बहस बाल–मस्तिष्कः भरी कि रित्तो ?

खाली हुन्छ, भर्दै जानुपर्छ

जन्मे देखि मृत्युपर्यन्त मान्छेले केही न केही सिकिरहेकै हुन्छ । सिक्नु उसको एक मात्र चाहना र बाध्यता हुन्छ । सिक्न सकेन भने त्यो सद्दे मान्छे कहलाउँदैन, प्रगतिको बाटोमा लाग्न सक्दैन, समाज मा समायोजित हुन अयोग्य सावित हुन्छ । जे सिके पनि जति सिके पनि कोही कहिल्यै सिकेर पूर्ण हुनसकेको छैन । चुस्त–दुरुस्त मान सिक अवस्थाका हामी चाहेर मात्रै हैन, नचाहेर पनि केही न केही सिकिरहेका छौं । हामी सिकाइको महायात्रामा निस्केका यात्री हौं । भनौं न त्यस यात्राका अगस्ति हौं । हराम्रो यसै बानीले त यत्रो प्रगति हुनसकेको छ । हामी चाहेर पनि सिकिरहनबाट आफूलाई अलग पार्न सक्दैनौं भनेपछि नयाँ सिकेका कुरा राख्न वा भण्डारण गर्न त खाली ठाउँ चाहियो नै ! भाँडो खाली छैन भने त्यसले थप सूचनाको आवश्यकता महसुस गर्दैन । यस अर्थमा हामी रित्तो भाँडो हौैं । हरपल, हरक्षण केही न केही त्यस भाँडोमा हाल्ने काम गरिरहेका छौं । हराम्रो चित्त नभरिनुको अर्थ ज्ञान आर्जनको भाँडो खाली नै रहेकाले हो । कोक्रा देखि चितासम्म सिकाइको महायात्रा चली नै रहन्छ ।

बच्चाहरूगर्भ देखि नै सिक्न थाल्छन् । अर्काले थोपरेको सिद्धान्त वा उपदेशलाई खुरुखुरु अनुकरण गर्ने चाहना बच्चामा हुन्न । बालसुलभ भावना स्वतस्फूर्त प्रकट गर्न बच्चा लालायित हुन्छन् र ज्ञानार्जन पनि सोही ढङ्गले होस् भन्ने ठान्छन् । उनीहरू पनि वयस्कहरू झ्ंै संसारमा साध्य भएर आउँछन्, साधन भएर होइन । उनीहरूलाई जेहेन्दार, तीक्ष्ण बुद्धि भएको होशसहितको जोशिलो बनाउन मातापिता देखि लिएर सामाजिक वातावरण र शिक्षालयको ठूलो भूमिका हुन्छ । प्रकृतिले शरीर दिए पनि उनीहरूको दिमाग भने परिवार, समाज र शिक्षालयले दिन्छन् । हामी जस्तो वातावरण दिन्छौं, बच्चाहरू त्यस्तै बन्छन् ।
अभिभावकलगायत परिवार, समाज र शिक्षालयको वातावरण अनुकूल भए बच्चामा पनि अनुकूल र प्रतिकूल भए प्रतिकूल प्रभाव पर्दछ ।

बच्चालाई निरुत्साहित र हीनताबोधगराइएमा उनीहरू आत्महत्या गर्न समेत उद्यत हुन्छन् । हामी बच्चाबाट एकोहोरो आदर र सम्मान को अभिलाषी बन्दा उनीहरूमा वितृष्णाको भाव सञ्चार हुने गर्छ । उनीहरूलाई नै यथोचित आदर गर्न र स्नेह दिन सक्यौं भने बदलामा हामी पनि इच्छित आदर र सम्मान पाउन सक्छौं । यस अर्थमा बच्चाको पहिलो अनौपचारिक शिक्षक आमा हुन् भने अन्य शिक्षक– परिवार एवं सामाजिक परिवेशका अन्य सदस्यहरू हुन् । औपचारिक शिक्षाका निम्ति मात्र शिक्षालय पहिलो थलो हो । अनौपचारिक तवरले ज्ञानार्जनको पहिलो थलो त बच्चाको परिवार र समाज नै हो । जब बच्चा परिवारमा रहन योग्य हुन्छ अनि मात्र समाज मा रहनसहन गर्न पाउँछ । समाज मा समायोजन हुन धेरैजसोगुणले युक्त भएपछि मात्र ऊ शिक्षालय जान र पढ्न योग्य मानिन्छ । त्यसैले त सामाजिकगुण नभएका बच्चाहरू परिवारभित्रै कुँजिएर बसेका ज्वलन्त उदाहरण यत्रतत्र भेटिन्छ ।

अक्सर हामी अग्रजबाट बच्चाहरूले जान्नुपर्ने सत्यको लागि सिद्धान्त घोकाउने मूर्खतापूर्ण कार्य भएको पाइन्छ । जबकि सत्यको खोज गर्ने तरीका बोध गराए पर्याप्त हुन्छ । परिवार, समाज वा शिक्षालयका औपचारिक वा अनौपचारिक शिक्षकहरूले बच्चालाई जिज्ञासु बन्ने, प्रश्न राख्ने र खोज अनुसन्धानको यात्रामा निस्कने शिक्षा दिनु र अवसर प्रदान गर्नु आवश्यक हुन्छ । उनीहरूलाई सहयोग गरेर, मान सिक ऊर्जा दिएर, सुरक्षित पारेर र रक्षा गरेर जागरूक र बुद्धिमान् तुल्याउनुपर्छ । हामी उपदेश दिएर, नैतिकता, धर्म, इतिहास र संस्कृतिका ठूल्ठूला कुरा भनेर उनीहरूको प्राकृतिक स्वभाव प्रतिकूल जाने भूल गरिरहेका हुन्छौं । अझ् रचनात्मक र सिर्जनात्मक काम गर्नु पर्छ भनेर रट लगाइरहेका हुन्छौं तर त्यस किसिमको वातावरण पैदा गर्ने काममा भने बाह्र हात पछि सर्छौं । बच्चाको मागप्रति नकारात्मक सोच राखेर उनीहरूको जिज्ञासाको घाँटी दबाइराखेका हुन्छौं ।

बच्चाको जीवनलाई ऊध्र्वगामी पथमा लगी स्वावलम्बी, कर्मयोगी र बुद्धिमान बनाउनका लागि बच्चामा रहेको जीवन्तपनलाई जिउँदै राख्ने काममा परिवार, समाज र शिक्षालय कटिबद्ध रहनु पर्छ, बरदान सावित हुनुपर्छ । उनीहरूले इमान दारी, सच्चाइ र निष्ठाका साथ राखेका हरेक जिज्ञासाले सही समाधान पाउने थलो भनेकै परिवार, समाज र शिक्षालय हो ।
श्री सुदनवती फूलमन्ती देवीलाल मावि
भुर्की, सीतापुर–१, सप्तरी

commercial commercial commercial commercial