निरन्तर मूल्याङ्कन पद्धति के ? किन ? कसरी ?

निरन्तर विद्यार्थी मूल्याङ्कन– एउटा निरन्तर चलिरहने प्रक्रिया हो, यो विद्यार्थीहरूलाई उच्चतम उत्प्रेरणा प्रदान गर्ने प्रक्रिया हो, यो आफैँमा शिक्षण–सिकाइ प्रक्रिया हो र यो कुनै एउटा मूल्याङ्कनजन्य क्रियाकलाप नभएर धेरै र सम्भाव्य सबै क्रियाकलाप हरूको समायोजित तथा एकीकृत प्रक्रिया हो ।

प्रभावकारी सिकाइका लागि विद्यार्थीले जान्नैपर्ने कुरा रहेछ ‘म कतातिर र कसरी गइरहेछु ।’ त्यस्तै शिक्षकले पनि विद्यार्थीको ज्ञान, सीप र अभिवृत्तिको विकास कसरी कुन दिशामा भइरहेको छ भनेर जान्नु जरुरी रहेछ । विद्यार्थीले कति जान्यो, के जान्यो र के जानेन भन्ने प्रश्नको उत्तर पुरातन मूल्याङ्कन पद्धति जस्तै आवधिक परीक्षाले पनि दिने रहेछ । तर शिक्षण र सिकाइको सीमा ‘के जान्यो वा किन जानेन’ भन्ने मात्र होइन रहेछ । विद्यार्थीले कस्तो अनुभव गर्दैछ, अब के गर्न सक्छ, त्यसको लागि अरू के गर्नु पर्छ, गर्न सकिन्छ र कसरी भन्ने प्रश्नहरू पनि अहं हुने रहेछन् । यी प्रश्नको उत्तर कुनै परिकार पकाउन सिकाउने ‘रेसिपी’ जस्तो गरी नआउने रहेछ; किनभने मान्छेले ज्ञान आर्जन गर्ने मात्र होइन; उसले त ज्ञान निर्माण पनि गर्ने रहेछ । ज्ञानको निर्माण दिमागमा हुने रहेछ; र विद्यार्थीको दिमागमा के कस्तो ज्ञान निर्माण हुँदैछ भन्ने कुरा लेखाजोखा गर्ने काम– जसलाई हामी शैक्षणिक भाषामा मूल्याङ्कन (Assessment) भन्छौँ, निरन्तर गरिरहनु पर्ने रहेछ । निरन्तर विद्यार्थी मूल्याङ्कनले प्रत्येक विद्यार्थीको फरक फरक सिकाइ क्षमता हुन्छ, फरक फरक रुचि हुन्छ, सिकाइको गति फरक-फरक हुन्छ, इच्छा, भावना र आवश्यकता फर- फरक हुन्छन् र शिक्षक चाहिँ ती कुरा हरूलाई सम्मान गर्ने, आत्मसात् गर्ने, न्याय गर्ने र समन्वय गर्ने कार्यमा निरन्तर रूपमा लागिरहनु पर्ने रहेछ । मूल्याङ्कन शब्दको शाब्दिक अर्थ मूल्य दिनु हो । शिक्षकले शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीको बारेमा समेटेका सम्पूर्ण अनुभव, प्राप्त गरेका सूचना र विद्यार्थी आफैँले र उसका साथीहरूले समेत प्राप्त गरेको अनुभव र सूचनाको समग्र लेखाजोखालाई मूल्याङ्कन (Assessment) भनिने रहेछ ।

परिवर्तन प्रक्रिया र मूल्याङ्कन

मूल्याङ्कन निरन्तर हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित भइसकेको भए पनि हामी हराम्रो देशको शैक्षिक विकास मा अझ् बहस र अभ्यास कै चरणमा छौँ । परिवर्तन युगीन आवश्यकता हुने रहेछ । र परिवर्तनका संवाहक पनि हुने रहेछन् । शैक्षिक र शैक्षणिक परिवर्तन पनि निरन्तर चल्ने रहेछ । परिवर्तन नस्वीकार्ने अथवा आत्मसात् न गर्ने प्रवृत्ति पनि मान्छेमा हुने रहेछ । हिजोका शिक्षण विधि, प्रक्रिया मापन तथा मूल्याङ्कन साधन, बुझइ सबै परिवर्तनशील हुने रहेछन् । ब्यवहारवादले पुरस्कार र दण्डको संयोजनबाट सिकाइ हुन्छ भन्यो । संज्ञानतावादले सिकारुको दिमागमा हुने सूचनाहरूको प्रशोधनबाट सिकाइ हुन्छ भन्यो । निर्माणवादले ‘ज्ञान’ भनेको सक्रिय अन्तरक्रियाबाट मानिसले निर्माण गर्ने कुरा हो भन्यो । अन्तरक्रिया वातावरणसँग, व्यक्तिसँग ; पाठ्यवस्तु तथा अन्य सामग्रीसँग वा आफैँसँग गरिन्छ भनियो । आज हामी तेस्रो वाद अर्थात् निर्माणवादको युगमा छौँ । ज्ञान निर्माण जीवनपर्यन्त नरोकिने प्रक्रिया भएपछि ‘के बन्यो, के बनिरहेको छ र के बन्नेवाला छ’ भन्ने कुरा को लेखाजोखा नियमित रूपमा हुनुपर्ने रहेछ ।

के हो निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति ?

निरन्तर विद्यार्थी मूल्याङ्कन– एउटा निरन्तर चलिरहने प्रक्रिया हो, यो विद्यार्थीहरूलाई उच्चतम उत्प्रेरणा प्रदान गर्ने प्रक्रिया हो, यो आफैँमा शिक्षण–सिकाइ प्रक्रिया हो र यो कुनै एउटा मूल्याङ्कनजन्य क्रियाकलाप नभएर धेरै र सम्भाव्य सबै क्रियाकलाप हरूको समायोजित तथा एकीकृत प्रक्रिया हो ।

विद्यार्थी तथा शिक्षकहरूलाई आफ्नै दैनिक क्रियाकलाप हरूमा प्रतिबिम्वन (Reflection) गर्दै पुनः फर्किएर हेर्दा, प्रत्येक क्रियाकलाप को अभिलेखीकरण गर्दै अगाडि बढ्ने अवसर दिने मूल्याङ्कन प्रक्रिया नै निरन्तर विद्यार्थी मूल्याङ्कन हो । निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षकले कक्षाकोठामा प्रयोग गर्ने त्यो रणनीति हो जसमा नियमितता, विविधता तथा पूर्णता हुन्छ । मतलब विद्यार्थीका ज्ञान, सीप, अभिवृत्ति लगायतका सबै पक्षको मूल्याङ्कनका विविध साधनहरूको प्रयोग गरेर लेखाजोखा गरिन्छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कन वर्षभरि नै चलिरहन्छ । यो नियमित शिक्षण सिकाइको अभिन्न पाटो हो । यसमा विद्यार्थीले जानेका, बुझेका वा गर्न सक्ने सम्पूर्ण कुरा हरू सम्बन्धी सूचना शिक्षकले प्राप्त गर्द छ । विद्यार्थीलाई आत्ममूल्याङ्कन गर्न दिइन्छ, नियमित पृष्ठपोषण दिने र लिने काम हुन्छ, साथै कुनै विद्यार्थीले पूरा गर्न नसकेको सिकाइ क्षेत्रमा विशेष सहयोगको अवसर दिइन्छ । फलस्वरुप, विद्यार्थीहरू सामूहिक र व्यक्तिगत दुवै किसिमका उच्चतम सिकाइ वातावरणमा सरिक हुन्छन् ऊ उच्चतम शैक्षिक उपलब्धि प्राप्त गर्द छन् । यो ‘सिकाइका लागि मूल्याङ्कन’ (Assessment for Learning) र ‘सिकाइको रूपमा मूल्याङ्कन’ (Assessment as Learning) दुवैको एकीकृत रुप हो ।

विभिन्न अनुसन्धानले के भने ?

निर्माणवाद (Constructivism) ले विद्यार्थीको उपलब्धि उच्च छ भनेर शिक्षकले चित्त बुझएर बस्नु हुन्न; अझ् उच्च बन्ने तथा नयाँ किसिमको सिकाइ अथवा ज्ञान निर्माणको सम्भावना देख्नुपर्छ भन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन वा निर्माणात्मक मूल्याङ्कनले पनि त्यही बाटो समात्छ । लम्वार्ट र लाइनसले मूल्याङ्कन प्रक्रिया मूल्याङ्कनको उपलब्धि जत्तिकै महत्वपूर्ण हुन्छ, यसलाई शिक्षण प्रक्रियाबाट अलग गरी हेर्न सकिँदैन भनेका छन् । हार्लेनले विद्यार्थीले के सिक्यो भन्दा पनि कसरी सिक्यो भन्ने कुरा महत्वपूर्ण हो भनेका छन् । मैले के सिकेँ वा कसरी सिकेँ भन्ने विषयको सही ज्ञान सिकारु स्वयम्लाई मात्र हुने भएको ले हार्लेनले आत्ममूल्याङ्कन अत्यावश्यक ठानेका छन् ।

विल्सन र वार्टेन्थलले ‘गर वा मर’को स्थिति झल्किने एउटै मात्र अवसर, प्रगति र जाँचभन्दा निरन्तर चलिरहने र धेरै किसिमका क्रियाकलाप संलग्न भएको मूल्याङ्कन रराम्रो हो भनेका छन् । उनीहरूले मूल्याङ्कनको प्रमुख उद्देश्य; सिकाइको स्तर ोन्नति हुनुपर्ने बताएका छन् । त्यस्तै म्याकमिलनले निरन्तर चलिरहने मूल्याङ्कनले विद्यार्थीलाई सिक्नको लागि बढी प्रेरित गरेको अध्ययन निचोड निकालेका छन् । क्रुकको अध्ययनले पनि कक्षामा निरन्तर गरिने मूल्याङ्कन सिकाइको लागि सहयोगी हुने कुरा पुष्टि गरेको छ । ब्लाक र विलियमले मूल्याङ्कन निरन्तर हुँदा यसको विश्वसनीयता बढ्ने, विद्यार्थीले समयमै पृष्ठपोषण पाउने साथै सिकाइ प्रक्रियामा विद्यार्थी तथा शिक्षक दुवैको गुणस्तरीय सहभागिता रहने कुरा को निष्कर्ष दिएका छन् ।

व्ल्याक र विलियमको नौ वर्ष लामो अनुसन्धानमा १६० जर्नलमा छापिएका ५८० वटा अनुसन्धानमूलक लेखको अध्ययन समेटिएको थियो । त्यो अध्ययनले निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणालाई दरिलो आधार प्रदान गरेको छ । त्यो अनुसन्धानको निचोडले भन्छ– ‘निर्माणात्मक मूल्याङ्कन (निरन्तर चलिरहने) ले विद्यार्थीमा सिकाइको रुचि जगाइदिन्छ, आत्मनिर्भरता बढाउँछ, तार्किक क्षमता र योजना निर्माण क्षमताको विकास गरिदिन्छ ।’ शिक्षाको आधारभूत ध्येय पनि यही नै हो । यी सबै पक्षबाट हेर्दा निरन्तर विद्यार्थी मूल्याङ्कन आजको समयानुकूल मूल्याङ्कन पद्धति वा मूल्याङ्कनको मूल धार रहेछ भन्ने पुष्टि हुन्छ ।

ऐतिहासिक पृष्ठभूमि

विद्यार्थी मूल्याङ्कन निरन्तर हुनुपर्छ भन्ने कुरा ठ्याक्कै यसै दिन शुरु भयो भन्न गाह्रो नै पर्छ । गुरुकुल शिक्षा प्रणाली देखि नेै विद्यार्थी मूल्याङ्कन प्रचलनमा रहेको कुरा मा एकमत हुन सकिन्छ । त्यो समयको मूल्याङ्कन विधिको अभिलेख स्पष्ट छैन तर संस्कृत शिक्षाको एउटा पाठमा पारङ्गत हुने वित्तिकै अर्कोमा जान पाउने र पढाइलाई निरन्तरता दिने कुरा देखि एकाले त्यो समयमा पनि निरन्तर मूल्याङ्कन प्रचलनमा थियो भन्न सकिन्छ ।

नेपालका शिक्षा सम्बन्धी विभिन्न ऐतिहासिक दस्तावेजहरूमा विद्यार्थी मूल्याङ्कनका सम्बन्धमा  उल्लेख गरिएको पाइन्छ ।
राष्ट्रिय शिक्षा योजना आयोग २०११, ‘साधारण तवरले प्रायः प्राथमिक स्तर को पाँच वर्षको अवधिमा हरेक केटाकेटी आफ्नो मण्डलको साथमा उन्नति गर्दै जानेछ । असफल अथवा योग्यतापूर्वक काम गर्न नसक्ने बालकलाई बारम्बारको परीक्षाद्वारा तिनीहरूलाई बिग्रनु भन्दा अगाडि नै चाँडै पत्ता लगाउनुपर्छ ।

राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०४९ ले मूल्याङ्कनलाई पठनपाठनका साथै वर्षभरि चलिरहने एउटा नियमित सकारात्मक शैक्षिक क्रियाकलाप का रूपमा लिनुपर्ने जनाएर र प्रत्येक विद्यार्थीको प्रगति विवरण राख्ने र त्यसमा उसका सम्पूर्ण शैक्षिक र अतिरिक्त क्रियाकलाप को समेत विवरण समावेश गरिनुपर्छ भनेको छ ।’

विद्यालय क्षेत्र सुधार कार्यक्रम (सन् २००९) ले आधारभूत तहको कक्षा सातसम्ममा विद्यार्थीलाई उत्तीर्ण अनुत्तीर्ण नहुने गरी चरणवद्ध रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन विस्तारै अपनाउने कुरा निर्देश गरेको छ । नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई यसै नामबाट नीतिगतरूपमै लागू गर्ने कार्य २०५६/५७ बाट भएको हो तर विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि भने निरन्तर विद्यार्थी मूल्याङ्कनको देशव्यापी प्रभावकारी कार्यान्वयनको प्रक्रिया शुरु भएको छ ।

व्लुम (१९८४) का अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनको सुरुआत निर्माणात्मक मूल्याङ्कनको अवधारणासँगै शुरु भएको हो । सन् १९९० को दशकमा अफ्रिका लगायतका विकास शील देशहरूमा प्रचारप्रसार हुँदै यस नामबाट परिचित बनेको हो । अहिले विद्यार्थी मूल्याङ्कनमा रहेका सम्पूर्ण वैकल्पिक मूल्याङ्कन प्रक्रियाहरू (जस्तै, Authentic assessment, Portfolio assessment, performance assessment ) लगायत विषयहरू समेटिने हुनाले यो अझ् प्रभावकारी बन्दै गएको ठानिन्छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली किन ?

कार्लसन् आदिका अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कनका चार वटा मुख्य उद्देश्य रहेका छन्ः

विद्यार्थीको प्रगति बारेमा सूचना दिने र शिक्षण एकैसाथ गर्ने

निरन्तर विद्यार्थी मूल्याङ्कन र शिक्षण सिकाइ प्रक्रिया सँगै चल्ने पद्धति हो । प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कनलाई एकैसाथ सञ्चालित गरिने बालकेन्द्रित तथा बाल मैत्री शिक्षण सिकाइ क्रियाकलाप उपयुक्त हुनेमा द्विविधा पाईंदैन ।

विद्यार्थीको सिकाइलाई सहयोग गर्ने

विद्यार्थीको सिकाइलाई सहयोग गर्न नियमित पृष्ठपोषण र अतिरिक्त सहयोग गर्नु निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रमुख उद्देश्य हो ।

शिक्षकको व्यावसायिकता अभिवृद्धि गर्ने

शिक्षण सिकाइमा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन’ पद्धति अपनाइरहेको शिक्षकले आफ्नो र आफ्ना विद्यार्थीको नियमित विकास को लागि सदैव आफूलाई तयार पारिरहेको हुन्छ ।

विद्यार्थीको सिकाइ उपलब्धिबारे जानकारी दिने

विद्यार्थीको सिकाइ उपलब्धि सम्बन्धी सम्पूर्ण जानकारी समयमा दिन, पुरातन मूल्याङ्कन विधि भन्दा निरन्तर विद्यार्थी मूल्याङ्कन बढी प्रभावकारी हुन्छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कन कसरी ?

निरन्तर विद्यार्थी मूल्याङ्कन र शिक्षण सिकाइ प्रक्रिया सँग सँगै चल्ने पद्धति हो । प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कनलाई एकैसाथ सञ्चालित गरिने बालकेन्द्रित तथा बाल मैत्री शिक्षण सिकाइ क्रियाकलाप उपयुक्त हुन्छ । जस्तो प्रश्नोत्तर, छलफल, अभिनय, नाटकीय प्रस्तुति; प्रदर्शन; अवलोकन भ्रमण, कामको वास्तविक अभ्यास परियोजना कार्य, अनुसन्धान जस्ता विधिको प्रयोगद्वारा शिक्षकले विद्यार्थीको रुचि, सहभागिता, कार्यदक्षता आदि अवलोकन गर्दै आवश्यक ठाउँमा तत्काल सुधारात्मक शिक्षण र व्यक्तिगत रूपमा विद्यार्थीलाई सहयोग गरी विद्यार्थीको स्तर उकास्नु पर्ने हुन्छ ।

विद्यार्थी मूल्याङ्कनका विभिन्न साधनमध्ये अवलोकन  उद्देश्यपूर्ण छलफल र प्रश्नउत्तर विद्यार्थीको कार्यसञ्चयिका (Portfolio) अध्ययन; विद्यार्थीद्वारा गरिने आत्म मूल्याङ्कन, साथीहरूबाट हुने मूल्याङ्कन; अभिभावक सम्पर्क र प्रतिक्रिया जस्ता साधनहरू महत्वपूर्ण मानिन्छन् । शिक्षकले लिखित तथा मौखिक परीक्षा लिन सक्छ तर ती परीक्षाहरू लामो र औपचारिक नभई छोटा; अनौपचारिक र तत्काल सुधारात्मक शिक्षण गर्न वा पृष्ठपोषण प्रदान गर्ने वा लिने उद्देश्यका निम्ति हुन्छन् । शिक्षकले कुनै पनि हालतमा बिर्सन नहुने कुरा चाहिँ; उसले प्रत्येक विद्यार्थीकोे अवलोकनबाट प्राप्त सूचना तथा अन्य सूचनाहरू नियमित रूपमा टिपोट गर्ने बानी बसाल्नु हो । विद्यार्थीको कार्यसञ्चयिका नै विद्यार्थीको प्रमुख प्रगति विवरण रहने अभिलेख हो । यस्तो अभिलेख विद्यार्थीको कक्षागत फाइल खडा गरेर वा विषयगत रूपमा पनि राख्न सकिन्छ ।

के हो व्यक्तिगत फायल र कार्यसञ्चयिका ?

विद्यार्थीले सिकाइका क्रममा गरेका कार्यहरूको व्यवस्थित र सिलसिलेवार सङ्कलन नै कार्यसञ्चयिका (Portfolio) हो । यसमा विद्यार्थीले हासिल गरेका उपलब्धि, व्यवहार र सिर्जनात्मक कार्यहरू झल्काउने सामग्री वा गरेका कार्यहरूको नमुना सङ्कलन गरेर राख्ने  गरिन्छ । सम्भव भएसम्म प्रत्येक विद्यार्थीका लागि बेग्लाबेग्लै कार्यसञ्चयिका तयार गरी राख्नुपर्दछ । यसमा विद्यार्थीले गरेका कार्यका नमुना, गृह कार्य, कक्षा कार्य, एकाइ वा त्रैमासिक परीक्षामा प्राप्त गरेको उपलब्धि, उत्तरपुस्तिकाका नमुना, शिक्षकले दिएको लिखित पृष्ठपोषण, विद्यार्थी आफै“ले गरेको आत्ममूल्याङ्कन, कुनै सिर्जना वा रचनाको नमुना आदि सङ्कलन गरेर राखिन्छ । कार्यसञ्चयिकाले विद्यार्थीको प्रगति र उपलब्धि प्रमाणित गर्न मद्दत गर्छ ।

के हो अवलोकन ?

मूल्याङ्कनको सजिलो प्रक्रिया हो । अवलोकनबाट विद्यार्थीको ज्ञान, सीप, धारणा जस्ता सबै पक्षको मूल्याङ्कन गर्न सकिन्छ । आचरण, व्यवहार, विभिन्न सीप र सरसफाइ जस्ता कुरा अवलोकनबाट मात्र सम्भव छ । विद्यार्थीको अवलोकन कुनै पनि समयमा गर्न सकिन्छ । कक्षामा गरिने शिक्षण सिकाइ क्रियाकलाप मा विद्यार्थीको भूमिका अवलोकन गरेर उसको सिकाइ मूल्याङ्कन गर्न र विद्यार्थीले पहिले सिकेका कुरा र अब सिक्ने कुरा को अनुमान गर्न सकिन्छ ।

निरन्तर विद्यार्थी मूल्याङ्कनको उपयोगिता र महत्व

विद्यार्थीको प्रगति बारेमा शिक्षक तथा अभिभावकले जानकारी लिन महिनौं वा ६ महिना वा वर्ष दिन कुर्नुपर्ने  आवधिक परीक्षा प्रणालीका कमजोरी हटाउन निरन्तर विद्यार्थी मूल्याङ्कन अगाडि सारिने गरिन्छ । यो सन्दर्भमा निरन्तर विद्यार्थी मूल्याङ्कनको उपयोगितालाई निम्नानुसार बुझन सकिन्छः

  • कमजोर विद्यार्थीको तत्काल पहिचान गरी सुधारात्मक शिक्षण गर्न
  • विद्यार्थीलाई आफ्नो वैयक्तिक क्षमता अभिवृद्धि को अवसर दिन
  • विद्यार्थीको प्रगतिबारे समय–समयमा अभिभावकलाई जानकारी दिन
  • विद्यार्थीका व्यक्तिगत कठिनाइहरू बुझन र सोही अनुसार सहयोग गर्न
  • व्यक्तिगत कार्य, समूह कार्य, परियोजना कार्य, सिर्जनात्मक कार्य आदिमा विद्यार्थीलाई प्रोत्साहन गर्न
  • विद्यार्थी, शिक्षक र अभिभावक बीचमा प्रभावकारी सञ्चार स्थापना गर्न
  • समालोचनात्मक चिन्तन र रचनात्मक चिन्तन सीपको विकास मा सहयोग गर्न
  • मूल्याङ्कनमा विविध साधनको प्रयोगमा जोड दिन
  • शैक्षणिक क्रियाकलाप मा विद्यार्थीको सहभागिता बढाउन

निरन्तर विद्यार्थीको मूल्याङ्कनका 

चुनौती तथा समाधानका उपाय निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षण सिकाइ प्रक्रियाको अपरिहार्य भाग हुँदाहुँदै पनि यसका केही चुनौती तथा समस्या पनि छन् ।गौतम (२०११) का अनुसार चुनौतीहरूमा उच्च विद्यार्थी शिक्षक अनुपात, शिक्षकहरूको बढेको कार्यभार, फितलो व्यवस्थापन, स्रोतसाधनको अभाव, तालिमको आवश्यकता; शिक्षक तथा विद्यार्थी अनुपस्थिति, दायित्व बोध तथा सुपरीवेक्षणको न्यूनता, अभिलेख राख्ने झन्झ्टिलो कार्य, अभिभावकको न्यून सहभागिता र चासो, परिवर्तन नकार्ने बानी, पुरानो मूल्याङ्कन प्रक्रिया र निरन्तर विद्यार्थी मूल्याङ्कनबीच समन्वय हुन नसक्नु, समय अभाव, विद्यालय राजनीतिको नकारात्मक प्रभाव आदि कुरा हरू पर्छन् । तर यी चुनौती समाधान नै गर्न नसकिने खालका भने छैनन् ।

सफल रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रयोग गरिरहेका विद्यालयमा निम्न कुरा हरू भेटिन्छः

  • विद्यालयको नेतृत्व शिक्षामा परिवर्तनको वकालत गर्ने शैक्षिक नेताको हातमा रहेको ।
  • स्रोतसाधन स्थानीयरूपमै जुटाइएको ।
  • अभिभावक सहभागिता उच्च रहेको ।
  • विद्यालयभित्र नै तालिमको व्यवस्था भएको ।
  • निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन गर्न ‘ऋब्क् कार्यविधि’ सबैले देख्ने गरी राखिएको ।
  • शिक्षक, विद्यालय, अभिभावक, विद्यार्थी सबैले निरन्तर विद्यार्थी मूल्याङ्कनको स्वामित्व लिएको । (गौतम २०११)

निष्कर्षः
निरन्तर विद्यार्थी मूल्याङ्कनले विद्यार्थीको मूल्याङ्कन गर्दा एकचोटि मात्र हेर्ने वा एउटै मात्र अवसर दिने परिपाटीको अन्त्य गरिदिन्छ । यसले गर्दा विद्यार्थीको लागि उनीहरूको क्रियाकलाप को मूल्याङ्कन ‘गर वा मर’ प्रकृतिको हुँदैन । अवसर पाउँछन् । यहाँ शिक्षकले पनि आफ्नो पहिलो र दोस्रो शिक्षणमा आफूले गरेको सुधारको बारेमा आत्म समीक्षा तथा प्रतिबिम्वन गर्न पाउँछ । जब शिक्षकले आफूले नियमित रूपमा कक्षाकोठामा गर्ने मूल्याङ्कनको अभिलेख राख्ने काम गर्छ र विद्यार्थीलाई दिने पृष्ठपोषण तथा आफ्नो शिक्षणमा सुधारलाई उसको शिक्षण प्रक्रियाको अभिन्न अङ्ग बनाउँछ, त्यतिबेला विद्यार्थी तथा शिक्षकले प्राप्त गर्ने फाइदाको कुनै सीमा रहन्न । बुझनै पर्ने कुरा के हो भने मूल्याङ्कनले शिक्षण तथा समग्र शैक्षिक सुधारमा सहयोग गर्छ तर यसलाई मात्रै विद्यार्थी वा विद्यालयको स्तर निर्धारणको आधारमा हेरेमा यसबाट प्राप्त हुने अन्य थप्रै फाइदा लिनबाट हामी चुक्दछौँ । निरन्तर विद्यार्थी मूल्याङ्कन यस अर्थमा पनि अपरिहार्य छ ।

(गौतमले यसै विषयमा शोध गरी काठमाडौं विश्वविद्यालयबाट एमफिल उपाधि हासिल गरेका छन् ।)

References

Black, P. & Wiliam, D. (1998). Assessment and classroom learning. Assessment in Education, 5(1), pp. 7–73. doi:10.1080/0969595980050102
Black, P. and Wiliam, D. (1998). Inside the Black Box: Raising Standards through Classroom Assessment. Phi Delta Kappan 80(2). pp.139–148.
Bloom, B. (1984). The Search for Methods of Group Instruction as Effective as One-to-One Tutoring.’’ Educational Researcher13(6) . Pp.4–16.
Carlson, M. O., Humphrey, G. E. & Reinhardt, K.S. (2003). Weaving science inquiry and continuous assessment. Thousand Oaks CA: Crowin Press.
Crooks, T. J. (1988). The Impact of Classroom Evaluation on Students. Review of Educational Research, 58(4). pp. 438–481. doi: 10.3102/00346543058004438
Curriculum Development Center (CDC). (2003). Study report of CAS -2003. Sanothimi, Bhaktapur, Nepal: Curriculum Development Center.
Harlen, W. & Winter, J. (2004).The development of assessment for learning: learning from the case of science and mathematics. Language Testing 21 (390) doi: 10.1191/0265532204lt289oa.
Harlen, W. (2006). The role of assessment in developing motivation for learning. In
Improving Educational Quality (IEQ) Project. (2003). Continuous assessment: A practical guide for teachers. Washington DC: American Institutes for Research
Lambert, D. & Lines, D. (2000). Understanding assessment purposes, perceptions and practice. London: Routledge Falmer.
Ministry of Education and Sports(MOES). (2009). School sector reform 2009. Kathmandu: Author.
Ministry of Education(MOE). (1956). National Education Planning Commission Report, 2011 B.S. Kathmandu: Author.
MOE. (1994). Report of national Education Commission, 2049 B.S. Kathmandu: Author.
Wilson M.R. & Bertenthal, M.W. (Eds.). (2006). Systems for state science assessment. Washington, DC: National Research Council.

commercial commercial commercial commercial