म आविष्कार गर्न चाहन्छु

भविष्यमा म नेपाल र नेपालीलाई काम लाग्ने केही न केही नयाँ कुरा को आविष्कार गर्न चाहन्छु । मलाई विश्वास छ, म त्यो गर्न सक्छु ।

आजभन्दा १९ वर्षअघि हेटौंडाको चुच्चेखोलामा बा–आमाको दोस्रो सन्तानको रूपमा जन्मिएको रहेछु । तर म दुई वर्षको नहुँदै हजुरबाले ‘घरमै बस्न आउनू’ भनेर बोलाएपछि चुच्चेखोला छाडिएको रहेछ । त्यसपछि हामी चितवनको पार्वतीपुरमा आएर बस्न थालेका रहेछौं । म कहिले देखि स्कूल जान थालेको हुँ, त्यो मेरो स्मृतिमा छैन । तर पाँच वर्षको आसपासमा मलाई नजिकैको अन्नपूर्ण माविमा भर्ना गरिएको रहेछ ।  

हुन त सबै बच्चालाई खेल्न र खेल्दै नयाँ–नयाँ कुरा को सृजना गर्न औधी मन पर्छ । बनायो, बिगा¥यो । काम गर्दा गर्दै छाडेर अन्तै हिँड्यो । छिनछिनमा मन फेरिनु बच्चाको स्वभावै रहेछ । हुर्कंदै जाँदा मलाई केही न केही नयाँ कुरा बनाउन रुचि बढ्दै गयो । माटोकोगाडी राम्रै तरिकाले बनाउँ–बनाउँ लाग्यो । मन थाम्नै सकिनँ । अनि माटो मुछेरगिलो बनाएँ । करीब एक बित्ता जति लामो आकारमा माटोकोगाडी बनाएँ । डिजाइन पनि राम्रै थियो । घाममा सुकाएँ । सोचे अनुसारकैगाडी बन्यो । साह्रै खुशी लाग्यो । वास्तवमा त्यो मेरो पहिलो सृजना थियो । जतिबेला म ८ वर्षको थिएँ । घरमा बा–आमा सबैले स्याबासी दिनुभयो । केही दिनपछि मूर्ति पनि बनाएँ । त्यसपछि पनि मैले केही न केही यस्तै स–साना कुरा हरू बनाइरहें ।

एक दिन म साइकल चढेरगीतानगरस्थित सानीआमाको घरमा जाँदै थिएँ । बाटोमा ट्रयाक्टर रोकिइराखेको थियो । अनि साइकल रोकेर ट्रयाक्टर हेर्न थालें । फलामको डण्डी हालेर हातले ‘स्टार्ट’ गर्ने त्यो साधनलाई मैले करीब २०/२५ मिनेट जति मजैसँग नियालेर हेरें । सानै देखि गाडी चढ्न पाएको भए पनि नजिकबाट यसरी अवलोकन गर्न मन लागेको यो पहिलो अवसर थियो । कुन ‘पार्ट’लाई कसरी जोडेको छ, कुनले कसरी काम गरेको छ भनेर मैले बाहिरबाट देखेजति हेरें । खोई किन हो कुन्नि, त्यो दिन ट्याक्टर देख्दा अनौठो लाग्यो । कस्तो दिमाग होला जसले यस्तो यन्त्र आविष्कार गरयो भनेर म धेरै सोचमग्न हुन पुगें । सानीआमाको घरमा पुगेको रातभर त्यही ट्रयाक्टरबारे सोचिरहें । त्यो ट्रयाक्टरबाट मलाई एउटा नयाँ खालकोगाडी बनाउने सोच आयो । अनिगीत सुन्नको लागि चल्तीमा रहेको ‘वाकमेन’लाई खोलें । र, मोटर झ्किेर घिर्नी बनाएँ । ब्याट्री हालें । घर र टोलछिमेकमा काम नलाग्ने भनेर फालिएका सामान हरू प्रयोग गरेर नयाँगाडी बनाएँ ।

योगाडी बनाउन अलि दिन लाग्यो । ब्याट्री हालेपछि चल्ने योगाडी अगाडि मात्र होइन, पछाडि पनि सथ्र्यो । त्यो सोचाइ साकार भएपछि म औधी खुशी भएँ ।गाडी बनिसकेपछि घर र स्कूल सबैतिर देखाएँ । प्रअ मणिलाल कुँवर, जो हामीलाई विज्ञान पढाउनु हुन्थ्यो, उहाँसमक्ष पनि प्रस्तुत गरे । उहाँले ‘रराम्रो काम गरे छौ, यसै गरी भविष्यमा नयाँ–नयाँ कुरा बनाउँदै जाऊ’ भनेर ढाडस दिनुभयो । मोटरबाट पनि यसरीगुड्नेगाडी बन्न सक्दोरहेछ भनेर सबैले रमाइलो माने । कसैले खेलौनागाडी हामीले नै बनाउन सक्ने रहेछौं भने । अभिभावक, छिमेकी र शिक्षकहरूको यस्तो प्रतिक्रियाले म अत्यन्त उत्साहित हुन पुगें । अब देखि केही न केही नयाँ कुरा बनाउँछु भनेर मनमनै अठोट पनि गरे । अठोट भन्दा पनि बढी मेरो रुचि थियो त्यो । त्यतिखेर म १३ वर्षको थिएँ ।

एक दिन घुम्दैफिर्दै म सुनारकोमा पुगेंछु । त्यहाँ कोइला हम्केर आगो बालिँदै गरेको देखें । फर्केर आउँदा बाटामा यो भन्दा उन्नत तरिकाले आगो बाल्ने कुरा के हुन सक्ला भनेर सोच्न थालें । डिसी लाइन प्रयोग हुने मोटर प्रयोग गरेर थोरै बिजुलीमा स्वचालित हावा दिने मेशिन जडान गरेर माटोको चुल्हो बनाउने बिचार फु¥यो । तदनुरुप बनाएँ पनि । तलबाट हावा दिँदा माथि त ह्वार्र आगो पो बल्दोरहेछ । यसरी दाउरा र कोइला दुवै मज्जाले बल्ने चुल्हो केही दिनमै तयार भयो । त्यही चुल्होमा आमाले खाना पकाउनुभयो । परम्परागत चुल्हो रग्याँस दुवै प्रयोग हुने हराम्रो घरमा मैले बनाएको चुल्होलाई आमाले खुब मन पराउनुभयो । भन्नुभयो, “तैंले मलाई धेरै सजिलो पारिदिइस् । अब देखि मैले ढुङ्ग्रोबाट आगो फुक्नु नपर्ने भयो ।” यही चुल्होका अहिलेसम्म चारवटा मोडल तयार भइसकेका छन् । हराम्रो घरमा र केही छिमेकीहरूको घरमा मैले यही नयाँ किसिमको चुल्हो जडान गरिसकेको छु । करीब ६ सयको लागतमा यो चुल्हो बन्दोरहेछ । तीन महिनायता मेरो मुख्य ‘प्रोजेक्ट’ यही बनेको छ ।
मैले हलमा पुगेर हेरेको पहिलो फिल्म हो ‘अग्निपथ’, जहाँ निखिल उप्रेती हिरो रहेछन् । फिल्म राम्रै थियो । तर मलाई चाहिँ फिल्मले भन्दा फिल्म देखाउन प्रयोग गरिएको प्रविधिले बढी आकर्षित गरयो । टाढाबाट प्रकाशको माध्यमले ठूलो पर्दामा श्रव्यदृश्य देखाउन सम्भव बनाउने प्रविधिको बारेमा ममा थप उत्सुकता जाग्यो । विज्ञानमा कन्केभ र कन्भेक्स लेन्सबारे पहिल्यै पढिसकिएको थियो । मैले त्यही लेन्सको सहायताले ‘सिनेस्कोप’ बनाउने विचार बनाएँ । अन्ततः केही दिनको प्रयासपछि त्यसमा पनि म सफल भएँ । मोबाइलको ‘डिस्प्ले’लाई मैले बनाएको यन्त्रमा राखिदियो भने पर भित्तामा ठूलो आकारमा त्यसको ‘डिस्प्ले’ रराम्रोसित देखिन्छ । मलाई लाग्छ, यही प्रविधिलाई अलि विकसित गर्ने हो भने धेरै सस्तोमा ‘मल्टिमिडिया प्रोजेक्टर’को रुप दिन सकिन्छ, जो हराम्रो गाउँघरका लागि समेत उपयोगी हुन सक्छ ।

हराम्रो स्कूलको चउर सम्याउन एउटा डोजर आएको थियो । तल माथि गर्दै माटो खन्दै फाल्दै गरेको देखें । रमाइलो लाग्यो ।गाडीको टायर पङ्चर भएपछि त्यसलाई निकाल्नगाडी नै माथितिर उचाल्न एउटा साँचो प्रयोग गरेको देखेको थिएँ, जसलाई डण्डी लगाएर एकातिर घुमाउँदागाडी माथि उचालिने र अर्कोतिर घुमाएगाडी बसाउन सकिने रहेछ । यी दुई अवधारणाबाट नयाँ कुरा बनाउन सकिन्छ जस्तो लाग्यो । नयाँ समान उठाउन, झर्न नयाँ किसिमको भ्याकुम बनाउने सोच आयो । अनि नट सुल्टो घुम्दा सामान माथि उठाउने र उल्टो घुमाउँदा सामान तल झर्ने यन्त्र बनाएँ । ५/६ दिन जतिमा यो काम फत्ते गरियो ।गत वर्ष जिल्लास्तर को विज्ञान प्रदर्शनी भएको थियो, जहाँ मेरो यो सृजना सबैभन्दा उत्कृष्ट ठहरियो । पुरस्कार पाइयो । त्यहाँ जतिले हेरे, सबैले रराम्रो माने । बनाउन चाह्यो र नयाँ तरिकाले सोच्यो भने जे पनि बन्दोरहेछ भन्ने प्रतिक्रिया पाएँ ।  

पछिल्ला चार वर्षमा केही न केही नवीन वस्तुको सृजनामा मेरो मनगइरह्यो । त्यसक्रममा मैले भैंसीलाई क्याल्सियम खुवाइसकेपछि खाली रहेको प्लाष्टिकको भाँडोलाई काटकुट पारेर रिमोट कन्ट्रोलबाट चल्ने गरी खेलौना पानीजहाज बनाएँ । मोटरसाइकलको साइडलाइट, काम नलाग्ने फलाम, चप्पल, प्लाष्टिक आदि प्रयोग गरेर मैले रोबट पनि बनाएँ । जसलाई रिमोटको सहायताले मज्जाले सञ्चालन गर्न मिल्छ । गाउँघरमा काम लाग्दैन भनेर फालिएका सामग्रीहरूलाई उपयोग गरेरै मैले यी उपकरणहरू बनाएँ ।

मैले जति बनाएँ, अरू कुरा देखेर र त्यसबाट प्रेरणा प्राप्त गरेर बनाएँ । त्यसैले आफू र आफ्नो वरपरको परिवेश सृजनाका लागि महत्वपूर्ण कुरा रहेछ । यदि मलाई माटोकोगाडी बनाउँदा मेरा बा–आमाले पढ्न छाडेर किन यस्तो निरर्थक कुरा मा समय खेर फालेको भनेर चड्कन लगाएको भए शायद मैले यसरी नयाँ–नयाँ सामान बनाउने कुरा सम्भव हुने थिएन । मेरा बा–आमा र स्कूलका शिक्षकहरू दुवैले मलाई मेरो रुचिको काम गर्नबाट रोक्नुभएन । त्यसैले म पनि चाहे अनुसारको प्रयोग, परीक्षण गर्दै गएँ । परिणामस्वरुप आज एक दर्जन भन्दा बढी कुरा हरू सृजना हुन गएको हो । आज ममा प्रविधिको क्षेत्रमा केही न केही नयाँ आविष्कार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा भएको छ । अरू साथीहरू जस्तै विज्ञान पढ्नमा नै सन्तुष्ट भएको भए न त यी सबै कुरा सृजना हुन्थे, न मभित्र यो आत्मविश्वास नै पैदा हुनसक्थ्यो । त्यसैले, मेरो विचार मा अभिभावकले घरमा र शिक्षकहरूले स्कूलमा बालबालिकालाई आफ्नो रुचि अनुसारका क्षेत्रमा लाग्न दिनुपर्छ । सङ्गीत, खेल, साहित्य, नेतृत्व, दर्शन, जे जस्ता कुरा हरूमा बालबालिकाको रुचि छ, उनीहरूलाई त्यसमा चाहे अनुसार अनुसन्धान गर्न र सृजना गर्न दिइनुपर्छ । घर र स्कूलले यी कुरा हरूमा सके सहयोग गर्नु पर्छ, नसके भाँजो चाहिँ हाल्नुहुँदैन । हामीले चुर्लुम्म डुबेर रुचिको क्षेत्रमा लाग्यौं भने केही न केही नवीन सृजना गर्न सक्दारहेछौं । मेरो अनुभवले यही सिकायो ।

भविष्यमा म नेपाल र नेपालीलाई काम लाग्ने केही न केही नयाँ कुरा को आविष्कार गर्न चाहन्छु । मलाई विश्वास छ, म त्यो गर्न सक्छु । त्यसका निम्ति मैले इन्जिनियरिङ विषय पढ्नुपर्छ । तर मेरा बा–आमाको आर्थिक हैसियत धेरै नै कमजोर भएकाले मेरो भविष्य के होला, म अझै निश्चिन्त छैन । आर्थिक अवस्था कमजोर भएकै कारणले मैले ७ कक्षा पढ्दै गर्दा पढाइ छाडेर ठूलोबाको छोरा दाइ, जो भारतको दिल्लीको एक जुत्ता कम्पनीमा मेनेजरको जागिर खानुहुन्थ्यो, को पछि लागेर नयाँदिल्लीमा मजदुरी गर्न जान बाध्य भएको थिएँ । त्यहाँ मैले एक वर्ष जुत्तामा नाम लेख्ने मेसिन चलाउने काम पनि गरे र मासिक भारु ४,५०० कमाएँ पनि । तर अचानक नाक र मुखबाट रगत आउने समस्यालेग्रस्त भएपछि दोस्रो वर्ष काम त गर्न सकिनँ नै, कमाएको पैसा पनि उपचारमै सकियो । तर आजसम्म पनि यो कुन रोग हो भनी किटान हुनसकेको छैन । वर्षमा एक दुई पटक अहिले पनि मेरो नाकबाट ह्वालह्वाल्ती रगत आउने गर्द छ । धेरै बिमारी भएपछि घर फर्किनुको विकल्प थिएन । यसरी पढाइ टुटेको दुई वर्षपछि म पुनः विद्यालय फर्केको हुँ । जसले गर्दा पढाइमा म दुई वर्ष ढिलो हुनपुगें ।

पढाइमा अब्बल अङ्क ल्याउनेले मात्र छात्रवृत्ति पाउँछ भन्ने सुनेको छु । तर नयाँ–नयाँ कुरा को आविष्कारमा लाग्दा लाग्दै मेरो पढाइ ओझाेलमा पर्न गएछ । त्यसैले, यसपालि चैतमा हुने एसएलसी परीक्षामा मेरो त्यति रराम्रो अङ्क आउने छैन । पढाइ र प्राक्टिकल दुवै सँग सँगै लैजान सजिलो हुँदोरहेनछ । मैले पढाइमा बढी ध्यान दिएको भए अवश्य पनि रराम्रो अङ्क ल्याउने थिएँ । शुरु का कक्षामा मैले रराम्रो अङ्क ल्याएको पनि थिएँ । तर मलाई सैद्धान्तिक पढाइ भन्दा व्यावहारिक पढाइमा बढी रुचि थियो र छ । यसैमा बढी समय दिएँ । मैले थाहा पाएसम्म महान् वैज्ञानिक माइकल फाराडे, डिजेल इन्जिनका आविष्कारक रुडोल्फ डिजेल लगायत संसारमा जति पनि आविष्कारक र वैज्ञानिकहरू बनेका छन्, उनीहरू स्कूल कलेजको पहिल्यै हासिल गरिसकिएको ज्ञान टाउकोमा भर्न भन्दा नवीन खोजमा निस्किए । र, नयाँ आविष्कार गर्न सक्षम भए । उनीहरूको जीवनी थाहा पाएपछि त्यसबाट म झन् प्रभावित हुन पुगें । त्यसैले, म मेरो खोज र सृजनालाई ‘साइड’मा राखेर होइन, केन्द्रमा राखेर मात्र उच्च शिक्षा हासिल गर्न चाहन्छु । यसरी मात्र म सफल हुन सक्छु भन्ने मलाई लागेको छ ।
(रिमाल यही चैतमा हुने एसएलसी परीक्षामा अन्नपूर्ण उमावि, पार्वतीपुर चितवनबाट सहभागी हुँदैछन् ।)

commercial commercial commercial commercial