बसाइँसराइ र विप्रेषणका कुरा

दक्षिण अमेरिकी राष्ट्र होन्डुरसको कुनै एउटा गाउँका बासिन्दाले रोजगारीमा बाहिर गएकाहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) को पैसा गाउँमा जलविद्युत् आयोजना निर्माणमा लगानी गरे । गाउँका सबै घरमा बिजुली बत्ती बल्न थाल्यो ।

होन्डुरसको यस्तो घटना वा प्रयासले हामीलाई पनि विप्रेषणबाट भित्रिएको रकम हराम्रो समुदायमा जलवायु परिवर्तनका असरहरूसँग जुध्न सहायक हुने संयन्त्र र जलविद्युत् वा त्यस्तै कुनै आयोजनाको विकास मा लगानी गर्ने प्रेरणा दिन्छ ।

नेपालको इतिहासमा १८औं शताब्दीको अन्त्य देखि नै जीविकोपार्जनका लागि पहाडी क्षेत्रबाट मुलुकका अन्य भू–भाग वा छिमेकी राष्ट्र भारतमा बसाइँ सर्ने क्रम शुरू भएको हो । यो क्रम सन् २००० तिर आइपुग्दा अझ व्यापक भयो । यसो हुनुका मुख्य तीन कारण देखिन्छन्ः पहिलो; खाडी क्षेत्र तथा दक्षिण पूर्वी एशियाको अर्थतन्त्रमा उल्लेखनीय मात्रामा श्रम शक्तिको माग हुनु, दोस्रो; देशभित्र बढ्दै गएको राजनीतिक अस्थिरता तथा असुरक्षा र तेस्रो; राष्ट्रिय अर्थ प्रणालीमा रोजगारीको सिर्जना हुन नसक्नु । यीमध्ये नेपाल सरकारले राहदानी वितरण प्रक्रिया विकेन्द्रीकरण गरी जिल्ला जिल्लाबाटै पाउने व्यवस्था गरिदिनुले पनि यो क्रमलाई सघाउ पुग्यो ।

नेपालको अर्थतन्त्रको विस्तार र निरन्तरतामा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ । सन् २०११ मा प्रकाशित विश्व ब्याङ्कको तथ्याङ्क अनुसार त्यसअघिको आर्थिक वर्षको कुल उत्पादनमा विप्रेषणले २३ प्रतिशत अंश ओगटेको थियो । सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट) नेपालले मध्य नेपालको मुस्ताङ देखि तराईको कपिलवस्तु जिल्लाका ६ वटा गाविसमा गर्दै आएको अध्ययनको क्रममा पनि विप्रेषणले स्थानीय जनजीवनमा महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । मुस्ताङ जिल्लाको कागवेनी, म्याग्दीको राम्चे, अर्घाखाँचीको हंसपुर, कास्कीकोरूपाकोट, पाल्पाको मदनपोखरा र कपिलवस्तुको दुविया गरी ६ वटै गाविसमा जीविकोपार्जनको मुख्य आधार कृषि भए पनि आयआर्जनको प्रमुख दोस्रो स्रोत विप्रेषण बनेको छ । अध्ययनबाट ६ वटै गाविसमा बढीमा २० प्रतिशत घरधुरीलाई मात्रै आफ्नो उत्पादनले वर्षैभरि खान पुग्ने देखि यो । जीविकोपार्जनका लागि विकल्पहरू खोज्दै ती गाविसका हरेक परिवारबाट औसतमा एकजना युवा मुलुक बाहिर गएको भेटिन्छ ।

विगत १५–२० वर्षको अन्तरालमा नेपालकोग्रामीण जीवनशैलीमा क्रमिक परिवर्तन हुँदै आएको छ । हिजोका दिनमा खेतीपाती र पशुपालनलाई नै खाद्यान्न र आयआर्जनको महत्वपूर्ण स्रोतको रूपमा लिनेग्रामीण समुदायहरू आज विस्तारै जीविकोपार्जनका अन्य विकल्प खोज्दै छन् । परिवर्तनको अर्को क्रम पनि छ । आधुनिक शिक्षाको विकास सँग सँगै पशुपालन तथा परम्परागत कृषि व्यवसायमा युवापुस्ताको रुचि घट्दैछ । साथै, चरण क्षेत्रको अभाव, सिंचाइको कमी र गाउँमा युवा जनशक्तिको अभावका कारण कतिपय कृषियोग्य जमिनहरू बाँझे समेत रहन थालेका छन् । कोदो फल्ने पाखोमारूखबुटा झङ्गिएको; मकै लाग्ने बारीलाई बुट्यानले ढाकेको र धान खेतहरूमा घाँस पलाएको देखिन्छ ।

बसाइँसराइ गरी वैदेशिक रोजगारीमा जानु व्यक्ति र घरपरिवारको निजी निर्णय हो । तर अविकसित मुलुकमा रोजगारी र जीविकोपार्जनका उपयुक्त अवसर सिर्जना नहुँदा, बसाइँसराइ व्यक्तिगत इच्छा भन्दा पनि बढी बाध्यता बन्ने गरेको छ । यसरी जनसङ्ख्या चलायमान हुँदा मुलुकमा र घरमै पनि राम्रा र नराम्रा सामाजिक सन्दर्भ सिर्जना भएका छन् । बाहिर गएकाहरूको चेतना र सीपमा अभिवृद्धि भएको छ तर गाउँघरमा महिलाहरूमा बोझ् बढेको छ । भारतमा काम गरी फर्किनेहरूमा एचआइभी/एड्स लगायतका स्वास्थ्य र अन्य सामाजिक समस्या देखि एका छन्; समग्रमा पारिवारिक व्यवस्था तनावमा परेको छ ।  

आइसेट–नेपाल र नेपालका अन्य विश्लेषकहरूले गरेका अनुसन्धानबाट के स्पष्ट हुन्छ भने बसाइँसराइ र विप्रेषण स्थानीय समुदायको जीवनशैलीमा परिवर्तन ल्याउने त्यस्तो माध्यम हो जसले स्थानीय स्तर मा निर्णय गर्ने क्षमता बढाउन पनि भूमिका खेल्छ । यो अनुभवले के पनि बताउँछ भने विप्रेषणले जलवायु परिवर्तनको जोखिमसित अनुकूलन रहन घरपरिवार र सिंगो समुदायलाई विभिन्न उत्पादनमूलक योजनामा लगानी गरी क्षमता अभिवृद्धि गर्ने भूमिका निभाउन सक्छ । सुविधाजनक, किफायती र तातो–चिसोसित मिल्ने घर निर्माण, नवीकरणीय ऊर्जा, उत्पादनमूलक कृषि र पशुपालनमा लगानी, खाद्य पदार्थको खरीद र उचित भण्डारण, शिक्षा र व्यवसायमा लगानी यस्ता केही उदाहरण हुन् । सरकारी नीतिले यस्ता प्रणाली सुदृढीकरण गर्ने बाटो खोलिदिए स्थानीय समुदायले विप्रेषणको अझ् बढी सदुपयोग गर्न सक्छन् । यसरी नियोजित अनुकूलको बाटो र स्वतः स्फूर्त अनुयोजन जोड्न सकिन्छ । होन्डुरसको समुदायमा जस्तै नेपालमा पनि विप्रेषणको उचित लगानी गर्ने वातावरण सिर्जना गरियो भने जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सक्ने रणनीतिहरू प्रभावकारी बन्न सक्छन् ।

(खड्का र दीक्षित आइसेट नेपालमा अनुसन्धानरत छन् ।)

commercial commercial commercial commercial