नेतृत्व बारेको बुझाइ नै फेरिनुपर्छ

विद्यार्थीमा त्यागको भावना जागृति गराउन शिक्षक त्यागी हुनुपर्छ । आवेशमा निर्णय गर्ने अनि अरूले जे भन्यो, त्यो पत्याउने होइन, सोचेर, खोजेर, बुझेर र विभिन्न कोणबाट विश्लेषण गरेर मात्र सही निर्णय गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीलाई सिकाउन जरुरी छ ।

नेतृत्वको बारेमा आम नेपालीको बुझाइमा समस्या छ । किनभने, हाम्रो समाज मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई नेताका रूपमा बुझने गरिएको छ । अझ राजनीति गर्ने व्यक्तिलाई मात्र नेता मान्ने गरिएको छ, जुन सही होइन । धेरैलाई प्रभावित गरेर अनुयायी बनाउन सक्ने र आफ्नो विचार र मार्गमा हिंडाउन सक्ने क्षमता भएको व्यक्ति जोसुकै होस्, नेता त्यही हो । म त त्यसलाई नेता मान्छु, जो आफ्नो क्षेत्रमा धेरै समर्थक या अनुयायी बनाउन सफल भएको हुन्छ । त्यस्तो व्यक्तिले आफ्नो विचार र काममार्फत धेरै मानिसलाई प्रभावित एवं प्रेरित गरेको हुन्छ । कोही व्यक्ति पदमा रहँदैमा नेता भइहाल्ने र नरहँदैमा नेता नहुने भन्ने होइन । पद र अधिकारसित नेतृत्वको खासै सम्बन्ध छैन ।

विद्यार्थीलाई सफल नागरिक बनाउन उनीहरूमा नेतृत्व क्षमता विकास गर्नु जरुरी हुन्छ । भविष्यमा रराम्रो नेता, प्रशासक वा व्यवस्थापक हुन विद्यार्थीले सबैभन्दा पहिला आफैंलाई नेतृत्व गर्न जान्नुपर्छ । अनि मात्र तिनले आफ्ना साथी र शिक्षकहरूलाई प्रभावित तुल्याउन सक्छन् । यसले उनीहरूलाई भविष्यमा सफल जीवन जिउने सीप पनि सिकाउँछ । स्कूल तहमा हुँदै हरेकले आफूलाई सफल बनाउने  तरीकाले डोर्‍याउन सक्नुपर्छ । कतिसम्म भने परिवारलाई सुखी राख्न पनि नेतृत्व क्षमता चाहिन्छ । भविष्यमा बालबच्चा भएपछि तिनको जीवनलाई राम्रो बनाइदिन पनि नेतृत्व क्षमता चाहिन्छ । त्यसबाट अघि बढेर आफ्नो समुदाय वा समाजमा केही गर्ने ध्येय राख्नेले त आफूमा नेतृत्व क्षमताको विकास न गरी सुखै छैन । राष्ट्रिय जीवनको कुनै क्षेत्रको नेतृत्व गर्न चाहने भावना बोकेको विद्यार्थीले त स्कूल तहमै त्यसको तयारी थाल्नुपर्छ । किनकि, नेतृत्व क्षमता भन्ने कुरा एक दिनमा विकसित गर्न सकिंदैन । निरन्तरको प्रयास, अवसर र प्रयोगबाट विकसित हुँदै, खारिंदै जाने कुरा हो नेतृत्व ।

असल नेताले समाज लाई सही मार्गमा लैजान्छ । ऊ आफ्नो अन्तस्करणको आवाजबाट निर्देशित हुन्छ । समाज , देश तथा मानव ताको बृहत्तर हित र प्रगतिका निम्ति आफूलाई समर्पित गर्छ असले नेताले । तर खराब नेताहरू भीडले जे भन्यो, त्यसको पछि लाग्छन् । भीडको नेता भएर पद र शक्ति हात पार्न पाइयोस् भन्ने तिनको चाहना हुन्छ । शक्ति हात पार्न र फाइदा लिन उनीहरू जे गर्न पनि पछि पर्दैनन् । वस्तुतः यस्तोगुण भएका व्यक्ति नेता होइनन्, सामाजिक ठग हुन् । असल नेता हुन त भीडलाई सही दिशा दिने क्षमता चाहिन्छ । असल नेता भीडले के सुन्न चाहेको लोकप्रिय कुरा होइन आफ्नो अन्तस्करणले के भन्छ, त्यही बोल्छ । त्यही गर्छ ।

नेपाली समाज मा उपलब्ध आजको नेतृत्वमा जे जस्तो मूल्य मान्यता, सीप, क्षमता, प्रवृत्ति तथा संस्कार छ, त्यसको निर्माणमा स्कूलको सर्वाधिक महत्वपूर्ण भूमिका छ । हिजो हामीले स्कूलमा जस्तो शिक्षा र संस्कार पायौं, आजका हामी त्यसकै उपज हौं । स्कूलपछि पनि धेरै कुरा सिकियो होला, तर नेतृत्व विकास का आधारभूत मूल्यमान्यता, प्रवृत्ति र क्षमता हामीले विद्यालयमै सिकेका हौं । त्यसैले स्कूलमा हिजो जे रोपियो, आज त्यही झङ्गिएको/फलेको हो ।

राम्रोसँग पठनपाठन हुने स्कूलको ध्यान मूलतः पढाइमा मात्र केन्द्रित छ । त्यहाँ पनि नेतृत्व क्षमता विकास ले प्राथमिकता पाएको छैन । नेतृत्व विकास का दृष्टिले थोरै स्कूलमा मात्र केही रराम्रो भएको छ । तर त्यहाँ पनि आवश्यक र सकिने जति काम भएको भेटिंदैन । बाँकी स्कूलहरूमा जे भइरहेको छ, जुन पर्याप्त छैन । ढुक्कले के भन्न सकिन्छ भने, नेतृत्व विकास गराउने न्यूनतम वातावरण हाम्रा स्कूलमा उपलब्ध छैन । नेतृत्वको बारेमा समाज को बुझाइ नैगलत भएकाले हामीले नयाँ पुस्तालाई पनि गलत बुझाइरहेका छौं ।

त्यसैले सर्वप्रथम नेतृत्वबारे हराम्रोगलत बुझइ सच्याउन जरुरी छ । शिक्षक साथीहरूले नेतृत्वको बारेमा पढ्नु पर्‍यो, छलफल चलाउनु पर्‍यो र सही समझदारीको निर्माण गर्नु पर्‍यो । त्यसपछि उहाँहरूले बालबालिका जिम्मेवार छन् भनेर विश्वास गर्नु पर्‍यो । अनि उनीहरूलाई तदनुरुपको भूमिका र जिम्मेवारी पनि सुम्पिनु पर्‍यो । आजका छात्रछात्रालाई शिक्षकले भावनामा बग्ने होइन, कुनै पनि कुरालाई गहिरोसँग बुझेर र विभिन्न कोणबाट विश्लेषण गरेर तार्किक निष्कर्षमा पुग्नुपर्छ भन्ने कुरा सिकाउन आवश्यक छ । विद्यार्थीलाई उनीहरूकै अग्रसरतामा स्कूलमा बढीभन्दा बढी गतिविधि र क्रियाकलाप गर्न नदिई नेतृत्व विकास को लक्ष्य साकार हुन सक्दैन ।

उपयुक्त विधि र क्रियाकलाप को माध्यमबाट स्कूले छात्रछात्रामा सही मूल्यमान्यताको विकास गराउन सकिन्छ । उदाहरणको लागि विद्यार्थीमा त्यागको भावना जागृति गराउन शिक्षक त्यागी हुनुपर्छ । आवेशमा निर्णय गर्ने अनि अरूले जे भन्यो, त्यो पत्याउने होइन, सोचेर, खोजेर, बुझेर र विभिन्न कोणबाट विश्लेषण गरेर मात्र सही निर्णय गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीलाई सिकाउन जरुरी छ । यसैबाट उनीहरूमा नेतृत्व विकास हुँदै जान्छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान भन्दा बढी व्यावहारिक क्रियाकलाप मार्फत् सिकाउनु पर्छ । यसरी मात्र राम्ररी सिकाउन सकिन्छ ।

अहिले बालबालिकालाई भीडको पछि लाग्ने वातावरण बनाइएको छ । बुद्धिमत्तापूर्वक त्यो भीडको पछि लाग्नबाट जोगाउन शिक्षक साथीहरूले सक्नुभयो भने ठूलो उपलब्धिसिद्ध हुनेछ ।

(शिक्षा सचिव थापासँग को वार्तामा आधारित)

commercial commercial commercial commercial