विनोद

“हेर सुबिन, तिमीलाई थाहा छ विनोद कुन जातको हो ! के तिमी तिनीहरूसँग बसेर आफ्नो बुबाको नाक काट्न चाहन्छौ ? त्यसैले सुन सुबिन, अब आइन्दा तिमीलाई त्योसँग देख्न नपरोस्, नत्र रराम्रो हुने छैन”, मेरो बुबाको नातेदार पर्ने एकजना शिक्षकले त्यो दिन मलाई ऊसँग खाजा खाँदै गर्दा देखेर यसो भन्नुभएको थियो ।
मैले यो चूपचाप सुनें । ‘के विनोद पनि मान्छे होइन र ? अनि मान्छेले मान्छेलाई छुन नहुने किन होला ? मैले सोचें, “म एक्लो मात्र हुँ र यो कुरा बुझने ?
मेरो बाबा जो समाज मा ‘पण्डित बा’ को नामले प्रसिद्ध हुनुहुन्छ, अझै पनि जातीय विभेद मान्नुहुन्थ्यो । बाबाको अगाडि मलाई यस्ता कुरा गर्न डर लाग्थ्यो । घरमा उहाँ मलाई बारम्बार भन्नुहुन्थ्यो, ‘हेर बाबु, आफ्नो इज्जतको ख्याल गरे स् ।’ आमा पनि त्यस्तै हुनुहुन्थ्यो । एक दिन मैले स्कूलबाट फर्केर आउँदा देखेको थिएँ, उहाँ कुनै तल्लो जातको मानिसलाई आँगनमै बस्न लगाई साडीको सप्कोले मात्र पनि छोला कि भनेर दुई हात माथिबाट केही दिँदै हुनुहुन्थ्यो । मलाई यो सब मन नपरे पनि विरोध भने गर्न सक्ने थिइनँ । यदि गरिहालें भने पनि म बर्खाको भ्यागुतो बन्न पुग्थें ।
विनोद मेरो आत्मीय मित्र थियो । बुबाआमाको आँखा छलेर म उसको घरमा जान्थें; सुन्तला, ज्यामिर टिप्थें र हामी सँगै खान्थ्यौं । उसकी आमाले पनि मलाई माया गर्नु हुन्थ्यो । एक दिन घरमा बुबाले मेरो लागि भनेर कम्प्युटर ल्याइदिनुभयो । स्कूलमा साथीहरूलाई मैले यो कुरा सुनाएँ र विनोदलाई भनें, “विनोद हिँड मेरो घरमा आज कम्प्युटर हेर्न जाऊँ । म तिमीलाई कम्प्युटरमागेम खेल्न र चित्र बनाउन पनि सिकाइदिन्छु । मैले उसबाट सकारात्मक उत्तर नै पाएँ । ऊ पनि कम्प्युटर हेर्न उत्सुक थियो होला । आज मेरो घरमा कोही थिएन । त्यसैले ऊ अरूबेलाको जस्तो हिचकिचाएन ।
मैले उसलाई घरमा लगें । पिंढीसम्म त पुर्याएँ तर किन हो ढोकानेर पुगेपछि ऊ टक्क अडियो । ऊ स्थिर भएर बस्यो । “सुबिन, म तिम्रो घरमा छिर्दिनँ ।” उसले मसिनो स्वरमा भन्यो । “ल, किन हँ ?” मैले सोधें । ऊ चुपचाप बस्यो ।
“किन नछिर्ने ? के हुन्छ र ? अहिले त कोही पनि छैन !” यति भनेर मैले उसको हात समातेर भित्र लगें । ऊ भित्र हुत्तियो । “ल विनोद अब... ।” मैले अकस्मात् बुबालाई देखें । मेरो सातोपुत्लो उड्यो । विनोदको अनुहारको रङ उडिसकेको थियो । बुबा आँगनमा हुनुहुन्थ्यो । विनोद डरले थरथर काँपिरहेको थियो । ऊ अचानक घरबाट बाहिरियो र हस्याङफस्याङ गर्दै दौडियो । मेरो अनुहारमा बुबाले सीधा हेर्नुभयो । मलाई अति डर लाग्यो । म दौड्दै कोठामा गएँ र चुकुल लगाएर बसिरहें ।
‘ओहो... बुबाले देख्नुभयो । अब के गर्ने ... ?’ म एकदम आत्तिएँ । उहाँले मलाई पिट्नुहुन्छ कि ! भन्ने लागिरह्यो । त्यो रात मेरो दिमागमा केही आएन सिर्फ एउटा प्रश्न ‘बुबाले के भन्नुहोला ?’
त्यसपछि दुई दिन बिदा थियो । भोलिपल्ट म बुबाको अगाडि जानै सकिनँ । उहाँले नै मेरो अगाडि आएर भन्नुभयो । “सुबिन, खाना खाएर पढ्न बस्नू । म एकछिन गाउँतिर जान्छु ।” “बुबाले हिजोको कुरा बिर्सनुभएछ ल”, मैले ठानें । अर्को दिन विनोद स्कूल आएन । मैले अरूलाई सोधें तर सबैबाट ‘थाहा छैन’ भन्ने उत्तर पाएँ । म भने उसको लागि पिरोलिएँ । ‘ओहो... विनोद आज किन स्कूल आएन हँ ?’ स्कूल छुट्टीपछि म उसको घर पुगें । टाढैबाट देखें, मान्छेको अलि भीड थियो । कोही भन्दै थिए, ‘विचरा... यस्तो कलिलैमा जीवन फालेछ । ‘हैन कसको कुरा गर्छन् यिनीहरू ? कसले जीवन फालेछ हँ ?’ कुरो बुझन म अलि नजिक गएँ । विनोदकी आमाको सुँक्कसुँक्कसँगै आवाज आयो, “तिमीले केग¥यौ नि बाबु, यति सानैमा मलाई छोडेरगयौ !” मैले देखेँ—आँगनको छेउमा मेरो प्यारो साथी गहिरो निद्रामा निदाइरहेको थियो ।
म छाँगाबाट खसे जस्तो भएँ । विनोदले पासो लगाएर आत्महत्या गरेको रहेछ । मैले चारैतिर अन्धकार बाहेक केही देख्नै सकिनँ । मान्छेको होहल्लामा पनि म शून्यको अनुभव गर्न थालें । अब मेरो त्यो साथी कहिल्यै नफर्किने बाटोगइसकेको थियो । मेरा आँखाबाट बरबर आँशु खसे । त्यो कारुणिक दृश्यमा म रहन सकिनँ र अत्यन्त दुः खी हुँदै घरतिर आएँ । म यति दुः खी कहिल्यै भएको थिइनँ । साथीलाई बोलाउन गएको म उसको मृत्यु देखेर फर्कंदै थिएँ । मेरो आँखाबाट आँशुका धारा निरन्तर बगिरहे । ‘विनोद... यो के गरेको विनोद...’ मेरो मित्रतामा के कमी थियो र ? यस्तो किनग¥यौ विनोद... ? मेरा आँशुले त्यो रात यही भनिरहे । मेरो गहिरो मित्रताको माला चुँडिएको थियो । भोलिपल्ट केही मानिस विनोदको घरबाट आउँदै थिए । एकजनाले भन्दै थियो, “यस्तै त हुन्छ नि, दलित भएर बाहुनको घरमा पस्ने बदमासको !”
मैले सबै कुरा थाहा पाएँ— मेरो बुबाले नै गाउँमा विनोदको बारेमा झूटो खबर सुनाउनुभएको रहेछ र ठूला जातका भनाउँदाले विनोदलाई शारीरिक र मान सिक यातना दिएर आत्महत्या गर्न विवश पारेका रहेछन् । एकातिर क्रोधको आवेग र अर्कोतिर शोकको वेदना । मैले यो स्थिति सामना गर्न सकिनँ । म बेहोस भएँ ।
“बाबा, दोष लगाउनुथियो भने म माथि लाउनुभए हुन्थ्यो, मैले नै घरमा उसलाई हुलेको थिएँ । जति पिट्नु थियो, मलाई नै पिट्नुपथ्र्यो, मैले नै तपाईंको इज्जतमा दाग लगाइदिएँ । हो, बाबा हो, मैले नै त्यो पानी नचल्ने जातलाई आफ्नो छेउमा राखें र उसकोे साथ पाउन खोजें । यो मेरै गल्ती थियो बाबा... ।” होशमा आएपछि मैले रुँदै बाबालाई भनें, “...तर किन तपाईंले त्यो निर्दोषलाई सजायको भागिदार बनाउनुभयो ? बरु म नै संसारमा नभइदिएको भए हुन्थ्यो... ।” बुबा चूपचाप रहनु भयो ।
एक महिनाको अन्तरालमा विछोडको घाउ पुरिनै लागेको थियो । नेपालीको गृह कार्यमा आफ्नो मिल्ने साथीलाई चिठ्ठी लेख्नुपर्ने थियो । मेरो कलम कापीको पानामा अनायासै यसरी व्यक्त भएछ— प्यारो साथी विनोद, धेरै धेरै सम्झना !
म झ्सङ्ग भएँ । मैले त्यो पानाभरी विनोद देख्न थालें । उसको मित्रताको स्नेह सम्झ्एिँ । उसकोगुण र साथ सम्झ्एिँ । एकपटक फेरि मेरो आँखा रसाए । त्यसपछि मैले त्योभन्दा बढी लेख्न सकिनँ...
कक्षाः ९, होली टेम्पल मावि छम्पी–६, ललितपुर

commercial commercial commercial commercial