प्रश्नै प्रश्न

कुशल खेलाडीको लागि राजनीति सर्वोच्च खेल होइन र ? राजनीतिले के के दिन सक्छ ? असल शासन ? समृद्धि ? रामराज्य ? काम ? माम ? इनाम ? नाम ?गास ? बास ? कपास ? विकास ? मनचिन्ते झेली ? समयले नेटो नकाट्दै विकास को राजनीति गर्ने कि ?  

शिक्षा विकास को मूल हो ? समृद्धि हो ? सर्वस्व हो ? शिक्षा विकास को बिरुवा हो ? जरा, हाँगा, पात, फूल, फल, सबै हो ? त्यसो भए यो बहुमूल्य शिक्षा कुन रूपमा दिने ? निःशुल्क ? सशुल्क ? सर्वसुलभ ? लेनदेनको कारोबार कसरी मिलाउने ? जनता कस्तो शिक्षा चाहन्छन् ? सडकमागिट्टी फोडेर पेटमा  धरो कसी–कसी आफ्ना बच्चा किन बोर्डिङमा पढ्न पठाउँछन् ? एक टोकरी तरकारी, एक घोगा मकै, नाङ्ले पसलमा खुद्रा सामान बेचेर पनि बोर्डिङ स्कूलमा पठाउने रहर कि बाध्यता हो ? फेसन हो ? हल्ला, ठगी हो ? शिक्षाको व्यापार हो ? वा आफ्नो बच्चाको सुन्दर भविष्यको लागि खर्च गर्ने रहर हो ? कसले खोजी गर्ने ? किन खोजी गर्ने ? कि यो छताछुल्ल दृश्य कसैले देखेको छैन ? सरकार सञ्चालित विद्यालयहरू किन रित्तिँदै छन् ? के कमी भयो ? शिक्षक छैनन् ? भवन छैन ? खेल मैदान, फर्निचर के छैन ? कसको कमजोरी हो ? शिक्षा नीतिकै प्रश्न ? सरकारी लगानीकै प्रश्न ? प्रश्नै प्रश्न ? के त यी प्रश्नमा उत्तर छ ? उत्तर दिने को हो ? शिक्षक, अभिभावक, विद्यार्थी, नेता, कर्मचारी, व्यापारी, कृषक, मजदुर, सरकार ? को को सुध्रिनुपर्ने ? के सुधारिनुपर्ने ? संस्कृति, राजनीति, बानी, सोच, धर्म, कर्म ?

निजी संस्थाहरूको शिक्षा किन सबैको रोजाइ भयो ? किन्न पाएर ? बेच्न पाएर ? रोजगारमूलक भएर ? कार्यमूलक भएर ? अङ्गे्रजी प्रयोग हुने भएर ? स्तरीय ? देखावटी ? विदेश जान सजिलो ? आधुनिक ? के के भएर ? लामो इतिहास बोकेको सरकार सञ्चालित शिक्षाले किन जनताको साथ पाउन सकेन ? यो अमूल्य शिक्षा किन मर्ने न मोटाउने भयो ? निःशुल्क दिनुगलत हो ? वा स्तर गिर्नुगलत हो ? त्यसो हो भने अब किनबेच तर्फ नै लैजाने त ? विकास फलाउने विरुबा बेच्ने ? किन्ने ? कसले बेच्ने ? कसले किन्ने ? जरा बेच्ने ? काण्ड, पात, फूल, फल, सबै बेच्ने ? कस्तो कस्तो रूपमा बेच्ने ? उत्तरपुस्तिकाको रूपमा ? पाठ्यपुस्तक, छपाइ खर्च, फर्निचर, सर्टिफिकेट, खाजा खर्च, ट्युसन, खेल मैदान, पौडी पोखरी आदि अनेक रूपमा ? कहाँ कहाँ बेच्ने ? बोर्डिङहरूमा ? पुस्तक पसलहरूमा ? कोचिङ सेन्टरहरूमा ? कसले कति कमायो ? लेखाजोखा ? अडिटिङ ? पसलमा राखिएको शिक्षा कुन स्तर को  छ ? देखावटी ? आकर्षक ? बुर्जुवा ? रोजगारमुखी ? विदेश पठाउने ? बेरोजगारको जमात बढाउने ?गफ गर्न सिकाउने ? धूर्त राजनीतिज्ञ ? बाठो ? भ्रष्ट संस्कृति सिकाउने ? कस्तो शिक्षा बेचिँदैछ ? विदेशको श्रमबजारमा बिक्ने शिक्षा ? हामीसँग के सीप छ ? कुन स्तर को काम गर्न सकिन्छ ? स्वदेशमै कामको निर्माण गर्न सकिन्छ ? सर्टिफिकेट देखाउने वा काम देखाउने शिक्षा ? रोइकराइ गरेर भीख माग्ने शिक्षा ? नेपाली कान्छा हुने शिक्षा ? कहाँ काम गर्ने ? भान्छा ? बेडरुम ? खेतबारी ? अफिस ? सडक ? ट्वाइलेट ? के चलाउने ? कलम, मेशिनगन, कार, संस्था, राष्ट्र ? के यी सबै यक्ष प्रश्न होइनन् ? नेताहरूलाई निःशुल्क शिक्षा चाहियो ? व्यापारीहरूलाई सशुल्क ? र जनतालाई ....?
तपाईंहरूसँग पनि केही प्रश्नहरू छन् ? के सम्बन्धी प्रश्नहरू ? शिक्षा सम्बन्धी ? विकास सम्बन्धी ? के को विकास गर्ने ? यातायात ? स्वास्थ्य ? शिक्षा ? सञ्चार ? कहा“ गर्ने ? तराई ? पहाड ? हिमाल ? शहर ? गाउँ– गाउँ ?गल्ली–गल्ली ? पहिला के कति विकास गर्ने ? शिक्षाको ज्योति फैलाउने ? घाम जस्तै न्यानो र उज्यालो ज्योति ? कहा“सम्म पुरयाउने ? तराईमा मात्र कि पहाडसम्म ? शहरमा मात्र कि गाउँसम्म ? घर–घर ? दैलो–दैलो ? अनि हिमाल ? के गर्ने ? कुन बाटो जाने ? शिक्षाको ज्योति आकाशबाटै पठाउन मिल्छ ? कि आफैँ बोकी लैजाने ? टिभी, रेडियो, इमेल, इन्टरनेट केही प्रयोग गर्न मिल्छ ? अभियान चलाउने कि ? कति लगानी लाग्छ ? को तयार छ अभियान चलाउन ? शिक्षाको ज्योति लिएर जानै पर्ने भए बाटो बनाउने ? कताबाट खन्ने ? नदी किनार–किनार ? भत्काउने ? खन्ने ? पुर्ने ? प्राकृतिक सम्पदा वनस्पति मास्ने ? पहाडका पाखा छेड्ने ? सुरुङ निर्माण गर्ने ? मनकामना मन्दिर जाने जस्तै केबुलकार झुण्ड्याउने कि ? कि पहाडका टाकुरा हरूमा खोच काटेर विना पिलरको तर मजबुत नयाँ प्रविधिको केबुलकार निर्माण गर्ने ? पहाडको फेदीबाट टाकुरा सम्म छड्के लिफ्ट सिस्टम बनाउने ? विद्युत् शक्ति ? त्यसै चल्छ लिफ्ट ? लगानी को गर्ने ? देशी विदेशी कसलाई अनुरोध गर्ने ? नाफा हुन्छ ? जडिबुटी व्यापार ? पर्यटन ? बीउबिजन  उत्पादन ? जलविद्युत् उत्पादन ? फलफूल खेती ? के के ? सम्भावनाहरू छन् लगानी गर्ने ? को कोलाई नाफा हुन्छ ? लगानीकर्तालाई के के नाफा ? सरकारलाई के के ? नेतालाई के ? जनतालाई के ? को को कसरी लगानी गर्ने ? टुक्रे लगानी गर्ने ? विश्व ब्याङ्क बोलाउने ? कस्तो शर्तमा बोलाउने ? देशभित्रै कोही छन् कि ? सक्छन् ? जनताले कस्तो लगानी गर्ने ? कसरी उत्प्रेरित गर्ने ? कसरी आश्वस्त पार्ने ? अन्तरिÔ यात्रा तय गर्ने नासा जस्तै कुनै संस्था छ कि ? के यो पृथ्वीवासी सबैलाई यो कैलाश लोकको भूगोल देख्ने अधिकार छैन ? यो प्राकृतिक छटा, पाखा, पखेरा, जीव, जन्तु, उच्च बस्ती, फोक्सुन्डो ताल, रारा ताल,गोसाईंकुण्ड, तिलिचो ताल आदि देख्ने इच्छा छैन ?

तेन्जिङ नोर्गे र एडमण्ड हिलारी कसरी पुगे सगरमाथा ? कुन बाटो गए ? कसले देखायो त्यो अद्वितीय पदपथ ? कसले पु¥यायो शिखरमा ? इच्छाशक्ति बलियो थियो ? लक्ष्य थियो ? सगरमाथा विजयले कसलाई के कति फाइदा भयो ? नाम्चेको चिनारी ? शेर्पाहरूको पहिचान ? नेपालीहरूको शिर ? सगरमाथा को अस्तित्व ? इच्छा भए कसले कसलाई रोक्न सक्छ ? केले केलाई ?
अब राजनीतिको कुरा गर्ने ? कहाँको राजनीति ? अमेरिकाको ? चीनको ? इण्डियाको ? बेलायत ? नेपाल ? कहाँको राजनीतिले के गरयो ? इतिहास सम्झनुभयो ? देश डुबायो ? देश उठायो ? जनता ठग्यो ? असल शासन दियो ? लडाईं ? मृत्यु ? समाधान ? रामराज्य ? के के दियो ? नेपालकै कुरा गरौ“ ? दरबारिया राजनीति ? जहाँनियाँ राजनीति ? बहुदल ? पञ्चायत ? सशस्त्र जनयुुद्ध ? जनआन्दोलन ? शान्तिसम्झौता ? कुन राजनीतिको कुरा गर्ने ? विष्णु अवतारको राजनीति ? पुज्ने र पुजाउने राजनीति ? ऐस र आराम ? सपना बाँड्ने र भर्याङ चढ्ने ? जित्ने र जिताउने ? थुन्ने र थुनाउने ? सुध्रिन खोज्ने तर नसुध्रिने राजनीति ? सिध्याउने र सिद्धिने राजनीति ? त्यस्तै मेलमिलाप गर्ने र अवसर खोज्ने राजनीति ?गद्दी आरोहण रगद्दीपतन राजनीति ? टुक्रिने र टुक्र्याउने राजनीति ? खुट्टा तान्ने र धरातल टेकाउने राजनीति ? जनताबाट बहिष्कृत हुने र शासन गर्ने राजनीति ? फोहोरी खेल जस्तै खेल्ने ?गोल गर्न खोज्ने तर नसक्ने अनिगोल गर्न पनि नदिने राजनीति ?गोलगोल भन्दै भद्रगोल गर्ने राजनीति ? अन्त्यमा हामी मिलेर बाँडी खाउँ भन्ने समावेशी र सदावहार राजनीति ? सबै प्रश्नै प्रश्न ? उत्तर कसले दिने ?
कुशल खेलाडीको लागि राजनीति सर्वोच्च खेल होइन र ? राजनीतिले के के दिन सक्छ ? असल शासन ? समृद्धि ? रामराज्य ? काम ? माम ? इनाम ? नाम ?गास ? बास ? कपास ? विकास ? मनचिन्ते झेली ? समयले नेटो नकाट्दै विकास को राजनीति गर्ने कि ?
जागेश्वर भुसाल
शिक्षक, श्री जनप्रभा उमावि, लिक, डोल्पा

commercial commercial commercial commercial