स्तरीय शिक्षा अर्थात् सधैं जिज्ञासु विद्यार्थी

शिक्षाले केटाकेटीलाई एउटा संरचनामा मात्र बस्न र हेर्न सिकाउने होइन, कुनै पनि कुरा लाई धेरै पक्षबाट हेर्ने, विश्लेषण गर्ने र आफैं निर्णयमा पुग्ने ज्ञान र सीप दिनुपर्छ । शिक्षाको काम मूलतः विद्यार्थीहरूलाई उनीहरूको मस्तिष्कलाई सधैं खुला राख्न सिकाउने हो, ताकि उसले हरबखत चौतर्फी हेर्न सकोस् ।

शिक्षाको ‘ गुणस्तर ’लाई परिभाषित गर्न र नाप्न सहज छैन, किनभने यो मूर्त कुरा होइन । यसमा हरेक मानिसका बुझइ र हेराइ फरक हुनसक्छन् । विद्यालय तहको शिक्षाको स्तर को कुरा गर्दा, कुनै पनि विद्यार्थीले आफूलाई मनमा लागेका कुरा प्रभावकारी तरिकाले लेख्न र बोल्न तथा पढ्न सक्ने क्षमता राख्छ भने उसले स्तरीय शिक्षा पाएको मान्न सकिन्छ । पढाइ, बोलाइ र लेखाइको प्रभावकारिता नै स्तरीय शिक्षाका आधारभूत लक्षण हुन् । त्यस्तै गणितीय समस्या समाधान गर्ने क्षमता पनि गुणस्तर को एउटा मापक हुनसक्छ ।

हाम्रा विद्यालयले घोकाउने काम अझै बन्द गरेका छैनन् । अहिले पनि त्यही विद्यार्थी रराम्रो मानिन्छ, जसले पाठ्यपुस्तकमा लेखिएको कुरा हुबहु कण्ठ गरेर लेख्न वा भन्न सक्छ । शिक्षकले पनि अक्सर जाँचमा आफूले लेखाएको नोट वा पाठ्यपुस्तक हुबहु उतार्न सक्ने विद्यार्थीलाई बढी नम्बर दिन्छन् । शिक्षकले त विद्यार्थीलाई पाठ्यपुस्तकमा भएको भन्दा भिन्न तरिकाले त्यही कुरा अभिव्यक्त गर्न पो अभिप्रेरित गर्नु पर्छ । विद्यार्थीले आफैँ भनोस् न, “सर मलाई यो अनुच्छेद त्यति रराम्रो लागेन ।” जवाफमा शिक्षकले भनोस्, “तिमी योभन्दा रराम्रो र भिन्न तरिकाले कसरी प्रस्तुत गर्छौ, ल लेखेर देखाऊ त !” यसरी शिक्षकले विद्यार्थीलाई मौलिक र सृजनशील तरिकाले सोच्न र प्रस्तुत गर्न सिकाउनु पर्छ । शिक्षकको काम विद्यार्थीलाई अरूले निर्माण गरिदिएको ज्ञान र सीपको उपभोक्ता मात्र बनाउने होइन, बरु उसलाई आफैँ नवीन ज्ञानको निर्माण गर्ने , नयाँ सृजना गर्ने र भिन्न तरिकाले सोच्न सक्ने बनाउने हो; आत्मविश्वासी र स्वाबलम्बी मानिसको निर्माण गर्ने हो ।

अलिगहिराइमा पुगेर भन्नुपर्दा, विद्यार्थीले मौलिक र सृजनशील तरिकाले सोच्छ कि सोच्दैन ? विश्लेषण गर्ने क्षमता राख्छ कि राख्दैन ? आइपरेका समस्याको रराम्रोसित समाधान गर्न बहुउपायहरू खोज्न सक्छ कि सक्दैन ? छिटो र समयमै निर्णय गर्छ कि गर्दैन ? समयलाई अधिकतम महत्व दिन्छ कि दिँदैन ? यस्ता कुरा हरू पनि शिक्षाको गुणस्तर सित जोडिएर आउँछन् । यदि हाम्रा केटाकेटीमा यस्ता क्षमता छन् भने उनीहरूले पाएको शिक्षा गुणस्तरीय भयो, छैन भने गुणस्तरीय भएन भनेर स्वतः बुझन्छि । त्यसैले, यस्ता जीवनोपयोगी सीपहरू (हे.एक्काइसौं शताब्दीका सीप शिक्षक मासिक वैशाख २०६८ पृ.२२) ले पनि शिक्षाको गुणस्तर लाई अभिव्यक्त गर्छन् ।  

अवश्य पनि विद्यार्थीको प्राज्ञिक उपलब्धि र क्षमता रराम्रो हुनुपर्छ । तर यो नै सबैथोक भने होइन । कुनै डाक्टर कुशल छ, छिटै रोग पत्ता ल गाउँछ र निवारण हुने औषधि पनि दिन्छ; तर त्यो बिरामीसित रराम्रो व्यवहार गर्दैन अथवा बिरामीको दुः ख बुझन कोसिस गर्दैन भने त्यो डाक्टर असल कहलिन सक्दैन । तीक्ष्ण बुद्धि र रराम्रो क्षमता भएको इन्जिनियर छ, तर सडक बनाउँदा पैसाको लोभमा जस्तो नक्सा पनि स्वीकृत गरिदिन्छ भने त्यो इन्जिनियरको प्राज्ञिक क्षमताको के अर्थ ? पेशागत धर्म र मुख्य रूपमा मानवीयतालाई केन्द्रमा राखेर मानिस चल्दैन भने उसले पाएको शिक्षा गुणस्तरीय होइन । शिक्षाले मानवीयतालाई केन्द्रमा राखेर जीवन चलाउन सिकाउनै पर्छ ।

विद्यार्थीहरूले ठूलो भइसकेपछि के काम कसरी गरे भन्ने कुरा पनि शिक्षाको स्तर मापन गर्ने एउटा आधार हुनसक्छ । पढाइ सकेपछि ती विद्यार्थीहरूले कहाँ काम गरे ? कस्तो काम गरे ? कसरी काम गरे ? अरूको भन्दा भिन्न र रराम्रो के गरे ? भन्ने कुरा लाई मूल्याङ्कनको एउटा कसी बनाउन सकिन्छ । त्यसै गरी अन्तर्राष्ट्रिय रूपमा उनीहरूको प्रतिस्पर्धा क्षमता र काम पनि मूल्याङ्कनको एउटा महत्वपूर्ण सूचक हो । त्यस बाहेक जीवनशैली, सोच्ने तरिका, अरू मानिससितको व्यवहार आदि कोणबाट पनि उनीहरूले स्कूलमा पाएको शिक्षाको स्तर आकलन गर्न सकिन्छ ।

शिक्षाले मानिसलाई दिनै पर्ने एउटा महत्वपूर्ण कुरा हो, हरबखत खोज गर्ने तत्परता र कौशल । उदाहरणका लागि एक जना अमेरिकी किशोर पोखरा घुम्न आउने भयो भने उसले सर्वप्रथम पोखराको बारेमा उहीँ बसेरै आधारभूत जानकारी सङ्कलन गर्छ । त्यहाँको तापक्रम, हावापानी, भूगोल, संस्कृति, भेषभूषा देखि पोखरामा पाँच दिन उत्कृष्ट तरिकाले बिताउनका लागि जानुपर्ने ठाउँ र गर्नु पर्ने कामहरूसम्म उसले आउनुअघि नै अनुसन्धानबाट पत्ता लगाइसकेको हुन्छ । तर हामी काठमाडौं या देशका अन्य भागका मानिसहरू पोखरा जाने भयौँ भने कुनै शोधकार्य गर्दैनौँ । हामीले यसो न गर्नु को मुख्य कारण हो, हराम्रो स्कूलले हामीलाई त्यसो गर्न कहिल्यै सिकाएन । केही शिक्षकहरूले तर्क गर्न सक्छन्, “हामीले त सिकाएकै हो, तर विद्यार्थीले त्यसलाई अनुसरण गर्दैनन् ।” यसो भन्ने शिक्षकहरूलाई मेरो विनम्र जवाफ हुने गर्छ, “जबसम्म विद्यार्थीले तपाईंले सिकाएका कुरा आफ्नो जीवनमा लागू गर्दैनन्, तबसम्म तपाईंले सिकाएकै ठहर्दैन । किनभने विद्यार्थीलाई ज्ञान र सीप मात्र होइन, जानेका कुरा ब्यवहारमा कार्यान्वयन गर्ने अभिवृत्ति दिने जिम्मेवारी पनि शिक्षककै हो ।” यसर्थ शिक्षक मित्रहरूले ध्यान दिनुपर्छ, “तपाईंको ‘लेक्चर’बाट होइन, तपाईंको कार्यशैली र गतिविधिबाट विद्यार्थीले बढी सिकिरहेको हुन्छ ।”

आजकाल महँगा निजी विद्यालयमा पढेका हाम्रा अधिकांश विद्यार्थीले युरोप र अमेरिका जस्ता विकसित देशमा उच्च शिक्षा पढ्न जाने र बाँकी जीवन उतै बिताउने लक्ष्य राख्ने गरेको पाइन्छ । तर यस्तो सोचाइ बालबालिकामा जन्मजात आउने होइन । यो त स्कूल र घरले बनाइदिएको विचार हो । अझ् कतिपयमा त आफ्नै देश र समाज प्रति बेवास्ता गरेको पनि भेटिन्छ । गुणस्तरीय शिक्षाले केटाकेटीहरूलाई आफ्नो, आफू उभिएको ठाउँको, समाज को वास्तविक स्वरुप पहिचान गर्न मद्दत गर्छ; यसबाट टाढिन होइन । आफ्नो परिवार, समाज , संस्कृति, राष्ट्रिय परिवेश बुझेका व्यक्तिहरू जहाँ गए पनि आफ्नोपन र पहिचान यथावत् राख्न सक्छन् । उनीहरू शिशिरकालमा सुकेर खसेका पातहरू जस्तै अरुको हाहामा बरालिन जान्दैनन् । उनीहरूलाई जहाँ गए पनि पछि ‘म को हुँ’ भन्ने अस्तित्वमुखी ९भ्हष्कतभलतष्ब०ि प्रश्नले सताउँदैन । त्यसैले गुणस्तरीय शिक्षाले विद्यार्थीहरूलाई अङ्ग्रेजी, गणित, विज्ञान जस्ता विषयहरूमा उत्कृष्ट मार्क ल्याउन मात्र मद्दत न गरी उनीहरूलाई आफ्नो यथार्थ बुझने बनाउँछ, बुझेर संवेदनशील बनाउँछ ।  

संसार आज यति अगाडि बढिसकेको छ कि अब यहाँ शाश्वत सत्य (अल्टिमेट ट्रूथ) भन्ने कुरा शायद छैन । विज्ञानका हकमा समेत यही कुरा लागू हुन थालेको छ । ३० वर्षअघिसम्म सत्यसम्म पुग्ने एक मात्र बाटो विज्ञान नै हो भन्ने मानिन्थ्यो भने यता आएर त्यो धारणामा फेरबदल आइसकेको छ । अब विज्ञानलाई सत्यसम्म पुग्ने ‘एउटै मात्र बाटो’ होइन, ‘एउटा बाटो’ भनेर स्वीकार गर्न थालिएको छ । दुनियाँमा घट्ने परिघटनाका कारण र असर बुझन हाम्रा आँखा मात्र पर्याप्त नहुने रहेछन् भन्ने कुरा को बोध स्वयं वैज्ञानिकहरूलाई भइसकेको छ । यस्तो अवस्थामा, हराम्रो शिक्षाले केटाकेटीलाई एउटा संरचनामा मात्र बस्न र हेर्न सिकाउने होइन, कुनै पनि कुरा लाई धेरै पक्षबाट हेर्ने, विश्लेषण गर्ने र आफैँ निर्णयमा पुग्ने ज्ञान र सीप दिनु जरुरी भइसकेको छ । शिक्षाको काम मूलतः विद्यार्थीहरूलाई उनीहरूको मस्तिष्कलाई सधैँ खुला राख्न सिकाउने हो, ताकि उसले हरबखत चौतर्फी हेर्न सकोस् र त्यस क्रममा देखि एका कुरा हरूलाई खुला दिलले स्वीकार गर्न सकोस् । उसले दुई चारपल्ट देखेको वा परीक्षण गरे कै भरमा ‘यही अन्तिम सत्य हो’ भनेर खोज्न, हेर्न र सिक्न बन्द नगरोस् । उसले देखेको वा ठानेको सत्य आफैँमा पूर्ण नभई त्यसको एउटा पक्ष मात्र हुनसक्छ । उसले देखेको भन्दाबाहेक पनि अनेकन् सत्य हुनसक्छन् । दिमागलाई खुल्ला राखेर मात्र नयाँ नयाँ सत्यको उद्बोधन गर्न सकिन्छ, नयाँ नयाँ कुरा सिक्न सकिन्छ ।

हराम्रो विद्यमान परीक्षा प्रणालीले माथि चर्चा गरिएका ज्ञान, सीप र अभिवृत्ति पक्षका प्रायः कुनै पनि कुरा को परीक्षण गर्दैन । विद्यार्थीको स्मरणशक्ति कति रहेछ भनेर मात्र जाँच्छ । त्यसैले; एसएलसीको परीक्षामा विशिष्ट श्रेणी आएकै भरमा आफूले ‘स्तरीय शिक्षा दिएको’ दाबी गर्न कसैले पनि मिल्दैन । एसएलसी मात्र होइन, त्यसभन्दा माथि र तलका परीक्षाको हविगत पनि उस्तै छ । त्यसैले, अब तलबाट शिक्षकहरूले र माथिबाट नीतिनिर्माताहरूले एक साथ पाठ्यक्रम, सिकाउने तरिका र परीक्षा प्रणाली माथि घोत्लिएर पुनर्मूल्याङ्कन गर्नु ढिलो हुन लागिसकेको छ । किनभने हामीले एक्काइसौं शताब्दीको विश्वसित प्रतिस्पर्धा पनि गर्नु छ ।

commercial commercial commercial commercial