पढाए ‘निल’ जाँदैन !

अघिल्लो वर्षको एसएलसीको ‘निल’ नतिजाले लगाएको कालो दाग मेटाएर प्रमोद राईले सावित्रा मावि, बाम्राङको इज्जत मात्रै बढाएनन्, उनी जिल्लाकै सर्वाेत्कृष्ट विद्यार्थी पनि बने । ७४.७५ प्रतिशत अंक ल्याएर सामुदायिक विद्यालयतर्फ उत्कृष्ट बन्दा प्रमोदसँगै उनका अभिभावक र विद्यालय परिवार पनि खुशी छन् ।

गत वर्ष सावित्रा माविसँगै खोटाङका पाँच विद्यालय ‘निल’ गएको खबर शिक्षक बाट सार्वजनिक भएपछि विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाएको प्रअ शरण खत्रीले बताए । यो वर्ष विद्यालयले जिल्लाको औसत दरभन्दा बढी विद्यार्थी उत्तीर्ण गराए को छ । यसका ६७ मध्ये ११ जना अर्थात् २२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अन्य धेरै विद्यालयभन्दा रराम्रो नतिजा ल्याएको सावित्रा मावि २०६७ मा भन्दा २०६८ मा ४० दिन बढी खुलेको देखिन्छ । २०६८ मा यहाँका शिक्षक २४० दिन विद्यालयमा उपस्थित भएको हाजिरी रेकर्ड छ ।

स्कूल र आफ्नो समेत मान जोगाउन सावित्रा माविका शिक्षकहरूगत वर्ष नियमित रूपमा स्कूल मात्रै आएनन्; पाठ्यपुस्तकका सबै पाठ पूरापूर पढाए– गणित, अंग्रेजी र विज्ञानका अतिरिक्त कक्षा चलाए, मासिक, चौमासिक, अर्धवार्षिक, वार्षिक आदि नाममा परीक्षा चलाएका चलायै गरे । त्यति मात्र नभई विना कारण अनुपस्थित विद्यार्थीलाई जरिवाना गर्ने र अनुपस्थित शिक्षकलाई स्पष्टीकरण सोध्ने नीति पनि लागू गरियो । प्रअ खत्री भन्छन्, “प्रशासनमा ल्याइएको सुधारले विद्यालयको शैक्षिक वातावरणमा सुधार हुँदै गएको छ । अबका वर्षहरूमा हामी थप रराम्रो नतिजा ल्याउँछौं ।”

सावित्रा मावि जस्तै २०६७ को एसएलसीमा ‘निल’ गएका खोटाङका पाँचै विद्यालयले यो वर्ष रराम्रो नतिजा ल्याएका छन् । शान्ति मावि; टेम्मा जिल्लामै बढी विद्यार्थी उत्तीर्ण गराउने विद्यालय बनेको छ । यसका १९ जना परीक्षार्थीमध्ये १३ अर्थात् ६८.४३ प्रतिशत उत्तीर्ण भए । कालिका मावि, खार्मीले (६८ मा ११), शारदा मावि हौंचुरले (५५ मा ५) र सरस्वती मावि पाथेकाले (७९ मा १) उत्तीर्ण गराए र थोरै भए पनि नतिजा सुधारे ।

यी विद्यालयहरूको परीक्षा परिणाम पढेर/पढाएरै सुध्रिएको कुरा लाई २२ जेठ २०६९ को पनि काको बैठकले पनि प्रमाणित गरेको छ । कालिका, शारदा र सरस्वती मावि सम्मिलित जालपा परीक्षा केन्द्र स्वच्छ परीक्षा सञ्चालन गराउने देशभरका ४३ ‘फेयर इक्जाम सेन्टर’ मध्ये परेको छ । ‘फेयर इक्जाम’ सञ्चालन गर्न खोज्दा अघिल्लो वर्ष यिनै स्कूलहरू ‘निल’ गएका थिए ।

यी विद्यालयहरूमा केही सुधार आए पनि चिटिङ रोक्ने प्रयाससँगै जिल्लाको एसएलसीको समष्टीगत नतिजा ओरालो लाग्दै गएको छ । २०६६ मा ६८ प्रतिशत रहेको नतिजा २०६७ मा ३८ र २०६८ मा १९.४५ प्रतिशतमा झ्रेको छ । यो उत्तीर्ण दर राष्ट्रिय भन्दा २७.७१ प्रतिशतले कमी हो । यो वर्ष खोटाङका ८४ माविबाट चार हजार ३९६ विद्यार्थीले परीक्षा दिएकोमा ८५५ जना मात्रै उत्तीर्र्ण भए । अघिल्लो वर्षभन्दा चार वटा बढेर ‘निल’ जाने विद्यालय संख्या नौ पुग्यो । १६ देखि ३० लाख वार्षिक सरकारी बजेट सकिने लक्ष्मी मावि लिच्कीराम्चे, इन्द्रेणीपोखरी मावि इन्द्रेणीपोखरी, राम्चे निकेतन मावि बतासे, याङसोला मावि छोरम्बु, सप्तकन्या मावि चिप्रिङ, सूर्य मावि सुङदेल, कुहुडाँडा मावि फेदी, राष्ट्रिय मावि बाँसपानी र शिशु मावि महेश्वरी यो वर्ष ‘निल’ गएका हुन् ।

एसएलसीको नतिजा आउनासाथ ‘निल’ गएका विद्यालयहरूको अनुगमनपश्चात शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत अशोक पराजुलीले भने, “रराम्रो शैक्षिक वातावरण नभएकाले नै यी विद्यालयहरू ‘निल’ गएका हुन् । अनुगमनलगत्तै पठनपाठनको वातावरण तय गर्न शिक्षाले सबै विद्यालयलाई पत्र काटेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका विद्यालयहरूको जिशिअ कृष्णप्रसाद पोखरेलले १५ वर्षपछि शिक्षा कार्यालयको तर्फबाट अनुगमन गरेका छन् । जिशिअ पोखरेल विद्यालयमा हुने राजनीतिले पठनपाठन बिग्रँदै गएको बताउँछन् । राजनीतिक प्रतिनिधिले नेतृत्व गर्ने समुदायलाई विद्यालयको पूर्ण अधिकार दिएपछि शिक्षा कार्यालय निरीह जस्तै भएकाले शैक्षिक वातावरण सुधार्न समुदाय नै लागिपर्नुपर्ने उनको भनाइ छ ।

खोटाङ

commercial commercial commercial commercial