प्रश्नपत्र खुस्काउने यो काइदा !

“...गोप्य कोठामा पूरा खानतलासी लिइएका विश्वासिला कर्मचारीहरूले टाइपिङ र लिथोमेसिनबाट जिम्मेवार व्यक्तिको निगरानीमा प्रश्नपत्र तयार गर्ने गर्दथे । काम सकिएपछि उनीहरूको शरीर सम्पूर्ण खानतलासी गरेर मात्रगोप्य कोठाबाट बाहिर जान दिइन्थ्यो । त्यसरीगोपनीयता कायम गरिंदा पनि एकपटक प्रश्नपत्रकोगोपनीयता भङ्ग हुन गयो । धेरै अनुसन्धानपछि के थाहा भयो भनेगोप्य कोठामा काम गर्ने एकजना कामदार सेतो कुर्ता–सुरुवाल लगाएर आउने गर्दा रहेछन् र लिथो कार्य समाप्त गरी धुल्याउन भनी छुट्याएको सुकिनसकेको कालो मसीसहितको स्टेन्सिल कागजमा थ्याच्च बस्ता रहेछन् । स्टेन्सिलमा काटिएका अक्षरहरू त्यसरी आफ्नो सुरुवालमा उतार गरेर उनी बाहिर निस्किंदा रहेछन् । ती कामदारले त्यसपछि सुरुवालमा उतार भएका उल्टा अक्षरहरूको प्रयोग गरी प्रश्नपत्रमा सोधिएका प्रश्नहरू केही मूल्य लिई बेच्ने गरेको जानकारी भयो ।

त्यस समस्याको उचित समाधान निकालिएछ, तर मुख्य कुरा गोपनीयता भङ्ग गर्न त्यस्ता नवीन उपाय पनि अपनाउन सक्ता रहेछन् र यी र यस्ता अनेकौं उपायहरूबारे बेलैमा ध्यान पुर्याउन सक्नुपर्दो रहेछ भन्ने थाहा भयो ।”

विद्यार्थीको उद्धार

........परीक्षामा चोरी गरे बापत निष्कासन गरिनु अथवा परीक्षामा राम्रो गर्न नसकेर असफल हुनु त स्वाभाविक नै देखिन्छ, तर राम्रो अध्ययन गरी परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सक्षम विद्यार्थीले पनि पढाइबाट हात धुनुपर्ने अवस्था आयो भने त्यसलाई के भन्ने ? त्यस्तै एउटा घटना घटेको थियो, जुन बडो जुक्ति लगाएर समाधान गरियो । घटना यस्तो रह्योः

भरतपुर मेडिकल कलेजमा पढ्ने एकजना गैर आवासीय भारतीय विद्यार्थी बेसिक साइन्सका १३ वटा पेपरमध्ये एउटा पेपरको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएछन् । पुनः परीक्षाहरूमा पनि सफल हुन सकेनछन् । उनले अन्तिमपटक त्यस विषयको पुनः परीक्षा दिने समय आयो । त्यस परीक्षामा पनि उत्तीर्ण नभए उनले आफ्नो मेडिकल पढाइ जारी राख्न पाउँदैनथे । त्यस्तो मान सिक तनावमा रहेका ती विद्यार्थी मलाई भेट्न आए र आफ्नो समस्या सुनाए । ‘परीक्षामा अनुत्तीर्ण भएको कुरा मा म के गर्न सक्छु र ?’ भनी उनलाई मैले फर्काउन खोजें । तर उनले जुन कागजपत्र देखाएर आफ्नो व्यथा सुनाए, त्यस कुरा ले मलाई उनको समस्या सम्बोधन गरिनुपर्दछ भन्ने लाग्यो ।

कुरा के भएको रहेछ भने जुन विषयको परीक्षामा उनी पटक पटक विफल हुन्थे, त्यस विषयका विभागीय प्रमुख र उनको परिवारबीच विगतमा मनोमालिन्य भएको रहेछ । त्यसको रीस उक्त प्राध्यापकले ती विद्यार्थी माथि पोखेका रहेछन् । त्यस कुरा को पुष्टि, ती विद्यार्थीले अन्य सबै विषयको परीक्षामा उल्लेखनीय रूपमा रराम्रो गरेको बाट पनि भयो । जबकि त्यही एक विषयको प्रयोगात्मक खण्डमा दुई–तीन नम्बरले गर्दा अनुत्तीर्ण भएको देखि यो ।

उनको उजुरी माथि जाँचबुझ गरी उचित कदम चालिनेछ भनी ती विद्यार्थीलाई मैले बिदा गरे । त्यसपछि हामीले सम्बन्धित कलेजबाट गोप्य तरिकाले विद्यार्थीको शैक्षिक र अन्य गतिविधिबारे आवश्यक सूचनाहरू सङ्कलन गर्यौ । विद्यार्थीको दाबी पुष्टि भएपछि तिनलाई उद्धार गर्ने जुक्ति रच्नुपर्ने भयो । साधारणतया विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षामा सम्बन्धित कलेजको विभागीय प्रमुखलाई प्रयोगात्मक परीक्षाको अवधिमा त्यी विभागमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था मिलाएका थियौं । तर त्यस मुद्दामा उक्त विभागीय प्रमुखलाई परीक्षकका रूपमा कायम राख्ता माथि उल्लिखित विद्यार्थीको अहित हुने सम्भावना थियो । त्यसैले उनलाई विशेष अनुरोध गरेर विश्वविद्यालयका तर्फबाट अन्य मेडिकल कलेजमा परीक्षा निरीक्षण गरिदिन आग्रह गर्यौ । उनले त्यसो गर्न आनाकानी गरेका थिए । तर हराम्रो विशेष आग्रहमा उनले सहयोग गरे । उनको अनुपस्थितिमा गरिएको परीक्षामा सम्बन्धित विद्यार्थीले रराम्रो अङ्क ल्याई उत्तीर्ण गरे र क्लिनिकल विषय पढ्न उनी योग्य भए ।

ती विद्यार्थी बाँकी अवधिको पढाइ पनि राम्ररी सम्पन्न गरी एमबीबीएस उपाधि प्राप्त गर्न सफल भए । त्यसपछि उनी लण्डनमागई आफ्नो व्यवसायको अभ्यास गर्न थाले । आफूलाई न्याय दिलाएकोमा लण्डनबाट उनी पटकपटक विश्वविद्यालयलाई धन्यवाद पत्र पठाउने गर्दथे । त्यसरी एकजना होनहार विद्यार्थीको जीवनलाई नकारात्मक प्रभाव पर्नबाट बचाउन सकिएको थियो ।”

(नेपालमा निजी लगानीका मेडिकल कलेजहरूको जन्म र विकास को इतिवृत्त समेटिएको प्रकाशोन्मुख पुस्तकबाट साभार । लेखक काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्ट्रार हुन् ।)



 

commercial commercial commercial commercial