समष्टिगत ज्ञानको स्रोत

भूगोल सरल विषय हो । यो दैनिक जीवनपद्धति पनि हो । यसलाई सर्वत्र अध्ययन गर्न सकिन्छः कक्षा भित्र–बाहिर । सहजसँग अध्ययन अध्यापन गर्न सकिन्छ । यसको अध्ययनले अन्य विधाका विषयवस्तु बुझन समेत सहयोग पुग्छ । यो आफू बसेको, भोगेको धर्तीको यथार्थको चित्रण हो ।

भूगोल किन ?
यो लेख (अघिल्लो अङ्क देखि ) यहाँसम्म आइपुग्दा छलफल गरिएका कुरा हरूले ‘भूगोल किन ?’ भन्ने प्रश्नलाई धेरै हदसम्म स्पष्ट पारिसकेको हुनुपर्छ । हामी सबै आ–आफ्नै संसार (भूगोल) मा बाँच्छौं । हिजो पनि हामी जस्ता थुप्रै मानव यही भूगोलमा थिए । भोलि पनि हाम्रा शाखासन्तानले यही धर्तीको कुनै खण्ड वा सिङ्गै धर्तीलाई ‘आफ्नो’ भनी पहिचान स्थापित गर्ने छन् । हामी सबैलाई यो धर्तीको माया छ । भोलिका सन्ततिलाई हामीले ‘आफ्नो’ भनी लिएको विरासत भन्दा रराम्रो बनाएर छोड्ने हामी सबैको दायित्व छ । तसर्थ; यही अर्थमा हामीले भूगोलको अध्ययन/अध्यापन गर्नु / गराउनु पर्छ । हामी बसेको संसार आफैंमा कस्तो छ र हामीभन्दा बाहिरको संसार कस्तो छ ? जानकारी लिनु–दिनु आवश्यक हुन्छ । ‘आफ्नो’ ठाउँको विशेषता, पुर्खाहरूसँग जोडिएको ऐतिहासिकता तथा सो स्थानसँग को आफ्नो पहिचान कसरी स्थापित भएको हो भन्ने कुरा जानकारी गराउन भूगोल नै उपयुक्त विषय हो । स्थानीय परिवेशको जानकारीपछि अन्य स्थान, अन्य समुदाय अनि आफ्नो स्थान र अर्को स्थान वा समुदायबीचको समान ता, असमान ता तथा अन्य पहिचानबारे बुझन सजिलो हुन्छ । रचनात्मक उमेरका विद्यार्थीहरूलाई कुनै पनि स्थान र मानव /मानव समुदायका बारेमा समष्टिगत ज्ञान दिने विषय भूगोल नै हो । अन्य धेरै विषयहरू कि प्रकृतिकेन्द्रित छन् कि मानव केन्द्रित । दुवैको अन्तरक्रियाका प्रतिफलको रूपमा विभिन्न तहका स्थान तथा प्रदेशहरूको विश्लेषणात्मक ज्ञान भूगोलबाट नै प्राप्त हुन्छ ।

सामाजिक न्याय, स्वतन्त्रता, प्रजातन्त्र, समावेशीकरण, समान अधिकार आदि आजका उच्चतम सामाजिक आदर्श हुन् । यस्ता आदर्शलाई व्यवहारमा उतार्ने विविध भौगोलिक क्षेत्र, त्यहाँको भू–भौतिक, सामाजिक तथा आर्थिक विशेषता र तिनको विविधताका बारेमा जानकारी आवश्यक हुन्छ । सीमान्तीकृत क्षेत्र, दुर्गम क्षेत्र, विपन्न क्षेत्र, पहुँच नपुगेको क्षेत्र अनि सीमान्तीकृत समूह, विपन्न समूह, पिछडिएको समुदाय, लोपोन्मुख समूह, पहुँच नभएका वर्ग, जाति आदि कुरा हरू आज सार्वजनिक बहसका नियमित खुराक भएका छन् । यस्ता क्षेत्र तथा समूहहरू देशको मान चित्रमा कतातिर केन्द्रित छन् ? यिनीहरूको यस्तोगति किन र कसरी भयो भन्ने कुरा को वस्तुनिष्ठ पहिचान र विश्लेषण गर्नु आवश्यक हुन्छ । भूगोल यस्तै यस्तै विषयवस्तुको जानकारीसँग सम्बन्धित छ ।

दुनियाँमा असमान ता छ– प्राकृतिक वातावरणमा, सामाजिक वातावरणमा, मानव बसोबासमा, जीविकोपार्जनका पद्धतिमा, चालचलनमा, व्यवहारमा, विकास मा, सोचाइमा... आदि । यी असमान ता अन्तरक्षेत्रीय तथा आन्तरिक दुवै किसिमका छन् । यस्तै असमान ताले नै प्रत्येक स्थानको विशिष्ट पहिचान कायम हुन जान्छ । यिनै असमान ताहरूको विश्लेषण गर्नु भूगोलको उद्देश्य हो । सभ्य समाज को एउटा नागरिकलाई यस्ता कुरा को जानकारी हुनु जरुरी हुन्छ ताकि यस्ता असमान तालाई सम्बोधन गर्न सकियोस् ।

समसामयिक घटनाहरू प्रायः स्थानसँग नै सम्बन्धित रहन्छन्– चाहे त्यो इण्डोनेशियाको ज्वालामुखी होस् वा सुनामी, बग्दाद शहरमा विद्रोहीको आक्रमणबाट भएको मृत्यु होस् वा काठमाडौँमा सवारी दुर्घटना अथवा विशिष्ट व्यक्तिको विदेश भ्रमण होस् वा खेलकुद । भूगोलको अध्ययनले यस्ता घटनालाई सापेक्षिक, सान्दर्भिक तथा दीर्घकालीन रूपमा बुझन र मनन् गर्न सहज तुल्याउँछ । यसै गरी युद्धकाल होस् वा शान्तिकाल, राज्यहरू जुट्ने क्रममा होस् वा टुट्ने क्रममा, भूगोल काम लाग्छ । समयको प्रवाहसँगै विश्व मान चित्र बदलिइरहेका छन्, नयाँ राज्यहरू बन्दैछन्, सीमाहरू कोरिँदैछन् अनि मेटिँदै पनि छन् । यी सबै बदलिँदो विश्वका मान चित्रभित्र भूगोल जीवन्त रहेकै छ र यी सबै मानव –स्थान अन्तरक्रियाकै प्रतिफल हुन् जुन अकण्टक चलिनैरहन्छ ।

भूगोलसँग इतिहास ज्यादै नजिकको सम्बन्ध राख्छ । कुनै पनि स्थानको विश्लेषण गर्नु पर्दा त्यसको इतिहास केलाउनै पर्छ । सर्वसाधारणको जीवनकहानी र पुर्खाहरूको जीविकोपार्जन पद्धतिको चर्चा गर्नैपर्छ । आज विकसित स्थानगत विशिष्टतामा ‘हिजो’को ठूलो देन रहन्छ । त्यसलाई बुझनु अपरिहार्य हुन्छ । विधागत रूपमा विषयवस्तुमा दिइने जोडका आधारमा कहिलेकाहीँ भन्ने गरिन्छ, ‘भूगोल रङ्गमञ्च हो भने इतिहास नाटक ।’ अझ् कतिपयले भनेको सुनिन्छ, ‘भूगोल मान चित्रसँग रमाउँछ अनि इतिहास मानिससँग ’ (Geography deals with maps and history deals with chaps) । जेहोस्, आफ्ना देशका नागरिकहरू सचेत हुन्, आफ्नो मातृभूमिप्रति अपनत्वको भावना दृढ रूपमा राखुन् र अन्य देशका नागरिकहरूसँग प्रतिस्पर्धी बनुन् अनि राष्ट्रिय ताको मामलामा खरो उत्रन सक्ने बनुन् भन्ने चाहना राख्ने हो भने राज्यले कम्तीमा विद्यालय तहको शिक्षामा भूगोल विषयलाई अनिवार्य बनाउनै पर्छ । यस क्रममा इतिहासलाई पनि बिर्सन हुन्न ।

भूगोल विद्यालय तहमा पढाइने अन्य धेरै विषयहरू  बुझाउन पनि सहयोगी हुन्छ । इतिहासका घटनाहरू पढाउँदा तिनीहरूलाई मान चित्र देखाएर औंल्याउँदा तथा यस्ता घटना घटेका स्थानका भौगोलिक विशेषताहरूसँग जोडेर पढाउँदा इतिहासको अध्यापन प्रभावकारी हुनसक्छ । यसै गरी वातावरण विषयका विषयवस्तु पनि स्थानविशेषको भौगोलिक पहिचानपछि नै सहज रूपमा आत्मसात् हुनसक्छन् । जनसङ्ख्या विधाका थुप्रै विषयवस्तु पनि भौगोलिक यथार्थमा जोडिएका हुन्छन् । स्थानविशेषका आ–आफ्नै जनसाङ्ख्यिक विशेषता हुनसक्छन् । हराम्रो देशमा तराई/मधेश, पहाड, हिमालका कतिपय मुद्दाहरू आ–आफ्नै किसिमका छन् । ‘यस्तो किन हुन्छ ?’ लगायतका कुरा हरू बुझाउन पनि भूगोलको जानकारी अत्यावश्यक हुन्छ । यसै गरी जनस्वास्थ्यका, विज्ञान–प्रविधिका, स्थानीय भाषिक तथा सांस्कृतिक विविधताका विषयवस्तुहरूको प्रभावकारी विश्लेषणमा पनि भूगोलको जानकारी आवश्यक पर्छ ।

नेपालमा भूगोलको पठनपाठन
नेपालमा भूगोलको पढाइको कुरा गर्दा राजा जय पृथ्वीबहादुर सिंहको नाम आउने गर्छ । राणा प्रधानमन्त्री देव शमशेरका नातेदार यी बझङे स्रष्टाले कलकत्ताको अध्ययनपछि नेपालमा भूगोल पढाउन सहयोगी पुस्तिका तयार पारेको र पठनपाठन शुरु गराए को पाइन्छ । देव शमशेरले शुरु गरेको तात्कालीन शिक्षा प्रणालीमा गणितका साथै भूगोल र इतिहास विषय पनि पाठ्यक्रममा समावेश गरिएको थियो । माध्यमिक तहमा सङ्गठित विषयको रूपमा भने सन् १९३४ मा एसएलसी बोर्ड स्थापना भएपछि मात्र भूगोलले स्थान पायो । पछि गएर भूगोललाई साधारण र संस्कृत विद्यालयहरूमा पनि समावेश गरिएको पाइन्छ । सन् १९५० सम्म भूगोल विषय एसएलसी बोर्डमा १०० पूर्णाङ्क र ३० उत्तीर्णाङ्कसहित अनिवार्य विषयको रूपमा स्थापित थियो । १९५१ को विद्यालयस्तरीय पाठ्यक्रम परिमार्जनपछि भूगोल अतिरिक्त इच्छाधीनको रूपमा रह्यो ।

शिक्षण सीपयुक्त शिक्षक उत्पादन गरी विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्य लिएर सन् १९५६ मा स्थापित कलेज अफ एजुकेशन को पठनपाठनमा भूगोल, इतिहास जस्ता विषयको प्रशिक्षण सामाजिक शिक्षाअन्तर्गत परयो । सन् १९६५ मा कक्षा ९ र १० को पाठ्यक्रम सुधार गरियो । जसअन्तर्गत एसएलसी परीक्षामा सामाजिक–विज्ञानतर्फ भूगोल अथवा इतिहासमध्ये एक विषय लिनुपर्ने व्यवस्था भयो । पूर्णाङ्क १०० नै कायम रह्यो । यति मात्र होइन अतिरिक्त इच्छाधीन विषयका रूपमा ‘वाणिज्य भूगोल’ पनि समावेश भयो । उता बहुउद्देश्यीय माध्यमिक विद्यालयहरूले भने अतिरिक्त इच्छाधीनका रूपमा भूगोल पढाए जसको पूर्णाङ्क १०० र उत्तीर्णाङ्क २५ थियो ।

नयाँ शिक्षा योजना– २०२८ लागू भएपछि भूगोल विषय सामाजिक शिक्षाको अङ्गका रूपमा पहिलेको भन्दा आधा पाठ्यांश भारमा सीमित भयो । समय क्रममा; प्रवेशिका परीक्षाको जम्मा पूर्णाङ्क १००० (वा ९००) बाट ७०० अनि पछि ८०० बन्ने क्रममा भूगोल पनि खुम्चिँदै गयो । सामाजिक शिक्षा (१०० पूर्णाङ्क) भित्र आधा र एकतिहाई हुँदै अहिले झण्डै झण्डै एकचौथाईतिर झ्रेको छ भूगोलको पाठ्यभार । कुनै समयमा साधारणतर्फको माध्यमिक तहमा ११.१ प्रतिशतको पाठ्यभार प्राप्त गरेको भूगोल अहिले ८०० पूर्णाङ्कको प्रवेशिका परीक्षामा बढीमा ४.१ प्रतिशत र कम्तीमा ३.१ प्रतिशतको भारमा सीमित छ । हुनत; पाठ्यक्रमको खाकाभित्र इच्छाधीन विषयको रूपमा १०० पूर्णाङ्कको विषयको रूपमा यसको उल्लेख छँदैछ ।

स्थानीय तहमा दक्ष जनशक्तिको अभावले गर्दा भूगोल पढाइने गरेका विद्यालयका विद्यार्थीहरूको प्राप्ताङ्क कम हुने गरेकाले विद्यार्थीमा ‘भूगोल पढ्दा कम अङ्क आउँछ; अरू विषय पढे बढी अङ्क प्राप्त गर्न सकिन्छ’ भन्ने भ्रम परेको छ । यसका अतिरिक्त अहिलेको अङ्क गणितीय मूल्याङ्कन पद्धति र उच्च शिक्षा वा सेवा प्रवेशमा कति प्रतिशत ल्याई पास गरेको छ भन्ने कुरा महत्वपूर्ण हुने परिस्थितिमा भूगोल किनारा लाग्नु अस्वाभाविक लाग्दैन । आफ्नो मूल्याङ्कन उच्च होस् भन्ने चाहनालाई अन्यथा भन्न पनि मिल्दैन । विद्यार्थीले उच्च अङ्क प्राप्त गर्ने विषय पाएसम्म कसले ध्यान दिने–कुन विषयको ज्ञान सो तहका जनशक्तिका लागि अत्यावश्यक छ भनेर । कसलाई चाहियो भूगोल र इतिहास ?

विदेशी सहयोगमा पाठ्यक्रम बन्ने, वैदेशिक तालिम प्राप्त हुने आदि मोहकै कारणले कम्तीमा माध्यमिक तहसम्म भूगोलकै विषयवस्तुभित्र समेटिई दीर्घकालीन लक्ष्य प्राप्त गर्न सकिने वातावरण, जनसङ्ख्या जस्ता विषयवस्तुहरू स्वतन्त्र अस्तित्वका रूपमा समावेश गरिए । तर के हामीलाई समष्टिगत ज्ञान चाहिँदैन ? चाहिने भए माध्यमिक/उच्च माध्यमिक तह पास गरेको यो देशको नागरिकले यो देशको भूगोल जान्नुपर्ने कि नपर्ने ? इतिहास जान्नुपर्ने कि नपर्ने ? के विशिष्ट श्रेणीको अंक ल्याई माध्यमिक वा उच्च माध्यमिक तह पास गर्दैमा राष्ट्र र राष्ट्रिय ताको ज्ञाता बनिन्छ ? यस्ता ‘ग्य्राजुएट’हरूको राष्ट्रप्रति जिम्मेवारी हुँदैन ? उनीहरूलाई जिम्मेवार बनाउन आवश्यक विषयहरू दिई जग बलियो बनाउँदा के बिग्रन्छ ? हिजो मात्र १००० वा ९०० पूर्णाङ्कमा एसएलसी पास गर्दा हुने अहिले भूगोल र इतिहास समावेश गरी कम्तीमा अर्को १०० पूर्णाङ्क थप गरी ९०० पूर्णाङ्क पु¥याउँदा के बिग्रन्छ ? विद्यार्थीमा उच्चतम अङ्क पाइन्न कि भन्ने आशङ्का हटाउन र यसका लागि सहज परिस्थिति बनाउन सकिन्न र ? अवश्य सकिन्छ, यदि राख्नुपर्नेले समष्टिगत सोचाइ राखिदिएमा ।

भूगोल अध्यापनको सहजीकरण
एक हिसाबले भूगोल सजिलो विषय र यो विषय रोचक किसिमले पढाउन सकिन्छ । भूगोल अध्यापन गर्ने कुनै निश्चित सूत्र वा जादुको छडी भने शायद कसैसँग पनि छैन । शिक्षकमा अनुभव बढ्दै गएपछि आ–आफ्नै तरिकाले विषयवस्तु बुझाउन सकिन्छ । पुस्तकका सूत्र अथवा अरूले सिकाएका मन्त्रहरू सुरुआतका लागि मात्र हुन्छन् । परिस्थितिजन्य सूत्रहरू शिक्षक आफैँले तयार गर्ने हो । अहिलेको अवस्थामा कुनै सूत्र छन् भने ती हुन्ः (क) भूगोलका अध्यापकमा यो एउटा चाखलाग्दो विषय हो र यसका विषयवस्तु सरल र सहज तरिकाले विद्यार्थीलाई बुझाउन सकिन्छ भन्ने आत्मविश्वास र, (ख) विद्यार्थीहरूमा सामाजिक विज्ञानका विषयहरूमध्ये यसको विषयवस्तु बुझन गाह्रो छैन भन्ने कुरा को सञ्चार । भूगोलको मर्म बुझने अध्यापकका लागि यति नै प्रशस्त हुन्छ । पढाउने पद्धति, आवश्यक शैक्षिक सामग्री तथा उपयुक्त वातावरण बनाउने कुरा गौण हुन् ।

विद्यार्थी र शिक्षक मिलेर विद्यालय परिसर तथा छरछिमेकको वातावरणबाटै भूगोलका अधिकांश शैक्षिक सामग्री तयार गर्न तथा उदाहरण प्रस्तुत गर्न सकिन्छ । भूगोलको मर्म भनेकै मानिसको दैनिक जीवनको यथार्थ चित्रण हो । विद्यार्थीको घर वरिपरिको वातावरण, विद्यालय परिसरको यथार्थ र छरछिमेको परिस्थितिलाई राम्ररी चित्रण गराउन सक्ने हो भने विद्यालयस्तर को भूगोलका अधिकांश विषयवस्तु सजिलैसँग बुझाउन सकिन्छ । यो कुरा भूगोलको भौतिक पक्षको विषयवस्तु मात्र होइन मानवीय पक्षको विषयवस्तुमा पनि लागू हुन्छ । कक्षाकोठाको कुरा गर्ने हो भने एउटाग्लोब ९नयिदभ० र केही साधारण मान चित्रहरू मात्रै भए पनि थुप्रै कुरा हरू बुझाउन सकिन्छ । पृथ्वीको आकार,गोलाद्र्ध, जमिन र पानीको अनुपात, अक्षांश, देशान्तर, महादेशीय विस्तार, महासागर, पर्वत शृङ्खला, कटिबन्ध ९द्ययलभक०, ध्रुवीय र भूमध्यरेखीय क्षेत्रका विशेषता लगायत थुपै्र कुरा हरूग्लोबको सहायताले बुझाउन र आत्मसात् गराउन सकिन्छ ।ग्लोबको सहायताले पृथ्वीको एक पाटो वा खण्डमा दिन हुने र अर्को पाटोमा रात हुने कुरा सहजै सम्झउन सकिन्छ । यसै गरीग्लोबलाई विस्तारै पश्चिमबाट पूर्वतिर घुमाएर मात्रै पनि किन पृथ्वीको पूर्वीगोलाद्र्धमा अवस्थित क्षेत्रहरूमा समय छिटो हुन्छ अर्थात् सूर्य पहिले उदाउँछ र कसरी पश्चिमतिर का भागहरूमा समय ढिलो हुन्छ भन्ने कुरा झयालको उज्यालो अथवा बत्ती वा फ्ल्यास लाइटको सहायताले बुझाउन सकिन्छ ।
कहिलेकाहीँ सामाजिक विज्ञानका विषयहरूमध्ये ‘भूगोल अलि गाह्रो’ भन्ने चर्चा गरेको सुनिन्छ । यस्ता चर्चाहरू विषय बाहिरबाट भन्दा पनि विषयगत अध्येताहरूबाट नै आउने गरेको पाइन्छ । यस्तो अवस्थामा शिक्षकले दुइटा विकल्पलाई तुलनात्मकरूपले विश्लेषण गरी एउटा रोज्नुपर्ने हुन्छ । पहिलो ; कक्षामा विद्यार्थीलाई ‘भूगोल निकै कडा विषय हो; त्यसैले विशेष ध्यान दिनुपर्छ’ भनी अनुशासन कायम गरी अघि बढ्ने । दोस्रो; यो विषय सरल र व्यावहारिक विषय हो, जटिल छैन, सजिलै बुझन सकिन्छ भनी आत्मविश्वास बढाएर अघि बढ्ने । सामान्यतः विद्यार्थीहरूमा कुनै पनि विषय सरल हुन्छ, त्यसको विषयवस्तु कहिलेकाहीँ जटिल नै भए पनि सहज तरिकाले बुझन सकिन्छ भन्ने मनोविज्ञान विकास गर्न सकियो भने नै पठनपाठन सहज हुन्छ र यही बाटोले विद्यार्थीमा दीर्घकालीन छाप दिन सक्छ ।

भूगोल अध्यापनका विधि र पद्धतिका बारेमा थुप्रै पुस्तक प्रकाशित छन् । त्यसमध्ये अधिकांश प्राविधिक र औपचारिक किसिमका छन् । शायद हाम्रा पाठ्यपुस्तकमा दिइएका भूगोलका विषयवस्तुलाई सोही रूपमा पढाउन ती विधिहरूको उपयोगिता पनि छ । भूगोल पढाउने अधिकांश शिक्षकहरू शिक्षा सङ्काय अन्तर्गतका उपाधिहरूबाट दीक्षित समेत हुनुहुन्छ । त्यसकारण विषयगत र सङ्कायगत विधिहरूको सङ्गमबाट कक्षागत अध्यापन सरस र जीवन्त बनाउन खासै गाह्रो छैन । यस्तो प्रयास भइरहेकै पनि छ । फेरि, भूगोल शिक्षकले सम्बन्धित पाठ्यपुस्तकलाई हुबहु कक्षामा उतार्नुपर्छ भन्ने पनि छैन । पाठ्यपुस्तकका विषयवस्तुलाई समेट्ने गरी व्यावहारिक र सृजनशील किसिमले अध्यापन सहजीकरण गर्न सकिन्छ ।
यस सन्दर्भमा मैले अध्ययन गरेका दुईवटा पुस्तक मननयोग्य ठान्छु । पहिलो ; नेहरूका पत्र हरू अर्थात् पिताजीको पत्र छोरीलाई (Letters from a Father to his Daughter) । भारतको स्वतन्त्रता आन्दोलनमा संलग्न भएवापत थुनामा परेका वेला पं. जवाहरलाल नेहरूले आफ्नी छोरी ईन्दिरा (गान्धी)लाई जेलबाट लेखेका पत्रहरूको यो सँगालोको पहिलो पाठ छ— प्रकृतिको पुस्तक  (The Book of Nature) । यसमा उल्लिखित मर्म झै भूगोल विषयका लागि पनि वास्तवमा ‘प्रकृतिको पुस्तक’ नै असल पाठ्यपुस्तक हुनसक्छ र खाँट्टी भूगोल यही पुस्तकमार्फत पढाउन सकिन्छ र पढाउनु पनि पर्छ । दोस्रो पुस्तक हो—गिजुभाईको दिवास्वप्न । शुरु मागुजराती भाषामा लेखिएको यो एउटा अनौठो शैक्षणिक कहानीको पुस्तक हो । माथि उल्लिखित दुईवटा पुस्तकमध्ये पहिलो पुस्तकको पाठ भूगोलका लागि लेखिएको नभए पनि यसले गरेको दिशानिर्देश मननयोग्य छ । दोस्रो पुस्तकले विविध विषय समेट्छ जसमध्ये भूगोल पनि एक हो तर यसको मूल मर्म भने अध्यापन विधिसँग सम्बन्धित छ । मुख्यतः यसमा कसरी पाठ्यक्रमका विषयवस्तुलाई कथा शैलीमा ढालेर रोचक ढङ्गले विद्यार्थीलाई बुझाउन सकिन्छ भन्ने कुरा लेखकको जीवन्त अनुभवमार्फत प्रस्तुत गरिएको छ ।

भूगोल अध्यापन सहजीकरणका चार प्रक्रिया
अवलोकन, यात्रा कथा र दैनिकी—यी चार प्रक्रिया वा विधिमार्फत भूगोलका अधिकांश विषयवस्तुको अध्यापनलाई सहजीकरण गर्न सकिन्छ । अवलोकन भन्नाले कुनै स्थान विशेषका विशेषताको गहन हेराइ तथा विश्लेषण भन्ने बुझनुपर्छ । माथि (शिक्षक को अघिल्लो अङ्क) उल्लेख भएझै प्रकृति र मानव को अन्तरक्रियामार्फत कुनै पनि स्थानले आफ्नो विशेष पहिचान स्थापित गरेको हुन्छ । गाउँ, बस्ती, शहर, विद्यालय क्षेत्र, कृषि क्षेत्र, सडक, औद्योगिक क्षेत्र, राजधानी, जङ्गल क्षेत्र आदि मानव –प्रकृति (स्थान) अन्तरक्रियामार्फत सिर्जित स्थान–पहिचान  (place identity) हुन् । सामान्य अवलोकन गरी कुनै स्थानविशेषको विशेषता वर्णन गर्दा विद्यार्थीमा कुनै पनि ठाउँ वा क्षेत्र एउटा स्थिर वस्तु  (statitic entity) जस्तो भान पर्न सक्छ । र सो स्थान एक स्थिर उपज  (place as product) हो भन्ने अवधारणा स्थापित हुनजान्छ । तर गहन अवलोकन गरी सो स्थानको विकास क्रमको विश्लेषण गर्दा यस्ता स्थानहरू चलायमान वस्तु (dynamic entity) को रूपमा मात्र चित्रण नभई स्थान (पहिचान) आफैं पद्धतिको  (place as process) रूपमा चित्रण गर्न सकिन्छ ।

यही अवधारणालाई विद्यालय परिसर (स्थान)को उदाहरण दिई हिजो सो स्थानको पहिचान के थियो— जङ्गल, खाली जग्गा, चौर, चरन, बगर, खेत, बारी र आज कसरी सोही स्थानले विद्यालय (क्षेत्र) को पहिचान पायो, भोलि के हुन सक्छ आदि कुरा हरू बुझाउन सकिन्छ । यसै गरी पाठ्यक्रममा उल्लेख भएका सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानका क्षेत्रहरू; जस्तै शहरी क्षेत्र, कृषि क्षेत्र (विशेष अन्न बालीका क्षेत्र, विशेष नगदे बालीका क्षेत्र आदि), औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, संरक्षण क्षेत्र, आरक्ष क्षेत्र, सीमान्त क्षेत्र— का विशेषता र अर्थ बुझाउन सकिन्छ ।

विद्यालय परिसर वा वरिपरिकै मात्र गहन अवलोकन गराए र पनि भूस्वरूपहरू— मैदान, पठार, पहाडका विकास र विशेषताहरू बुझाउन सकिन्छ । विद्यालयका छानाबाट खसेको वर्षाको पानीले जमिनमा ल्याएको परिवर्तनमार्फत क्षयीकरण लगायत पानीका कार्य तथा नदी प्रणालीको विकास र विकसित भू–आकृतिहरूको अवधारणा आत्मसात् गर्न मद्दत पुग्छ ।  
माथिको विवरणले कम्तीमा दुई कुरा स्पष्ट पार्छ— पहिलो ; प्रकृति (स्थान) आफैं भूगोलको मूल पुस्तक हो; यसलाई जति गहन अवलोकन गर्न– गराउन सकियो त्यति नै यसका पन्नाहरू पल्टिँदै जान्छन् र भूगोलको अध्ययन–अध्यापन उच्चस्तर मा पुग्छ । दोस्रो, भूगोलको अध्ययन–अध्यापन कक्षाकोठा भन्दा बाहिर जति सरल, सहज र रोचक हुन्छ त्यति कक्षा कोठाभित्र सम्भव हुँदैन । त्यसैले, विद्यालय प्रशासन र भूगोल शिक्षकले पाठ्यक्रममा उल्लिखित कक्षा घण्टीलाई केवल समयावधिको सङ्केतका रूपमा बुझनुपर्छ न कि कक्षा कोठाभित्र मात्र पढाउने समयका रूपमा ।

भूगोलको सहज अध्यापनका लागि– यात्रा दोस्रो महत्वपूर्ण प्रक्रिया हो । वास्तवमा भूगोलको विषयगत विकास को इतिहास पल्टाउने हो भने यात्रा र यात्रामार्फत प्राप्त स्थानका विवरणहरू यसका शुरु का मूल पाठ्य–विषय थिए । यात्रा भन्नासाथ कुनै न कुनै स्थान जोडिएर आइहाल्छ । सामान्यतः यात्रा भन्नाले धरतीको कुनै स्थान पार गर्ने अथवा यसको पहिचानबाट पे्रेरित भ्रमण भन्ने बुझन्छि चाहे त्यो जुनसुकै उद्देश्यले किन नहोस् । तर यहाँ भने यात्रालाई भौगोलिक विषयवस्तुको जानकारी लिने उद्देश्यबाट प्रेरित भ्रमण भन्ने अर्थमा लिइएको हो । यात्रा विधिमार्फत मानव –प्रकृति अन्तरक्रियाका विविधरूप, प्रक्रिया र उत्पादन (स्वरूप) हरूको सहज पहिचान र विश्लेषण तथा स्थायी (स्मरणीय) अवधारणा स्थापित गर्न सकिन्छ । यो स्वाभाविकरूपमै कक्षाकोठा बाहिरको क्रियाकलाप हो । तथापि यात्राका विवरणहरूलाई कक्षाकोठामा वर्णन गरेर कुनै स्थान वा मानव क्रियाकलाप को व्याख्या गर्न पनि सकिन्छ । साथै यस्ता विवरणहरूलाई कक्षामा शैक्षिक क्रियाकलाप को रूपमा अनुवाद गरी रोचक ढङ्गले प्रस्तुत गर्न पनि सकिन्छ । यात्रा विवरणमा उल्लिखित स्थानहरू विद्यार्थीलाई नक्सामा खोज्न लगाई त्यसमा वर्णित बाटा, भूस्वरूप र विशेष स्थलहरू पहिचान गर्न लगाई ती स्थल  (spot) हरू बीचका विशेषताबारे छलफल गराउन सकिन्छ । यसरी कक्षाकोठाभित्रैबाट पनि यात्राको जीवन्त वर्णन उतार्न सकिन्छ । अर्थात् यात्रा आफैंले गर्नु पर्ने र कक्षा बाहिर मात्रै यस्तो विधि सम्भव छ भन्ने होइन । आज विज्ञान र प्रविधिको विकास ले यात्रा विधिमार्फत प्राप्त गर्न सकिने भूगोलका विषयवस्तुलाई विना यात्रा नै कक्षाकोठामा उतार्न पनि सकिन्छ । यात्राका यथार्थलाई भिडियो क्यामेरामा कैद गरेर तयार पारिएका दस्तावेज कक्षाकोठामा प्रदर्शन गरेर थुप्रै विषयवस्तुको यथार्थ विवरण दिन सम्भव भएको छ । यस्तो प्रविधिले गर्दा भूगोलको अध्ययन–अध्यापन अझ् सहज भएको छ ।


युद्धकाल होस् वा शान्तिकाल, राज्यहरू जुट्ने क्रममा होस् वा टुट्ने क्रममा, भूगोल काम लाग्छ । समयको प्रवाहसँगै विश्व मान चित्र बदलिइरहेका छन्, नयाँ राज्यहरू बन्दैछन्, सीमाहरू कोरिँदैछन् अनि मेटिँदै पनि छन् । यी सबै बदलिँदो विश्वका मान चित्रभित्र भूगोल जीवन्त रहेकै छ ।

मान चित्र अथवा भिडियो दस्तावेज प्रयोग गरेर विद्यार्थीहरूलाई समूह–समूह बनाई यात्राको खेल पनि खेलाउन सकिन्छ । यात्रा शुरु हुने स्थानबाट अर्कोगन्तव्य स्थान कता पर्छ, कुन बाटो, कुन साधन, कुन नदी, कुन पहाड, कुन मैदान पार गर्नु पर्छ, कति समय, सो स्थानको के–कस्तो पहिचान छ, त्यहाँ कुन चिज कहाँबाट आउँछ, के जान्छ, कस्ता मान्छेको बसोबास छ, हामीभन्दा कति फरक वा समान आदि जस्ता जिज्ञासाहरू राखी दिएर भौगोलिक विषयवस्तुको दिगो छाप पार्न सकिन्छ । इन्टरनेटकागुगल–अर्थ जस्ता उपयोगी साइटको सदुपयोग हुनसक्दा पनि भूगोल अध्यापनमा सहजीकरण भएकै छ । तत्काललाई यस्ता प्रविधिहरूमाग्रामीण र सीमान्त क्षेत्रको पहुँच नहोला वा सीमित रहला । तैपनि विद्युतीय प्रविधिको विस्तारकोगति हेर्दाग्रामीण तथा दुर्गम क्षेत्रमा पनि यस किसिमको सुविधाको विस्तारमा आशावादी हुने प्रसस्त आधारहरू देखिंदैछन् ।
कक्षाकोठाको सन्दर्भमा कथा–कहानीको महत्व असीमित छ भन्ने सबैलाई जानकारी भएकै कुरा हो । यो कुरा भूगोलमा पनि लागू हुन्छ । कथावाचन प्रक्रियाबाट भूगोलका थुप्रै विषयवस्तु सहज रूपमा विद्यार्थीलाई बुझाउन सकिन्छ । यसका लागि भूगोलका अध्यापकहरू सिर्जनशील चाहिँ हुनै पर्छ । कथा विधि प्रयोग गरेर पृथ्वीको उत्पत्तिको विषयवस्तु, विविध भू–आकृतिको विकास को क्रम,ग्रह प्रणाली, पर्वत शृङ्खलाको निर्माण आदि विषयवस्तु सजिलै सम्झउन सकिन्छ । माथि उल्लेख गरिएको ‘दिवा स्वप्न’मा प्रस्तुतगिजुभाईको कक्षा ४ का विद्यार्थीलाई विविध विषयहरू पढाउन प्रयोग गरिएको कथा शैली एउटा अनुकरणीय प्रयोग हो । सरकारले स्वीकृत गरेको पाठ्यपुस्तकको विषयवस्तुलाई कक्षामा दोहो¥याई कण्ठस्थ गराउने तर्फभन्दा त्यसभित्रका मर्मलाई कथानक शैलीमा कक्षामा प्रस्तुत गर्ने तर्फ शिक्षकले आफ्नो सिर्जनशीलता प्रयोग गरे मा भूगोलका बारेमा चल्ने गरेका जटिल, कठोर, निरस आदि लाञ्छनाहरू स्वतः हराएर जाने अवस्था सिर्जना हुन्छ ।

माथि एक स्थानमा ‘दैनिकी’ शब्द प्रयोग भएको छ । यो शब्द केवल शब्दका रूपमा नभई विद्यार्थीहरूलाई सरलताका साथ भूगोलका थुप्रै विषयवस्तुहरूबारे जानकारी गराउने प्रक्रियाको रूपमा प्रयोग हुने अवधारणा हो । विद्यार्थी अथवा प्रत्येक व्यक्तिको स्वाभाविक दिनचर्यासँग भूगोलको गहिरो सम्बन्ध छ र सो दिनचर्यामार्फत यसका धेरै अवधारणा र विषयवस्तुहरू स्पष्ट पार्न सकिन्छ भन्ने यसको मनसाय हो । आफ्नो घर, पल्लो घर, वल्लो घर हुँदै छोटो दूरीभित्र थुप्रै घरहरू भएपछि सो क्षेत्रले ‘बस्ती’ को पहिचान पाउँछ भनी बुझाउन सहज हुन्छ । घरहरू कसरी विस्तार भएका छन् सो अनुसार बस्तीको आकार–प्रकारको बारेमा जानकारी गराउन सकिन्छ । धेरै र थोरै घरहरू भएको आधारमा र निर्माणको जटिलता तथा सम्बद्ध पूर्वाधारको आधारमा बस्तीको क्रम  (hierarchy) तथाग्रामीण र शहरी बस्तीका विशेषता बुझाउन सकिन्छ । यसै गरी कुनै निश्चित मापदण्ड  (criteria) मा समान ता देखि ने ठूला क्षेत्रहरूलाई प्रदेश  (region) भनिन्छ । यो मेरो जमिन, पल्लो चाहिँ मेरो छिमेकीको, उपल्लो अर्काको भनी सीमा छुट्याए झै गरी राज्यका सीमाहरू कोरिएका हुन् भन्न सकिन्छ । यसमा पनि शक्तिको खेल हुन्छ । गैरी खेत, टारी खेत, डाँडा खेत अथवा पाखो बारी, ढड्यान, भीर वा मलिलो, रुखो, पारिलो, सेपिलो आदि भनी विविधगुण र क्षमताका जमिनहरू भए झै राज्यहरू पनि प्राकृतिक स्रोत–साधनमा र यिनका विशेषतामा फरक फरक क्षमताका हुन्छन्– कुनै धनी, कुनै गरिब, कुनै सामान्य । यसरी नै क्षेत्रीय विषमताका कुरा हरू बुझाउन सकिन्छ । विद्यार्थीले घरबाट विद्यालय आउञ्जेल अवलोकन गरेका आकृति तथा परिस्थितिलाई सन्दर्भ बनाएर भू–आकृति, मानव क्रियाकलाप , स्थानीय विशेषता, चट्टान, माटो, वायुमण्डलको बनावट लगायतका विषयवस्तु बुझाउन सहज हुन्छ । यसरी नै विद्यार्थीहरूले लगाउने लुगाको प्रकृति र मात्रामा याम अनुसार आउने परिवर्तनको उदाहरण लिएर तथा जाडो,गर्मी, घाम–छायाँ आदिको दृष्टान्तमार्फत ऋतु परिवर्तन लगायतका विषयवस्तु बुझाउन सकिन्छ ।

अन्त्यमा; हामी सबै यही धर्तीमा बाँचेका छौं । आ–आफ्ना लामा–छोटा इतिहास बोकेका छौं । भूगोल यही धर्ती र धर्तीमा बस्ने मानव बीचको अन्तरक्रिया, यसको प्रतिफल, पद्धति र प्रक्रिया तथा यससँग अन्तरसम्बन्ध राख्ने वस्तुहरू समेतको समग्र अध्ययन हो । दोहोरयाएर भन्नुपर्दा यो सरल विषय हो । दैनिक जीवनपद्धति हो । यसलाई सर्वत्र अध्ययन गर्न सकिन्छः कक्षा भित्र–बाहिर । सहजसँग अध्ययन अध्यापन गर्न सकिन्छ । यसको अध्ययनले अन्य विधाका विषयवस्तु बुझन समेत सहयोग पुग्छ । यो आफू बसेको, भोगेको धर्तीको यथार्थको चित्रण हो । अहिलेको सन्दर्भमा भने हामी पठन–पाठनको क्षेत्रमा संलग्नहरूले आ–आफ्नो क्षेत्रबाट र क्षमताबाट यस विषयलाई एकपटक पुन अवलोकन गरी आत्मविश्वासका साथ यसको महत्व बुझन र बुझाउन विशेष प्रयास गर्नु पर्ने आवश्यकता टड्कारो रूपमा देखिंदैछ ।

commercial commercial commercial commercial