शिक्षकको प्राथमिकतामा शिक्षक नै परुन् !

२०६४ साल माघको अन्तिम सातातिर काठमाडौं आएकी थिएँ । मुलुक राजनीतिकरूपले परिवर्तनमय थियो । सबैतिर लोकतन्त्र प्राप्तिको उमङ्ग, संविधानसभाको निर्वाचनको चर्चा,गणतन्त्र स्थापनाको कल्पनाका स्वरहरू सुनिन्थे । छापामा पनि यिनै विषयवस्तुले प्राथमिकता पाउनु अस्वाभाविक थिएन ।

गाउँको एउटा विद्यालयमा पढाउने म जस्ता शिक्षकका लागि काठमाडौंबाट निस्कने प्रकाशनहरू प्राप्त गर्नु ठूलै कुरा मान्नुपर्छ । लामो समयपछि गाउँबाट काठमाडौं आएको हुनाले आफ्नो ठाउँमा सीमित मात्र पाइने, समयमै नपाइने पत्रपत्रिकाहरू किन्न मन लागेकाले नयाँबानेश्वरस्थित एक पुस्तक पसलमा छिरें । नियमित अध्ययन गर्ने खबरपत्रिकाहरू हिमाल, नेपाल, गरिमा, मधुपर्क, मूल्याङ्कन आदि किन्ने गर्दथें । पसलमा चारैतिर आँखा कुदाउँदै थिएँ, मेरो आँखामा ‘शिक्षक’ परयो । आँखा त्यहाँ अडिए हात अघि बढिहाल्यो । कौतुहल जाग्यो, आफू पनि शिक्षक आफ्नो पेशाको नामबाट पत्रिका निकालिएको रहेछ भित्र के होला भनेर एकछिन ध्यानमग्न भएर आद्योपान्त सामग्रीहरू हेरें । अठ्चालीस पृष्ठमा प्रकाशित पत्रिका रिपोर्ट, अन्तरवार्ता, अनुभव, संस्मरण, शिक्षण, व्यक्तित्व, चलचित्र समीक्षा जस्ता विषयहरू रोचक ढंगले प्रस्तुत भएका थिए । यसको नियमित पाठक हुने बाचा गरेर म आवश्यक पत्रिकाहरू किनेर हिंडें । त्यसबेला देखि शिक्षक नबिराई पढ्ने सक्दो कोशिश गरे ।

मैले अनुभव गरेको शिक्षक  ले शिक्षण पेशालाई आकर्षक र जिम्मेवार बनाउन, शिक्षक, विद्यार्थी, अभिभावक बीचको सम्बन्धमा माधुर्य ल्याउन यसले आफ्ना प्रयत्नहरूलाई जारी राखेको छ । हरेक सचेत पेशाकर्मीलाई आफ्नो कामको प्रभावकारिताको चिन्ता हुन्छ, हुनुपर्छ । शिक्षक बनेका, बन्न चाहने, पेशामा प्रवेश गरेर पनि असल शिक्षक बन्न नसकिरहेकाहरूका लागि पेशाको भोक जगाउने सामग्री जस्तो लाग्छ ‘शिक्षक’ । चार वसन्तको बाल्यावस्था पूरा गरी राख्दा स्वर्ण अङ्कमा प्रवेश गरी जिम्मेवार वयस्क बनेको ‘शिक्षक’ ले आकार, सम्बन्ध, विषयवस्तु, पाठकको स्नेह आदिमा पक्कै पनि गर्विलो उचाइ आर्जन गरेको छ । मुलुकको सबै भूगोलमा यसले साइनोगाँसेको देखिन्छ । शिक्षा क्षेत्रका दरिएका विद्वान्हरूको मनग्य जोहो गरी समसामयिक शैक्षिक सवालहरूमा दृष्टिकोण उजागर गरेको छ ।

शिक्षणशैली, बालमैत्री विधि र व्यवहार, सुन्दर विद्यालय व्यवस्थापनका लागि शिक्षक अभिभावककै अनुभवहरू समावेश गरिएका छन् । नियम विपरीत भएका गतिविधिहरूलार्ई सार्वजनिक गर्ने जमर्काे गरेको छ । पाठकका जिज्ञासा सम्बन्धित अधिकारी सम्म पु¥याई जवाफ दिने काम भएका छन् । दिमाग खियाउने सामग्रीहरू समावेश गरी एकछिन घोत्लिने मौका दिएको छ । यति हुँदाहुँदै शिक्षकलेग्रामीण र दुर्गम भेगका शिक्षक र विद्यार्थीहरू अझै समेटिन सकेका छैनन् । सीमित लेखकहरूकोे पुनरावृत्तिलाई हटाउन सकेको छैन । कुनै चर्को प्राविधिक हुन्छन् भने कुनै एब्स्ट्रयाक प्राज्ञिक । समाचार, रिपोर्टिङ, लेख अझै सतही नै देखिन्छन् । शिक्षकले शिक्षक र उसका पेशागत हकहितका सवालहरूलाई शुरू अङ्कहरूको तुलनामा क्रमशः कम स्थान दिंदै गएको देखिन्छ । किनभने शिक्षक मासिक शिक्षक अर्थात् कक्षाकोठामा पठन–पाठनमा संलग्न पेशाकर्मीको पेशा र नामको प्रतिनिधित्व गर्ने पत्रिका । स्वभावैले उसको अधिकार रक्षाको सवाल ‘शिक्षक’को प्राथमिकतामा पर्नुपर्दछ । शुरू अङ्कहरूमा करीब चालीस प्रतिशत शिक्षकका पेशागत सुरक्षा र अधिकारको कुरा उठाएको ‘शिक्षक’ले प्राथमिकतामा कटौती गरेको छ ।

शिक्षक  का अधिकांश पाठक सामुदायिक विद्यालयका शिक्षक हुन् । तसर्थ सामुदायिक सुन्दरताका समाचार तथा सामुदायिक शिक्षाको स्तरन्नतितर्फ खुलेर लाग्नुपर्छ । शिक्षाको गुणस्तर वृद्धिका निमित्त बेलाबखत विभिन्न विषयमा खुला बहस सञ्चालन गरी त्यसको प्रकाशन हुनु आवश्यक देखिन्छ जसले नीतिनिर्माता देखि कक्षाशिक्षकसम्मको ध्यानाकर्षण गर्द छ । हामी सबैको केन्द्रमा बालक भएकाले बच्चालाई कसरी खुशीसाथ विद्यालय जाने, उनीहरूसँग भएको प्रशस्त समय र रुचिलाई सम्बोधन हुने गरी अधिकाधिक समय उनीहरूसँग खर्चिने भन्ने आजको मुख्य चुनौतीलाई सबैको साझ एजेण्डा कसरी बनाउने भन्ने विषयमा निरन्तर बहस आवश्यक छ । विद्यालय तहमा भएका अत्यन्त साना तर प्रेरणादायी काम र सीपको आदानप्रदानलाई महत्व दिइनु बेस हुन्छ । मनोरञ्जनका माध्यमबाट धेरै ठूलो उपलब्धि आर्जन गर्न सकिने ‘फिल्म’ को पाना छुटेको छ । शुरू अङ्कले सिफारिस गरेको ‘तारे जमिन पर’ शैक्षिक तालिम केन्द्र दिपायलमा देखाउँदा सहभागी शिक्षक साथीहरूले आफूले बालबालिकाप्रति गरेको व्यवहार र शिक्षण शैलीको खुलेर विरोध गरी आफू सच्चिने अठोट गरेका थिए ।

समग्रमा शिक्षक आफ्नो लक्ष्य प्राप्तिमा साधनारत छ । शिक्षाको समग्र संरचना निर्माणमा यसले उल्लेख्य सहयोग पुरयाउने आशा सबैले राख्नु स्वाभाविक हो । अतः स्थापनाको मूल मान्यतामा टेकेर यात्रागरोस् ‘शिक्षक’ले । शुभयात्रा ।

(लेखक नेपाल शिक्षक युनियनकी उपाध्यक्ष हुन् ।)

commercial commercial commercial commercial