‘कुट्नु हुँदैन’ हैन, कुट्नै पर्दैन

मेरो बुबा भारतीय सेनामा हुनुहुन्थ्यो । त्यसैले मेरो विद्यार्थी जीवन भारतमै बित्यो । त्यहाँ स्कूलमा पढ्दा शिक्षकबाट म धेरै पिटिएँ । शिक्षक भएपछि मैले पनि आफ्ना विद्यार्थीलाई धेरै सजाय दिएँ । मैले सिकाउने शैली त्यही मात्र हो भन्ने बुझेको थिएँ । भैरहवाको पक्लिहवा भोकेसनल स्कूल र काठमाडौंको भानुभक्त मेमोरियलमा गरेर २० वर्ष पढाएँ । त्यहाँ म धेरै कडा शिक्षक मानिन्थें ।

मैले विद्यार्थीलाई कडा सजाय दिंदा प्रिन्सिपलबाट स्याबासी र प्रशंसा पाउथें । त्यसले मलाई दण्डित गर्न अरू प्रेरित गथ्र्यो । यतिसम्म कि ‘तपाईंकै कारणले यति रराम्रो नतिजा आएको छ’ भनेर प्रिन्सिपलले मेरो बखानगर्थे । कतिपय अभिभावकहरू पनि मसँग भेटेर भनिरहन्थे, ‘बच्चाले घरमा पढेनन्, अनुशासित भएनन्, तपाईंले दुई चड्कन लगाइदिए पढ्थे कि !’ अभिभावकको यस्तो आग्रहले मलाई थप हौसला मिल्थ्यो । अनि म विद्यार्थीलाई झनै बढी सजाय दिन्थें ।


अभिभावकले आफ्ना सन्तानलाई कुट्छन् । सन्तानले कुटाइलाई नै समस्याको समाधान ठानेर त्यही कुरा सिक्छन् । अनि भोलि आफू अभिभावक भएपछि तिनले आफ्ना सन्तानलाई उसै गरी कुट्छन् । स्कूलको अवस्था पनि यस्तै हो । शिक्षकले विद्यार्थीलाई कुट्छन्, विद्यार्थीले त्यही सिक्छन् । अनि जब आफू शिक्षक बन्छन्, आफ्ना विद्यार्थीलाई त्यसरी नै कुट्छन् । यो त पुस्तान्तरण भइरहने एउटा चक्र पो रहेछ । यसैको प्रभाव हाम्रो समाज मा पनि परेको छ ।


मलाई मेरा शिक्षकले पिटेको अहिले पनि सम्झन्छु । म शिक्षकसामु ठाडो शिर गरेर बोल्न सक्दिनथें । मैले आफ्ना विद्यार्थीलाई पनि त्यस्तै बनाएछु । कतिपय विद्यार्थीले अभिभावकलाई सुनाएका पनि रहेछन्, ‘हामी त आले सरको आँखामा आँखा जुधाएर कुरै गर्न सक्दैनौं ।’ टिफिन समय र खाली पिरियडमा पनि मेरै विषय घोकेर बस्थे । मेरो नामैले पनि उनीहरू त्रस्त हुन्थे । मानौं, देवेन्द्र आले भनेको डरकै पर्याय हो । मौका पर्दा उनीहरू अहिले पनि मैले दिएका सजायका प्रसङ्ग उठाइरहन्छन् ।

शिक्षण तालिमका सिलसिलामा मैले विभिन्न मुलुकमा पुग्ने मौका पाएँ । त्यहाँ सिकाइका विधिहरू यताको भन्दा धेरै भिन्न लाग्थ्यो । फ्रान्सका केही स्कूलका कक्षाकोठा अवलोकन गरे । त्यहाँ मैले सजाय बिल्कुलै देखि नँ । बेलायतका स्कूलमा त्यस्तै थियो । अनि मलाई लाग्यो, यहाँ सजायरहित शिक्षण गर्न सकिने रहेछ भने हामीले चाहिं किन पिट्ने त ? शिक्षण जीवनबाट अवकाश लिएपछि यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) मा काम गर्न थालें । सिभिक्टमा रहँदा मैले त्यस्ता मानिसलाई भेटें, जो प्रहरीको शारीरिक र मान सिक यातनाका कारण विक्षिप्त बनेका थिए । त्यो दर्दनाक अवस्था देखेपछि लाग्यो, यातनाका कारण बढी उमेरका व्यक्तिलाई त यति धेरै पीडा हुँदोरहेछ भने कलिला र अबोध बालबालिकालाई दिइने सजायको असर कस्तो होला ?

त्यसपछि यस्ता सजायलाई निरुत्साहित गर्न सकिन्छ कि भनेर सोच्न थालें । साथीहरूसँग पनि छलफल भयो । एउटा निचोड निकाल्यौं, यातना नियन्त्रण गर्ने हो भने घर र विद्यालय देखि नै दण्ड/सजाय रोक्न थाल्नुपर्छ । त्यसबारे सरोकारवाला व्यक्तिहरूसँग छलफल गर्ने निधो भयो । सर्वप्रथम शिक्षा मन्त्रालयका उच्च अधिकारी हरूसँगै कुरा कानी गर्यौ । तर, उनीहरू यसनिम्ति तयार देखि एनन् । दण्डरहित पद्धति हाम्रा विद्यालयमा ‘फिट’ हुन नसक्ने भन्दै उनीहरू त्यसबाट पन्छिन खोजे । अनि त्यही प्रस्ताव युनिसेफमा राख्यौं र उसैको सहयोगमा नेपालका स्कूलमा हुने दण्डको बारेमा अध्ययन गरियो । सन् २००४ मा भएको सो अध्ययनले नेपालका विद्यालयमा दण्डको क्रम व्यापक रहेको देखायो । खास गरी तालिम नपाएका शिक्षकबाट विद्यार्थी बढी कुटिएको तथ्य त्यसले देखाएको थियो ।

सजायको ‘चक्र’ र संस्कृति
हामीकहाँ बालबालिकालाई तह लगाउन पिट्नैपर्छ भन्ने विचार केवल विचार मा सीमित छैन । यो ‘संस्कृति’ कै रूपमा स्थापित छ । अभिभावकले आफ्ना सन्तानलाई कुट्छन् । सन्तानले कुटाइलाई नै समस्याको समाधान ठानेर त्यही कुरा सिक्छन् । अनि भोलि आफू अभिभावक भएपछि तिनले आफ्ना सन्तानलाई उसै गरी कुट्छन् । स्कूलको अवस्था पनि यस्तै हो । शिक्षकले विद्यार्थीलाई कुट्छन्, विद्यार्थीले त्यही सिक्छन् । अनि जब आफू शिक्षक बन्छन्, आफ्ना विद्यार्थीलाई त्यसरी नै कुट्छन् । यो त पुस्तान्तरण भइरहने एउटा चक्र पो रहेछ । यसैको प्रभाव हराम्रो समाज मा पनि परेको छ । दण्ड दिएर पढाउने संस्कारलाई कुनै बेला ठीक मानियो होला । तर, अहिले त सिकाइका अनेकन विधि र प्रविधि आइसकेका छन् । अझै पनि दण्डसहितको सिकाइलाई निरन्तरता दिनु भनेको भावी पुस्तालाई अरू पछाडि धकेल्नु हो । पछि बुझदै आइयो, त्यो त घातक अभ्यास पो रहेछ ।

केही वर्षअघिसम्म पनि विद्यालयमा विभिन्न बहानामा छात्रछात्रालाई कुटपिट रगालीगलौज गर्ने प्रवृत्ति ज्यादै थियो । अहिले यो प्रवृत्ति केही न्यून भएको छ । तर, पूर्ण रूपमा नियन्त्रण भने भइसकेको छैन । शिक्षकले तालिममा बालमैत्री अभ्यास का धेरै विधिबारे सुन्छन् । आइन्दा विद्यार्थीलाई नपिट्ने प्रतिबद्धता पनि जनाउँछन् । तर, व्यवहारमा त्यसको कार्यान्वयन गर्दैनन् । त्यसको ‘फलोअप’ पनि हुँदैन । कतिपय शिक्षकहरू यति जब्बर हुन्छन्, बदलिंदो शिक्षण शैलीलाई आत्मसात् गर्नै चाहँदैनन् । पुरानै ढर्रामा सीमित हुन खोज्छन् । तर दण्डरहित सिकाइका निम्ति पहिले शिक्षक सुध्रिनै पर्छ । उसमा ‘अब म विद्यार्थीलाई पिट्दिनँ’ भन्ने भावना अन्तरात्मा देखि नै जागृत भएर नआएसम्म यो प्रवृत्ति रोकिन सक्दैन ।


शारीरिक तथा मानसिक दण्डका मूलतः तीन वटा असर देखिन्छन्ः पहिलो शारीरिक, दोस्रो मानसिक र तेस्रो सामाजिक । पिट्ने बेलामा शिक्षकहरू यति आक्रोशित हुने रहेछन् कि त्यसले पार्ने असरको बारेमा उनीहरू हेक्का नै राख्दैनन् । कुटपिटकै कारण आँखा, कान जस्ता संवेदनशील अंगमा चोट लागेका धेरै घटनाहरू हामीले सुनेका छौं ।

कतिपय शिक्षकहरू बालमनोविज्ञान र बालअधिकारप्रति बेखबर छन् । अझै पनि धेरै शिक्षकलाई सजाय नदिइकन पनि पढाउन सकिन्छ भन्नेमा विश्वासै छैन । मानौं, विद्यार्थीलाई रराम्रोसँग पढाउन र सिकाउन दण्डको विकल्पै छैन । दण्ड दिएपछि वा दण्ड पाउने डरले विद्यार्थी अनुशासित भएर बस्छन् र आफूले भनेका कुरा बुझन सक्छन् भन्ने शिक्षकको धारणा छ । अर्कोतर्फ दण्डरहित सिकाइको तालिमलाई व्यापकता दिन सकिएको छैन । यसबारे सचेतना पनि पुग्न सकेको छैन । काठमाडौं र अन्य ठूला शहरी क्षेत्रका अभिभावकमा चाहिं बच्चालाई पिट्नुहुँदैन भन्ने चेतना बढ्दो क्रममा छ ।

दण्डको असर
बालबालिकालाई दिइने शारीरिक तथा मान सिक दण्डका मूलतः तीन वटा असर देखिन्छन्ः पहिलो शारीरिक, दोस्रो मान सिक र तेस्रो सामाजिक । पिट्ने बेलामा शिक्षकहरू यति आक्रोशित हुने रहेछन् कि त्यसले पार्ने असरको बारेमा उनीहरू हेक्का नै राख्दैनन् । कुटपिटकै कारण आँखा, कान जस्ता संवेदनशील अंगमा चोट लागेका धेरै घटनाहरू हामीले सुनेका छौं ।

मानसिक असर त अझै डरलाग्दो हुन्छ । त्यस्तो असरले पीडितलाई बाँचुञ्जेल पिरोल्छ । पीडाको असर र डर सधैं मनमा रहिरहन्छ । चर्को सजाय भोगेका व्यक्तिले आफ्ना समस्या कहिल्यै खुलेर प्रकट गर्न सक्दैनन् । शिक्षककोगालीका कारण बालबालिकाले आफ्ना साथीहरूमाझ् अपमानित भएको महसूस गर्छन् । शिक्षकसँग को डरले विद्यार्थीलाई भित्रको कुरा प्रकट हुनै दिंदैन । जसले दण्ड पाएको हुन्छ, उसलाई समाज मा पनि ‘पिटाइ खाएको व्यक्ति’का रूपमा चित्रण गरिन्छ । एकअर्काका परिवारबीच ‘फलानाको छोरा/छोरीले त पिटाइ खाएछ नि !’ भन्ने चर्चा हुन्छ ।

विद्यार्थीलाई दिइने दण्डको अर्को परिणाम हो, ‘स्कूलफोबिया’ अर्थात् स्कूलप्रति डर र अनिच्छा हुने समस्या । पिटिने डरले बालबालिका स्कूल जानै नपरे हुन्थ्यो भन्ने ठान्छन् । स्कूल गए पनि मनभित्रका डरले जानेका कुरा पनि शिक्षकसामु प्रकट गर्न सक्दैनन् । अन्ततः त्यसले सिकाइप्रति नै अरुचि पैदा गर्छ । हामी बच्चा डराउनुलाई अनुशासन ठान्छौं । तर अनुशासन भनेको आत्म नियन्त्रण र आत्मसम्मान हो, डर होइन । त्यसैले बालबालिकाको व्यक्तित्व विकास का निम्ति डर/त्रास विनाको सम्मान जनक शिक्षण सिकाइ हुनुपर्छ । आत्मसम्मान सहितको अनुशासन धेरै महत्वपूर्ण हुन्छ । जबसम्म हामी बालबालिकालाई सम्मान का साथ सिकाउँदैनौं, तबसम्म तिनको रराम्रो व्यक्तित्व विकास हुन सक्दैन ।

दण्डरहित सिकाइः सम्भव छ
हामी मानिस हौं । हामीमा संवेदना छ । सोच्न सक्छौं । राम्रा र नराम्रा कुरा र तिनले निम्त्याउने परिणामलाई हामी छुट्याउन सक्छौं । अतः दण्ड नदिने भन्ने कुरा असम्भव छैन । सम्भव छ । यसका उपायहरू पनि छन् । पहिलो त दण्डरहित शिक्षण सिकाइका विषयमा व्यापक तालिम दिइनुपर्छ । तर, तालिम ‘तालिम’का लागि मात्रै हुनुहुँदैन । त्यसले शिक्षकको मनोवृत्तिमै परिवर्तन ल्याउन सक्नुपर्छ । स्कूल यस्तो हुनु परयो कि जहाँ सजायको आवश्यकता नै नपरोस् । त्यसका निम्ति पहिले विद्यालयको शैक्षिक वातावरण रराम्रो हुनुपर्छ । ‘हामी विद्यार्थीलाई नपिटिकन पनि पढाउन सक्छौं’ भन्ने प्रतिबद्ध भावना सबै शिक्षकले बनाउनुपर्छ ।

अर्को, कक्षा शिक्षकले विद्यार्थीकै सहभागितामा उनीहरूले पालना गर्नु पर्ने अनुशासनका नियमहरू बनाउन लगाउनुपर्छ । सकेसम्म त्यस्ता नियम विद्यार्थीलाई नै बनाउन लगाउनुपर्छ । आफैंले बनाएको नियमले विद्यार्थीमा अपनत्वबोधगराउँछ र उनीहरूले त्यसको पालना पनि गर्छन् ।

स्कूलमा जस्तै विद्यार्थीको घरमा पनि अभिभावकले बालबालिकालाई नै साक्षी राखेर निश्चित नियमहरू बनाइदिनुपर्छ । अभिभावकले त्यसको पालनाका निम्ति प्रेरणा जगाइदिए पुग्छ । शिक्षकले पनि अभिभावकसँग नियमित सम्पर्कमा रहेर विद्यार्थीको आचरण र सिकाइको स्तर बारे जानकारी दिइरहनु पर्छ । विद्यार्थीले सुधार्नुपर्ने पक्षबारे अभिभावकलाई झकझक्याइरहनु पर्छ ।

बालबालिकाका निम्ति पुरस्कार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पुरस्कार भन्दैमा पैसा वा महँगा सामग्री नै दिनुपर्छ भन्ने होइन । पुरस्कार लाई शब्दले व्यक्त गरिदिऊँ । बालबालिकाका असल र सिर्जनशील कामलाई ‘भेरीगुड !’ र ‘स्याबास !’ भनिदिऊँ । अरूबाट प्रशंसा पाउन खोज्नु मानवीय स्वभाव नै हो । तर, त्यस्तो प्रशंसा ठीक समयमा दिइनुपर्छ । ढिलो गरी दिइने प्रशंसाको कुनै अर्थ रहँदैन । प्रशंसा बालबालिकाका कामको गर्नु पर्छ, तिनको व्यक्तित्वको होइन । उदाहरणका निम्ति; विद्यार्थीले रराम्रो ‘ह्याण्डराइटिङ’ देखाउँदा शिक्षकले उसको लेखनको प्रशंसा न गरेर ‘तिमी त कति रराम्रो छौं, साह्रै ज्ञानी छौ’ भनिदिन्छ भने त्यसको अर्थ रहँदैन ।


४०–५० मिनेटसम्म को चुपचाप बस्न सक्छ ? हामी तालिम÷गोष्ठीमा त एकअर्कासँग कुरा गर्छौं भने बच्चाहरूलाई चाहिं साथीसँग बोल्न मन लाग्दैन ? उनीहरूलाई त मनमा लागेका जिज्ञासाहरू व्यक्त गर्ने मौका झ्नै दिइनुपर्छ । समूहगत छलफलको मौका शिक्षकले नै जुटाइदिनुपर्छ ।

शिक्षक विद्यार्थीको नजरमा ‘आदर्श’ हुनुपर्छ । शिक्षकको पोशाक चिटिक्क देखि नुपर्छ । पोशाकले उसको बाहिरी व्यक्तित्वलाई झल्काउँछ । पोशाक राम्रो देखि एन भने विद्यार्थीको नजरमा शिक्षक अनादर्श ठानिन्छ । कक्षामा शिक्षकको प्रस्तुति पनि आकर्षक हुनुपर्छ । व्यवहार पनि बालमैत्री हुनुपर्छ । शिक्षकको प्रस्तुति र व्यवहार त्यस्तो हुनुहुँदैन, जसले विद्यार्थीलाई त्रस्त तुल्याओस् । विद्यार्थीलाई अनुशासनमा राख्न खोज्ने शिक्षक आफू अनुशासित हुनै पर्छ ।

अनुशासनका नाममा हामी विद्यार्थीलाई चुइँक्क बोल्न दिदैनौं । योगलत हो । ४०–५० मिनेटसम्म को चुपचाप बस्न सक्छ ? हामी तालिम/गोष्ठीमा त एकअर्कासँग कुरा गर्छौं भने बच्चाहरूलाई चाहिं साथीसँग बोल्न मन लाग्दैन ? उनीहरूलाई त मनमा लागेका जिज्ञासाहरू व्यक्त गर्ने मौका झनै दिइनुपर्छ । समूहगत छलफल को मौका शिक्षकले नै जुटाइदिनुपर्छ ।

शिक्षकलाई रीस र आवेगले विद्यार्थीलाई सजाय दिन प्रेरित गरिरहेको हुन्छ । शिक्षकले रीसलाई नियन्त्रण गर्नै पर्छ र यो सकिन्छ पनि । विकसित मुलुकमा धेरै राम्रा अभ्यास देखिन्छन् । मुख्यतः त्यहाँका स्कूलहरू बालमैत्री छन् । त्यहाँ बालबालिकाले स्कूललाई खेल्ने ठाउँ ठान्छन् । शिक्षकलाई पनि साथी झै व्यवहार गर्छन् । बालमनोविज्ञानका आधारभूत अवधारणा र मान्यतालाई त्यहाँका शिक्षकले राम्ररी बुझेका हुन्छन् । विद्यार्थीलाई दण्ड नदिइकन, डर नदेखाइकन सिकाउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा चरितार्थ गरेका छन् ।

हाम्रा विश्वविद्यालय स्तर मा पढाइने शिक्षाशास्त्रका पाठ्यक्रममा पनि सजायरहित शिक्षण सिकाइका विषयवस्तुलाई पर्याप्त रूपमा समेट्नुपर्ने आवश्यकता छ । सजायका विद्यमान प्रवृत्तिसँगै त्यसबाट हुने शारीरिक र मान सिक असरका परिणामलाई कोर्समा उल्लेख गरिनुपर्छ । ताकि भोलिका शिक्षकले त्यसलाई रराम्रोसँग महसूस गर्न सकून् ।

(सम्मान जनक सिकाइका बारेमा शिक्षकहरूलाई प्रशिक्षण दिने कार्यमा संलग्न आलेले विद्यालयमा दिइने सजाय र त्यसको असरका बारेमा अनुसन्धान गरेका छन् ।)

प्रस्तुतिः प्रमोद आयाम

commercial commercial commercial commercial