आदर्श विद्यालयका नौ आधार

विद्यालय मानिसको भविष्य निर्माण गर्ने थलो हो । एउटा मानिसले आफ्नो आयुको ठूलो अंश विद्यालयमा खर्च गर्द छ । यस्तो दूरगामी महत्व राख्ने विद्यालय निर्विवाद रूपमा आदर्श हुनु आवश्यक हुन्छ । आदर्श थलोबाट तयार हुने जनशक्ति मात्र ‘आदर्श’ नागरिक हुनसक्छ । एउटा आदर्श विद्यालयका केही आधारभूत चरित्र वागुण हुन्छन् । तीमध्ये यहाँ नौ महत्वपूर्णगुण वा आकर्षण उल्लेख गरिएको छ ।

सुगमताः आदर्श विद्यालयको प्रथम आकर्षण सुगमता हो । विद्यालयमा सजिलै पुग्न सकिनेगुण हुनुपर्छ । विद्यालय पुग्ने बाटो हिलो, धूलो र त्रासरहित हुनुपर्दछ । अझ् सुलभ यातायातको व्यवस्था भए सरोकारवालाको सहभागिता सहज हुन्छ । सहज सहभागिताले विद्यालय र विद्यार्थीबीचको सम्बन्ध सुमधुर पार्न मद्दत पुर्याउँछ । अपनत्व बढ्छ । अपनत्वबाट विद्यालयकागुण र दोष केलाई दोष हटाउने कार्यमा साथ–सहयोग जुट्छ ।

समावेशीः विद्यालय सामाजिक संस्था भएकाले यसको व्यवस्थापन समिति तथा शिक्षकहरूको समूह समावेशी हुनु आवश्यक हुन्छ । विद्यालयलाई जात र लिङ्गको आधारमा आर्थिक उपार्जन गर्ने थलोको रूपमा हेरिनु ठूलो भूल हुन्छ । जात, लिङ्ग, वर्ण र धर्मका आधारमा होइन सीपयुक्त व्यक्तित्वहरू समावेश भएको विद्यालय आकर्षणको केन्द्रबिन्दु बन्दछ । चित्रकार, सिकर्मी, पोषणविद्, डाक्टर, मनोवैज्ञानिक, वातावरणविद्, अर्थविद्, सङ्गीतकार, खेलाडी, कृषि विशेषज्ञ, कवि जस्ता व्यक्तिको पहुँच विद्यालयमा हुनु आवश्यक हुन्छ ।

स्तरीयताः प्रअ र उसको प्रशासनिक दक्षता, शिक्षक र उनीहरूको कार्यकुशलता, विद्यार्थी र तिनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्राप्त गरेको स्थान नै स्तरीय विद्यालयको पहिचान हो । उत्पादित जनशक्तिले श्रम बजारमा प्राप्त सफलताले विद्यालयप्रतिको आकर्षण बढाउँछ । यो अति आवश्यक एवं गहिरो आकर्षण हो । तसर्थ शिक्षालाई सङ्ख्याका आधारमा न गनेरगुणका आधारमा स्थापित गराउनु पर्दछ ।

सामाजिकीकरणः विद्यालय र समाज बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ । विद्यालयलाई जोन डिबेले बताए जस्तै समाज को सानो आकारको रूपमा लिएर व्यवहार गर्नु पर्दछ । समाज मा प्रचलनमा रहेका मूल्य, मान्यता, पर्व, संस्कार आदिलाई विद्यालयले स्थान दिनुपर्दछ । थारू बस्तीका विद्यालयमा सामाचकेवा; शेर्पा, गुरुङ, तामाङ बस्तीमा ल्होसार, मुसलमान बस्तीमा इदका कार्यक्रम विद्यालयले नै सञ्चालन गर्न सके समाज र विद्यालयबीच अपनत्व बढ्छ र योगदानका आयामहरू वृद्धि हुन्छन् ।

सरलताः सरलता भनेको व्यवहारको सजिलोपन हो । विद्यालयका भौतिक, शैक्षिक र प्रशासनिक पक्षहरूको सरल जानकारी विद्यालयको महत्वपूर्ण आकर्षण हो । सरल जानकारीको लागि सरल र स्पष्ट नक्सा, फोन, वेबसाइट, भाषा–शैली र व्यवहार सरल एवं स्पष्ट भए विद्यालयप्रति चासो राख्नेको ध्यान तान्न सकिन्छ ।

सफा र सुन्दरताः सुन्दरतालाई केवल भौतिक रूपमा मात्र लिने गरिन्छ । तर भौतिकसँगै भाषिक र व्यावहारिक सुन्दरताको महत्व बढी हुन्छ । प्रअ र शिक्षकले प्रयोग गर्ने शब्द र सम्बोधन सरल तथा नरम हुनुपर्दछ । हामी पदमा पुगेपछि हाकिम पल्टिने गर्छौं । यसले प्राप्त गरेको भौतिक सुन्दरतामाग्रहण लगाइदिन्छ ।

विशिष्टताः विशेष योग्यता; पहिचान तथागुणलाई विशिष्टता भनिन्छ । विद्यालयले प्राप्त गरेको लगातारको विजय यात्रा, शैक्षिक सफलता, भ्रमण कार्यक्रम, व्यावहारिक विषयको अध्यापन, शिक्षक, नौलो संस्कृति, प्रयोगात्मक शिक्षण विधि, पोशाक आदिले विशिष्टता झल्काउँछन् । यिनैगुणहरूले विद्यालयप्रति सबैको जिज्ञासा र चासो बढाइदिन्छ । यस्ता विशिष्टगुणको संरक्षण र सम्बद्र्धन गर्नु पर्दछ ।

शान्त वातावरणः हालका दिनहरूमा राजनीतिक भर्ती; द्वन्द्व, चन्दा, अपहरण,गुट–उपगुट आदि विभिन्न कारणले विद्यालय क्षेत्र अशान्त बन्दै आएको छ । योग्राह्य कुरा होइन । साथै बाह्य रूपमा मात्र होइन मान सिक रूपमा पनि विद्यालयको वातावरण शान्त हुनुपर्दछ ।

सम्पन्नताः हरेक कुरा को आकर्षणको व्यवस्थापन र निरन्तरताको आधार पूँजी हो । आरामदायी भवन, आकर्षक फूलबारी, कम्प्युटर, टीभी, चमेना गृह , सवारी साधन, पंखा, पुस्तकालय, पाहुना सत्कार आदिको सफा व्यवस्थापन विद्यालयको नभई नहुने आकर्षण हो । विज्ञापन, रङ, कम्पाउण्ड,गेट र बाटो सम्पन्नताबाट मात्र निरन्तर दुरुस्त राख्न सकिन्छ । ७

युवराज दाहाल
लक्ष्मीपुर उमावि, पोर्ताहा, त्रिनपा–५, उदयपुर

commercial commercial commercial commercial