सम्भव छ शैक्षिक क्रान्ति

एक उत्प्रेरित शिक्षकले मात्र विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने हुँदा शैक्षिक क्रान्तिका लागि शिक्षकको आत्मबल उच्च पार्दै उत्प्रेरणाको कार्ययोजना आजै तयार पारौं । सम्भव छ क्रान्ति शिक्षामा ।

नेतृत्व र शासकले निम्त्याएको परिस्थितिको उपज हो आजको शैक्षिक क्षेत्रको दुरवस्था । यसले नेपाली शिक्षकसामु ठूलो चुनौती ल्याएको छ । शिक्षकको त रोजीरोटी नैगुम्न सक्ने प्रबल सम्भावना छ । तर म यतिखेर दाबीसाथ भन्न सक्छु, गरे शिक्षकले नै गर्न सक्छ शैक्षिक क्रान्ति । न गरे कसैको ताकतले सक्नेवाला छैन । त्यसका लागि शिक्षकलाई उत्प्रेरित गराउने खालका कार्यक्रमको जरुरत छ ।

काम कसले गर्नु पर्छ भन्ने तर्क गर्न थालियो भने काम हुँदैन नै । फेरि अरूले गरे न भनेर चुप बस्ने प्रवृत्ति त्याग्न सकेनौं भने त झनै हराम्रो जस्तो समुदायमा कहाँ उपलब्धि होला र ! शिक्षकले त नेतृत्व लिनुपर्छ । समस्या नभएको त कसैले पनि भन्छन् भन्ने लाग्दैन । यद्यपि यावत् अल्झ्नलाई पन्छाएर अग्रगामी यात्रा गर्न सक्ने मान्छे नै त शिक्षक हो नि ! कमजोरी, दोष र गैर जिम्मेवारी जो–जसबाट भएको भए पनि सबैगुह्य सत्यलाई खोतल्ने नकारात्मक चिन्तनको बाटो समात्नु म सान्दर्भिक ठान्दिनँ ।
शिक्षक स्वयम्ले ख्याल गर्नु पर्ने कुरा हरू पनि धेरै हुन आउँछन् । अभिभावकसँग सम्बन्ध स्थापित गर्ने र उनीहरूको सहयोग लिने, विद्यार्थीलाई मित्रवत् व्यवहार गर्ने र मनोविज्ञान बुझेर शिक्षण–सिकाइमा संलग्न गराउने, जिशिका र मन्त्रालयसँग सरोकार राख्ने पक्षसँग सहयोग लिने र सकारात्मक पृष्ठपोषणलाई व्यवहारमा उतार्ने र काम न गर्ने वा नियतवश असहयोग गर्ने लाई कारबाहीका लागि जानकारी गराउने, नेता एवम् राजनीतिक दलको पक्षपोषण हुने गरी कुनै पनि गतिविधिमा नलाग्ने, सरकारले यसो गरे न र त्यसो गरे न भनेर टीकाटिप्पणी गर्दै आफ्नो कमजोरीलाई बढ्न नदिने, सञ्चारमाध्यम र सूचनाप्रविधिलाई भरपुर उपयोग गरी शिक्षणलाई उत्पादनशील बनाउने जस्ता कुरा हरूमा हामी शिक्षकले विशेष सोच्नुपर्ने हुन्छ पेशालाई जीवित राखिराख्नका लागि ।

विद्यालय कसैको पेवास्थल होइन । कसैको भर्तीकेन्द्र यसलाई नबनाइयोस् । समुदायलाई हस्तान्तरण जस्तो लोकप्रिय ललीपप बाँड्नुअघि यथार्थको धरातलमा उभिएर एकचोटि देशको कुनाकुनामा आँखा पुर्याइयोस् । शिक्षकलाई सबैरूपबाट दोषी देखाउने औंलाहरू पनि बाध्यात्मक परिस्थितिका रङतिर एकपटक तेर्सिऊन् । शिक्षकको हीनभावना र कमजोर मनोदशालाई उत्साह, आँट र जाँगरले प्रतिस्थापित गर्न सक्ने स्थिति सिर्जना गर्न लागिपरौं त आजै देखि ; पक्का छ परिवर्तन ।

  • शिक्षकलाई उत्प्रेरित गर्न गराउन यस्ता कुरा विचार गरिनुपर्छः
  • कामको सुरक्षा । तर काम न गरे पनि म सुरक्षित हुन्छु भन्ने कदापि रहनु हुन्न ।
  • आकर्षक सेवा सुविधा, शिक्षकले अन्य पेशामा लाग्नु नपरोस् ।
  • शान्त र सम्मानित काम गर्ने वातावरण ।
  • कामको सम्मान र मान्यता ।
  • आफूलाई प्रभावित पार्ने निर्णय प्रक्रियामा सहभागिता ।
  • निष्पक्ष मूल्याङ्कन र पुरस्कार को व्यवस्था आदि आदि ।

भारतीय बालशिक्षाशास्त्रीगिजुभाई लिखित ‘दिवास्वप्न’ सबै शिक्षकले पढ्नैपर्ने पुस्तक हुँदाहुँदै पनि जानेरै नपढ्ने र चाहेर पनि पढ्न नपाउने शिक्षकको फरकफरक सूची लामै हुन्छ । सबैको मनमा घाम लागोस्, आजका दिनमा पुरानो ज्ञानको नयाँ ‘भर्सन’ नभई काम छैन । हामी नगिजुभाई पढ्छौं, न सर्च गर्छौं ज्ञान अपडेट गराउने लिङ्क नै । मैले आफ्नो विद्यालयमा सबै शिक्षकलाई अनिवार्य गराएँ ‘दिवास्वप्न’ पढ्न ।गिजुभाईले त्यतिबेला गर्न सकेको प्रयत्न मात्र आज हामीले गर्न सके प्रतिफल दोब्बर हुने निश्चित छ । गरेर त हेरौं ।

अब रह्यो कुरा शिक्षकलाई उत्प्रेरित र जागृत गराउने । मूलतः विद्यालयमा नेतृत्व गर्ने प्रअ वा प्रिन्सिपलले यस बारेमा कार्यक्रम तय गर्ने र कार्यान्वयन गराउने गर्नु पर्छ । शिक्षक साथीहरूले उत्साह देखाउनुपर्छ ।  

हामीकहाँ शिक्षकबीचमा खुशी र उपलब्धि ‘सेलिब्रेट’ गर्ने परम्परा विरलै छ, जुन हुनु जरुरी छ । पृष्ठपोषण दिंदा सकारात्मक रूपमा दिइनुपर्छ । विद्यालयमा अति आवश्यक अवस्थामा मात्र बैठक राख्नुपर्छ । सम्भव भए प्रत्येक बैठकमा दुई जनालाई पुरस्कृत गर्न सकिन्छ । जसका लागि छनोट कार्य शिक्षक समूहबाटै हुने गर्द छ केही देशहरूमा । अमेरिकातिर भने शिक्षणको उत्कृष्टताका लागि अवार्ड दिने र अभिभावकको सहयोगमा भोजको कार्यक्रम रहने गर्द छ । के हामी पनि त्यस्तै कुनै प्रयत्न गर्न सक्दैनौं र ? सबै वर्गका शिक्षकलाई सञ्चय कोषको व्यवस्था गर्ने र विशेष सहयोग कोष निर्माण गर्ने काम सम्भव र उत्प्रेरणाजन्य छन् । पसल, डिपार्टमेण्ट स्टोर, सिनेमा आदि स्थलका लागि छुट कुपन दिने व्यवस्था पनि सोच्न सकिन्छ भने तलब सन्तोषप्रद हुनुपर्छ नै । काम अनुसारको दाम हुनैपर्छ । रिजल्ट रराम्रो नभएमा र काम न गरेको पाइएमा तलब कटौती गर्न या कुनै प्रकारको नसिहत दिन हिच्किचाहट गर्नु हुन्न ।

पेशागत सीप विकास का लागि कोर्स, तालिम, कार्यशाला समय–समयमा सञ्चालन गरिनुपर्छ । उपयोगी अनुरोधहरू स्वीकार्नु पनि पर्ने हुन्छ विद्यालय सञ्चालन पक्षले । साना लाग्ने तर यस्ता विचार णीय कुरा हरू धेरै छन् । बिरामी भएको बखत जानकारी लिएर या भेट्न गएर पनि शिक्षकलाई प्रोत्साहन गर्न सकिन्छ । अध्ययन समूह बनाएर आपसमा पुस्तक पठन, अन्तरक्रिया, छलफल र अध्ययन गर्ने वातावरण तयार गर्दा पनि उपयोगी हुन्छ । समय–समयमा अन्य विद्यालयका शिक्षकसँग भेटघाट गराउने, अन्य विद्यालय भ्रमण गराउने, जिम्मेवारी प्रदान गरी सम्मान गर्ने , शिक्षक अभिभावक संघगठन गरी गतिविधि गर्ने जस्ता कार्यकलापहरू शिक्षक उत्प्रेरणाका लागि उपयोगी हुन्छन् । एक उत्प्रेरित शिक्षकले मात्र विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने हुँदा शैक्षिक क्रान्तिका लागि शिक्षकको आत्मबल उच्च पार्दै उत्प्रेरणाको कार्ययोजना आजै तयार पारौं । सम्भव छ क्रान्ति शिक्षामा ।
आदर्श विद्या मन्दिर स्कूल, बननेपा, काभ्रे

commercial commercial commercial commercial