सफल शिक्षक बन्ने कि ?

शिक्षाले जैविक मानव पिण्डलाई सामाजिक मानव मा रुपान्तरण गर्द छ । शैक्षिक प्रक्रियामा शिक्षक, अभिभावक, विद्यार्थी, समुदाय, सामाजिक संरचना तथा संस्थाहरू, पाठ्यक्रम तथा पाठ्यपुस्तक, सन्दर्भ सामग्रीहरू, विद्यार्थीको रुचि, विद्यालयको संरचना, भौतिक व्यवस्था, वातावरणीय अवस्था, कक्षाकोठाको उपयुक्त व्यवस्थापन जस्ता पक्षहरूको महत्वपूर्ण भूमिका रहन्छ । व्यक्तिको आन्तरिक क्षमता पहिचान गरी त्यसलाई प्रस्फुटित गराउनु नै शिक्षाको मुख्य ध्येय हो ।

विविध क्षमताका बालबालिकाको प्रतिभा फस्टाउन दिनका लागि शिक्षकको भूमिका अति नै महत्वपूर्ण रहन्छ । अतः यहाँ शिक्षकले आफूलाई कसरी सफल र सबैको प्रियपात्र बनाउन सक्छन् भनी केही अनुसरणीय पक्षहरू उल्लेख गर्ने प्रयास गरिएको छ ।

शिक्षक साथीहरू;
–    आफूलाई शारीरिक तथा मान सिकरूपले हरबखत स्वस्थ र सुन्दर राख्नुहोस् । यसका लागि बिहान सबेरै उठेर केही व्यायाम या योगाभ्यास गर्नु होस्, खानपानमा ध्यान दिनुहोस्, अखाद्य पदार्थहरूको सेवनबाट जोगिनुहोस् ।  
–    अध्ययनले मात्र ज्ञानलाई निखारता प्रदान गर्छ । त्यसैले नियमित अध्ययन गर्ने र नवीनतम ज्ञान तथा समसामयिक विषयवस्तुप्रति आफूलाई सधैँ उत्सुक राख्नुहोस् ।
–    पेशाप्रति जिम्मेवार रहेर कसैको डर र त्रासमा नपरिकन आफू र आफ्नो पेशालाई गौरवशाली सम्झेर बालबालिकाको समुन्नत भविष्य निर्माणका लागि आफूलाई समर्पित गर्नु होस् ।
–    समयको भरपूर उपयोग गर्नु होस्; किनकि ठीक समयमा ठीक कार्य गर्ने मानिस विरलै निरास या असफल हुन्छ ।
–    विना योजना र तयारीको अध्यापन कहिल्यै न गर्नु स् । वार्षिक, मासिक तथा दैनिक कार्ययोजना बनाउनुहोस् ।
–    प्रार्थनाको समयमा विद्यालयमा नियमितरूपले उपस्थित हुनुहोस्, आफ्नो कक्षाको लाइन अगाडि रहेर आवश्यक निर्देशन दिनुहोस्; विद्यार्थीको सरसफाई तथा पोशाकको जाँच गर्नु होस् ।
–    विद्यालय परिसरको सरसफाइमा विद्यार्थीसँगै सहभागी रहनु होस् ।
–    कक्षाकोठामा हँसिलो मुहारका साथमा आफैँले अभिवादन गर्दै प्रवेश गर्नु होस् । पस्ने वित्तिकै ‘ल बस’ ९क्ष्त मयधल० नभनी सबै विद्यार्थीको अनुहारमा हेर्नुहोस् ।  
–    कक्षामा प्रवेश गर्ने बित्तिकै पढाउन वा ‘ गृह कार्य’ बटुल्न पनि नथाल्नुहोस् । केही प्रेरक प्रसङ्ग वा सकारात्मक कुरा कानीबाट कक्षा शुरु गर्नु होस् । ४/५ मिनेट सहज वातावरण बनाउनुहोस्, त्यसपछि मात्र पढाउन शुरु गर्नु होस् ।
–    प्रत्येक कक्षामा स्थायी तथा अस्थायी प्रकृतिका समूह निर्माण गरेर समूह कार्यमा अत्यधिक सरिक गराउनु होस् । यसो गर्दा बालबालिकाको सामाजिक र सामुदायिक भावना बढ्न जान्छ । यसरी सिकेका र सिकाइएका विषयवस्तुहरू अविस्मरणीय पनि हुन्छन् ।
–    विद्यार्थीको बसाइलाई समावेशी प्रकृतिको बनाउनुहोस् । सबैलाई समान अवसर र व्यवहार प्रदान गर्नु होस् ।
–    रराम्रो कार्य गर्ने लाई ‘स्याबास्’ भन्न नबिर्सनुहोस् । सानोतिनो पुरस्कार , हौसला दिनुहोस् । प्रोत्साहन दिन कहिल्यै
नछोड्नुहोस् ।
–    बालबालिकाका कमजोरी मात्र नहेर्नुहोस्, सकारात्मक पक्ष पनि पहिल्याउनुहोस् । सबल पक्षलाई खोतलेर सतहमा ल्याइदिएपछि दुर्बल पक्ष स्वतः हराएर जान्छन् ।
–    आवश्यकतानुसार नैतिक शिक्षा र मानव जीवनको वास्तविकता तथा यसको महत्वलाई प्रस्ट्याउनुहोस् ।
–    सधैँभर पुस्तककै विषयवस्तुमा मात्र केन्द्रित नरहेर पाठ्यक्रम, शिक्षक निर्देशिकालगायत अन्य सन्दर्भ सामग्रीको अधिकतम सदुपयोग गर्नु होस् ।
–    कक्षाकोठामा बालबालिकासँग सम्मान जनक भाषाको प्रयोग गरी उनीहरूलाई सकभर अङ्ग्रेजी बोल्न पनि प्रेरित गर्नु होस् ।
–    अभ्यास का समाधान आफैँले नदिई निर्देशन मात्र दिनुहोस्; समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु होस् ।
–    विद्यालयको योजना अनुसार आयोजना गरिने सहकार्यकलापहरू तथा विभिन्न भेला, महोत्सव तथा प्रदर्शनीहरूमा सक्रिय रूपमा सहभागी रहनु होस् ।
–    दैनिकी लेखनले स्मरण तथा लेखन क्षमता वृद्घि गर्ने भएकाले विद्यार्थीलाई नियमित रूपमा दैनिकी लेख्न प्रेरित गर्नु होस् र आफूले पनि दिनभरका क्रियाकलाप को समीक्षा गरी भोलिको योजनाका साथ दैनिकी लेख्ने गर्नु होस् ।
–    अनुपस्थित व्यक्ति वा विद्यार्थीको नकारात्मक टीकाटिप्पणी वा चर्चा अरूको सामु सकेसम्म न गर्नु होस् । गर्नै पर्ने परिस्थिति आएमा प्रत्यक्ष रूपमा सम्बन्धित व्यक्तिलाई नै भेटेर प्रतिक्रियात्मक रायसुझाव दिनुहोस् ।
–    आफ्ना सफल शिक्षण विधि तथा कौशलताहरू अन्य शिक्षक सहकर्मीका निम्ति खुला राखिदिनुहोस् ।
–    शैक्षिक सामग्रीहरूको प्रयोग गरी शिक्षणलाई रोचक, ज्ञानमूलक र उपलब्धिमूलक बनाउनुहोस् ।
–    ठूलो सानो भन्ने भावना त्यागेर समान व्यवहारको प्रत्याभूति दिलाउने प्रयास गर्नु होस् ।
–    आफूले गरेका कार्यबारे विद्यालय प्रशासनलाई नियमित रूपमा जानकारी दिने र अद्यावधिक गर्ने गर्नु होस् ।
–    आफूले नजानेका विषयवस्तुका बारेमा अरू शिक्षक साथीलाई सोध्दा नरराम्रो सोच्दछन् कि भन्ने भावना त्यागी, छलफल लाई सीप तथा ज्ञान सिकाइको सशक्त माध्यमका रूपमा प्रयोग गर्नु होस् ।
        उपर्युक्त कुरा लाई ध्यानमा राखी शिक्षण कार्य गर्दा ‘सफल शिक्षक’ बन्न मद्दत पुग्छ; साथै शिक्षामा राज्यले गरेको लगानीको सदुपयोग पनि हुनसक्छ ।
श्री नेपाल राष्ट्रिय मावि, पूर्णपुर, सानोश्री, बर्दिया

commercial commercial commercial commercial