साधुवाद !

शिक्षण पेशामा संलग्न शिक्षाकर्मी र यससँग सरोकार राख्ने सबैको लागि शिक्षक  मासिक पत्रिका रराम्रो खुराक बनेको छ । यो पत्रिका प्रकाशित हुनुभन्दा अघि शिक्षासँग सरोकार राख्ने कुनै पनि पत्रिका शायद प्रकाशनमा आएको पाईंदैन । यो पत्रिकाले छोटो समयमै सबैको मन जित्न सफल भएको छ ।

यस पत्रिकामा समावेश गरिएका विभिन्न विषयवस्तुहरूमध्ये मेरो मनमस्तिष्कलाई छोएका केही शीर्षकहरू यहाँ प्रस्तुत गर्न चाहन्छु;
क. शिक्षा र शिक्षण पेशामा समर्पित व्यक्तित्वको नालीबेली र चिनारी । यस्ता सामग्री जो–कोहीलाई प्रेरणा स्रोत बन्न सक्दछन् ।
ख. शिक्षण पेशामा संलग्न शिक्षकले जिज्ञासाको रूपमा सोझै प्रश्न पठाइ त्यसको आधिकारिक उत्तर सम्बन्धित व्यक्तिबाट पाउने व्यवस्था ।
ग. पत्रिकामा मैले पाएको अर्को खुराक हो— शिक्षा मन्त्रालय र शिक्षा विभागले जारी गरेका नीति, नियम र जानकारी ।
घ. त्यसै गरी देशमा सञ्चालन भएका विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयले गरेका सकारात्मक कार्यहरूको जानकारी । यस्ता जानकारी अन्य विद्यालयलाई सिकाइको विषयवस्तु बन्न सक्दछन् ।

शुरूदेखि पछिल्लो अंकसम्म समेटिएका विभिन्न शिक्षाविद्का विचार र धारणाहरू पनि त्यत्तिकै सान्दर्भिक छन् । शैक्षिक अनुसन्धानमूलक कार्यको जानकारी, साहित्यिक रचनाहरू समावेशले पारखी पाठकहरूलाई साहित्यिक प्यास मेटाएको छ । नेपालबाट विदेशमागई अवलोकन भ्रमणमा ग्रहण गरेका कुरालाई अनुभव आदान–प्रदान गरी विदेशमा भइरहेका शिक्षा प्रविधिकोे जानकारी पढ्न पाउँदा हामी आधारभूत आवश्यकता परिपूर्ति गर्न कठिनाइ भएका शिक्षकहरूलाई रोमाञ्चित पनि बनाइदिन्छ ।

त्यसैगरी पछिल्लो समयमा सुप्रसिद्ध शिक्षाशास्त्रीगिजुभाईद्वारा लिखित पुस्तक ‘दिवास्वप्न’ को बारेमा लेखिएका र साभार गरिएका शैक्षिक कोसेलीहरू हरेक शिक्षक र अभिभावकहरूलाई भरपूर खुराक बनेको छ । आजभन्दा ८० वर्ष पुरानो उक्त पुस्तक आजको इन्टरनेट, इमेलको अत्याधुनिक युगमा पनि त्यत्तिकै समयसापेक्ष र सान्दर्भिक छ । शिक्षक  मासिकमार्फत यस्तो ज्ञानवद्र्धक जीवनोपयोगी दर्शन खोजतलास गरी असंख्य पाठकसामु ल्याइदिनुभएको मा साधुवाद ! आगामी दिनमा पनि यस्तै ज्ञानवद्र्धक, रोमाञ्चक, यथार्थपरक सन्दर्भ सामग्रीको अपेक्षा गर्दै शिक्षक  मासिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

(लेखक सरस्वती निमावि, पिपरा, कोहलपुर–८, बाँकेका शिक्षक हुन्)

commercial commercial commercial commercial