संसार त विद्यालय नभए पनि चल्छ, तर...

विद्यार्थीले जति सिक्न सक्छ र जे सिक्न सक्छ, उसलाई त्यही सिकाउनु पर्छ । गणित विषय पास गर्न सकेन भनेर कक्षा चढ्नबाट रोक्नु न्याय होइन । कि त विद्यार्थीलाई पास गराउनै पर्छ कि उसलाई ‘अब विद्यालयमा पढ्न नआऊ’ भन्न सक्ने हिम्मत राख्न सक्नुपर्छ । यो संसार विद्यालय नभए पनि चल्छ तर मानिसको खुबी र प्रतिभाको विकास भएन भने सबै कुरा ठप्प हुन्छ ।

फूलको आफ्नै रङ र सुगन्ध हुन्छ
त्यसलाई मौलाउन दिनुपर्छ मलजल गरेर,
कृत्रिम रङ पोतेर होइन ।
बालकको आफ्नै प्रतिभा हुन्छ
त्यसको विकास हुन दिनुपर्छ प्रेरणा प्रदान गरेर,
मस्तिष्कमा सूचनाका पोका कोचेर होइन ।

हामी भन्छौं; शिक्षा बालकको रुचि र क्षमता अनुसारको हुनुपर्छ । हुनपर्ने त यही नै हो, तर जब कक्षाकोठामा प्रवेश गर्छौं हामी बदलिन्छौं । हामी ठान्न थाल्छौं, “विद्यार्थीका मस्तिष्क सूचना रेकर्ड गर्ने मेशिन हुन् ।” त्यसैले सर्वप्रथम हामी ती मेशिनलाई सतर्क बनाउँछौं । किताबका लामा–लामा पाठलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्छौं । पाठभित्र भएका कुरा र त्यससँग सम्बन्धित हामीसँग भएका जानकारीहरू हामी दोहो¥याइ–तेहे¥याइ कानको माध्यमबाट उनीहरूको मस्तिष्कसम्म पुरयाउने सक्दो प्रयास गर्छौं । अर्को दिन हामी उनीहरूलाई ‘प्ले’ गरेर हेर्छाैैं र विद्यार्थीले सिक्यो/सिकेन निर्धारण गर्छौं । रेकर्ड गर्न खोजिएका कुरा हरू ‘प्ले’ गर्दा दुरुस्त बाहिर ओकलिए भने हामी सन्तुष्ट हुन्छौं; विद्यार्थीलाई स्याबासी दिन भने बिर्सिन पनि सक्छौं । तर; परिणाम हामीले खोजेजस्तो भएन भने हामी विद्यार्थीको मस्तिष्कलाई थोत्रो काम नलाग्ने मेशिनसँग दाँजेरगाली गर्न भने कहिल्यै बिर्संदैनौं ।

हामी चाहन्छौं विद्यार्थी हराम्रो मोडेलको होस्, हामीले भनेको कुरा बुझेस्, सिकाउन खोजेको कुरा सिकोस् र हामीले चाहेको कुरा कण्ठगरोस्; किनकि हामी चाहन्छौं ऊ जाँचमा पास होस् । हामी सोच्छौं, विद्यार्थी पास भयो भने हामी पनि पास भयौं । हामीलाई डर छ शतप्रतिशतभन्दा तलको नतिजा र अभिभावककोगालीसँग । तर हामीलाई कत्ति पनि डर छैन विद्यार्थीको भविष्यसँग । त्यसैले त हामी हाम्रा विद्यार्थीलाई पृथ्वीनारायण शाहले कुन कुन सालमा कुन कुन राज्य माथि विजय हासिल गरे भनेर घोक्न ल गाउँछौं; गणितका ५० वटा सूत्रहरू जबरजस्ती मस्तिष्कमा कोच्न ल गाउँछौं । विद्यार्थीले भविष्यमा के गर्न सक्ला भन्ने कुरा मा भन्दा न्युटनले विगतमा के के गरे , उनका नियम र सिद्धान्त के के हुन् भन्ने कुरा मा हामी जोड दिन्छौं । विद्यार्थीले बुझेस् नबुझेस्; हामी ती नियम उसको मस्तिष्कमा भण्डारण गर्न ल गाउँछौं । हामीलाई मतलब हुँदैन विद्यार्थीले के सिक्न सक्छ र के सिक्न चाहन्छ !

तिर्खा लागेको व्यक्तिलाई मुठीमा पानी लिएर पिलाइरहनु पर्दैन; पानी कहाँ छ, बताइदिए पुग्छ । तर जसलाई पानी पिउन मन नै छैन, उसको मुखमा पानीको पाइप नै फिट गरे पनि उसले पानी पिउँदैन । तसर्थ; खुट्टै नभएको लाई दौड प्रतियोगितामा प्रथम बनाउन खोज्ने र हात नै नभएको लाई बक्सर बनाउन खोज्ने हराम्रो संस्कार बदल्नु जरुरी छ ।

जसरीगुलाबको फूलमा हामीले चाहे अनुसारको रङ भर्न सक्दैनौं र भर्ने प्रयास गरियो भने त्यसको सुगन्ध हराउँछ, फूल ओइलिएर जान्छ; ठीक त्यसरी नै बालकलाई आफूले चाहेजस्तो मात्रै बनाउन खोजियो र त्यसका लागि कृत्रिम रङ भर्न खोजियो भने उसले आफ्नो मौलिकता र पहिचान दुवैगुमाउँछ; उसको जिन्दगी पनि फूल ओइलिएजस्तै ओइलिएर जान्छ ।

हरेक विद्यार्थीको आफ्नै क्षमता, प्रतिभा र पहिचान हुन्छ । त्यसलाई हामी बदल्न सक्दैनौं । क्षमता र प्रतिभा शिक्षकले दिने दान पनि होइनन् । यस संसारमा जे जति महान् मान्छेहरू जन्मिए के तिनीहरूका शिक्षक त्यस्तै महान् थिए ? कुन शिक्षकले पढायो राइट दाजुभाइलाई जहाज यसरी बनाऊ भनेर ? गणितका सूत्र र न्युटनका नियमको लक्ष्मीप्रसादलाई के काम ? त्यसैले अब विद्यार्थीलाई फेल गराए र उसका मूल्यवान वर्षहरू खाल्डोमा हालिदिने शिक्षाको कुनै औचित्य छैन । विद्यार्थीले जति सिक्न सक्छ र जे सिक्न सक्छ, शिक्षकले उसलाई त्यही सिकाउनु पर्छ । अब गणित विषय पास गर्न सकेन भनेर विद्यार्थीलाई कक्षा चढ्नबाट रोक्नु न्यायपूर्ण शिक्षाको काम हुनसक्दैन । कि त विद्यार्थीलाई पास गराउनै पर्छ कि उसलाई ‘अब विद्यालयमा पढ्न नआऊ’ भन्न सक्ने हिम्मत विद्यालयहरूले राख्न सक्नुपर्छ । त्यसरी बीचमै स्कूल छाडेर पनि महान् बन्न सकेका धेरै मान्छेहरू इतिहासले जन्माइसकेको छ । यो संसार विद्यालय नभए पनि चल्छ तर मानिसको खुबी र प्रतिभाको विकास भएन भने सबै कुरा ठप्प हुन्छ ।

शैक्षिक सोचमा परिवर्तन खोज्ने हो भने सर्वप्रथम बालकको मस्तिष्क पहिचान गर्नु नै आजको शिक्षाको पहिलो कर्तव्य हो । बालकको मस्तिष्क धान भर्ने भकारी जस्तो रित्तो भण्डारकोठा होइन जहाँ केही पनि नहोस् र बाहिरबाट जति खन्याउँदै गयो त्यति भरिँदै जाओस् । उसको मस्तिष्कले त केही लिएर आएको हुन्छ; जुन सुषुप्त अवस्थामा हुन्छ; त्यसलाई चिन्न सक्नुपर्छ, जगाउन सक्नुपर्छ । त्यसैले अबको शिक्षक विद्यार्थीको मस्तिष्कभित्र के छिराउने भन्नेतर्फ होइन, विद्यार्थीको मस्तिष्कलाई मन्थन गरेर के निकाल्न सकिन्छ भन्नेतर्फ लाग्नु जरुरी छ । यहाँनेर; विद्यार्थीलाई सूचना र ज्ञान प्राप्त गर्नु बाट बन्चित गर्नु पर्छ भन्ने आशय व्यक्त गर्न खोजिएको होइन । भन्न खोजिएको कुरा के मात्र हो भने सूचना दोस्रो प्राथमिकता हो र के कस्ता सूचना र ज्ञान दिने भन्ने कुरा शिक्षक र पाठ्यपुस्तक माथि होइन विद्यार्थी माथि भर पर्ने परिपाटी बसालिनुपर्छ ।
ब्लुस्टार उमावि, दुम्कीवास– १, नवलपरासी

commercial commercial commercial commercial