थसँग जोडेर बृहत् बनाउनु परयो । यसले हराम्रो विकास र सत्यतर्फको यात्रामा निरन्तर लाग्न प्रेरित गर्छ । आफ्नो स्वार्थलाई जति फराकिलो पारयो त्यति नै जिन्दगीबाट सिक्न पनि सकिन्छ ।

१० मान्छेको जिन्दगी यस्तो मैदान हो, जसको ढोकाबाट शैतान वा भगवान जो पनि पसेर खेल्न सक्छ । कतिखेर कसका लागि ढोका खोल्ने भन्ने फेरि मान्छेकै हातमा छ । भगवान भन्दा शैतान आकर्षक र बलशाली हुन्छ । त्यसैले धेरै मान्छेले शैतानका लागि खेल्ने मौका दिन्छन् । शैतान छद्मभेषी हुन्छ । शैतानले समाइरहेको हुन्छ, उसले ठाउँ छाड्दैन । त्यही भएर मानिसको जीवनमा राग, द्वेष, घृणा, आक्रोश, वासना आदिले सजिलै स्थान लिन्छन् । तर होश मात्र कायम राख्न सके शैतानलाई कमजोर बनाउन सकिन्छ ।

प्रस्तुतिः बाबुराम विश्वकर्मा

commercial commercial commercial commercial