बिर्सिएको बाटो

एउटा दबाई पाइँदो रहेछ । त्यो खाएपछि त पढेको पढेकै गर्न मन लाग्ने । मैले पनि त्यही दबाई प्रयोग गर्न थालें । त्यो दबाईको असर यस्तो राम्रो भयो कि एघार कक्षामा म फस्ट भएँ । मेरो साथी दोस्रो भयो । जति जति त्यो दबाई प्रयोग गरयो उति उति हामी तेज हुँदै गयौं । तर विस्तार विस्तार दबाईले काम गर्न छोड्यो ।

‘हेर् म त बाह्र कक्षा पास हुने बित्तिकै उड्ने हो ।’
आहा ! कस्तो मज्जाले भनेको थिएँ मैले साथीहरूसँग । ‘यस्तो थोत्रे देशमा बसेर के गर्नु ? विदेश गएपछि त ऐस, आराम, घर–महल, पैसा, पढाइ के के हो के के । आधुनिक मान्छे हुनुको स्वाद त्यहाँ पाइन्छ ।’ त्यो मेरो कल्पना... ओहो कति स्वादको थियो !

हत्कडी ल गाउँदा ल गाउँदा दुखेका हात हेर्दै आँखा रसाएर आए । हे भगवान, के मेरो कल्पनागलत नै थियो त ? आकाशतिर हेर्न खोजें । अहँ त्यहाँ नीलो आकाश थिएन । त्यहाँ सेतो बादल थिएन । थियो त केवल सिमेन्टको छानो अर्थात् ढलान गरिएको छत । चिसो यो खोरमा थुनिएर बस्नु पर्दा साह्रै दिक्क थिएँ । तर मसँग खप्नुको केही विकल्प पनि थिएन । पुलिसको पिटाइ, प्रश्न सोधाइ, हत्कडी, चिसो खोर ! म जस्तै विजाइँ गरेर आएका अन्य साथीहरू, उडुस, ढुसी परेका ओछ्यान, फलामे बार यस्तै यस्तै भित्र थियो मेरो जिन्दगी ।

चुईंयँ ढोका खोलेर आयो एउटा पुलिस । उसको हातमा लट्ठी थियो सधैंको जस्तै । तर उसको अनुहार सधैंको जस्तो थिएन । अलि फेरिएको जस्तो लाग्दैथियो मलाई । न ऊ अर्कै पुलिस पो हो कि ? मेरा आँखाले चिन्न खोज्थ्यो । तर मनले मान्दैनथ्यो किनकि अनुहार फेरियोस् वा जीउडाल, आवाज फेरियोस् वा हिँडाइ— पुलिस भनेको पुलिस नै हो । त्यो लट्ठी देखेर नै मेरो जीउ दुख्न थालिसकेको थियो । किनकि त्यो लट्ठी हाम्रै लागि, हाम्रै जीउको लागि थियो । मासु नै अमिलो हुने गरी खाइने नमिठो पिटाइको लागि थियो ।

आज त शुरुमै म भएको ठाउँमा आयो पुलिस । ‘धेरै गन्गन गरिछस् तैले । अब आज तेरो कुरा कि वार हुन्छ कि पार ।’ साह्रै रिसाएको थियो पुलिस ।

‘जे सोधे पनि मैले उत्तर त दिएकै छु नि सर । परिस्थितिले नै मलाई यस्तै बनायो त म केगरुँ ? यो मेरो चाहना थिएन सर ।’ म रोएँ । बिन्तीभाउ गरे तर पुलिसले मेरो कुरा सुन्दै सुनेन । ‘सधैं सधैंको त्यही, त्यही नै त्यही जवाफ । के यो मुसा र बिरालोको खेल हो ? ल भन् साँचो साँचो के हो ? सबै खुलस्त भन् । कहाँ छन् तेरा बोसहरू ! भन् !’ पुलिसले एक लट्ठी ड्याम्म ढाडमा बजा¥यो । पिसाब नै खुस्केला जसरी तनक्क तन्किए मेरा हरेक नसाहरू ।

‘सर मलाई नपिट्नुस् । मलाई मेरा बोसहरू कहाँ कहाँ छन् ? के के गर्छन् ? केही थाहा छैन । उनीहरू त खाली इशाराका भरमा कामगराउँथे । कालो ज्याकेट लगाएको मान्छे आउँछ फलानो ठाउँमा । त्यहाँ गएर यो पोका दिनु । रातो टोपी लगाएको मान्छे आउँछ । त्यहाँ लगेर यो पैसा दिनु भन्थे । म त्यसै गर्दथे । काम पूरा भएपछि केही पैसा अनि केही औषधि दिन्थे । म फुरुक्क परेर फर्कन्थें सर ।’ मेरो बोली सुनेर पुलिस मलाई नै हेरिरह्यो । मुसुक्क हाँस्यो पनि । मलाई अचम्म लाग्यो ।गोहीको आँशु जस्तो उसको हाँसो देखेर छक्क पनि परें ।

‘ल भन् त बाबु । तँ यस्तो काममा चाहिँ कसरी फसिस् ?’ पुलिसले चिउँडोमा हात राखेर मतिर बडो ध्यान दियो । पुलिसले ‘बाबु’ भनेको सुन्दा मेरो आँतै सरर्र रसाएर आयो । तिर्खा लगेको बेलामा पानी पाए जस्तो भयो मलाई । मलाई यो पुलिस नै तेरो दाइ हो वा काका हो वा मामा हो वा आफन्त हो वा मिल्ने शिक्षक हो । मनको वह सबै यसैलाई भन् भनेको जस्तो लाग्यो । मेरा आँखाबाट अनायास बरर्र आँशु झ्र्‍यो ।

‘सर, म धेरै पढ्न चाहन्थें । खुब ट्यालेन्ट भएको गनिन चाहन्थें । सबैलाई जित्दै कलेज फस्ट हुन चाहन्थें । स्कूलको रराम्रो विद्यार्थी थिएँ । कलेजमा त मभन्दा धेरै राम्रा राम्रा विद्यार्थीहरू आए । मलाई जित्ने धेरै छन् जस्तो लाग्यो । त्यसैले म उनीहरूलाई जित्ने गरी पढ्न चाहन्थें । मसँग धेरै इच्छा थिए । ती पूरा गर्न चाहन्थें । मलाई यो देशमा बस्ने सबै पाखे हुन् जस्तो लाग्थ्यो । विदेश गएर धेरै पढ्ने, धेरै कमाउने इच्छा थियो मेरो । म साथीहरूसँग सधैं भन्थें पनि ‘बाह्र कक्षा पास गरे पछि त केटा उड्छ सररर... ।’ आहा त्यसो भन्नमा कति मज्जा आउँथ्यो । विदेश पढ्न जान धेरै पैसा लाग्ने कुरा मलाई थाहा थियो । धेरै ट्यालेन्ट भए त स्कलरसिपमा पनि पढ्न जान पाइन्छ भन्ने सुनेको थिएँ । म कि केही पैसा जम्मा गरेर कि धेरै ट्यालेन्ट भएर विदेश हान्निन चाहन्थें । यसको लागि म जे गर्न पनि तयार थिएँ । म यसकै बारेमा मसँग मिल्ने साथीहरूसँग पनि सोधिरहन्थें । छलफल गरिरहन्थें ।

एक दिन एउटा साथीलेगज्जबको आइडिया ल्यायो । एउटा दबाई पाइँदो रहेछ । त्यो खाएपछि त पढेको पढेकै गर्न मन लाग्ने । पढेको पनि दिमागमा बस्ने । मैले पनि त्यही दबाई प्रयोग गर्न थालें । त्यो दबाईको असर यस्तो रराम्रो भयो कि एघार कक्षामा म फस्ट भएँ । मेरो साथी दोस्रो भयो । हामीले त्यो दबाईलाई धन्यवाद दियौं । जति जति त्यो दबाई प्रयोग गरयो उति उति हामी तेज हुँदैगयौं । धेरै पढ्न मन लाग्ने त्यो दबाई हराम्रो लागि अमृत नै भयो । तर विस्तार विस्तार दबाईले काम गर्न छोड्यो । त्योभन्दा अर्को दबाई प्रयोग गर्नु पर्ने साथीले सुनायो मलाई । अर्को दबाई त साह्रै महँगो हुने रहेछ । किन्नै नसकिने रहेछ तर हामी किन्नको लागि बाध्य भयौं किनकि दबाई नखाई पढ्नै नसकिने भइसकिएछ । दुई तीन महिना त जसरी तसरी किनेर खाएँ । त्यसपछि त किन्नको लागि पैसा भएन । मलाई त त्यो दबाई खाने लत नै परिसकेछ । त्यो दबाई विना त म नबाँच्ने जस्तो हुन थालेछु । पढ्न, लेख्न मात्र होइन; केही गर्न मन नलाग्ने, हातगोडा लुला भए झै हुने, घाँटीमा केहीले समाए झै हुन थाल्यो । अब म जसरी पनि त्यो दबाई पाउने उपायमा लाग्न थालें ।

साथी साथीबाटै मैले त्यो दबाई पाउने सजिलो उपाय पाएँ । त्यो दबाई बेच्ने मानिससँग मेरो भेट भयो । उसले मलाई भनेको मानेमा र गर्न सकेमा त्यो दबाई सित्तैंमा दिने र साथमा पैसा पनि दिने भन्यो । दुवै हातमा लड्डु भएपछि मैले किन नमान्नु ? ट्यालेन्टेड पनि भइने, पैसा पनि कमाइने । अनि दुवै कुरा प्रयोग गरेर विदेश जाने । मेरो सपना मौलाउँदै गयो । मैले त्यो मान्छेले भने बमोजिम काम गर्न थालें । त्यसपछि ऊ कहिल्यै पनि मसँग भेट गर्न आएन । कहिले कुनै बच्चालाई पठाउँथ्यो । कहिले खैरोकोट लगाएकोलाई भेट भन्दै नयाँ नयाँ नम्बरबाट फोन गर्द थ्यो । म उसले जे भन्यो त्यही गर्दथें । पैसा र साथमा दबाई पनि लिन्थें ।

यसो गर्दा गर्दा सात–आठ महिनामै म केही पैसा भएको मान्छे भइसकेको थिएँ । कक्षामा ट्यालेन्टेड पनि थिएँ । दबाई खाएर कलेज गएको दिन चाहिँ आँखा राता राता हुन्थे । सर, साथीहरूले यसका बारेमा सोध्दथे । रातभरि पढेर यस्तो भएको हो भनेर जवाफ दिन्थें । यसरी म त्यो दबाई र पैसाको लागि मात्र सोच्ने भइसकेको थिएँ ।

एक दिन त्यो मान्छेले भनेको काम गर्न सकिनँ मैले । उसले मलाई त्यो दबाई पनि दिएन अनि पैसा पनि । त्यो दबाई नपाएपछि त म छट्पटिन लागें । मुखबाट फिंज निकाल्ने, आफैंलाई चिथोर्न मन लाग्ने, उचालिने, पछारिने... ओहो त्यस दिनको छटपटाहटले आज पनि आङ जिरिङ्ग पार्छ । बल्ल मैले थाहा पाएँ म त कुलतमा फसिसकेछु । जसरी तसरी त्यो मान्छेसँग सम्पर्क गरेर लागूऔषधको प्रयोग गरे पछि म ठीक भएँ ।

अब झनै मलाई चिन्ता पर्न थाल्यो । एकातिर कुलतमा फसेछु । अर्कातिर पढाइ बिग्रँदै गएछ । विदेश जाने चक्कर त चक्करै भइसकेछ । आमाबुबाले के भन्लान् ? साथीभाइ, छरछिमेक, सर–मिस सबैको अगाडि के भन्ने ? मलाई साह्रै भड्खालोमा परेको महसुस भयो तर के गर्नु ? समय चिप्लिसकेको थियो । यो चिन्तालाई दूर गर्न पनि म लागूऔषधको प्रयोग गर्दथें । म अब पूरापूरा अम्मली भइसकेको थिएँ ।

म अब यो लागूऔषध जसरी पनि छोड्छु भन्ने मनमा राखेर हिँडें तर सकिनँ । पीर, पीडा, घृणाले साह्रै पिरोल्यो । पुलिस, समाज सबैसँग जोगिएर पनि आफैंसँग जोगिन नसकेको भान भयो । त्यस्तो बेलामा झनै लागूऔषध चाहिने भो । त्यो खाएपछि फेरि सबै ठीकठाक हुनेभयो । यसरी साहै्र साह्रै फसें म । निस्कने बाटो नै देखि नँ ।

कोदो खाएपछि कालो दिसा आइहाल्छ नि ! त्यसकै परिणाम आज म भोग्दैछु । अरू खै कहाँ बसेर इशारा गर्दै थिए । इशारा अनुसार हिँड्ने कोसिस गर्दा गर्दै मैले तपाईंहरूलाई देखि नँ । देखेको भए म पनि भाग्थें । मैले पोका दिने मान्छेले त देखेछ । ऊ भाग्न सफल भयो तर म साहै्र असफल । अब यो मुख लिएर कसरी हिँडौं समाज मा ? नहिँडौं त कुन दुनियाँमा जाऊँ र म ? फेरि यहाँबाट कसरी उम्कन सक्छु र हगि सर ?

बोल्दाबोल्दै खै किन आँसुले पूरा शरीर भिजिसकेछ । त्यसको केही पर्वाह भएन मलाई । मैले फेरि बिन्ती चढाएँ पुलिससामु ‘तर सर मलाई यहाँबाट छोडिदिनुभयो भने म तपाईंहरूलाई अवश्य साथ दिनेछु । यस्तो कुकर्मी भएर बाँच्नुभन्दा त बरु मलाई किन मर्नु नपरोस् ? म सुकर्म गरेरै मर्छु । दुनियाँलाई बिगारेर आफैं बिग्रेको पाप पखाल्न भए पनि म तपाईंहरूलाई साथ दिन्छु । म तपाईंहरूलाई यस्ता धन्दा गर्ने ठूला ठूलागिरोहहरू बस्ने, उनीहरूले प्रयोग गर्ने बाटोहरू देखाइदिन्छु । प्लिज सर मलाई नपिट्नुस् । मलाई छोडिदिनोस् । म तपाईंहरूलाई सहयोग नै गर्ने छु अनि मजस्तो कोही पनि नबिग्रोस् भनेर अरूलाई सम्झउने छु ।’ मैले पुलिसको पाउ समाएँ । निधार उसकोगोडामा रगडें । ऊ केही बोलेन । चुपचाप त्यहाँबाट उठेर लट्ठी घुमाउँदै चुईंयँ... फलामे ढोका खोल्दै बाहिरियो । म ऊ गएतिरै हेरिरहेंगलित शरीर, निरास मन, भारी मुटु, थकित आँखाभरि आशाका किरण बोकेर ।

श्री शहीद शुक्र मा.वि. बागबजार, काठमाडौं
कक्षाः १०

commercial commercial commercial commercial