योग्य शिक्षकहरू; कक्षा–१ लाई पढाऔं !

नेपाल सरकारले सकेको सहयोग गरे अनुसार सामुदायिक विद्यालयहरूको गुणस्तर माथि उठ्न नसकेको सर्वविदितै छ । यहाँनेर मेरो २० वर्षे शैक्षिक सत्रको अनुभवमा चुरो कुरा के पत्ता लाग्छ भने हराम्रो सरकारले दिने तालिम नयाँ नियुक्तिवाला शिक्षकलाई दिनुपरयो न कि पेन्सनमा जाने बेलाकालाई । र, कतिपय तालिम पाएका शिक्षक पनि कक्षा १ मा प्रवेश नै गर्न नचाहने, तल्ला कक्षा हेरेमा २ कक्षाभन्दा माथिका छात्रछात्रालाई मात्र पठनपाठन गराउन खोज्ने, कतिपय प्रअहरू कक्षा १ मा जानै नचाहने भएको हुँदा कक्षा १ का विद्यार्थीहरूले पाठ्यक्रमले दिन खोजेका पाठ्यपुस्तकका पाठहरू सिक्नै नपाएर खाली क–का मात्र खारेर कक्षा २ मा प्रवेश गरेको हुँदा सामुदायिक विद्यालयको प्राथमिक शिक्षा खस्केको मेरो अनुभवले बताउँछ ।

आदरणीय गुरुहरू;
आफू चाहिँ खुब रराम्रो पढाउँछु भन्दोरहेछ भन्नुहोला । हराम्रो यस विद्यालयबाट प्राथमिक शिक्षा उत्तीर्ण गरी अन्य विद्यालयमागई पढी एसएलसी गरेका राम्रा विद्यार्थी दुई–चार जनाले विशिष्ट श्रेणी र धेरैजसोले त प्रथम श्रेणीमा नै एसएलसी पास गरेका छन् । म आफू जहिले कक्षा १ मा पढाउन आत्मा देखि नै खुसी र सन्तुष्ट भई एक पिरियड दह्रोसँग लिने गर्द छु । यसले त हराम्रो मात्र दोष देखायो भन्नुहोला तर अभिभावकहरूको पनि गल्ती नभएको होइन । उहाँहरू आ–आफ्ना बालबालिकाको पठनपाठनबारे बुझन विद्यालयको मिटिङमा पनि नआउने, पढ्न खोज्ने बेलामा काम गराउन खोज्ने, नानीहरूले पढे/नपढेको यादै न गर्ने हुँदा हालको स्थिति देखा परेको हो । सामुदायिक विद्यालयका कक्षा २ देखि त विद्यार्थी आफैं पढ्नुपर्ने रहेछ भन्ने बुझने बेलाका हुन्छन्; कारण उनीहरूको उमेर ८–१० वर्ष भएको हुन्छ । तर, देशकै अवस्थाले गर्दा हो कि, हामी शिक्षकले जस नपाउन हो— उनीहरू खेल्दा पनि माओवादी+आर्मी खेल्ने, बलबुताले भ्याएसम्म भिड्ने, कोहीसँग नडराउने, शिक्षकलेगाली गर्दा पनि अररो हुने, अनुशासित हुनुपर्नेमा ४० प्रतिशत मात्र हुने, पाठहरू नपढ्ने, गृह कार्य पनि गर्न नचाहने हुँदै गएका छन् । यसैकारण खस्केको हो कि सार्वजनिक शिक्षाको स्तर ! अभिभावकले पनि चासो राखी दुई घण्टा आफ्ना नानीहरूलाई घरमा पढ्न आग्रह गराउने, आदरणीय प्रावि, निमावि तथा माविका गुरुहरूले पनि कक्षा १ मा सके प्रअहरू आफैंले एक पिरियड लिने समय नपुगे नियमित निरीक्षण गर्ने गरे मा सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर ले देशव्यापी हलचल मच्चाउने थियो । के हामी चोरेरै मात्र शिक्षक बनेका हौं त ? के हामी निजी विद्यालयका शिक्षक गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनौं ? आदरणीय गुरुहरू कक्षा १ बाटै शुरु गरौं त पहिलो पिरियड !

वासुदेव चौहान
सिद्धेश्वर प्रावि, आँपबोट, फुलासी–५, रामेछाप

commercial commercial commercial commercial