निजी विद्यालयका शिक्षकः कति सन्तुष्ट, कति असन्तुष्ट ?

नेपाली समाज को एउटा पक्ष विद्यालय शिक्षामा निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निषेध गर्न चाहन्छ भने निजी विद्यालयमा कार्यरत शिक्षकहरू पनि आफू अधिकार र सुविधाविहीन भएको गुनासो गरिरहेका छन् । तर, विरोधाभासको यस्तो स्थितिमा पनि निजी विद्यालयहरू आफूलाई निरन्तर सफल बनाउन समर्थ भइरहेका छन्, कसरी ? के निजी विद्यालयका शिक्षकहरू असन्तुष्ट नै हुन् त ?

शिक्षा विभागद्वारा प्रकाशित सन् २०१०–११ को फ्लास रिपोर्ट (Flash Report: 2010-11) अनुसार विद्यार्थी भर्ना दरको आधारमा निजी विद्यालयहरूले आधारभूत तहमा १२ प्रतिशत र माध्यमिक तहमा १५ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै; लगानीको आधारमा विद्यालय शिक्षामा निजी क्षेत्रको हिस्सा करिब २० प्रतिशत रहेको छ । एसएलसी परीक्षाको नतिजा हेर्दा संस्थागत (निजी) विद्यालयहरू ८९ प्रतिशतभन्दा बढी  विद्यार्थी उत्तीर्ण गराउन सफल देखिन्छन् भने सामुदायिक विद्यालयहरूले ४६.६ प्रतिशतमा चित्त बुझाउनु परेको छ (शिक्षक मासिक, साउन, २०६८) ।

नेपाली समाज को एउटा पक्ष विद्यालय शिक्षामा निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निषेध गर्न चाहन्छ भने निजी विद्यालयमा कार्यरत शिक्षकहरू पनि आफू अधिकार र सुविधाविहीन भएको आवाज उठाइरहेका छन् । तर विरोधाभासको यस्तो परिस्थितिमा पनि निजी विद्यालयहरू आफूलाई निरन्तर सफल बनाउन समर्थ भइरहेका छन् कसरी ? के निजी विद्यालयका शिक्षकहरू ती विद्यालयसँग असन्तुष्ट नै छन् त ? म आफैँ लामो समय देखि निजी विद्यालयमा शिक्षक र सञ्चालकको रूपमा रहेर काम गरिरहेको व्यक्ति हुँदाहुँदै पनि यी र यस्ता प्रश्नहरू भने अनुत्तरित नै रहँदै आएका थिए । संयोगवश काठमाडौं विश्वविद्यालयबाट एमफिल (२००८) गर्ने क्रममा यही (Job Satisfaction of Institutional  School Teachers of Kathmandu District of Nepal) मा शोध गर्ने अवसर जु¥यो । यहाँ उक्त शोधबाट प्राप्त तथ्यपरक नतिजालाई संक्षिप्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।  

शोधको उद्देश्य
मेरो शोधको सामान्य उद्देश्य, निजी क्षेत्रका विद्यालयमा कार्यरत समग्र शिक्षकहरूको कार्य सन्तुष्टि स्तर (Job Satisfaction Level) पत्ता लगाउनु र विशिष्ट उद्देश्य चाहिँ शिक्षकका वैयक्तिक पक्षहरू (जस्तैः स्थान, लिङ्ग, सेवा अवधि र विषय शिक्षण)को आधारमा उनीहरूको सन्तुष्टि स्तर पहिचान गर्नु रहेको थियो ।

कुनै पनि व्यवसाय वा पेशाप्रति सन्तुष्ट पार्ने पक्ष थुपै्र हुने भए तापनि यस शोधमा निम्न चार वटा पक्ष वा आयामलाई मात्र समावेश गरिएको थियोः
(अ)    तलब, भत्ता र अन्य सुविधा
(आ)    शिक्षण कार्य     
(इ)    काम गर्ने वातावरण
(ई)    कार्य सम्पादन मूल्याङ्कन

शोध विधि
यस शोधमा सर्वेक्षणबाट प्राप्त विवरण/आँकडालाई निगमन विधि (Deductive Approach) बाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ । नेपालका करिब ३० प्रतिशत निजी विद्यालयहरू सञ्चालनमा रहेको काठमाडौं जिल्लालाई अध्ययन क्षेत्र बनाई महानगरपालिकालाई शहरी र गाविसहरूलाई ग्रामीण क्षेत्रका रूपमा परिभाषित गरी ३९ माध्यमिक विद्यालयका २३८ शिक्षकहरूबाट प्रश्नावली भराई सूचना सङ्कलन गरिएको थियो ।

विश्लेषण र नतिजा
शोधका निम्ति लिइएका नमुना (Sample) विद्यालय र सहभागी शिक्षकहरूको विवरणः
(अ)    विद्यालयको क्षेत्रगत वितरण
    शहरी क्षेत्र= ६९ प्रतिशत,ग्रामीण क्षेत्र= ३१ प्रतिशत
(आ)    शिक्षक विवरण
(क)    क्षेत्रः शहरी क्षेत्र= ७६ प्रतिशत,ग्रामीण क्षेत्र= २४ प्रतिशत
(ख)    लिङ्गः पुरुष= ७८ प्रतिशत, महिला= २२ प्रतिशत
(ग)    अनुभव (वर्ष)ः १–५= ४० प्रतिशत, ६–१०= २९ प्रतिशत,  ११–१६= २१ प्रतिशत, १६ भन्दा माथि= १० प्रतिशत
(घ)    विषयः भाषा शिक्षक= ३६ प्रतिशत, विज्ञान शिक्षक= १७ प्रतिशत, गणित शिक्षक= १९ प्रतिशत, मानव विज्ञान शिक्षक= २८ प्रतिशत

प्रश्नावलीमार्फत प्राप्त जवाफ (Responses) को अङ्क गणितीय विश्लेषणको औसत मान ३ भन्दा बढी आएमा ‘सन्तुष्ट’, कम आएमा ‘असन्तुष्ट’ र ठीक ३ भएमा ‘अनिर्णित’ भनेर मानिएको थियो । प्राप्त प्रतिक्रियाहरूको तथ्याङ्कीय विश्लेषणबाट निम्न नतिजा प्राप्त भएको थियोः

 


सहभागी शिक्षकहरूको वैयक्तिक विवरण, प्रतिक्रिया र विचार हरूको विश्लेषणबाट प्राप्त निष्कर्ष यस्तो थियोः
१)    ६९ प्रतिशत विद्यालयहरू शहरमा रहेकाले निजी क्षेत्रले प्रदान गर्ने शिक्षा शहरकेद्रित भएको ।ग्रामीण क्षेत्रमा निजी क्षेत्रको संलग्नता अझै न्यून रहेको ।
२)    पुरुषको तुलनामा महिला शिक्षकको सहभागिता एकतिहाई भन्दा कम हुनुले विद्यालयहरू लैङ्गिक समान ताको दृष्टिकोणमा असफल देखिन्छन् ।
३)    ४० प्रतिशत शिक्षकहरू पाँच वर्षभन्दा कम अनुभवी हुनुले शिक्षकहरूको विद्यालय छोड्ने दर उच्च रहेको स्पष्ट हुन्छ । शिक्षकहरू यस पेशालाई दीर्घकाल रूपमा अँगाल्न चाहँदैनन् वा विद्यालय परिवर्तन गर्ने प्रवृत्ति उच्च रहेको छ भन्ने देखिन्छ ।
४)    भाषा शिक्षकहरू (अङ्ग्रेजी र नेपाली) को सङ्ख्या अन्य शिक्षकहरूको तुलनामा बढी देखिन्छ ।
५)    सन्तुष्टिको कुल औसत मान ३.१२ हुनुले निजी क्षेत्रका विद्यालयका शिक्षकहरू समग्रमा सन्तुष्ट नै रहेको मान्नुपर्ने हुन्छ ।
६)    तलब, भत्ता र अन्य सुविधा तथा शिक्षण कार्य (Work Itself) प्रति शिक्षकहरू सन्तुष्ट देखिँदैनन् । यसलाई औसत मान हरू क्रमशः २.६९ र २.३१ ले पुष्टि गर्द छन् । काम गर्ने वातावरण र कार्य सम्पादन मूल्याङ्कनप्रति भने शिक्षकहरू केही हदसम्म सन्तुष्ट नै देखिन्छन् (औसत मान हरू क्रमशः ३.४५ र ३.२७) । यिनै पछिल्ला दुई कारण नै निजी क्षेत्रको सफलताका मुख्य आधार हुनुपर्दछ ।
७)    तलब, भत्ता र अन्य सुविधाको सन्दर्भमा सबै शिक्षकहरू असन्तुष्टि जनाउँछन् । यसरी सर्वेक्षणमा सहभागी शिक्षकहरूले सामुदायिक शिक्षक सरह तलब, भत्ता र अन्य सुविधाहरू नभएको विचार व्यक्त गर्नु अहिले उठिरहेको शिक्षक आन्दोलनको नारासँग मेल खाने देखिन्छ ।
८)    औसत मान ३ भन्दा कम हुनु र १–५ वर्षसम्म शिक्षण अनुभव भएका शिक्षकहरूको प्रतिनिधित्व ४० प्रतिशत हुनुले शिक्षकहरू स्वयं शिक्षण कार्यप्रति उदासीन भएको तथ्य पुष्टि गर्द छ । तरग्रामीण शिक्षक र विज्ञान विषय शिक्षकहरू भने आफ्नो पेशाप्रति सन्तुष्ट नै देखिन्छन् । यसको कारणग्रामीण क्षेत्रमा रोजगारीका विकल्प नहुनु वा कम हुनु तथा विज्ञान विषय शिक्षकहरूले आकर्षक सुविधा पाएको हुनुपर्दछ ।
९)    काम गर्ने वातावरणको सन्दर्भमा शहरी शिक्षकहरू मात्र असन्तुष्ट देखिन्छन् । आफू जस्तै योग्यता भएका साथीहरूको रोजगारीबाट प्राप्त अतिरिक्त आम्दानी र सुविधा, विभिन्न अवसरहरूबाट फाइदा उठाउन नसक्नु, शहरी सुविधाहरूमा आर्थिक पहुँच नहुनु आदि यसका कारण हुन सक्छन् ।
१०)    कार्य सम्पादन मूल्याङ्कन (Performance Appraisal) को सन्दर्भमा पनि शहरी श्क्षिकहरू नै असन्तुष्ट देखिन्छन् । उनीहरू कार्य सम्पादनको आधारमा उचित सुविधा नदिनु, कामको मूल्याङ्कन नहुनु वा पक्षपातपूर्ण हुनु, पुरस्कार र दण्डको व्यवस्था नहुनु आदि यसका कारणहरू भएको प्रतिक्रिया व्यक्त गर्द छन् ।
११)    सहभागी शिक्षक समूहको प्रतिक्रिया विश्लेषण गर्दा शिक्षकहरू तलका तीन बुँदाहरूमा सबैभन्दा बढी सन्तुष्ट भएको पाइयोः
    क) साथीहरू बनाउन सजिलो
    ख) कार्यतालिका शिक्षकहरूको अनुकूल
    ग) साथीहरू बीचमा रराम्रो सहकार्य
१२)    तलका दुई बुँदामा शिक्षकहरू सबैभन्दा बढी असन्तुष्ट पाइयोः
क)    स्वास्थ्य सम्बन्धी कुनै व्यवस्था नभएको
ख)    विद्यालयले प्रदान गरेको सुविधा जीवनस्तर सँग मेल नखाएको
१३)    केही बुँदाहरूमा अनिर्णित वा अन्योलको अवस्थामा छन् । जस्तैः शिक्षा ऐन र नियमावलीमा उल्लिखित प्रावधान, शिक्षकहरूलाई प्रदान गरिने तालिमहरू आदि ।

निष्कर्ष र सुझाव
साङ्गठनिक मनोविज्ञान (Organisational Psychology) को क्षेत्रमा पेशागत सन्तुष्टि (Job Satisfaction) बृहत्तर खोज र अनुसन्धान गरिने विषयहरूभित्र पर्दछ । यसको निकट सम्बन्ध कामदारको उत्पादकŒव, कामप्रति समर्पण र कार्य सम्पादनसँग रहेको हुन्छ । यसकारण शिक्षकहरूमा रहेको सन्तुष्टि स्तर ले विद्यालयको दैनिक कार्य सम्पादन र शिक्षण सिकाइलाई प्रभावित पारिरहेको हुन्छ । सन्तुष्टि स्तर र कार्य सम्पादनमा सकारात्मक सम्बन्ध (Positive Correlation) हुने भएकाले विद्यालय सञ्चालकहरूले शिक्षक सन्तुष्टिलाई शैक्षिक सफलताको निर्णायक शक्तिको रूपमा आत्मसात गर्नु जरुरी हुन्छ । यस शोध कार्यबाट प्राप्त नतिजाको आधारमा निम्न सुझावहरू प्रस्तुत गरिएका छन्ः
क)    समग्रमा शिक्षकहरू सन्तुष्ट देखि ए तापनि धेरै विषयमा असन्तुष्ट रहेका छन् । जागिर जाने डर, उपयुक्त शैक्षिक वातावरण, कडा प्रशासन, प्रभावकारी सुपरीवेक्षण आदिको कारण निजी विद्यालयहरू आफूलाई सफल तुल्याउन सक्षम छन् । तर कुनै विषयमा एकजना शिक्षक मात्र असन्तुष्ट रहे पनि शैक्षिक उपलब्धिमा दीर्घकालीन असर पुग्ने भएकाले सञ्चालकहरूले उनीहरूका माग सम्बोधन गरी सन्तुष्ट पार्ने प्रयास गर्नु पर्दछ ।
ख)    अधिकांश शिक्षकहरू “तलब, भत्ता र अन्य सुविधाहरू” शीर्षक अर्थात् तलब, भत्ता, बिदा, अतिरिक्त समय काम गरे बापत भुक्तानी आदिमा असन्तुष्ट रहेका छन् । पैसा नै त्यस्तो साधन हो जसबाट मानिसका व्यक्तिगत उद्देश्यहरू पूरा हुन सक्छन् । एउटा व्यक्ति यसैको लागि संस्थाको उद्देश्य पूरा गर्न बाध्य हुन्छ । तसर्थ न्यूनतम रूपमा शिक्षा ऐन र नियमावलीमा व्यवस्था गरे अनुसारको सुविधा र सामुदायिक विद्यालयका शिक्षक सरह तलब, भत्ताको व्यवस्था गर्नु नै हालको शिक्षक आन्दोलनको हल हुन सक्छ ।
ग)    कष्टकर जीवनशैली नै शहरी शिक्षकहरूको असन्तुष्टिको मूल कारण भएकाले लचिलो कार्यतालिका, बालबच्चाहरूलाई निःशुल्क पढ्ने व्यवस्था, यातायातको सुविधा आदि सहुलियत दिएर हाल रहेको असन्तुष्टिलाई न्यूनीकरण गर्न सकिन्छ ।
घ)    यस शोधमा सहभागी अधिकांश श्क्षिकहरूले नियुक्ति पत्र नपाएको विचार व्यक्त गरे बाट उनीहरू सुरक्षित नभएको स्वतः स्पष्ट हन्छ । कुनै पनि व्यक्ति असुरक्षित परिवेशमा रहेर आशातीत प्रतिफल दिन नसक्ने भएकाले सरोकार पक्षले यसतर्फ गम्भीर ध्यान दिनु आवश्यक छ ।

commercial commercial commercial commercial