चिची कि पापा रोज्ने ?

शैक्षिक गुणस्तर उकास्ने लक्ष्यले नेपाल सरकारले एउटा नितान्त नयाँ कदमका रूपमा विद्यार्थी मूल्याङ्कन क्षेत्रमा उदार कक्षोन्नति नीति (Liberal promotion policy)  कार्यान्वयनमा ल्याएको छ । कक्षामा निरन्तर ७० प्रतिशत हाजिर पुगेका र माथिल्लो कक्षामा उकास्न उमेरले नछेक्ने बालबालिकालाई कक्षा ७ सम्म अर्थात् आधारभूत तहसम्म स्वतः कक्षोन्नति गर्ने सरकारको नीति छ ।

पाठ्यक्रमका अपेक्षित उद्देश्यहरू परिपूर्ति गर्नका लागि अथवा निश्चित तहका विद्यार्थीलाई उनीहरूको क्षमता अनुसार ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कक्षामा शिक्षण कार्य गरिन्छ । शिक्षण सिकाइको क्रममा एउटै कक्षामा धेरै जान्ने, कम जान्ने, छिट्टै बुझने, ढिलो बुझने, तीव्र बुद्धिका, मन्द बुद्धिका, चाँडै सिक्ने र लामो समयपश्चात् सिक्ने क्षमताका विद्यार्थीहरू भेटिन्छन् ।

निश्चित अवधिको शिक्षण सिकाइपश्चात् विद्यार्थीले के–कति ज्ञान र सीप आर्जन गरे भनेर मूल्याङ्कन गरिन्छ । तर उदार कक्षोन्नति व्यवस्थाले सबै क्षमता र दक्षता भएका विद्यार्थीलाई एउटै लहरमा मूल्याङ्कन गर्ने गरेको पाइन्छ । विविध क्षमता भएका विद्यार्थी र उपस्थित नै नहुने विद्यार्थीलाई समेत काग, बकुल्ला मिसाए झैँ शैक्षिक सत्रको अन्त्यमा एउटै पङ्क्तिमा उत्तीर्ण गरिन्छ । यस्तो नीतिले एकातर्फ विद्यालयमा पढे पनि , नपढे पनि , उपस्थिति भए पनि , अनुपस्थित भए पनि , काम गरे पनि , न गरे पनि उत्तीर्ण भइन्छ; किन बेकारमा दुः ख गर्ने भन्ने जस्तोगलत मान सिकता विद्यार्थीमा पैदा भएको छ भने वर्षभरी नपढाए पनि आफू अब्बल कार्यक्षमता श्रेणीमागनिने आलस्यवादी प्रवृत्ति शिक्षकमा देखा परेको छ । अर्कोतर्फ विद्यालयमा निरन्तर उपस्थित नभए पनि अन्तिम परीक्षामा आफ्ना छोराछोरी पास भइहाल्ने, घरायसी काममा सहयोग मिल्ने जस्तारूढीग्रस्त चिन्तन धेरैजसो अभिभावकहरूमा देखि एको छ । यसरी अध्यापन कार्यलाई सहायक दायिŒवका रूपमा लिने शिक्षकले विद्यार्थीले वर्षभरी आर्जन गरेको वास्तविक मूल्याङ्कन कसरी थाहा पाउन सक्छन् ? यो समस्या विकराल रूपमा नेपालको शिक्षाजगतमा देखा परेको छ ।

नेपाल सरकारको यो नीति र शैक्षिक सरोकारका प्रमुख हस्तीहरूको यो मान सिकतालाई केलाएर हेर्दा हराम्रो गाउँघरमा चलेको ‘गहुँ र भटमासको एउटै दाम’ भन्ने उखान सम्झना हुन्छ । यसरी एकातर्फ आफू माथिल्लो कक्षा चढेकोमा विद्यार्थीको आडम्बर, अर्कोतर्फ जिम्मेवारी वहन गरे /न गरे पनि कक्षाका सबै विद्यार्थी उत्तीर्ण भइहाल्ने शिक्षकको यथास्थितिवादी चिन्तन र अभिभावकको घरायसी कामको प्रलोभन जस्ता समस्या विद्यमान रहेको अवस्थामा विद्यार्थीको ज्ञान र सीपको सही मापन र शिक्षकको कार्यक्षमताको शुद्ध नापतौल कसरी सम्भव होला ?

एकातर्फ ‘ गुणस्तरीय शिक्षामा हराम्रो जोड’ भन्ने सरकारको नारा र अर्कोतर्फ कक्षा ७ सम्म सम्पूर्ण विद्यार्थी उत्तीर्ण गर्नु पर्ने उदार कक्षोन्नति नीति एकआपसमा परस्पर बाझ्एिको पाइन्छ । सबै विद्यार्थीलाई स्वतः उत्तीर्ण गरेर गुणस्तरीय शिक्षाको कुरा गर्ने चाला आफैँमा हास्यास्पद पनि लाग्छ । मेरो विचार मा सबै उत्तीर्ण र गुणस्तरीय हुने कुरा सम्भव नै हुँदैन । गुणस्तरीय जनशक्ति उत्पादन गर्न त जग देखि नै छान्ने, केलाउने, थिग्राउने, फिल्टर गर्ने , छनोट गर्ने गर्नु पर्छ तब मात्र गुणस्तर कायम गर्न सकिन्छ । देशमा शिक्षामा परिमाणात्मक विकास चाहिएको हो भने गुणात्मक विकास सम्भव छैन । यदि शिक्षामा गुणात्मक विकास गर्नु छ भने परिमाणात्मक विकास कम मात्रामा सम्भव हुन्छ । ‘चिची पनि पापा पनि ’ त कहाँ पाइन्छ र ?
श्री केदार मावि, स्याँडी–६, बित्थड, बझाङ

commercial commercial commercial commercial