मेरो कोसिस

दुई वर्षअघि कक्षा १ मा शिक्षण गर्ने अवसर प्राप्त भयो । शिक्षण पेशामा प्रवेश गरेको एकदशक भए पनि यसअघि सानो कक्षामा कहिल्यै शिक्षण न गरेको हुनाले शुरु –शुरु मा निकै अत्यास लाग्यो । साना ठूला विभिन्न उमेर समूहका बच्चाहरू एकैपटक एकैस्वरमा कराउँदा के सिकाउने, कसरी सिकाउने भनेर हरेस नै खाएँ । करिब एक हप्ताजति त के सिकाउने भन्ने अत्तोपत्तो नै भएन । तैपनि माथिल्ला कक्षामा धेरै वर्ष पढाइसकेको अनुभवका आधारमा विस्तारै कक्षाको विश्लेषण गर्न थालेँ । दिन बित्दै जाँदा आत्मबल बढ्दै गयो; मनलाई दह्रो पारेर कक्षामा प्रवेश गर्न थालेँ । कक्षामा कक्षागतगानागाई हाजिर गरिसकेपछि बालबालिकाहरूलाई एक मिनेट मौन बस्ने अभ्यास गराउन थालेँ । त्यसपछि कक्षा शान्त हुन थाल्यो । यसपछि खेल्ने कि पढ्ने भनी सोधेँ । उनीहरूले एकैस्वरमा खेल्ने मिस भनेर चिच्याए । अनि सोचेँ; अब सधैं खेलाएर मात्र हुँदैन, पढाएर मात्रै पनि उनीहरू साना भएकाले बुझदैनन्, उनीहरूलाई सिकाउनु छ ।

म कक्षामा योजना बनाएर केही शैक्षिक सामग्रीका साथ जान थालेँ । बच्चाहरू कोही हेरेर छिटो सिक्ने; कोही गरेर छिटो सिक्ने तथा कोही चाहिँ सुनेर सिक्ने विविध खाले थिए । यी सबैखाले सिकाइक्षमता भएका बच्चालाई मैले एउटै सामग्रीबाट एकै समयमा सिकाउनु थियो । यसको लागि मैले ए, बी, सी सिकाउने योजना बनाएँ । अनि हरेक दिन कक्षामा जाँदा ए, बी, सी, डीका लेटर कार्ड लिएर जान थालेँ । कक्षाको शुरु मा उत्पे्ररणा जगाइसकेपछि ती कार्डहरू १–१ गरी उनीहरूतिर देखाएर सोध्न थालेँ– ‘यो के हो ? कसले पहिला भन्ने है त ?’ यसपछि उनीहरू रुचिपूर्ण तरिकाले मतिर केन्द्रित हुनथाले । एकपछि अर्को गर्दै उनीहरू ए देखि जेडसम्म करिब एकहप्तामा भन्न र लेख्न सक्ने भए । म उनीहरूलाई पढ्नको लागि चाहिँ ए, बी, सी, डीकैगीत जस्तो गरी सिकाउँथेँ । कहिलेकाहीँ कार्डमा भएका अक्षर छोपेर अनुमान गरी भन्न ल गाउँथेँ । अनि कहिले उनीहरूलाई समूह–समूह बनाएर तास खेले जसरी कार्डहरू बाँडेर मिलाउन ल गाउँथेँ । उनीहरू खुसी हुँदै खेल्न थाल्थे र सँग सँगै ए, बी, सी, डी भन्दै क्रममा मिलाउने र चिन्ने गर्न थाले । यस्तो क्रियाकलाप हुँदाहुँदै घण्टी बज्यो भने जिब्रो टोकेर ‘ला’ भन्थेँ । ‘मिस नजानुन’ भन्थे । भोलिपल्ट कतिखेर म आउँछु भनेर बाटो हेरिरहन्थे । म आउन लागेको देखेपछि ‘ऊ इङ्गलिस मिस आयो’ भन्थे ।

यसपछि त मेरो निराशा र असन्तुष्टि आशा अनि सन्तुष्टिमा बदलिन थाल्यो । एक कक्षामा जानै नपरे हुन्थ्यो भन्ने मन पनि कतिखेर त्यही कक्षामा जानु जस्तो हुन थाल्यो । यसरी हेरेर, गरेर र सुनेर सिक्ने विभिन्न उमेर समूहका बच्चालाई उनीहरूको क्षमता र प्रतिभाको आधारमा बालमनोविज्ञान बुझी बालकेन्द्रित शिक्षण विधि, खेलविधि अपनाएर शिक्षण गर्दा सजिलै लक्ष्यमा पुगिने रहेछ भन्ने कुरा थाहा भयो । यसर्थ हरेक शिक्षकको जगको रूपमा रहेको प्राथमिक तहमा शिक्षणका आवश्यकगुणको पालना गर्दै जाँगर चलाएर पढाउन होइन सिकाउनेतिर योजनाबद्ध तरिकाले लाग्ने हो भने पक्कै पनि सफल तरिकाले पाठ्यक्रमले तय गरेका निर्दिष्ट ज्ञान दिन सकिन्छ जस्तो लाग्छ । सिकाउन ठूलाकक्षामा भन्दा केही रण–कौशल प्रयोग गर्ने हो भने साना कक्षामा सजिलो हुन्छ । किनकि साना अबोध बालकको दिमाग खाली हुन्छ; ठूला बच्चाहरूको जस्तो ‘प्रदूषित’ हुँदैन । यसर्थ सानाले जे सिकायो त्यही छिटो टिप्छन् । अनि चाँडै लक्ष्यमा पुग्न सकिन्छ ।

प्रभा पोखरेल
शान्ति विद्याश्रम प्राविपाटनढोका, ललितपुर

commercial commercial commercial commercial