दुई एकान दुई... घोकाउनुपर्दैन !

गरेर सिक्ने अवसर प्रदान भएकाले सिकाइ अवश्य नै दिगो हुनेछ । अब तत्काल कण्ठ नहुँदा, लेखेका पाना हराउँदा, घोकेको बिर्संदा पनि केही फरक पर्ने छैन । आवश्यक परेका बेलामा विद्यार्थीलाई नै तुरून्त कापीमा दुनोट लेख्न लगाई पढ्न र आवश्यक ठाउँमा त्यसको प्रयोग गर्न लगाउन सकिन्छ ।

बीज गणित होस् या अङ्क गणित,
गुणन होस् कि भाग ।
समय होस् या तौल,
सरल होस् कि भिन्न । ।
लिटर होस् या मीटर
घन होस् या मीटर
आज होस् या भोलि
सबैलाई ‘अङ्कगुणन’ नभै हुन्न । ।

 
शिक्षक पत्रिका हामी देशभरका शिक्षकहरूका लागि पथप्रदर्शक र बुद्धिजीवी, विद्यार्थी, अभिभावकहरूको निम्ति अनुभव आदान–प्रदान गर्ने साझ चौतारी बनेको छ । विभिन्न ठाउँ विशेषका कथा, व्यथा र शिक्षण तौरतरिकाबारे विद्यालयमा नै बसेर थाहा पाउने/सिक्ने अवसर यस पत्रिकाले प्रदान गरेको छ । यसको लागि यस पत्रिकालाई आभार व्यक्त गर्दै आफ्नो सानो अनुभव प्रस्तुत गर्ने जमर्को गरेको छु ।

२०५४ साल असोजमा विद्यालयमा नियुक्ति पाए देखि नै प्राथमिक तहमा गणित शिक्षण गर्दै आएको छु । गणितका चार आधारभूत क्रियामध्ये जोड र घटाउको शिक्षणपछि गुणन आउँछ ।गुणन सिकाउन दुनोट कण्ठस्थ हुनै पथ्र्यो । त्यसैले हातमा लठ्ठी लिएर सबैलाई दुई एकान दुई, दुई दुना चार (२Š१=२, २Š२=४) घोक्न ल गाउँथेँ । ‘भोलि कण्ठ पारेर आऊ’ भनेपछि भोलिपल्ट कक्षामा शून्य नै नभए पनि उपस्थित सङ्ख्या ४० प्रतिशतमा घट्दथ्यो । कति त एक हप्तापछि मात्र आउँथे । नियमित आउनेमध्ये पनि केही विद्यार्थीले २/४ दिन लगाएर कण्ठ गर्दथे भने प्रायः विद्यार्थीगीतगाउन सक्ने तर २Š७= ? भन्दा मुखामुख गर्ने भइरहन्थे । मेरो पनि के गल्ती र गुरुहरूले मलाई यसै गरी सिकाउनु भएको थियो । त्यसैले मैले पनि त्यसै गरी सिकाएँ !

तैपनि , आधा विद्यार्थीले पनि दुनोट कण्ठ पार्न नसकेको देख्दा म पिरोलिन्थँे । चिन्ता लाग्थ्यो तर उपाय भेट्दिनथेँ । २०६३ मंसीरमा प्राथमिक शिक्षक तालीम पहिलो चरण लिनका लागि धुलिखेल जाने अवसर आयो । म निकै खुसी भएँ । उपयुक्त समयमा प्रशिक्षकसामु आफ्नो जिज्ञासा राखेँ, “गुणन गणितको मेरुदण्ड हो । यसनिम्ति सबै विद्यार्थीले अङ्कगुणन (दुनोट) सहज रूपमा सिक्न सक्नुपर्छ । यसलाई सिकाउने सरल तरिका के हुन सक्छ ?” प्रशिक्षकबाट केही नयाँ उपाय पाएँ । जस्तैः डोरीकोगाँठो पारेर देखाउने, वेस टेन ब्लकको प्रयोग गर्ने ,गुणन तालिकाको प्रयोग गर्ने आदि ।

तर किन हो कुन्नि, मैले फेरि पनि विद्यार्थीलाई सन्तुष्ट पार्न सकिनँ । म आफैं असफल भएँ । यसो गरे पनि हुँदैन, उसो गरे पनि हुँदैन । आज अङ्कगुणन (दुनोट) लेखिदिएर पढ्न लगायो, घरमा पढेर आऊ भन्यो, आधा जति विद्यार्थीले भोलि पाना नै हराइसकेका हुन्छन् । कति पटक लेखिदिने ? कतिगाली गर्ने ?

शिक्षक भएको पनि निकै वर्ष बितिसकेको थियो । एक दिन त्यसै दिक्क भएर घोत्लिइरहँदा दुनोट सिकाउने एउटा नयाँ काइदा सुझयो । त्यसलाई कक्षाकोठामा प्रयोग गरें । अचम्म; यो उपायले काम गरयो ।

मलाई जस्तै कतिपय प्राथमिक तहका शिक्षक मित्रहरूलाई पनि अङ्कगुणन (दुनोट)ले दुः ख दिइरहेको हुनसक्छ । यदि तपाईंहरूलाई सहज लाग्छ भने मैले अपनाएको विधि अपनाउन पनि सक्नुहुन्छ ।

मेरो विधि यस्तो छः
पहिलो चरणमा सबै विद्यार्थीलाई १ देखि १०० सम्म पढ्न र लेख्न लगाउने ।
१–१०० सम्मका सबै सङ्ख्या राम्ररी पढ्न र लेख्न सक्ने भइसकेपछि श्रुतिलेखन गराउने । (आवश्यकता अनुसार १५, १८, २७, ३५, ४८, ४९, ६३, ८१, ४५, २४, ४८, ७२, ९० आदि)
सङ्ख्या लेख्ने कार्यमा अलमलिएको पाइएमा अझै थप अभ्यास गराउनु पर्नेछ ।
अब पहिलो पटक तल तालिकामा देखाइए जस्तो गरी १० हारसम्म २ लेख्न लगाउने,
दोस्रोपटक सबै २ भन्दा पछाडिगुणन चिह (Š) दिन लगाउने ।
तेस्रोपटकगुणन (Š) चिन्ह भन्दा पछाडि सबै लाइनमा क्रमशः १, २ गर्दै १० सम्म लेख्दै जान लगाउने ।
चौथोपटक सबै लाइनमा अङ्क १, २ भन्दा पछाडि बराबर (=) चिन्ह दिन लगाउने ।
पाँचौंपटक २ को दुनोट लेख्नुपर्दा माथि दुईवटा शून्य (००); ३ को दुनोट लेख्नु पर्दा तीन ओटा शून्य (०००); ९ को दुनोट लेख्नु पर्दा नौ ओटा शून्य (००० ००० ०००) लेख्नुपर्ने धारणा बसाउने । अहिले हामी २ को दुनोट लेख्न लागेकाले माथि दुई वटा शून्य (००) लेख्न लगाउने ।


माथि देखाइएको तालिकाको ५ वटा कोलममध्ये अन्तिम कोलमलाई मात्र क्रमशः पहिलो , दोस्रो, तेस्रो र चौथो कोलममा दिइएको तरिका अपनाउँदै चरणबद्ध तरीकाले सिकाइको प्रयोगमा ल्याउनुपर्नेछ ।

अब पहिलो पटक माथि कतिवटा शून्य छ भनी गन्न लगाउने र विद्यार्थीहरूले १, २ गरी गनेर २ वटा भनिसकेपछि २Š१= भन्दा पछाडि २ लेख्न लगाउने ।

अब २ पछि गन्तीमा ३ आउँछ, त्यसैले २ लेखिसकेकाले माथिको शून्यगन्दा तीनबाट शुरू गर्ने । ०० (दुई ओटा शून्य)गन्नुपर्दा ३, ३ पछि ४ हुन्छ त्यसैले २Š२= भन्दा पछाडि ४ लेख्न लगाउने ।

अब ४ पछि फेरि माथि दुई वटा शून्यगन्न लगाउने वा ४ मा २ थप्दा ६ हुने कुरा को धारणा दिँदै ४ पछि गन्तीमा ५ आउने भएकाले अब २ वटा शून्यगन्दा ५, ५ पछि ६ हुन्छ भन्दै २Š३= भन्दा पछाडि ६ लेख्न लगाउने ।

६ पछि गन्तीमा ७ आउने भएकाले फेरि माथि दुईवटा शून्य देखाउँदै ७, ८ भनेरगन्ती गर्दै २Š४= पछाडि ८ लेख्न लगाउने ।
यसपछि प्रत्येक विद्यार्थीलाई माथिको अङ्कगुणनको पछिल्लोगुणनफलमा दुई शून्यगन्ती गर्दै तल लेख्दै, शून्यगन्दै पछिल्लो आएको संख्या तल लेख्दै २ को दुनोट पूरा गर्न लगाउने । शिक्षकले सँग सँगै अवलोकन गरी अलमलमा परेका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने । जब २ को दुनोट पूरा हुन्छ, उनीहरूलाई स्याबासी दिँदै ३ को दुनोट बनाउन लगाउने । ३ को दुनोट लेख्दा माथि ००० (तीन ओटा शून्य), ४ को दुनोट लेख्दा ०००० (चार ओटा शून्य) लेखी त्यसैलाई क्रमशः गन्ती गर्दै दुनोट लेख्दै जानुपर्ने कुरा स्मरण गराउँदै आवश्यकता अनुसारको दुनोट लेखी पढ्न लगाउन सकिन्छ ।

यहाँ गरेर सिक्ने अवसर प्रदान भएकाले सिकाइ अवश्य नै दिगो हुनेछ । अब तत्काल कण्ठ नहुँदा, लेखेका पाना हराउँदा, घोकेको बिर्संदा पनि केही फरक पर्ने छैन । आवश्यक परेका बेलामा विद्यार्थीलाई नै तुरून्त कापीमा दुनोट लेख्न लगाई पढ्न र आवश्यक ठाउँमा त्यसको प्रयोग गर्न लगाउन सकिन्छ । भाग शिक्षण गर्नु पर्दा कपीको दायाँपट्टि भाजकको दुनोट तुरुन्त तयार पार्न लगाई सजिलै ठूला संख्याका भागका समस्याहरू हल गर्न लगाउन सकिन्छ ।

एक जनालाई सजिलो लाग्दैमा सबैलाई सहज लाग्छ भन्ने त पक्कै छैन । योभन्दा सरल विधिहरू पक्कै हुनसक्छन्, त्यस्ता विधिहरू शिक्षक पत्रिकामा हेर्न पाइयोस् !
गणेश प्रावि, चोकटी–६, लाटु, सिन्धुपाल्चोक

commercial commercial commercial commercial