कक्षा शिक्षणमा उच्च तहको चिन्तन

हामीकहाँ विद्यार्थीको सिकाइ र उसको कार्यदक्षता उसले परीक्षामा प्राप्त गरेको उपलब्धिका आधारमा जाँचिन्छ । सबैभन्दा बढी अङ्क प्राप्त गर्ने लाई जान्ने र कम अङ्क प्राप्त गर्ने लाई नजान्ने विद्यार्थीको रूपमा व्याख्या गरिन्छ । तर अङ्क प्राप्त गर्न विद्यार्थीले केवल घोक्यो वा सम्बन्धित विषयवस्तु बुझायो भन्ने कुरा लाई ध्यान दिईंदैन । समकालीन विश्वमा भने विद्यार्थीको सिकाइ सँग सँगै उसमा विकास हुने उच्च तहको चिन्तन (Higher order thinking) र सिकेका कुराहरूको व्यावहारिक प्रयोगलाई विशेष महत्व दिइन्छ । नेपालमै पनि पछिल्ला केही दस्तावेजहरूले चिन्तन सीप विकास मा ध्यान दिएको पाइन्छ । जस्तो; राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०६३) ले जीवनोपयोगी सीपको रूपमा पाठ्यक्रमले चिन्तन सीप विकास मा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ । तर अझसम्मै पनि नेपालमा विद्यार्थीको चिन्तन क्षमता विकास का क्रियाकलाप न गरिएको कुरा सन् २०१० मा सामाजिक संवादका लागि सहकार्य (ए.एस.डी.) नामक संस्थाले गरेको एक अध्ययनले देखाएको छ ।

उच्च तहको चिन्तन
चिन्तन एउटा संज्ञानात्मक प्रक्रिया (Cognitive process) हो, जसमा मस्तिष्कले बाह्य वातावरणबाट सूचना प्राप्त गर्ने र त्यसलाई प्रशोधन गरी अर्थपूर्ण बनाउने कार्य गर्द छ । त्यसैले चिन्तनको प्रक्रियामा स्मरण, प्रश्न, धारणा निर्माण, योजना, कल्पना, समस्या समाधान, निर्णय, लेखाजोखा जस्ता प्रक्रियाहरू पर्दछन् । यस्ता क्रिया वा प्रक्रियाहरूलाई चिन्तन सीप (Thinking skill) पनि भनिन्छ । चिन्तनको वर्गीकरण अनुसार यसलाई उच्च तहको चिन्तन (Higher order thinking) र निम्न तहको चिन्तन (Lower order thinking) को रूपमा व्याख्या गरिन्छ । विश्लेषण, मूल्याङ्कन र सृजनाका सीपहरूलाई उच्च तहको चिन्तनको रूपमा हेरिन्छ । यस्ता चिन्तनहरूको मुख्य ध्येय नयाँ ज्ञानको सिर्जना गर्नु हुन्छ । तथ्य, सूचना, सिद्धान्त आदिको जानकारीमा जोड दिने चिन्तन निम्न तहको चिन्तन हो । उच्च तहको चिन्तनलाई पनि विभिन्न विद्वान्हरूले आ–आफ्नै रूपमा परिभाषित गरेका छन् । सन् १९८७ को “एजुकेसन एण्ड लर्निङ टु थिङ्क” प्रतिवेदनले मानिस पहिले नै परिचित नभएको परिस्थितिलाई राम्ररी सामना (Handling) गर्ने सीपलाई नै उच्च तहको चिन्तन मानेको छ । यस्तै सन् १९९९ मा किङ्गगोडसन र रोहनीले उच्च तहको चिन्तन सीपमा गरेको एउटा अध्ययनले ‘विश्लेषणात्मक, तार्किक, प्रतिविम्बात्मक, उच्च संज्ञानात्मक (Meta cognitive) र सृजनात्मक चिन्तन नै उच्च तहको चिन्तन हो’ भनेको छ । यसरी नै बुकहर्ट (२०१०) ले “हाउ टु एसेस हायर अर्डर थिङ्किङ स्किल्समा” उच्च तहको चिन्तनलाई स्थानान्तरण, समालोचनात्मक चिन्तन र समस्या समाधान गर्ने सीपको रूपमा व्याख्या गरेका छन् । कतिपय विद्वान्ले उच्च तहको चिन्तनलाई संज्ञानात्मक मनोविज्ञानसँग सम्बन्धित गराइ समालोचनात्मक चिन्तन (Critical thinking) को रूपमा समेत व्याख्या गरेका छन् (एलिस्टर, २००९) ।


जब उच्च तहको चिन्तनको विकास विद्यार्थीमा हुन थाल्छ तब उनीहरूको चिन्तनमा नयाँ–नयाँ कुरा खोजी गर्ने , जान्ने, परीक्षण गर्ने, प्रमाण खोज्ने, लेखाजोखा गर्ने , तुलना र वर्गीकरण गर्ने , एकीकरण गर्ने जस्तागुणहरू क्रमशः देखि न थाल्छन्, फलस्वरुप अर्थपूर्ण सिकाइको सुरुआत हुन थाल्छ ।

माथि उल्लिखित उच्च तहको चिन्तन सम्बन्धी दृष्टिकोण हेर्दा, यो केवल सूचना लिने, सम्झ्ने र घोक्ने प्रक्रिया मात्रै नभई हरेक कक्षाकोठामा सक्रिय सिकाइ वातावरणको निर्माण गरी विद्यार्थीलाई नै सूचनाको प्राप्ति र विश्लेषण गर्न लगाई नयाँ ज्ञानको निर्माणतर्फ प्रेरित गर्ने प्रक्रिया चाहिं हो । विद्यार्थीलाई अरूले रटाएको ज्ञान भन्दा ऊ आफैंले र आफ्नै प्रयत्नमा प्राप्त गरेको ज्ञानप्रति बढी सन्तुष्टि हुन्छ । जब उच्च तहको चिन्तनको विकास विद्यार्थीमा हुन थाल्छ तब उनीहरूको चिन्तनमा नयाँ–नयाँ कुरा खोजी गर्ने, जान्ने, परीक्षण गर्ने, प्रमाण खोज्ने, लेखाजोखा गर्ने, तुलना र वर्गीकरण गर्ने, एकीकरण गर्ने जस्तागुणहरू क्रमशः देखि न थाल्छन्, फलस्वरुप अर्थपूर्ण सिकाइको सुरुआत हुन थाल्छ ।

कक्षा शिक्षणमा उच्च तहको चिन्तन किन ?
हामीकहाँ एसएलसीको नतिजा प्रकाशित हुनासाथ राम्रा र नराम्रा विद्यालय, सिकाइको स्तर र विद्यार्थीको क्षमता जस्ता कुरा हरूमा चर्चा, परिचर्चा शुरू हुन्छ भने परीक्षा परिणाम विद्यालयको विज्ञापनको माध्यम बन्दछ । तर समकालीन विश्वका आधुनिक मान्यता र मापनीहरूले केवल परीक्षामा रराम्रो उपलब्धि ल्याउनुलाई मात्रै शिक्षाको गुणस्तर मान्दैनन्; बरु विद्यार्थीमा के–कस्ता कार्यदक्षता एवं सीपको विकास भयो र उनीहरूले आफूले प्राप्त गरेको ज्ञान एवं सीपलाई दैनिक जीवनका समस्या समाधानमा कत्तिको प्रयोग गर्न सक्छन् भनी हेरिन्छ । यसको निम्ति विद्यार्थीमा उच्च तहको चिन्तन आवश्यक पर्छ ।

आज नेपालको निम्ति आफ्नै टाउको र शरीर भएका विद्यार्थी आवश्यक छन् । परीक्षामुखी पढाइ र घोक्ने परिपाटीले टाउको अरूकै र शरीर मात्रै आफ्नो भएको विद्यार्थी उत्पादन गर्द छ । यस्तो शिक्षा पद्धतिलाई ‘मेकाले शिक्षा पद्धति’ भनिन्छ, जसले विद्यार्थीलाई केबल निष्क्रिय सूचनाग्रहणकर्ताको रूपमा मात्रै हेर्दछ । त्यसैले समयको माग अनुसारका क्षमतायुक्त विद्यार्थी उत्पादन गर्न— विद्यार्थीमा विकास गर्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्तन वा सोच्ने सीपको विकास हो । त्यसमा पनि मौलिक रूपमा सोच्ने सीप र हरेक विषयवस्तुप्रति प्रश्न गर्ने प्रवृत्तिको विकास प्रत्येक विद्यार्थीमा हुनु अत्यावश्यक हुन्छ । तब मात्र आफ्नो दृष्टिकोणसहितका सचेत नागरिक तयार पार्न सकिन्छ । परम्परागत शिक्षण विधि र तरिकाबाट उच्च तहको चिन्तन सीपको विकास सम्भव हुँदैन । तर शिक्षकको सामान्य प्रयत्नबाट पनि विद्यार्थीहरूको चिन्तन सीप विकास मा ठूलो फड्को मार्न सकिन्छ । चिन्तन सीप प्रदान गर्न सकिएमा आत्मविश्वासी, सृजनात्मक एवं स्वावलम्बी विद्यार्थी उत्पादन गर्न सकिन्छ । अन्य कुरा हरूका अतिरिक्त कक्षा शिक्षण र मूल्याङ्कन पद्धतिमा गरिने सामान्य सुधारहरूले पनि यसमा चामत्कारिक परिणाम दिन सक्छन् ।

उच्च तहको चिन्तन माथिल्ला कक्षाहरूमा मात्रै नभई प्राथमिक तहबाटै विकास गरिनुपर्दछ । यसको पूर्वशर्त भनेकै विद्यार्थीमा प्रश्न सोध्ने र आफूले सिक्ने हरेक विषयवस्तुमा के, किन, कहाँ, कहिले, कसरी, अब के हुन्छ जस्ता प्रश्नहरू गर्न लगाउनु हो ।गाइड रगेसपेपरबाट तयार गरी परीक्षा दिने र परीक्षामा सामान्य स्मरणस्तर का प्रश्नहरू सोध्ने परिपाटीबाट उच्च तहको चिन्तन विकास सम्भव हुन सक्दैन । कक्षा शिक्षणका माध्यमले प्राप्त गरेको यस्तो चिन्तनलाई विद्यार्थीले आफ्नो दैनिक जीवनका समस्या समाधानमा समेत लगाउन सक्छ ।


हामीकहाँ विद्यार्थी मूल्याङ्कनको निम्ति पेपर, पेन्सिल टेस्ट को मात्रै प्रयोग गरिंदै आएको छ । पृष्ठपोषण प्रदान गर्ने व्यवस्थित चलन छैन । त्यसैले सर्वप्रथम त विद्यार्थीको लेखाजोखाको निम्ति भरपर्दो मापदण्ड विकास गर्नु आवश्यक छ । यसनिम्ति स्कोरिङ रुब्रिक्सको निर्माण र प्रयोग गर्न सकिन्छ ।

निष्क्रिय र शिक्षक केन्द्रित शिक्षणबाट उच्च तहको चिन्तन सीपको विकास सम्भव छैन । शिक्षण सिकाइमा शिक्षकको भूमिका कम र विद्यार्थीको भूमिका बढी हुँदा मात्रै विद्यार्थीले राम्ररी सिक्न सक्छन् र उनीहरूमा आफैं समीक्षात्मक चिन्तन गर्ने क्षमताको विकास हुन्छ (क्राफोर्ड, २००५, टिचिङ एण्ड लर्निङ स्ट्रयाटेजी फर थिङ्किङ क्लासरुम) । चिन्तनको सम्बन्धमा विभिन्न अध्ययनहरू पनि गरिएका छन् । जस्तो; स्मिथ (२००२) ले गरेको एक अध्ययनले मानव मस्तिष्कको अधिकांश वृद्धि पूर्व बाल्यवस्थामा नै भइसक्ने निष्कर्ष निकाल्यो । सो अध्ययन अनुसार बालक ६ वर्षको हुँदासम्म उसको प्रौढावस्थामा हुने मस्तिष्कको ९० प्रतिशत आकार बनिसकेको हुन्छ । यसैले विद्यालयको प्रारम्भिक कक्षाबाट नै उच्च तहको चिन्तन सीपको विकास गर्न ढिलो गरिनुहुँदैन ।

उच्च तहको चिन्तन विकास को प्रक्रिया
उच्च तहको चिन्तन विकास को निम्ति शिक्षण विधिहरूको परिमार्जन पहिलो पूर्वशर्त हो । विद्यार्थीलाई सक्रिय पारी सिकाउँदा, सिकाइमा उनीहरूको सहभागिता बढ्छ र उनीहरू छिटो र सजिलोसँग सिक्न सक्ने भएका हुन्छन् । यसको निम्ति समीक्षात्मक चिन्तनका शिक्षण विधिहरू (Critical thinking method) को प्रयोग गर्न सकिन्छ । कक्षा शिक्षणको क्रममा गरिने प्रश्नोत्तर र उच्च तहको चिन्तनबीच निकट सम्बन्ध हुन्छ । प्रश्न निर्माणको आधारको रूपमा ब्लुमको वर्गीकरण (टेक्सोनोमिज अफ एजुकेसनल अब्जेक्टिभ्स, १९५६) लाई लिन सकिन्छ । ब्लुमको शिक्षण उद्देश्यको वर्गीकरण र त्यसमा प्रयोग हुने क्रियात्मक शब्दलाई यसरी पनि उल्लेख गर्न सकिन्छ (हे. तालिका १):

ब्लुमको माथि उल्लिखित वर्गीकरण तालिकामा संज्ञानात्मक क्षेत्रलाई ६ वटा उपक्षेत्रमा वर्गीकरण गरिएको छ । विद्यार्थीको चिन्तन विकास को निम्ति प्रश्न निर्माण र उद्देश्य निर्माणमा यी उपक्षेत्र अन्तर्गतका क्रियापदहरूको प्रयोग गरिन्छ । यस वर्गीकरणको ज्ञान, बोध र प्रयोगलाई निम्नस्तरीय चिन्तन (Lower order thinking) को रूपमा लिइन्छ भने विश्लेषण, संश्लेषण र मूल्याङ्कनलाई उच्च तहको चिन्तन (Higher order thinking) को रुपमा लिइन्छ । यो वर्गीकरणमा ‘ज्ञान’ चिन्तनको सरल र सबैभन्दा तल्लो तह हो भने ‘मूल्याङ्कन’ उच्च तह हो । उच्च तहको चिन्तन विकास को आधार नै निम्न तहको चिन्तन हो । यसैले विद्यार्थीमा उच्च तहको चिन्तन विकास गर्नको निमित्त सर्वप्रथम निम्न तहको चिन्तन विकास मा अभ्यस्त बनाउनु पर्छ । शिक्षकले संज्ञानात्मक क्षेत्र र उपक्षेत्र अन्तर्गतका जति धेरै प्रश्न सोध्छ वा त्यस्ता क्रियाकलाप गराउँछ भने त्यही मात्रामा विद्यार्थीमा उच्च तहको चिन्तन विकास हुन्छ; अन्यथा उच्च तहको चिन्तन विकास सम्भव हुदैन ।

चिन्तन विकास प्रक्रियाका चरण
उच्च तहको चिन्तन विकास को निमित्त शिक्षकले महत्वपूर्ण सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ । जुनसुकै तह वा कक्षामा शिक्षण गरेको भए तापनि शिक्षकले उक्त तह/कक्षाको स्तर अनुसारका चुनौतीपूर्ण प्रश्नहरू सोध्नुपर्छ जसबाट विद्यार्थीमा चिन्तन क्षमताको विकास र गहन एवं विस्तृत रूपमा क्रमबद्ध तरिकाले सोच्ने बानीको विकास गरोस् ।

उच्च तहको शिक्षणको निम्ति लिम्ब्याच र उग (२००९) ले “जर्नल अफ इन्स्ट्रक्सनल पेडागोजीमा” पाँच चरणयुक्त प्रक्रियाको उल्लेख गरेका छन्, जुन नेपालको विद्यालयीय शिक्षणमा उच्च तहको चिन्तन विकास को निम्ति सान्दर्भिक छ । ती चरणहरू यस प्रकार छन्ः

१) विशिष्ट उद्देश्यको निर्धारण
कुनै कक्षा विषय शिक्षणपश्चात् विद्यार्थीले के सिक्ने हुन् भन्ने कुरा शिक्षकले कक्षामा पस्नु अगाडि नै निर्धारण गर्नु पर्छ । यसको निम्ति पूर्ण पाठयोजना आवश्यक पर्छ । यस्तो योजनामा उच्च तहको चिन्तन विकास हुनसक्ने उद्देश्यहरूको छनोट निकै सावधानीपूर्वक गर्नु पर्दछ । यसको निम्ति माथि उल्लिखित वल्मको शैक्षिक उद्देश्यको वर्गीकरणको संज्ञानात्मक क्षेत्र अन्तर्गतका उपक्षेत्रहरू, विश्लेषण, संश्लेषण र मूल्याङ्कन तहका क्रियापदहरू समावेश गर्नु पर्दछ ।

जस्तैः (क) विद्यार्थीले जमिनमा र पानीमा बस्ने पाँच/पाँच वटा जनावरको नाम भन्न सक्नेछन् ।
(ख) विद्यार्थीले जमिन र पानीमा बस्ने जनावरबीच पाँचवटा बुँदामा तुलना गर्न सक्नेछन् ।

माथि उल्लिखित दुई वटा उद्देश्यमध्ये, उद्देश्य ‘क’ ले तथ्यको स्मरणमा जोड दिएकोले यसले उच्च तहको चिन्तन विकास गर्दैन जबकि ‘ख’ ले उच्च तहको चिन्तन विकास मा सहयोग गर्छ । पाठयोजनाका उद्देश्य सधैं नै विद्यार्थीलाई चुनौतीपूर्ण चिन्तनप्रति प्रेरित गर्ने किसिमका हुनुपर्दछ ।

२) प्रश्नको माध्यमबाट शिक्षण
प्रश्न शिक्षण सिकाइको एक अत्यन्तै महत्वपूर्ण अङ्ग हो, जसको माध्यमबाट विद्यार्थीलाई सिकाइतर्फ प्रेरित गर्न र नयाँ धारणाको विकास गर्न सकिन्छ । सावधानीपूर्वक छनोट गरिएका प्रश्नले नै विद्यार्थीमा उच्च तहको चिन्तन विकास गराउँदछ । यसको निम्ति शिक्षकमा प्रश्न सोध्ने कला हुनु अति आवश्यक हुन्छ । शिक्षकले सोध्ने प्रश्नको तहमै विद्यार्थीको चिन्तन विकास निर्भर गर्छ । प्रश्न केन्द्रित (Convergent) र विकेन्द्रित (Divergent) गरी मुख्य दुईरूपका हुन्छन् । केन्द्रित प्रश्नले विशिष्ट र ठीक उत्तर खोज्छन् । यस्ता प्रश्न ब्लुमको वर्गीकरण अनुसार ज्ञान, बोध र प्रयोग तहसँग सम्बन्धित हुन्छन् । विकेन्द्रित प्रश्नले भने विभिन्न ठीक उत्तर खोज्छन् । यस्ता प्रश्न ब्लुमको वर्गीकरण अनुसार विश्लेषण, संश्लेषण र मूल्याङ्कन तहसँग सम्बन्धित हुन्छन् ।


उच्च तहको चिन्तन माथिल्ला कक्षाहरूमा मात्रै नभई प्राथमिक तहबाटै विकास गरिनुपर्दछ । गाइड र गेसपेपरबाट तयार गरी परीक्षा दिने र परीक्षामा सामान्य स्मरणस्तरका प्रश्नहरू सोध्ने परिपाटीबाट उच्च तहको चिन्तन विकास सम्भव हुन सक्दैन ।

त्यसैले विद्यार्थीमा उच्च तहको चिन्तन विकास गर्न विकेन्द्रित प्रश्न सोध्नु आवश्यक हुन्छ । सीपयुक्त प्रश्नले सिकाइमा विद्यार्थीको सक्रिय सहभागिता कायम गर्न समेत उत्तिकै मद्दत गर्द छ । प्रश्न सोध्दा केही कुरा मा ध्यान दिनुपर्छ, जस्तो कि प्रश्न सरल, स्पष्ट र प्रेरित गर्ने किसिमको हुनुपर्छ, न्यून तहको चिन्तनबाट शुरू भई उच्च तहतिर गएको र समय तोकिएको हुनुपर्छ । प्रश्नका केही उदाहरण (हे. तालिका २):

३) सक्रिय सिकाइ र पर्याप्त अभ्यास
शिक्षण सिकाइमा विद्यार्थीको जति बढी क्रियाशीलता र सहभागिता रहन्छ, सिकाइ त्यति नै सरल र अर्थपूर्ण हुन्छ । यसको विपरीत शिक्षक मात्रै सक्रिय हुँदा सिकाइ प्रभावकारी बन्न सक्दैन । सक्रिय सिकाइको निम्ति विभिन्न सिकाइ कार्यनीतिहरू छनोट गर्ने सीप शिक्षकमा हुनुपर्छ । यसको निम्ति समालोचनात्मक चिन्तनका शिक्षण विधिहरू ज्यादै उपयोगी हुनसक्छन् (क्राफोर्ड २००५, टिचिङ एण्ड लर्निङ स्ट्राटेजिज फर थिङ्किङ क्लासरुम) । एकै पटकको सिकाइ प्रयत्न र क्रियाकलाप बाट मात्रै विद्यार्थीले रराम्रोसँग सिक्न नसक्ने भएको ले तिनलाई सिकाइको निम्ति पर्याप्त मौका प्रदान गरिनुपर्छ । विद्यार्थीलाई उच्च तहको चिन्तनमा सहभागी गराउन, उनीहरूलाई विचार व्यक्त गर्न दिने सहमति/असहमति राख्न दिने, आलोचना/धारणा/दृष्टिकोण प्रस्तुत गर्न दिने र यसको निम्ति स्रोत वा प्रमाणहरू प्रस्तुत गर्न लगाउने, स्वतन्त्र र निष्पक्ष एवं खुला हृदयले सोच्न दिने जस्ता उपायहरू अपनाउन सकिन्छ । अभ्यास र सिकाइको निम्ति एउटा सरल उपायमाग्राफिक अर्गनाइजर पनि पर्दछ । यस अन्तर्गतको भेनन चित्र (हे. तल) लाई कक्षा शिक्षणमा प्रयोग गर्न सकिन्छ । जस्तैः उच्च तहको चिन्तनको शिक्षण गर्ने तरिकालाई ‘भेनन डायग्राम’मा देखाउन सकिन्छ ।

४) पुनरावलोकन र सुधार
उच्च तहको चिन्तन विकास मा शिक्षकको भूमिका महत्वपूर्ण हुने भएको ले शिक्षकले आफ्नो शिक्षण विधि र मूल्याङ्कन तरिकाको पुनरावलोकन गर्नै पर्दछ । विद्यार्थीको सिकाइ सम्बन्धमा उनीहरूले के कुरा सिक्न सके र के कुरा सिक्न सकेनन् भनी प्रश्न गर्दा वा पृष्ठपोषण प्राप्त गर्दा शिक्षकलाई आफूले गर्नु पर्ने सुधारको जानकारी प्राप्त हुन्छ ।

विशेष गरी कक्षाकोठाको वातावरण सहज छ वा छैन भन्ने कुरा मा ध्यान दिई सहज वातावरणको सिर्जनातर्फ शिक्षक लाग्नुपर्छ । उच्च तहको चिन्तन कत्तिको मात्रामा विकास भयो भनी जाँच्न शिक्षकले विभिन्न तरिका अपनाउन सक्छ । जस्तैः विद्यार्थीलाई यस्ता प्रश्न सोध्न सकिन्छ, “तिमीहरूले यस पाठबाट सिकेको कुरा दुई मिनेटभित्र लेख ।”

५) सिकाइको लेखाजोखा र पृष्ठपोषण प्रदान
शिक्षण सिकाइ प्रक्रियाको एउटा अभिन्न अङ्ग विद्यार्थी मूल्याङ्कन हो । हामीकहाँ विद्यार्थी मूल्याङ्कनको निम्ति पेपर, पेन्सिल टेस्टको मात्रै प्रयोग गरिंदै आएको छ । कुन कक्षाका विद्यार्थीले के–कस्तो मापनी (Standard) प्राप्त गर्नु पर्ने हो भन्ने निर्धारण गरिएको छैन । परीक्षालाई पनि प्रायः जसो विद्यार्थीलाई पास/फेल गर्ने वा स्तर छुट्याउने कार्यको निम्ति मात्रै प्रयोग गरिंदै आएको छ । पृष्ठपोषण प्रदान गर्ने व्यवस्थित चलन छैन । कुन विषयवस्तुको कुन–कुन पक्षमा ऊ कमजोरी छ भन्नु सट्टा विद्यार्थीलाई सामान्य रूपमा तिमी यो विषयमा कमजोर छौ भन्ने गरिन्छ । त्यसैले सर्वप्रथम त विद्यार्थीको लेखाजोखाको निम्ति भरपर्दो मापदण्ड विकास गर्नु आवश्यक छ, यसनिम्ति स्कोरिङ रुब्रिक्सको निर्माण र प्रयोग गर्न सकिन्छ । विद्यार्थीलाई वस्तुपरक, रचनात्मक र सान्दर्भिक सुझाव दिनुपर्दछ । त्यसरी दिइने पृष्ठपोषणले उनीहरूको चिन्तन क्षमताको गुणात्मक विकास होस् भन्ने पक्षमा शिक्षक सधैं सतर्क हुनुपर्छ । तत्कालको निम्ति विद्यार्थीको चिन्तन क्षमताको लेखाजोखा गर्न ओपन सोसाइटी इन्स्टिच्यूट, न्यूवर्क बाट प्रकाशित र सामाजिक संवादका लागि सहकार्य (ए.एड.डी.) बाट अनूदित पुस्तक, “विश्लेषणात्मक शिक्षण चिन्तन र सिकाइ रणनीति” महत्वपूर्ण स्रोत पुस्तकको रूपमा प्रयोग गर्न सकिन्छ ।

(लेखक पृथ्वीनारायण क्याम्पस, पोखरामा प्राध्यापनरत छन्)

commercial commercial commercial commercial