‘न पास न फेल’: यस्तो पनि हुन्छ ?
हुन त सरकारले गरेको यस्तो नीति–निर्णय ठीकै नै होला; तर मेरो मनमा चिन्ता भइरह्यो । कक्षा ८ को लब्धाङ्क पत्रमा न कुनै घेरा न कुनै चिह्न दिन पाइने भयो न फेल नै लेख्न पाइने भयो । तर कुनै पनि चिह्न घेरा नदिंदा सामान्य पढालेखा अभिभावकले कसरी बुझने त ?
“सर, मेरो मार्कसिटमा केही लेखेको छैन !”
“केही नलेखी कसरी मार्कसिट बन्यो त ? खै त हेरौं ।”
“त्यै त सर, यसमा केही लेखेकै छैन ।”
“ए, तिमी त फेलै भएकी रहेछौ नि, फेल हुने विद्यार्थीको मार्कसिटमा केही न लेख्नु भनेको छ त्यसैले केही नलेखेको । तिमीले अर्को वर्ष यही कक्षाको परीक्षा दिए हुन्छ । जति विषयमा फेल भएकी छौ त्यति नै विषयको परीक्षा अर्को वर्ष दिने है ।”
यी वार्तालाप थिए कक्षा ८ की एक छात्रा र मेरा सहकर्मी बीचको । मलाई त्यतिबेला त केही पनि लागेन तर बेलुका जब त्यसमा सोच्न थालें तब मलाई दिउँसोको कुरा ले निन्द्रा लागेन ।
मैले पुरानो कुरा सम्झें, जुन आफैंले भोगेको थिएँ । २०२५/२६ सालतिर २/३ कक्षामा पढ्दा हो; म पनि न पास न फेल भएको थिएँ । त्यसलाई त्यसबेला ‘विचार ाधीन’ भनिन्थ्यो । त्यसमा ‘तपाईंका नानीको यस्तो अवस्था छ, के गर्ने ?’ भनी अभिभावकसँग सल्लाह गरी फेल भएका विषयको पुनः परीक्षा लिएर कक्षा चढाउने व्यवस्था हुँदोरहेछ ।
हुन त सरकारले गरेको यस्तो नीति–निर्णय ठीकै नै होला; तर मेरो मनमा चिन्ता भइरह्यो । कक्षा ८ को लब्धाङ्क पत्रमा न कुनै घेरा न कुनै चिह्न दिन पाइने भयो न फेल नै लेख्न पाइने भयो । अन्य कक्षामा पनि कसैले त रातो घेरा; नलगाई एसएलसीको जस्तो चिह्न दिने पनि गरेका छन् । तर कुनै पनि चिह्न घेरा नदिंदा सामान्य पढालेखा अभिभावकले कसरी बुझने त ?
हालै बनाएको कक्षा ८ को यो नीतिले, त्यस्ता विद्यार्थीले पास गर्न नसकेका विषय अर्को वर्ष दिंदा हुने भन्छ । विद्यालय गएर पढे पनि हुने नपढे पनि हुने । विद्यालय न गएपछि कुनै तालिमकेन्द्रमा गएर आयमूलक सीप सिकेर घरमै व्यवसाय पनि सञ्चालन गर्दै गर्ने र परीक्षा पनि दिंदै गर्ने । यसो भएमा पढाइ पनि नछुट्ने र व्यवसायबाट आम्दानी पनि हुने ।
म एउटा शिक्षक हुँ । मैले सरकारी नीतिको विरोध गरेको होइन । तर पनि मलाई मुख्य दुई वटा कुरा ले चिन्ता लागेको छ । पहिलो कुरा ; हराम्रो देशमा त्यस्ता तालिमकेन्द्र जताततै कहाँ छन् ? शहर बजारमा त केही होलान् तर गाउँघरतिर कुनै तालिमकेन्द्र नै छैनन् । अनि ती गाउँघरका विद्यार्थी के शहर आएर तालिम लिन सक्लान् त ? के सबै अभिभावकको त्यो पहुँचभित्र छ ? अनि कुनै तालिमकेन्द्रले कक्षा ८ पास गरे कै प्रमाण खोज्छन् । कि सरकारले छिट्टै नै त्यस्ता विद्यार्थीका लागि तालिमकेन्द्रको व्यवस्था गर्दैैैैैैैैैैैैछ ?
अर्काे कुरा ; कक्षा ८ पढ्ने विद्यार्थीको उमेर १३/१४ वर्षको हुन्छ । यो उमेर किशोरावस्थाको सुरुआत अवस्था हो । यस अवस्थाका विद्यार्थी जो विद्यालय पनि जानु नपर्ने अर्थात् नजाने अनि तालिममा पनि अवसर नपाउने भएपछि के गर्लान् त ? उनीहरू अब कस्ता काममा सरिक होलान् ? शिक्षाविद्, शिक्षक, अभिभावकले एकचित्त भएर सोचौं । मलाई लाग्छ ती विद्यार्थी कि त दुव्र्यसनमा लाग्छन् कि त बहकिएर दुराचार (चोरी, डकैती) मा लाग्छन् कि त घर छोडेर बेपत्ता हुन्छन् । मनोवैज्ञानिकहरूको भनाइ किशोरावस्थाको यो जटिल अवस्थाबाट पार गर्न असल शिक्षक, असल शिक्षा, असल अभिभावक, असल सङ्गत सबै आवश्यक हुन्छ भन्ने हो । ती विद्यार्थी यी असल शिक्षा, शिक्षक र सङ्गतबाट टाढा रहने हुँदा उनीहरूको भविष्य मैले अन्दाज गर्नु पर्दा अन्धकार देखेको छु ।
यदि सरकारको नीति साँच्चै उदार रहेको हो भने मेरो विचार मा त्यस्ता विद्यार्थीको नतिजा प्रकाशन भएको केही दिनभित्रै शिक्षा कार्यालयमार्फत तत्कालै कुनै तालिमकेन्द्रमा सहभागीगराइदिने, पायक पर्ने गरी तालिमकेन्द्रको व्यवस्था गरिदिने, स्रोतकेन्द्रमै तालिमको व्यवस्था गरिदिने, अर्को वर्ष परीक्षा दिनका लागि निःशुल्क कोचिङ्गको व्यवस्था गरिदिने अथवा एसएलसीको पूरक परीक्षा जस्तै एक महीनाभित्रै पुनः परीक्षाको व्यवस्था गरिदिनु जाती हुन्छ । यदि यसरी छिट्टै परीक्षा लिन सकिंदैन वा मिल्दैन भने मेरो विचार मा मार्कसिटमा पहिलेको जस्तै ‘विचार ाधीन×’ लेख्ने गरे कसो होला ? जसले गर्दा सर्वसाधारणले पनि बुझने थिए । यसरी न फेल न पास राख्दा बाल मस्तिष्कमा प्रभाव पर्दैन र ?
श्री जनकल्याण उमावि, धनगढी–११, जुगेडा, कैलाली