अमेरिकी आँखामा नेपाली विद्यार्थी

करिब नौ वर्ष पहिलेको कुरा हो । म अमेरिकी प्रशिक्षार्थी स्वयंसेवकहरूलाई तालिमपछि को अभ्यास शिक्षणमा ल गाउँदै थिएँ । न्याट्ली नाम गरे की एउटी प्रशिक्षार्थीलाई भैरहवाको एउटा माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यापन गर्न लगाउने व्यवस्था मिलाइयो ।

न्याट्लीले पढाउन थालेको केही दिनपछि आवश्यक सल्लाह वा सहयोग गर्न म उनलाई भेट्न पुगेँ । उनलाई मेरो पहिलो प्रश्न थियो, “तपाईंको अध्यापन कस्तो चल्दैछ, न्याट्ली ?” उनको जवाफ थियो, “खिला, तिमी त फटाहा रहेछौ !” मैले सोधें, “किन ?” उनी भन्दैगइन्, “तिमीले भनेका थियौ मेरो कक्षामा ३० जना विद्यार्थी हुनेछन् । तर पहिलो दिन २० जना थिए, दोस्रो दिन ४५ जना, तेस्रो दिन ७२ जना, चौथो दिन १०७ जना अनि पाँचौं दिन त १३० जना पो भए ! कक्षा नियन्त्रण र सञ्चालन गर्न नसकेर धुरुधुरु रुनु परिरहेको छ ।”

मैले उनलाई सम्झएँ, “यो विद्यार्थी भर्नाको समय हो, कक्षा ६ भनेको नयाँ विद्यार्थी पनि भर्ना हुने कक्षा हो; त्यसैले हरेक दोस्रो दिन पहिलो दिनको भन्दा केही धेरै विद्यार्थी हुनसक्छन् भनेर त मैले भनेकै थिएँ नि ! यो नेपाली स्कूलको वास्तविकता हो । यो पनि नेपाली विद्यालयको बारेमा तपाईंले सिक्नुपर्ने अभ्यास शिक्षणको एक अङ्ग नै हो ।”

त्यसपछि उनले आफ्नो वास्तविक अनुभव खोल्दै भनिन्, “मैले त ठट्टा पो गरेको । मलाई १३० होइन, ५३० भए पनि केही फरक पर्दैन । किनभने यिनीहरू नेपाली विद्यार्थी हुन्, अमेरिकी विद्यार्थी होइनन् । मलाई थाहा भयो नेपाली विद्यार्थीले अपेक्षा गर्ने शिक्षण क्रियाकलाप अमेरिकी विद्यार्थीको भन्दा निकै कम हुँदोरहेछ ।”

यो अवस्था हाम्रा विद्यार्थीहरूको प्रतिनिधि अवस्था हो, भैरहवाको विद्यालयको मात्र होइन ।

न्याट्लीको भनाइको सार थियो– नेपाली विद्यार्थी अमेरिकी विद्यार्थीको तुलनामा निकै शान्त र अनुशासित छन् । अन्तरक्रियात्मक शिक्षण बारे तिनलाई कुनै अनुभव छैन । प्रश्न गर्ने त बानी नै छैन । गृह कार्य गराउने र सोको परीक्षण गर्ने पद्घति छैन । उनीहरू शिक्षण प्रक्रियामा सहभागी हुन अभ्यस्त छैनन् । उनीहरूलाई केवल निष्क्रिय श्रोता मात्र बन्न सिकाइएको छ । उनीहरूलाई रित्तो लोटा ठानिएको छ । शिक्षक रुपीगाग्रीबाट जे खन्यायो, जति पोख्यो त्यही हो उनीहरूको सिकाइ । शिक्षकले खन्याए पुग्ने । शिक्षकले खन्याएको विषयवस्तु उनीहरूले पाएको (सिकेको) हुनु नपर्ने । हामी शिक्षकहरू विद्यार्थीबाट छलफल तथा अन्तरक्रियामार्फत उत्पन्न हुने असल हल्ला अनि सिकाइसँग असम्बन्धित खराब हल्ला बीचको भेद छुट्याउन नलाग्ने ।

हुन पनि हामी शिक्षकहरूले विद्यार्थीलाई फरक विचार खोज्न त प्रोत्साहित नै गरेका छैनौं । फरक विचार को कदर पनि न गर्ने । हामी शिक्षक ‘स्ट्याम्प’ बन्यौं र उनीहरूलाई खाली कागज बनायौं– ड्याम ड्याम छाप हान्ने खाली कागज ! हामी शिक्षक कस्ता छौं र हराम्रो शिक्षण विधि कस्तो छ भन्ने कुरा को प्रतिबिम्ब होइनन् र हाम्रा विद्यार्थी ?
श्री भैरवाश्रम उमावि, फुजेल–५, गोरखा

commercial commercial commercial commercial