समावेशी समाजः कक्षाकोठाबाट शुरु गरौं

अब समय बदलिएको छ । संसार फराकिलो भएको छ । सभ्यता, संस्कृति संयुक्त बन्दै गएको छ । यसै अनुसार शिक्षकले आफूलाई मात्र होइन, सम्पूर्ण स्कूलको वातावरणलाई समावेशी बनाउँदै लैजानुपर्छ ।

समावेशीकरण (inclusion) अहिले विश्वमै बढी छलफल मा आइरहेको शब्द हो । विशेषतः बहुजातीय, बहुभाषिक समाज र राष्ट्रहरूमा यो जल्दोबल्दो विषय भइरहेको छ । भाषा, संस्कृति एवं जातीय विविधताको लागि नेपाल विश्वमै सम्पन्न देशहरूमध्ये पर्छ । नेपालको वर्तमान राजनीतिक परिवर्तनले मागेको नयाँ शासकीय स्वरुप तथा राज्य पुनर्संरचनाको मुख्य मुद्दा पनि भाषा, संस्कृति एवं जातीय आधार र सङ्घीय संरचना हो । आज सयौँ वर्षसम्म दबिएर रहेको भाषा, संस्कृति र जातित्वको पहिचान एवं हराएको सम्मान को खोजीमा व्यापक दौडधुप भइरहेको छ । विविधतालाई ‘सम्पत्ति’ मान्नुको साटो ‘विपत्ति’ मान्ने अधिनायकवादी सोच र संस्कृतिले अल्पसङ्ख्यक जाति र भाषाहरूलाई पीडा दिएकै हो विगतमा । तर आजको चेतना र परिवर्तनको सङ्क्रमणकालमा त्यही विगतलाई प्रतिशोधमा बदलेर केही अराजनीतिक नेता/कार्यकर्ताहरू आ–आफ्नो स्वार्थका लागि जातीय एवं भाषिक द्वन्द्वको बीउ छर्दैछन् । यस्तो कलहको बीउ उम्रँदै फैलँदै गयो भने अर्को पुस्ताले गृह युद्ध भोग्नुपर्नेछ । त्यतिवेला सबै जातले हार्नेछन्, सबै भाषाहरू रुनेछन् आ–आफ्नै लयमा ।

अर्को पुस्ता, जसमा अथाह जोश–जाँगर र शक्ति छ, त्यो हो अहिलेको विद्यार्थी । ती विद्यार्थीका मार्गदर्शक अहिलेका शिक्षक हुन् । विविधतालाई ‘संयोग’ र ‘सम्पत्ति’ को रूपमा प्रयोग गर्नु पर्छ शिक्षकले ।

मैले पढेको विद्यालय क्षेत्रमा गैर बाहुनहरूको बाहुल्य थियो । विशेष गरी मगर, गुरुङ, चनेपाङ, नेवार, दमाई, कामी, सार्की र एकाध मुस्लिम पनि थिए । विद्यालयका शिक्षकहरू अधिकांश बाहुन नै थिए । उनीहरू स्वाभाविकरूपमै जातीय भाषिक भिन्नताप्रति संवेदनशील थिएनन् ।

कक्षा ४ मा एकजना मगर केटा हराम्रो साथी थियो, पढाइमा राम्रै थियो । एकदिन शिक्षकले किताबको कुनै पाठ एक–एक गरी पढ्न लगाए सबैलाई । त्यो मगर केटो पनि पढ्दै गयो र भन्यो, “गु¥हुले जोत्ने काम गर्छ ।” पढाउने नेपालीकै गुरु थिए । उनले झ्र्किएर भने, “धत्, गोरुले जोत्ने काम गर्छ भन्... ।”
विद्यार्थी झ्स्कियो । गुरुले प्रयोग गरेकोगालीको शब्दले उसलाई हीनताबोधगरायो । तैपनि दुः खी हुँदै उसले दोहो¥यायो, “ गुरुले जोत्ने काम गर्छ ।”
यसपटक गुरुले उठेर झपड हान्दै भने, “बस्..., तैँले पढेर खाँदैनस् !”

तर त्यहाँ नपढीकन खाएका चाहिँ ती गुरुले थिए । उनले जान्नुपथ्र्यो, सोच्नुपथ्र्यो कि मगरहरू गोरुलाई ‘गु¥हु’ भन्ने गर्छन् भनेर । मगर केटोले जन्मे देखि त्यही सुनेको छ, त्यही बोलेको छ । त्यस्तै, ‘अ’ कार को ठाउँमा ‘आ’ कार उच्चारण गर्दा कतिलेगोदाइ खाए । शिक्षकलाई थाहा हुँदैनथ्यो कि मगर भाषामा ‘अ’ कार नै हुदैन भनेर । शिक्षकले बुझने प्रयासै गरेनन् कि गुरुङ–मगरहरू धेरै ‘ह’ कार ल्याउँछन् स्वर व्यञ्जनसँग ।
त्यो मगर केटाले पछि स्कूलै छाड्यो ।
८ कक्षा पढ्दापढ्दै स्कूल छाडेको एकजना चनेपाङले १२ वर्षपछि मसँग दुः ख पोख्दै भन्यो, “के गर्ने सर, त्यतिखेर रिस उठ्यो, दुः ख पनि लाग्यो, स्कूलै छाडिदिएँ ।”

के भएको थियो र भनी सोध्दा उसको जवाफ थियो, “हिसाब गर्न आएन, अनि कक्षामा सबै साथीहरूको अगाडि ‘चनेपाङले’नि के पढेर खान्छ, जङ्गलमा बस्ने जात’ भन्यो सरले । भोलिपल्ट देखि स्कूलै जान मन लागेन ।”

यस्ता अनगिन्ती गल्तीहरू कुनै रिस र प्रतिशोधवश नभई, वर्गीय परम्परा र अल्पज्ञानका परिणाम थिए । अझै छन् कतिपय ठाउँमा ।

अब समय बदलिएको छ । संसार फराकिलो भएको छ । सभ्यता, संस्कृति संयुक्त बन्दै गएको छ । यसै अनुसार शिक्षकले आफूलाई मात्र होइन, सम्पूर्ण स्कूलको वातावरणलाई समावेशी बनाउँदै लैजानुपर्छ ।

के हो त समावेशी भनेको ?
आजभोलि समावेशी भनेको जागिरको कोटा र नेतागिरी गर्ने कुर्सीका भागबण्डामा मात्र केन्द्रित कुरा हो कि भन्ने भान पनि पर्छ । तर, समावेशीकरण भनेको त्योभन्दा महत्वपूर्ण कुरा हो— एकापसमा सम्मान जनक व्यवहार ।

एकजना मगर विद्यार्थीले सिङ्गै मगर भाषा, संस्कृति र इतिहास बोकेको हुन्छ र त्यसै गरी एकजना चनेपाङ विद्यार्थीले पनि । सबै जातजाति र भाषाभाषीको महत्व र आत्मसम्मान उस्तै हुन्छ । एकले अर्कोबाट सम्मान जनक व्यवहार पाउनुपर्छ । विविधतामा ‘बाधा’ नदेखी ‘उत्सव, पर्व, इन्द्रेणी’ देख्न सक्नुपर्छ । यही संस्कार आजका शिक्षकले आफ्ना विद्यार्थीमा बसाइदिए भने हराम्रो जस्तो सयौँ जातजाति, भाषाभाषी भएको देश साँच्चै उत्सवमय बन्छ । अनेकता बीच एकता बलियो हुँदै जान्छ ।

नेपाल संघीयगणराज्यतिर जाने प्रायः निश्चित भइसकेको छ । भाषिक एवं जातीय आधारमा पनि गणराज्यहरू स्थापना हुने सम्भावना छ । यस सङ्क्रमणकालीन घडीमा युवापुस्तामाझ् भाषा, संस्कृति तथा जातजातिबीच समावेशीकरणको उत्कृष्ट रुप दिन शिक्षकले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । बाहुनवाद र खसभाषा मुर्दावादका नारा लगाउने प्रतिशोधपे्रमी, अवसरवादीहरू पनि छन् यहाँ । तर, डा.गोविन्द तुम्बाहाङ (कान्तिपुर , १० माघ, २०६७) लाई दोहोर्याउनै पर्छ यहाँ, “भौगोलिक, जातीय, सांस्कृतिक र भाषिक विविधता भएको नेपाल जस्तो मुलुकलाई एकताकोगाँठोमा बाँध्ने महत्वपूर्ण सूत्र भनेको नेपाली भाषा नै हो ।”


मगर केटो पढ्दै गयो र भन्यो, “गु¥हुले जोत्ने काम गर्छ ।” पढाउने नेपालीकै गुरु थिए । उनले झ्र्किएर भने, “धत्, गोरुले जोत्ने काम गर्छ भन्... ।” विद्यार्थी झ्स्कियो । गुरुले प्रयोग गरेकोगालीको शब्दले उसलाई हीनताबोधगरायो । तैपनि दुः खी हुँदै उसले दोहो¥यायो, “ गुरुले जोत्ने काम गर्छ ।” यसपटक गुरुले उठेर झपड हान्दै भने, “बस्..., तैँले पढेर खाँदैनस् !”

सामाजिक समावेशीकरणका महत्व र प्रक्रियाहरू विद्यालयस्तर का बालमस्तिष्क देखि भरिनु जरुरी छ । समावेशीकरण भनेको कुनै एउटा खास विधि वा उपाय होइन । यो त बृहत्तर सोच हो । जुनसुकै भाषा, जाति, रङ्ग, जुनसुकै क्षमता सबैले सबैका मूल्यमान्यता स्वीकार्नु र सबैलाई उचित स्थान, अवसर दिनु समावेशी हो । समावेशी शिक्षाको मूल मर्म पनि यही हो । शिक्षकले आफू मात्र विशेष हुन खोज्नु, राम्रा र चलाख विद्यार्थीलाई मात्र काखी च्याप्नु, क्षमताका आधारमा विभेद गर्नु अल्पज्ञानको प्रदर्शन मात्र हुन्छ ।

commercial commercial commercial commercial