आत्मनिर्भर शिक्षक राम्रा शिक्षक !

आत्मनिर्भर शिक्षक त्यो हो, जसले हरेक विद्यार्थीका आवश्यकता, चाहना, क्षमतालाई बुझछ; कक्षाको गुणात्मक विकास गर्छ । विद्यालयको सामूहिक विकास मा योगदान पुर्याउँछ; अनि यी कार्यहरू कसरी पूरा गर्ने भनेर आफैँले खोज्छ; खोज्न सक्षम हुन्छ ।

विद्यालय शिक्षाको मूल उद्देश्य नै विद्यार्थीलाई आत्मनिर्भर बन्न सघाउनु हो । किताबी तथा घोकन्ते ज्ञानमा आधारित शिक्षाले आत्मनिर्भर हुन सघाउँदैन । आत्मनिर्भर विद्यार्थी पैदा गर्न शिक्षक पनि आत्मनिर्भर प्रकृतिका हुनुपर्छ । शिक्षकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूका संघ–संस्थाले बेलाबेलामा विद्यालय नै बन्द र हड्ताल गर्ने गरेका छन् । तर शिक्षकको आधारभूत दायित्व अर्थात् रराम्रोसित पढाउन सक्षम आत्मनिर्भर शिक्षक तुल्याउनतिर भने खासै ध्यान गएको पाइँदैन ।
को हो त आत्मनिर्भर शिक्षक ? आत्मनिर्भर शिक्षक त्यो हो, जसले हरेक विद्यार्थीका आवश्यकता, चाहना, क्षमतालाई बुझछ; कक्षाको गुणात्मक विकास गर्छ । विद्यालयको सामूहिक विकास मा योगदान पुर्याउँछ; अनि यी कार्यहरू कसरी पूरा गर्ने भनेर आफैँले खोज्छ; खोज्न सक्षम हुन्छ ।

रराम्रो तालिम नपाएकोले आफ्नो दायित्व वहन गर्न सकिनँ भनेर शिक्षकले भाग्न पाउँदैन । आफ्ना विद्यार्थी/कक्षाको आवश्यकता तथा समस्या बुझन शिक्षक आफैँ सक्षम हुनुपर्छ । कक्षाको लागि आवश्यक तयारी र अनुसन्धान शिक्षक आफैँले गर्नु पर्छ । कक्षाका हरेक समस्या सुल्झउन आफैँ अग्रसर हुने जिम्मेवार शिक्षकबाट मात्रै विद्यार्थी, कक्षा र विद्यालयको गुणात्मक विकास सम्भव हुन्छ । तर कसरी गर्ने त यस्ता तयारी, अनुसन्धान र प्रयासहरू ? कसरी बत्रे त आत्मनिर्भर शिक्षक ?

यस लेखमा शिक्षकलाई आत्मनिर्भर बत्र सहयोग पुरयाउने स्वायत्त पेशागत विकास (Self­regulated Professional Development) का केही तरिकाहरू राख्ने प्रयास गरिएको छ । स्वायत्त पेशागत विकास भत्राले शिक्षक आफैँले आफ्नो पेशागत विकास का लागि गर्ने ज्ञान आर्जन बुझन्छि । जसका लागि न सरकारको मुख ताक्नुपर्छ, न त धेरै लगानी नै गर्नु पर्छ । अमेरिकी शिक्षाविद् क्रिस्टोफर क्लार्कको भनाइमा स्वायत्त पेशागत विकास निम्न कारणले महत्वपूर्ण छः १. नचाहने मान्छेलाई जबर्जस्ती कसैले सिकाउन सक्दैन । २. सबै शिक्षकमा आ–आफ्ना विशेषता हुन्छन्, त्यसैले सबैलाई एउटै किसिमको तालिमले काम दिँदैन । ३. राम्रा शिक्षकहरू आत्मनिर्भर भई स्वायत्त पेशागत विकास मा लाग्छन् भत्रे कुरा धेरै अध्ययनले पुष्टि गरेको छ ।

१. कसरी बन्ने आत्मनिर्भर ?
विद्यार्थी र कक्षाको आवश्यकता तथा समस्या बुझने र त्यसको गुणात्मक विकास गर्न सक्ने व्यक्ति शिक्षक नै हो । एउटा शिक्षकले सबै कुरा रराम्रोसँग पढाउन सक्छ भत्रे हुँदैन । त्यसैले आफ्नो कमी–कमजोरी पहिल्याई त्यसको समाधान गर्ने प्रयास शिक्षकले निरन्तर रूपमा गर्नु पर्छ ।

शिक्षकले के बुझनुपर्छ भने, क्षमतामा विविधता भए पनि कुनै पनि विद्यार्थीले रराम्रोसँग बुझन नसक्नुको मूल कारण चाहिँ शिक्षक नै हो । कुनै पनि सक्षम र आत्मनिर्भर शिक्षकले आफूले किन रराम्रोसँग पढाउन र बुझाउन नसकेको हो, फर्केर हेर्छ । यस्तो गर्ने बेलामा उसले सोच्छः विद्यार्थीले किन र कसरी नबुझेको हो, के नबुझेको हो; त्यसलाई कसरी बुझउँदा बुझला ? पाठ मात्र होइन, आत्मनिर्भर शिक्षकले के गर्दा विद्यार्थी जिज्ञासु बन्छ ? कसरी विद्यार्थीले ज्ञानको खोजी आफैँ गर्छ ? भत्रे कुरा हरू पनि नियाल्छ ।

स्वायत्त पेशागत विकास गर्नको लागि आफूलाई चाहिएको कुरा के हो, ठम्याउन सकेमा समस्याको समाधान खोज्न सजिलो पर्छ । नयाँ शिक्षकहरूलाई जात्रुपर्ने कुरा हरू धेरै हुने भएको ले कहाँबाट शुरु गर्ने भन्ने कठिनाई पनि पर्न सक्छ । तर स–साना कुरा बाट शुरु गरी निरन्तरता दिएमा अवश्य पनि आत्मविश्वास बढ्नेछ ।

२. स्वाध्यायन
स्वायत्त पेशागत विकास को प्रमुख विधि हो, स्वाध्यायन । शिक्षकले सिकाउनको लागि गर्ने कक्षा तयारीको लागि स्वाध्यायन त गरिरहेको हुन्छ नै, साथसाथै आफ्नो कार्यविधि उकास्न स्वाध्यायनलाई कसरी प्रयोग गर्ने हो, विचार पुर्याउनुपर्छ । शिक्षकको स्वाध्यायनलाई वस्तुनिष्ठ र परिणामदायी तुल्याउन तलका केही तरिकाहरू अपनाउन सकिन्छः

२.१. शब्दकोश– शिक्षकको लागि आधारभूत कुरा हो, भाषा । कुनै पनि पाठ/पाठ्यक्रम, भाषामा पोख्त नभई जात्र र सिकाउन सकिँदैन । विद्यार्थीले रराम्रोसँग बुझन नसक्नुमा शिक्षक तथा पाठ्यपुस्तकले प्रयोग गर्ने भाषाको दोष ठूलो हुन्छ । पाठ/पाठ्यक्रम लेखिएको भाषाको ज्ञान बालबालिका भन्दा बढी शिक्षकलाई हुनु जरुरी हुन्छ । त्यसैले शिक्षकले पाठ पढाउनु अघि, शब्दकोशबाट आफूलाई रराम्रोसँग व्याख्या गर्न नआएका शब्दहरूको स्वाध्यायन गर्नु पर्छ ।

२.२. पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका– विद्यालय शिक्षामा पाठ्यपुस्तक नभई नहुने वस्तु हो । तर के शिक्षकले पाठ्यपुस्तकलाई रराम्रोसित बुझेको छ ? विद्यार्थीलाई बुझाउन सक्ने गरी पाठ्यपुस्तक पढेको छ ? शिक्षकले कुनै पनि पाठ पढाउँदा पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका हेरेको हुनुपर्छ । कक्षा सञ्चालनका लागि यो आधारभूत कुरा नै हो । कक्षाको सिकाइलाई रराम्रो बनाउन खोज्ने शिक्षकले पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकामा भएका कमी–कमजोरी नियाल्छ, र त्यसबाट आफूलाई मुक्त पार्छ ।

२.३. अन्य आधारभूत सामग्री– पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका बाहेक, प्रकाशित तथा आफैँ निर्माण गर्न सकिने विभित्र सामग्रीहरू विषयगत रूपमा आवश्यक हुनसक्छन् । त्यस्ता सामग्रीको स्वाध्यायन अथवा निर्माण आवश्यक हुन सक्छ । उदाहरणको लागि, प्राथमिक तहमा गणित सिकाउँदा अति आवश्यक सामग्री हो, ‘बेस टेन ब्लक्स’ । ब्लक्स भने पनि सिन्का तथागेडागुडीलाई दश तथा सयको मुठामा राखेर ‘बेस टेन ब्लक्स’ बनाउन सकिन्छ ।  

२.४. इन्टरनेट– नेपालका सबै विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध छैन । तर जहाँ छ, त्यहाँ इन्टरनेटबाट शिक्षणविधिलाई उकास्न सकिने नयाँ–नयाँ तरिकाहरू हामी विश्वभरि खोज्न सक्छौं । हामीलाई जानकारी चाहिएका कुरा हरूको मुख्य शब्द (‘किवर्ड’) GOOGLE (google.com) tyf BING (bing.com) जस्ता ‘सर्च इन्जिन’मा हालेर विभित्र ज्ञान आर्जन गर्न सक्छौं । नेपालमा शैक्षिक जनशक्ति विकास केन्द्र (nced.gov.np) ले पनि इन्टरनेटबाट विभित्र सामग्रीहरू शिक्षकलाई प्रदान गर्ने तयारी गरिरहेको छ । साथै, नेपालका विभित्र शैक्षिक तथा साहित्यिक सामग्रीहरू हेर्न/डाउनलोड गर्न सकिने इन्टरनेट पुस्तकालयले (pustakalaya.org) पनि शिक्षकहरूलाई मद्दत पुर्याउँछ ।

KHAN ACADEMY (khanacademy.org) जस्ता साइटहरूबाट कक्षाका गुणस्तर उकास्न सकिने भिडियो सामग्रीहरू पनि इन्टरनेटमा हेर्न सकिन्छ । अन्तर्राष्ट्रिय रूपका शैक्षिक तथा साहित्यिक सामग्रीहरू हेर्न/डाउनलोड गर्न SCRIBD (scribd.com) जस्ता साइटहरू पनि प्रभावकारी छन् ।

२.५. पत्रपत्रिका– शिक्षकलाई समाज मा भइरहेका गतिविधिहरूको ज्ञान हुनु अति जरुरी हुन्छ । पाठ्यक्रममा पढाइने कुरा हरूलाई समसामयिक गतिविधिसँग जोड्न सकिएमा मात्र त्यो व्यावहारिक हुन्छ । यसको लागि पत्रपत्रिकाले मद्दत गर्छन् ।

३. समूहगत अध्ययन
ज्ञानको ज्योति बाँड्नाले उज्यालो बढ्छ । समूहगत रूपमा अध्ययन गरे मा शिक्षकको स्वाध्यायनमा प्रतिक्रिया पाइने हुनाले ज्ञान तथा आत्मविश्वास बढ्छ । साथै, आफू एक्लैले समाधान गर्न नसकिने कुरा लाई मिलेर समाधान गर्न सकिन्छ । समूहगत अध्ययनलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।
३.१. विद्यालयगत– शिक्षकका समस्या समाधान गर्न सबभन्दा नजिकको समूह हो, शिक्षकले काम गर्ने विद्यालय । पढाइको गुणस्तर बढाउन हरेक विद्यालयमा शिक्षकहरूबीच शिक्षण विधिबारे छलफल हुनु जरुरी हुन्छ । शिक्षकका समस्यालाई उनीहरू आफैँ मिलेर समाधान गर्ने वातावरण बनाउन सक्छन् । यसको लागि शिक्षकले आफ्नो कक्षा अरू शिक्षकहरूलाई देखाई आफ्ना सिकाउने तरिका सम्बन्धी प्रतिक्रिया लिन सकिन्छ । साथै, विषयगत रूपमा भेला गरी छलफल गर्ने समूह पनि बनाउन सकिन्छ । शिक्षकहरू आफैँले आफ्नो समस्याको समाधान गर्न नसके, शैक्षिक ज्ञानमा पोख्त व्यक्तिलाई निम्त्याउन पनि सकिन्छ ।
३.२. विद्यालय बाहिर– एउटै विद्यालयमा काम गर्ने शिक्षकबीच खुला रूपमा आ–आफ्नो शिक्षण विधिबारे छलफल गर्न अप्ठ्यारो हुन सक्छ । साथै, एउटा मात्र विद्यालयमा विषयगत रूपमा छलफल गर्न शिक्षकको सङ्ख्या अपुग हुन सक्छ । यस्तो अवस्थामा नजिकका विद्यालय शिक्षकहरूसँग मिली समूह बनाउन सकिन्छ । विषयगत तथा कक्षागत रूपमा यस्ता समूह बनाई, पाक्षिक अथवा मासिक भेला गरी शिक्षकका समस्याको समाधान आफैँ गर्न सकिन्छ ।

४. स्वायत्त पेशागत विकास का फाइदा
स्वायत्त पेशागत विकास को सबभन्दा ठूलो फाइदा भनेको शिक्षक आफैँ आफ्नो समस्या समाधान गर्न सक्ने हुनु हो । यसमा शिक्षकले ठूलो लगानी पनि गर्नु पर्दैन । स्वायत्त पेशागत विकास ले शिक्षकको जीवनमा महत्वपूर्ण भूमिका राख्ने कुरा अनुसन्धानहरूले पनि देखाएका छन् । मुसयिकावा तथा लुब्बेन (२००९) को अध्ययनले स्वायत्त पेशागत विकास ले कक्षामा मात्र नभई, शिक्षकको व्यावसायिक पक्षमा पनि फाइदा पुर्याएको देखाएको छ ।

५. नेपालको परिवेशमा स्वायत्त पेशागत विकास
शिक्षक मासिकका विगतका अङ्कहरूमा देखि ए जस्तै नेपालमा शिक्षकको स्वाध्यायनको अवस्था कमजोर छ । पाठ्यपुस्तक बाहेकका अरू सामग्रीहरू पढ्ने शिक्षकहरू कम छन् । विद्यालयको शैक्षिक गुणस्तर बढाउने समूहभन्दा राजनीतिमा लागेका शिक्षक समूहहरू बढी छन् । विद्यालय बाहिर पनि विषयगत तथा कक्षागत भेलाभन्दा पार्टीगत/ युनियनगत भेलाहरू बढी हुने गर्छन् ।

स्वायत्त पेशागत विकास को अवधारणा एकदमै नौलो पनि होइन । हाल प्रचलित दशमहिने तालिमको पाँच महिना त स्वाध्यायनमा आधारित छ । हालसालै शुरु भएको शिक्षकको पेशागत विकास कार्यक्रममा पनि स्वाध्यायन तथा समूहगत अध्ययनका पाटाहरू पाइन्छन् ।

सरकारी कार्यक्रम नभए पनि केही जिल्लाका विद्यालय शिक्षकहरूबीच विषयगत/कक्षागत समूह, मोबाइल मिटिङ आदि सञ्चालित हुँदै आएका छन् । उदाहरणका लागि, ललितपुरका चौध विद्यालयका शिक्षकहरू पाक्षिक रूपमा एकअर्काको विद्यालयमा भेला गरिरहेका छन् । हालसालै शुरु भएको यो कार्यक्रमलाई स्थानीय गैर सरकारी संस्थाले सहयोग गरिरहेको छ । विषयगत रूपमा भेला हुने यो समूहमा, शिक्षण विधिको आदान–प्रदान तथा समस्या समाधानका बारेमा छलफल हुन्छ ।
यसरी नेपालमा स्वायत्त पेशागत विकास को अवस्था कमजोर भए पनि यो नौलो कुरा चाहिँ हैन । स्वायत्त पेशागत विकास मा खटिएका आत्मनिर्भर शिक्षक तथा शिक्षक समूहहरू पनि छन्; तर एकदम कम मात्रामा ।

अवश्य पनि स्रोत सामग्रीको कमी छ । पाठ्यपुस्तक समेत समयमा नपुग्ने विद्यालयहरू छन् । विद्यार्थीको चाप बढी भएका ठाउँहरू पनि धेरै होलान् । शिक्षकसँग समय पनि नहोला । केही शिक्षकको तलब पनि अति न्यून छ ।

तर पनि यस्ता कारणहरूको लाम लगाएर शिक्षक आफ्नो दायित्वबाट पन्छिन सक्दैन । शिक्षक आफ्नो दायित्वबाट पन्छियो भने देश नै धरापमा पर्छ । माथिका कारणहरूलाई आफ्ना समस्याका रूपमा राख्ने शिक्षकले पहिले आफूसँग सोध्नुपर्छ– शिक्षकले के गरेको छ, त्यसको समाधानको लागि ? के शिक्षकले जति तलब खान्छ, त्यस अनुसार आफ्नो दायित्व पूरा गरेको छ ?
शिक्षक आफैँ नै आत्मनिर्भर भई आफ्नो कक्षा तथा विद्यालयको गुणस्तर वृद्धिमा जीउ–ज्यान नलगाएसम्म देशको शैक्षिक विकास असम्भव छ ।

(डा. शाक्यले प्राथमिक शिक्षकको स्वायत्त पेशागत विकास को बारेमा शोधकार्य गरी कोबे विश्वविद्यालय, जापानबाट विद्यावारिधि गरेका छन् ।)

commercial commercial commercial commercial