लोकतन्त्र, शिक्षा र विवेकशीलता

लोकतन्त्र राज्यसत्ताको सबैभन्दा प्रगतिशील प्रणाली मानिन्छ । तर, सचेत एवं विवेकशील नागरिक विना यो प्रणाली सफल हुन सक्दैन । अनि यस्ता नागरिक विना शिक्षा स्वतः तयार हुन सम्भव हुँदैन । त्यसैले शिक्षा लोकतन्त्रको पूर्वशर्त हो । ‘लोकतन्त्र’, ‘शिक्षा’ र ‘विवेकशील नागरिक’ यी तीनवटै अवधारणा वर्णनात्मक होइन, मान कीय अवधारणा हुन् । वस्तुनिष्ठ मान दण्डहरूको सैद्धान्तिक ढाँचा विना यी अवधारणा र तिनको विकृतरूप बीचको अन्तर पहिल्याउन सम्भव हुँदैन । मूल्य तथा नैतिक यथार्थवादको विषयनिष्ठ आधार विना यी अवधारणालाई ठीकसँग बुझन सकिंदैन ।

विवेकशील नागरिक
लोकतान्त्रिक सरकार जनताका आकांक्षाप्रति संवेदनशील हुन्छ भन्ने मानिन्छ । तर ती आकांक्षा विवेकसंगत र विज्ञताप्रेरित हुन् अथवा विवेकहीन र अज्ञताप्रेरित हुन् भन्ने कुरा ले स्पष्टतः ज्यादै ठूलो फरक पार्छ । जनता र सरकारमध्ये कसैको पनि विवेकहीनता र अज्ञानले लोकतान्त्रिक प्रक्रियाको भलो गर्दैन । कार्लसनीज भन्छन्, यस प्रक्रियाका तीन अलग–अलग पक्ष छन्ः क) समालोचनात्मक चिन्तन गर्न समर्थ प्रबुद्ध जनता, ख) सुविज्ञ राजनेताहरूको समूह, जसलाई कथित विशेषज्ञ र खराँट कर्मचारीहरूले आफ्नो कठपुतली बनाउन नसकून्,ग) जीवन्त सार्वजनिक बहसका निम्ति पर्याप्त गुन्जाइस; यस्तो बहस जुन कुनै पनि किसिमको निजी अथवा सार्वजनिक निहित–स्वार्थबाट सञ्चालित हुन नपाओस् ।


लोकतान्त्रिक प्रक्रियामा आफ्ना हितहरूका लागि काम गर्ने नागरिकको सामथ्र्य उसले प्राप्त गरेको शिक्षाका अवसरहरूमा निर्भर गर्छ । ‘बजार–लोकतन्त्रवादी’हरूको रुचि ‘निष्क्रिय समान ता’ मा रहे तापनि लोकतन्त्रको नैतिक मूल्यमा ‘गतिशील समान ता’ को यो अवधारणा अन्तर्निहित छ ।


यस दृष्टिले, तर्कबुद्धिसम्पन्न तथा सुविज्ञ नागरिक लोकतन्त्रका निम्ति अपरिहार्य हुन्छन् । राजनीतिक नीति–निर्धारण–प्रक्रियामा यस्ता नागरिकको दखल चुनावको बेलामा मात्र सीमित नहोस्, बरु तिनले राजनीतिक मामिलाहरू माथिको सार्वजनिक बहसमा विवेकशील सहभागिता निरन्तर निर्वाह गर्न सकून् । जबसम्म नागरिकलाई समालोचनात्मक चिन्तनका निम्ति शिक्षा प्राप्त हुँदैन, उनीहरूमा समालोचनात्मक बहसमा सहभागी हुने आवश्यक क्षमताको विकास हुन सक्दैन । यसैकारण, समाज लाई विवेकसंगत दिशा दिने उनीहरूको क्षमता पनि न्यून हुन पुग्छ ।

बहस, आलोचना तथा सहकारितापूर्ण प्रयासहरूमा सहभागिताको माध्यमबाट राजनीतिलाई प्रभावित पार्ने अवसर नागरिकहरूलाई दिइनुपर्छ । बहसमा जनताको सहभागिता सुनिश्चित गर्नु जति जरुरी छ, उनीहरूलाई यसको रचनात्मक उपयोगिताका निम्ति तयार पार्नु पनि उत्तिकै जरुरी हुन्छ । साँच्चिकै प्रबुद्ध नागरिकले मात्र सही अर्थमा हितकारी नीतिहरूलाई प्रोत्साहित गर्न आफ्नो राजनीतिक सामथ्र्यको उपयोग गर्न सक्छन् ।

शिक्षा र लोकतन्त्र
नागरिकहरू समुचित रूपमा शिक्षित नभएसम्म सार्वजनिक नीतिहरूमा विवेकसंगत आग्रह र समझ्दारीपूर्ण सहमतिका आधारमा परिवर्तन ल्याउन सकिंदैन । शिक्षा त्यस्तो उपकरण मात्र होइन जसको सहायताले शासकहरू आफ्ना शासितहरूको दिमाग बदल्न सकून् । शिक्षाको मूलभूत उद्देश्य त मस्तिष्कको आलोचनात्मक सामथ्र्य विकसित गर्नु हो जसका आधारमा नागरिकहरू आलोचनात्मक वादविवादको त्यस प्रक्रियामा पनि सक्रिय सहभागी बन्न सकून् जसमा हराम्रो सामाजिक संरचना अडिएको हुन्छ । नीतिनिर्माताहरू नीति घोषित मात्र नगरून्, तर्कका आधारमा त्यसलाई उचित पनि सिद्धगरून्, सँगै त्यसका विरुद्ध सम्भावित तर्कहरूलाई पनि आमन्त्रितगरून् । सही शिक्षा भएन भने नागरिकहरू सार्वजनिक नीति–निर्धारणको प्रक्रियामा भाग लिने सामथ्र्यबाट वञ्चित हुन पुग्छन् र, यसप्रकार, आफ्ना मूलभूत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न नसक्ने हुन्छन् ।

शिक्षाले लोकतन्त्रमा सहायक मात्र होइन मुख्य– र अनिवार्य– भूमिका खेल्छ । ‘त्यही समाज लाई लोकतान्त्रिक मूल्यहरूप्रति समर्पित भन्न सकिन्छ जसले आफ्ना सदस्यहरूबाट निकै मुश्किल तथा चुनौतीपूर्ण अपेक्षा राख्छ । यसै अनुरूप त्यस समाज ले आफ्ना सदस्यहरूलाई शिक्षित गर्ने प्रक्रियाले पनि ज्यादै कठोर मापदण्डहरू पूरा गर्नु पर्ने आग्रह राखेको हुन्छ ।’ लोकतन्त्रमा आदर्श सामाजिक व्यवस्थाको एउटा विशेष सिद्धान्त अन्तर्निहित हुन्छ जसको उद्देश्य हो— सामाजिक ढाँचाहरूलाई समाज का सदस्यहरूको स्वतन्त्र सहमतिका आधारमा खडा गर्नु । यसका निम्ति ‘कुनै पनि नीतिको सार्वजनिक तथा आलोचनात्मक समीक्षाका निम्ति सुविचारित कार्यप्रणालीको प्रथा स्थापित गर्नु आवश्यक हुन्छ ।’ यस अवस्थामा, नीतिहरू माथिको निर्णयमा कुनै सम्भ्रान्त वर्गको एकाधिकार हुँदैन; त्यो सारा नागरिकको साझ काम हुन्छ । र, सार्वजनिक नीतिमा मनोमानीपूर्ण तवरले हेरफेर गर्ने छूट कसैलाई हुँदैन बरु यस्तो नीति संस्थागत रूपमा व्यवस्थित हुन्छ अनि विवेकसंगत आग्रह र समझ्दारीपूर्ण सहमतिका आधारमा नियन्त्रित हुन्छ ।

‘लोकतन्त्रका लागि शिक्षा अनिवार्य छ’ भन्नुको अर्थ के पनि हो भनेगतिशील समान ताको अवधारणाका निम्ति समेत शिक्षा अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियामा आफ्ना हितहरूका लागि काम गर्ने नागरिकको सामथ्र्य उसले प्राप्त गरेको शिक्षाका अवसरहरूमा निर्भर गर्छ । ‘बजार–लोकतन्त्रवादी’हरूको रुचि ‘निष्क्रिय समान ता’ मा रहे तापनि लोकतन्त्रको नैतिक मूल्यमा ‘गतिशील समान ता’ को यो अवधारणा अन्तर्निहित छ । गतिशील समान ताको यसै सिद्धान्तभित्र मानव सँग संज्ञानात्मक एवं नैतिक विकास को सामथ्र्य हुन्छ र त्यसमा शिक्षाले सकारात्मक प्रभाव पार्न सक्छ भन्ने मान्यता पनि समाविष्ट छ । यसको निहितार्थ हो, ‘मानव को उन्नतिका लागि सामाजिक संस्थाहरूमा नै, विशेष गरी राजनीतिक व्यवस्थामा, स्पष्ट प्रावधान हुनेछ ।’


लोकतान्त्रिक प्रक्रियामा आफ्ना हितहरूका लागि काम गर्ने नागरिकको सामथ्र्य उसले प्राप्त गरेको शिक्षाका अवसरहरूमा निर्भर गर्छ । ‘बजार–लोकतन्त्रवादी’हरूको रुचि ‘निष्क्रिय समानता’ मा रहे तापनि लोकतन्त्रको नैतिक मूल्यमा ‘गतिशील समानता’ को यो अवधारणा अन्तर्निहित छ ।

लोकतन्त्रमा प्रत्येक नागरिकलाई त्यस्तो व्यक्तिका रूपमा हेरिन्छ जसको शैक्षिक विकास ले उसलाई असल समाज को रचनामा सक्रिय सहभागिता दर्शाउन सक्षम बनाउँछ ।

लोकतन्त्रको समुचित विकास का निम्ति शिक्षा अनिवार्य रहेको पक्षमा निम्नानुसार तर्क–श्रृंखला प्रस्तुत गर्न सकिन्छः
१. कुनै पनि लोकतन्त्रको अनिवार्य शर्त हुन्छ— निश्चित समयावधिपछि वयस्क नागरिकहरूको बहुमतका आधारमा सरकार परिवर्तन भइरहनु पर्छ । लोकतन्त्रको यो आवश्यक शर्त पूरा गर्न नयाँ पुस्तालाई तयार न गर्नु भनेको लोकतन्त्रवादीले आफ्ना मूल्यहरूको आफैं उल्लंघन गर्नु हो ।
२. लोकतान्त्रिक प्रक्रियामा सहभागिताको आफ्नो अधिकार उपयोग गर्ने निर्णय विवेकमा आधारित र नैतिक हुन्छ । आफ्ना सामु स्वतन्त्र रूपमा चयन गर्नु पर्ने चुनौती छ भन्ने बुझन र त्यसको महत्व आत्मसात गर्न नागरिकहरूलाई समुचित शिक्षा आवश्यक हुन्छ ।
३. यस्तो निर्णय जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न नागरिकहरूलाई ‘नैतिक आधारमा चयन गर्ने सामथ्र्य–सम्पन्न बनाइनुपर्छ ।’ लोकतन्त्रको अवधारणामा ‘नैतिक कर्ताहरूको समाज ’ को अवधारणा अन्तर्निहित हुन्छ ।
४. ‘नैतिक कर्ता’ को अर्थमा एउटा निश्चित पूर्व–मान्यता स्वतः समाहित हुन्छ र त्यो हो— प्रत्येक नागरिक मानवीय ज्ञानका ती क्षेत्रसँग परिचित होस् जो ‘सामाजिक मूल्य अथवा सामाजिक एवं राजनीतिक समस्याहरू माथिको चिन्तनका निम्ति आवश्यक हुन्छन् ।’
५. नीतिहरूको नैतिक महत्व एवं असल समाज का बारेमा चिन्तनका लागि जे–जे आवश्यक शर्त मानिएका छन् ती सबैलाई शिक्षामा स्थान दिइनुपर्छ ।
६. इतिहास, दर्शन, धर्म, कला, साहित्य, नाट्य र संगीतले ‘रराम्रो समाज को चित्र प्रस्तुत गर्छन्; वर्तमान संस्थाहरू माथि चिन्तन गर्न प्रेरणा दिन्छन्; तात्कालिक सांस्कृतिक मान दण्ड र पूर्वाग्रहहरूलाई चुनौती दिन्छन्; र यसप्रकार, व्यक्तिको चेतनालाई तात्कालिकता एवं सतहीपनबाट माथि उठाउँछन् ।’ त्यसैले यी सबैलाई शिक्षा क्रममा सामेल गरिनुपर्छ । विद्यालयमा छात्रहरूलाई राजनीति, अर्थशास्त्र र कानूनको शिक्षा प्रदान गर्नु पर्छ ।
७. यी विषयको शिक्षा हल्काफुल्का किसिमले दिनुहुँदैन । यसलाई त्यो हदसम्म सरल बनाउनुहुँदैन जसले विषयवस्तु नै सतही हुन पुगोस् । यिनको अध्यापनको उद्देश्य ‘विद्यार्थीलाई निष्क्रिय तथ्यहरूको अन्तहीन श्रृंखलासँग परिचय गराउनु होइन, अपितु वैकल्पिक मूल्य–समूहका रूपमा वैकल्पिक जीवन–पद्धतिहरूको बोध विकसित गराउने’ हुनुपर्छ ।

लोकतन्त्रको अवधारणामा नै विवेकशील नागरिकको अवधारणा अन्तर्निहित छ, किनभने लोकतन्त्रको अभिप्राय भनेकै जनताको शासन हो । यो तबसम्म सम्भव हुँदैन जबसम्म नागरिकहरू तमाम विकल्पहरूका बारेमा पूर्ण जानकारीका साथ विचार विचार गर्दै आफ्नो ‘राजनीतिक चयन’ गर्दैनन् । शिक्षा विना हामी विवेकशील नागरिकको कल्पना समेत गर्न सक्दैनौं किनभने मानिस जन्मँदा प्रबुद्ध नागरिक हुनका निम्ति चाहिने योग्यता सँगै लिएर जन्मेको हुँदैन । उसभित्र रहेको सम्भावनाका पत्रहरूलाई शिक्षाको सहायताले मात्र खोल्न सकिन्छ ।

नागरिकलाई शिक्षित बनाउनुको ध्येय– आलोचनात्मक विवेक (critical rational) र नैतिक निष्ठाको मान दण्ड अनुरुप उनीहरूको विकास लाई प्रोत्साहित गर्नु हो । साथै उनीहरूलाई सार्वजनिक नीति–निर्माणको प्रक्रियामा सक्रिय सहभागिता निर्वाह गर्न पनि शिक्षित गरिनुपर्छ जसबाट उनीहरूले आलोचनात्मक सक्रियताद्वारा तिनलाई नियन्त्रित गर्न सकून् जो सत्तामा बसेका छन् । लोकतन्त्रमा नागरिकहरूबाट समझ्दारीपूर्ण फैसला तथा आलोचनात्मक संवादको अपेक्षा त गरिनै पर्छ । उनीहरू स्वतन्त्रता, समान ता, न्याय जस्ता लोकतन्त्रका आधारभूत मूल्यहरूप्रति पनि नैतिकरूपले प्रतिबद्ध हुनैपर्छ । यस्तो प्रतिबद्धता भएन भने अलोकतान्त्रिक उद्देश्यका निम्ति लोकतान्त्रिक प्रक्रियाको दुरुपयोग हुन सक्छ । राजनीतिक उदासीनता, भ्रष्टाचार र शोषणका प्रवृत्तिहरूको प्रतिरोधका निम्ति पनि नैतिकरूपले प्रतिबद्ध नागरिक अपरिहार्य हुन्छन् ।

वस्तुनिष्ठ मूल्य
लोकतन्त्रको पूर्वशर्तका रूपमा शिक्षालाई वर्णनात्मक होइन नियामक अवधारणाका रूपमा बुझनुपर्छ; यस्तो उपक्रमका रूपमा जसले स्वीकार्य तरीकाहरूद्वारा वाञ्छनीय प्रवृत्तिहरूलाई स्थापित एवं समृद्ध तुल्याउँछ । शिक्षाका वर्णनात्मक मोडलहरूमा, ‘वाञ्छित’ र ‘वाञ्छनीय’ का बीचको भेद स्पष्टतः नछुट्याइकनै, प्रवृत्तिहरूलाई मूल्यवान अथवा वाञ्छित मान्ने चलन छ । नियामक अवधारणामा भने प्रवृत्तिहरू स्वतन्त्र मान कका आधारमा सन्तोषजनक ठहरिनै पर्छ ।

शिक्षाको वर्णनात्मक अवधारणामा आलोचनात्मक तर्क–बुद्धिले खासै महत्व राख्दैन । तर, यसलाई विवेकशील नागरिकका निम्ति चाहिने अनिवार्य शिक्षाको विशेषता मानिन्छ । शिक्षाले मानव जीवनमा व्यापक हस्तक्षेप गर्छ; यसलाई त्यसबेला मात्र उचित ठहर्याउन सकिन्छ जब यसमार्फत केही मूल्यवान कुरा सिकाउने गरिएको होस् । शिक्षाले समाज वा शिक्षार्थीद्वारा मूल्यवान मानिएको कुनै कुरा लाई प्रतिबिम्बित गर्छ भन्ने मात्र तथ्यका आधारमा यसको उद्देश्यलाई उचित ठहर्‍याउन सकिंदैन । मानिसको जीवनमा शिक्षाले यति बृहत्तर रूपमा र यति बढी मात्रामा हस्तक्षेप गर्द छ, यसलाई भावनात्मक होइन वस्तुनिष्ठ मान दण्डहरूका आधारमा उचित सिद्ध गर्नु जरुरी हुन्छ । अन्यथा, शिक्षा आधारभूत तवरमा तर्कसंगतिका ती मान दण्डहरूमा खरो सिद्ध हुन सक्दैन जुन मान दण्ड शिक्षाको अवधारणामा नै अन्तर्निहित हुनुपर्छ । शिक्षाको उद्देश्यमा ‘कस्तो जीवन जिउन लायक छ’ भन्नेबारे कुनै धारणा स्वतः समाहित रहेको हुन्छ । बालकहरूको जीवनको दिशा ‘जीवनका प्रति एउटा दृष्टिद्वारा, सर्वाधिक महत्वपूर्ण कुरा हरूप्रतिको प्रतिबद्धताद्वारा’ निर्धारित हुन्छ । यो सब स्वीकार्नुको अर्थ हो— शिक्षाको उद्देश्य सही र वैध हुनुपर्छ; नत्र शैक्षिक हस्तक्षेपलाई पूर्णतः उचित सिद्ध गर्न सकिंदैन ।


नैतिक सत्य कुनै पनि व्यक्तिगत विचारभन्दा निकै बढी जटिल हुन्छ, त्यसैले प्रचलित नैतिकता र वास्तविक नैतिकताका बीच सधैं एकखालको द्वन्द्व रहिरहन्छ । मूल्य र मापदण्डहरूमा पनि सामान्यतः यही तर्क लागू हुन्छ ।

नियामक अवधारणाका रूपमा शिक्षाले वस्तुनिष्ठ मूल्य तथा प्रचलित मूल्यहरूका बीचको अन्तरको पूर्वकल्पना गर्छ । वस्तुनिष्ठ मूल्यहरूको क्षेत्र कुनै व्यक्तिविशेष वा समाजद्वारा स्वीकृत मान्यताहरूभन्दा निकै विस्तृत हुन्छ र त्यो तिनका विरुद्ध उभिन पनि सक्छ । यस अवस्थामा कतिपय समस्या देखा पर्न सक्छन्; जस्तैः कुन र कस्ता प्रवृत्तिहरू ‘वाञ्छनीय’ हुन् भन्ने निक्र्योल कसरी गर्ने ? त्यस्ता प्रवृत्ति शिक्षार्थी वा समाज द्वारा ‘वाञ्छित’ मात्र होइनन् भन्ने कसरी खुट्याउने ? र, कल्पना गर्नोस्, वाञ्छनीय के हो भन्नेबारे व्यक्तिपिच्छे फरक मत देखापरयो । यस्तोबेला, कुन प्रवृत्ति वास्तवमै वाञ्छनीय हो र कुन विधिहरू सन्तोषजनक हुन् भन्ने निर्णय कसले गर्ने ? तर यी समस्या त्यति गम्भीर होइनन् । किनभने, वाञ्छनीय प्रवृत्ति र सन्तोषजनक विधिहरूको जाँचको सम्भावना स्वयं शिक्षामै अन्तर्निहित हुन्छ । ‘वाञ्छित’लाई ‘वाञ्छनीयता’का स्वतन्त्र एवं निरपेक्ष मान दण्डहरूका आधारमा मूल्यांकन गर्न सम्भव हुन्छ ।

समालोचना गर्न समर्थ नागरिक तयार गर्न तर्क–बुद्धि अभिमुख शिक्षा अनिवार्य हुन्छ । त्यसले मात्र शैक्षिक उद्देश्य र शैक्षिक विधिका बारेमा वस्तुनिष्ठ एवं ‘ गैर–मनोमानी’ बहसलाई सम्भव बनाउँछ । शिक्षाको माध्यमबाट कस्ता प्रवृत्तिको विकास हुनुपर्छ र शिक्षाले कुन विधिहरूको उपयोग गर्नु पर्छ भन्नेबारे यस्तो बहसबाट मात्र सही निष्कर्षमा पुग्न सकिन्छ । शिक्षाको वर्णनात्मक अवधारणाले शैक्षिक विचारलाई व्यक्ति अथवा समाज का प्रचलित मान्यताहरूको सन्दर्भमा सीमित गरिदिन्छ । त्यसैले, समालोचनामा समर्थ नागरिक तयार गर्ने शिक्षाको उद्देश्यका निम्ति यो अपर्याप्त छ ।

नैतिक यथार्थवाद
महत्वपूर्ण र सन्तोषजनक के हो भन्ने मूल्यांकन गर्ने वस्तुनिष्ठ आधार हुन्छन् । यस्ता नियामक शर्तहरू पनि हुन सक्छन् जसलाई रराम्रोपन र औचित्यको प्रकृति बुझनका लागि अन्तिम मान दण्डका रूपमा लिन सकिन्छ । दार्शनिक परम्परामा नैतिक यथार्थवादी र यथार्थवाद विरोधीहरूबीचको विवाद मुख्यतः नैतिक मूल्य तथा मापदण्डहरूबारे रही आएको छ । नैतिक यथार्थवादको व्याख्यामा के भनिएको छ भने, नैतिकता यथार्थको सामान्य नभएर विशिष्ट पक्ष हो । नैतिकता हराम्रो जानकारीको सीमाभन्दा निकै बढी समृद्ध हुन सक्छ र यसलाई व्यक्तिनिष्ठ अभिरुचि, आविष्कार अथवा सामाजिक अनुबन्धमा परिणत गर्न सकिंदैन । यथार्थवाद विरोधीहरू भने यो कुरा स्वीकार गर्दैनन् । र, मूल्यहरूको वस्तुनिष्ठतावादी मान्यता पनि नैतिक यथार्थवादसँगै सम्बन्धित छ । यसका सिद्धान्तले दावी गर्छन्— सार्थक जीवन केही चारित्रिक विशेषताहरूमा, केही विशेष क्षमताको विकास र प्रयोगमा अनि केही अरूसँग विशेष सम्बन्ध हुनुमा निहित हुन्छ । यिनको महत्व यिनबाट कति आनन्द प्राप्त हुन्छ अथवा यी वाञ्छित हुन्–होइनन् भन्ने कुरा सँग सम्बन्धित छैन ।

नैतिक यथार्थवाद र मूल्यको वस्तुनिष्ठतावादमा दुई आधारभूत पूर्वमान्यता अन्तर्निहित छन्ः

क) नैतिक सत्य ज्ञान मीमांसाको स्वीकृतिको मुखापेक्षी हुँदैन । नैतिक वक्तव्यको सत्यता अथवा असत्यता त्यसलाई सिद्ध गर्न सक्ने हाम्रो सामथ्र्यमा निर्भर हुँदैन । नैतिक सत्य कुनै पनि व्यक्तिगत विचार भन्दा निकै बढी जटिल हुन्छ त्यसैले प्रचलित नैतिकता र वास्तविक नैतिकताका बीच सधैं एकखालको द्वन्द्व रहिरहन्छ । मूल्य र मापदण्डहरूमा पनि सामान्यतः यही तर्क लागू हुन्छ । मूल्यवान के हो र व्यक्ति अथवा समाज ले केलाई मूल्यवान मान्छ भन्ने कुरा का बीच पनि सदैव एउटा तनाव विद्यमान हुन्छ । मूल्य सम्बन्धी निर्णय व्यक्तिगत रुचिका अभिव्यक्ति मात्र हुँदैनन्, तिनमा औचित्यको दावी पनि लुकेको हुन्छ । शिक्षकले आफ्ना शैक्षिक उद्देश्यहरूको निर्धारण जे मूल्यवान हो त्यसका आधारमा गर्नु पर्छ र विद्यार्थी तथा समाज का मूल्यहरू माथि ध्यान दिनुपर्छ । यसप्रकार, शिक्षाको नियामक अवधारणाले शैक्षिक प्रक्रिया, शिक्षाक्रम र संस्थाहरूको विकास का निम्ति आधार उपलब्ध गराउँछ ।

ख) नैतिक सत्य स्वीकृतिका निम्ति अभिप्रेरणाको मुखापेक्षी हुँदैन । नैतिक वक्तव्यको सत्यता नैतिक–कर्ताले त्यसको सिफारिस/प्रशंसा गर्छ– गर्दैन अथवा त्यसप्रति प्रतिबद्धता जनाउँछ जनाउँदैन भन्ने कुरा मा आधारित हुँदैन । शिक्षार्थी अथवा समाज ले जुन कुरा को आकांक्षा गर्छ, जसलाई वाञ्छित मान्छ त्यो अनिवार्यतः वाञ्छनीय हुँदैन । यो तथ्य आत्मसात न गरे सम्म त्यस्तो शिक्षालाई उचित ठहर्‍याउन कठिन हुन्छ जसले आफूलाई ग्रहण गर्ने वालालाई आकर्षित गर्दैन । साथै त्यस्तो शिक्षाका उद्देश्यको आलोचना गर्न पनि कठिन हुन्छ जसलाई समाज का अधिकांश व्यक्ति र वर्गले मन पराएका हुन्छन् ।

नैतिक सापेक्षतावादबाट प्रभावित संस्कृतिले स्वतन्त्रता, समान ता, न्याय र सत्य जस्ता केन्द्रीय लोकतान्त्रिक मूल्यहरूको निरपेक्ष वैधता स्वीकार गर्दैन । उता, आलोचनात्मक मापदण्डहरूको अभावमा शिक्षाले नागरिकको सोचलाई ज्ञान, न्याय र सामाजिक अनुशासनका पूर्व प्रचलित धारणाहरूको पक्षमा मोड्न अविवेकपूर्ण प्रयास गर्न थाल्छ ।

लोकतन्त्रको अवधारणामा विवेकशील नागरिकको अवधारणा अन्तर्निहित भएझै विवेकशील नागरिकको अवधारणामा शिक्षाको नियामक अवधारणा अन्तर्निहित हुन्छ । र, यी तीनवटै अवधारणाले नैतिक यथार्थवाद र मूल्यको वस्तुनिष्ठतावादलाई पूर्वमान्यताका रूपमा ग्रहण गर्छन् । सहमतिका लागि तर्कपूर्ण आग्रह र प्रबुद्ध सहमति त्यसबेला मात्र सम्भव हुन्छ जब केलाई विवेकसम्मत कारण मान्ने भन्नेबारे कुनै मान दण्ड हुन्छ । प्रश्न उठ्छ, कुनै पनि विवेकशील नागरिकका निम्ति सामाजिक विकल्पहरूको मूल्यांकन गर्ने आधार के हुनुपर्छ ? कुनै पनि आलोचनात्मक मूल्यांकन (critical evaluation) का निम्ति अपनाउन सकिने तर्कसंगत प्रक्रियाहरू के–कस्ता हुन सक्छन् ? यदि यिनका लागि कुनै वैध मापदण्ड नहुने हो भने आलोचनात्मक निर्णयको समग्र अवधारणा र प्रक्रिया नै मियोविनाको दाइँ हुन पुग्छ ।

आलोचनात्मक चिन्तन
आलोचनात्मक चिन्तन ज्ञान–मीमांसकीय ढाँचाका आधारमा मात्र ठीकसँग अघि बढ्न सक्छ । यसकै आधारमा सटीक कारणहरूले आफू कारण भएको दाबी गर्न सक्छन् । यस्तो मीमांसामा तर्कसंगत वैधता र सत्यका बीचको भेद स्पष्ट हुनुपर्छ । सत्य स्वयंमा ज्ञानात्मक अवधारणा होइन; त्यसैले यो तर्कसंगत वैधताका सीमाहरूमा आश्रित पनि हुँदैन । कतिपय परिस्थितिहरूमा कुनै व्यक्तिले तर्कसंगत आधारमा असत्य माथि विश्वास गर्न सक्छ अथवा तर्कसंगत आधार विना सत्य माथि विश्वास गर्न सक्छ । अर्को कुरा, तर्कसंगत औचित्यका सिद्धान्तहरू सार्वभौमिक रूपमा वैध हुने भएको ले तर्कसंगत कारणहरूको वैधता संस्कृति सापेक्ष हुँदैन । साथै, तर्कसंगत औचित्यको स्थापनाले कुनै कुरा लाई सत्य मान्नका निम्ति प्रथमदृष्टया कारण उपलब्ध गराइदिन्छ, चाहे सिद्धान्ततः त्यो मिथ्या हुने सम्भावना जीवितै होस् ।

सत्य र तर्कबुद्धिसंगतताका पृथक् एवं स्वतन्त्र अवधारणाहरूबाट निसृत फरक मापदण्डहरू उपलब्ध नभएसम्म वक्तव्यहरूको वैधताको जाँच गर्न सकिंदैन । नैतिक सत्य अवधारणात्मक रूपमा त्यसबाट भिन्न हुन्छ जस माथि हामी समय विशेषमा तार्किक औचित्यका आधारमा विश्वास गर्न सक्छौं । जुनबेला हामी विरोधी विचार लाई झूठ अथवा मिथ्या मानिरहेका हुन्छौं त्यसैबेला आफूगलत पनि हुनसक्ने सम्भावनाले हाम्रो मनमा चीसो पसिरहेको हुन्छ । सीमितताको रगलत हुनसक्ने सम्भावनाको यो भावले सांस्कृतिक तथा शैक्षिक अनेकत्वको माग गर्छ । तर्क बुद्धि–संगत ढाँचाको अभावमा सामाजिक आलोचना र विवेचना निरर्थक हुन पुग्छन् ।

कुनै पनि तर्क कति तर्कसंगत छ भनेर मूल्यांकन गर्ने कुनै आधार वा मापदण्ड भएन भने राजनीतिक आलोचनाको धार भुत्ते हुन थाल्छ । यथास्थितिको पक्ष ‘जे प्रचलित छ त्यसको सम्मान गर्नु पर्छ’ भन्ने आधारमा मात्र लिन सकिन्छ । यसलाई तर्क बुद्धिका आधारमा चुनौती दिन सकिंदैन किनभने धेरै ‘अन्य मत’ मध्ये यो पनि एउटा मतको प्रस्तुति त हो नै । यसप्रकार, राजनीतिक व्यवहार कुनै पनि आलोचनात्मक विचारको पहुँचभन्दा बाहिर पुग्न जान्छ ।

भर्खरै भनिएझै, कुनै काम ठीक हो अथवा यो काम गरिनुपर्छ भन्ने भनाइ व्यक्तिको रुचि वा प्राथमिकताको अभिव्यक्ति मात्र हुँदैन, त्यसमा औचित्यको दाबी पनि निहित हुन्छ । त्यसबाट के समेत सम्प्रेषित हुन्छ भने निर्णयका पछाडि कारण छन् र तिनका बारेमा पछि पनि विचार विचार गर्न सकिन्छ । यसबाट अन्ततः सम्बन्धित सबै तथ्य र हितहरूलाई ध्यानमा राखेर यथासम्भव निष्पक्ष निर्णय लिइयो भने यी कारण सही र बाध्यकारी सिद्ध हुनेछन् भन्ने अभिव्यक्त हुन्छ । दाबी गर्नु मात्रमै के निहित हुन्छ भने त्यो केवल भावनाको अभिव्यक्ति वा केवल आदेश दिनु वा केवल कुनै विशेषज्ञको उद्धरण दिनु मात्र होइन । दाबी गर्नु भनेको, कम्तीमा पनि, सैद्धान्तिक स्तर मा एउटा राम्रो विचार प्रति वचनबद्ध हुनु हो । अर्थात् त्यस अनुशंसित निर्णयप्रतिको वचनबद्धता, जसका पछाडि रहेको तर्क त्यस्तो हरेक व्यक्तिले बुझन सक्छ जसले परिस्थितिलाई समग्रतामा हेर्ने प्रयास गरोस्, सम्बन्धित हितहरूलाई निष्पक्ष एवं सहृदयी दृष्टिले हेरोस् र जो सम्बन्धित व्यक्तिहरूप्रति सम्मान भाव राख्दो होस् ।


सत्य स्वयंमा ज्ञानात्मक अवधारणा होइन; त्यसैले यो तर्कसंगत वैधताका सीमाहरूमा आश्रित पनि हुँदैन । कतिपय परिस्थितिहरूमा कुनै व्यक्तिले तर्कसंगत आधारमा असत्यमाथि विश्वास गर्न सक्छ अथवा तर्कसंगत आधार विना सत्यमाथि विश्वास गर्न सक्छ । अर्को कुरा, तर्कसंगत औचित्यका सिद्धान्तहरू सार्वभौमिक रूपमा वैध हुने भएकोले तर्कसंगत कारणहरूको वैधता संस्कृतिसापेक्ष हुँदैन ।

लोकतन्त्रको अवधारणामा के पनि अन्तर्निहित छ भने नागरिकहरू आफ्ना दाबीलाई आलोचनात्मक परीक्षणका निम्ति अरूका सामु प्रस्तुतगरून् अनि आफू पनि अरूका दाबीको आलोचनात्मक परीक्षणगरून् । त्यसैले, शिक्षाद्वारा प्रत्येक नागरिकको यसप्रकार विकास हुनुपर्छ जसबाट उसले असल समाज का निम्ति सार्वजनिक विचारमा हिस्सा लिन सकोस् । यस्तो शिक्षामा वस्तुनिष्ठ मूल्यहरूको स्वीकृति निहित हुन्छ नै, किनभने स्वीकृत मान दण्डको ढाँचा विना कुनै पनि विवेकशील नागरिकले कारणहरूको वैधताको परीक्षण गरेर तिन माथि समुचित निर्णय लिन सक्दैन ।

बहुलवादी समाज र नैतिक विचार
एलसडायर म्याकिन्टायरले बहुलवादी समाज र नैतिक विचारबीचको जटिल सम्बन्धतर्फ गम्भीर ध्यानाकर्षण गरेका छन् । उनका अनुसार, बहुलवादी समाज अवधारणात्मक विविधताहरूका बीच यतिसारो विखण्डित हुन्छ, त्यहाँ कुनै पनि तार्किक विचारलाई स्थापित गर्नै सकिंदैन । उदार लोकतान्त्रिक समाज हरूमा सार्वजनिक विचार विकृत भएर ‘असंगत टुक्राहरूको बेमेलगन्जागोल’ मा परिणत भएको उनको दाबी छ । उनी भन्छन्— यी अलग–अलग टुक्राहरू परस्परमा यति अमिल्दा छन्, आपसी असमझ्दारी एउटा भ्रम मात्र बन्न पुगेको छ । त्यहाँ कुनै निरपेक्ष न्यायालय पनि त छैन जहाँ प्रतिस्पर्धी नैतिक दाबीहरूमध्ये कुन ठीक हो भन्ने निर्णयका निम्ति अपील गर्न सकियोस् ! विचारमा सहभागी सबैका निम्ति मान्य हुने अवधारणात्मक ढाँचा नभएपछि देखापर्ने अवस्था यस्तै हो । यस स्थितिमा समालोचनात्मक मूल्यांकन र तार्किक विचार कसरी सम्भव हुन्छ ?

म्याकिन्टायर सिद्धान्ततः नैतिक ज्ञानलाई असम्भव मान्दैनन् । उनी के मान्छन् भने तर्कमा आधारित सार्वजनिक विचारका लागि बानी, प्रवृत्ति तथा सार्वजनिक मान्यताहरूको स्तर मा सार्वजनिक हितका निम्ति प्रतिबद्ध समूह अपेक्षित हुन्छ । हराम्रो जीवनकालभित्र हराम्रो समाज यस्तो बनिसक्नेवाला छैन । त्यसैले नैतिक तर्कसंगतिको एक मात्र आशा त्यस्तो स्थानीय समुदायको निर्माणमा जीवित रहन्छ जसमा शिष्टाचार र बौद्धिक तथा नैतिक जीवनलाई कायम राख्न सकियोस् ।

नैतिक दृष्टिले रराम्रो के हो भन्नेबारे सहमतिको पूर्ण अभावले, निश्चय पनि, तार्किक नैतिक विचारलाई असम्भव बनाइदिन्छ । तर म्याकिन्टायरको विश्लेषणले के इन्कार गर्दैन भने, बहुलवादी समाज ‘अपेक्षाकृत कम परन्तु नैतिक दृष्टिले राम्रो’ का बारेमा कतिपय महत्वपूर्ण सहमतिकै कारण आपसमा जोडिएको पनि हुन्छ । ‘नैतिक राम्रो’ का बारे संयमित सहमति अंशतः एउटा विशेष सोचाइमा निहित हुन्छ र त्यो हो— ‘राम्रो’ को कुनै धारणा विशेष माथि पूर्ण सहमतिका निम्ति अत्यधिक जोड दिन अन्ततः प्रत्युत्पादक हुन्छ; त्यसले हामी सबैको जीवनलाई अरू दुरुह बनाइदिन्छ ।

यस्तो स्थितिमा, पक्कै पनि, कतिपय मूल बुँदाहरूमा असहमति रहिरहन्छ । यस्तो असहमतिले नैतिक समस्याको जटिलता र विचारमा सहभागी व्यक्तिहरूको मानवीय सीमालाई अभिव्यक्त गर्दछन् । त्यसो त, मानवीय सीमाहरूलाई उचित मान दिनुको सट्टा ‘अरूहरू माथि दया गरेको’ मान सिकता अपनाइयो भने मूलभूत सहमतिहरू नै शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा बन्न सक्दछन् । तर, मानवीय सीमाहरूलाई दिइने मान का साथ असहमतिको खुला अभिव्यक्तिले समस्याका सरलीकृत र अनुचित समाधानहरूबाट जोगाउन पनि सक्छ ।

यद्यपि नैतिकताका विभिन्न भाषा र अवधारणात्मक प्रणालीहरू आफ्नो विकास क्रममा कुनै बेला आपसमा मिल्नै नसक्ने लाग्न सक्छन्, तर ती सधैं त्यस्तै रहिरहन्छन् भन्ने होइन । प्रतिस्पर्धी परम्पराहरू व्याख्यात्मक रूपमा एक–अर्कासँग अस्पृश्य हुँदैनन् न त तिनका भाषिक एवं अवधारणात्मक प्रणालीहरू नै स्थिर हुन्छन् । कुनै पनि परम्पराले प्रतिस्पर्धी परम्पराका विशिष्ट विचार को अभिव्यक्तिका निम्ति नयाँ भाषिक सन्दर्भको रचना गर्दै आफ्ना भाषिक एवं अवधारणात्मक प्रणालीहरूलाई समृद्ध गर्न सक्छ । अनुवादका समस्यालाई व्याख्यात्मक नवीन विधिहरूद्वारा समाधान गर्न सकिन्छ ।

हुन त, हराम्रो नैतिक शब्दभण्डार र हाम्रा अवधारणाहरू तिनै संस्कृति र परम्पराहरूका उपज हुन्छन् जस अन्तर्गत हाम्रो समाजिकरण भएको हुन्छ । यस अर्थमा हाम्रो ज्ञान–मीमांसात्मक सामथ्र्य सांस्कृतिक तवरमा सीमित हुन सक्छ । तैपनि नैतिक ज्ञान सम्भव छ किनभने हाम्रा अनुभवहरूले हामीलाई यथार्थसँग सम्पर्क गर्ने प्रासंगिक सूत्र उपलब्ध गराउँछन् । र, तर्क–बुद्धिमा आधारित विचार अचूक नभए पनि विरोधी विचार को मूल्यांकन गर्ने सर्वमान्य तरीका त हुँदै हो । त्यसैले, यहाँनेर सीगलको मतसँग सहमत हुन सकिन्छ । उनी भन्छन्, ‘यद्यपि हामी आफ्ना पद्धतिहरूकै सन्दर्भमा निर्णय लिइरहेका हुन्छौं तर हाम्रा निर्णय र तिनको तर्कसंगतिले ती पद्धतिका सीमाहरूलाई निरन्तर अतिक्रमण गरिरहेका हुन्छन् ।’ थोमस म्याकार्थीले पनि ठीक यस्तै विचार व्यक्त गरेका छन्, ‘हामीसँग ऐतिहासिकरूपले विकसित भाषा र परम्पराहरूभन्दा स्वतन्त्र कुनै विचार भलै नहोस्, तथापि हराम्रो विवेकले हामीलाई एउटा आदर्श त दिन्छ नै जसका आधारमा हामी उत्तराधिकारमा प्राप्त मापदण्डहरूको विवेचना गर्न सक्छौं ।

नैतिक द्विविधा र शिक्षालाई दिशा दिने मूल्यसँग सम्बन्धित समस्याहरूको तर्क–बुद्धि–संगत समाधान खोज्नुपर्ने उचित कारण छन् । मानवीय कमजोरीहरूलाई दृष्टिगत गर्दा, सांस्कृतिक बहुलतालाई उपेक्षा गरेर एकल सांस्कृतिक परिस्थितिहरूलाई महत्व दिनु सन्दिग्ध कुरा हो । नैतिकता, त्यसका बारेमा हामीसँग भएको ज्ञानभन्दा निकै ज्यादा व्यापक छ भनेर मान्ने हो भन्ने अनेकौं नैतिक शब्दावलीहरू र अवधारणात्मक प्रणालीहरू विद्यमान रहँदा नै नैतिकताको बढी समग्र एवं सटीक बोधका निम्ति सहयोग पुग्छ । विभिन्न प्रणालीहरूको समालोचनात्मक जाँचका माध्यमबाट हामी यथार्थको बढी निकट पुग्न सक्छौं ।

प्रत्येक शिक्षकले आफ्नो दृष्टिमा मूल्यवान विचार लाई प्रोत्साहित गर्नु पर्छ । साथै, सिक्ने व्यक्तिको ‘विषय–वस्तुलाई आफ्नै दृष्टिले हेर्ने र विरोधी विचार अभिव्यक्त गर्ने ’ स्वतन्त्रतालाई पनि उसले सम्मान गर्नु पर्छ । विरोधी विचार को उत्कृष्ट तर अभिव्यक्ति र त्यसको आलोचनात्मक मूल्यांकन, सटीक ढंगले नैतिक सत्यको अझ् बढी निकट पुग्न सहयोगी हुन्छन् । मूल्य व्यवस्था बारेका फरक विचार सदैव विरोधका मात्र प्रतीक हुँदैनन्; परस्पर अनुपूरक पनि हुन सक्छन् अनि तिनको आदानप्रदान समृद्धिकारी पनि हुन सक्छ । लोकतन्त्रले नैतिक सत्यको खोजमा सहायक सामाजिक वातावरण उपलब्ध गराउँछ किनभने विचार हरू तथा तिनको आलोचनात्मक मूल्यांकनको खुला अभिव्यक्तिको अनुमति र त्यसलाई प्रोत्साहन दिने काम लोकतन्त्रमा मात्र हुन्छ ।

समग्र विचारको निष्कर्ष के हो भने, प्रासंगिक ज्ञानका निम्ति वस्तुनिष्ठ मूल्यहरू तथा सुसंगत मापदण्ड जरुरी हुन्छन् । यिनको अभावमा शिक्षाको औचित्य स्थापित गर्न सकिंदैन । शिक्षा र यसका विकृत–अवपीडकरूपहरूका बीच भेद छुट्याउने कुनै आधार रहँदैन । विवेकशील नागरिकको अवधारणाले आफ्नो प्रासंगिकता गुमाउँछ । लोकतन्त्र प्रक्रियाहरूको कर्मकाण्ड मात्र हुन पुग्छ, जसको महत्व केवल प्रतीकात्मक हुन्छ ।

पालिमत्का हेलिंस्की विश्वविद्यालय, फिनल्याण्डका शिक्षा दर्शनका प्रोफेसर हुन् ।
(भारतको राजस्थानबाट प्रकाशित हिन्दी मासिक शिक्षा विचार  को अक्टोबर, १९९८ को अंकबाट )

भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial