कक्षामा भन्दा अन्यत्र उपयोग

शिक्षक तालिम बारेका अनुसन्धानहरूको समीक्षा गर्दा के थाहा पाइयो भने शिक्षक तालिमले विद्यार्थीका सिकाइगत व्यवहार वा शिक्षकका शिक्षण सम्बन्धी व्यवहारमा आधारभूत ज्ञान बढाउन ज्यादै कम योगदान गरेका छन् ।

शिक्षक तालिममा धेरै दाताहरूले सहयोग पुर्‍याए पनि यसको क्रमबद्ध व्यवस्थापन गरी शिक्षकहरूको क्षमता विकास गर्ने कार्य हाम्रा लागि अझै चुनौतीपूर्ण छ । त्यसैले शिक्षक तालिम र यसको प्रभावकारिताको विषय सधैँ विवादास्पद बन्ने गरेको छ । तालिम प्रदान गरिएको थलोबाट कार्यथलोमा शिक्षकले सिकेका कुरा पर्याप्त स्थानान्तरण न गरेका कारण तालिम प्रभावकारी सावित हुन नसकेको हुनसक्छ । शिक्षक तालिम शुरु गर्नु भन्दा पहिले, तालिमको अवधिमा र तालिम समापनपछि गरिने क्रियाकलाप पनि विवादमुक्त हुन सकेका छैनन् ।

शिक्षक तालिमको अपेक्षित प्रतिफल भनेको विद्यार्थीहरूले हासिल गरेको सिकाइ उपलब्धि र विद्यालयहरूको सामाजिक छवि नै हो । तालिमबाट सिकेको ज्ञान, सीप र मनोवृत्तिलाई विद्यालयको वातावरणमा सहजताका साथ पुर्याइएमा सम्बन्धित तालिमलाई सफल मानिन्छ । यद्यपि तालिमका नाममा खर्चिइएको समय, श्रम र शक्तिलगायत भौतिक तथा मानवीय स्रोतहरूको कहालीलाग्दो अपव्ययले शिक्षामा गुमेको ठूलो अवसरको हिस्सा सङ्केत गर्द छ । विद्यालयका शिक्षकहरू यसका अपवाद होइनन् । यो परिवेशले नेपालको शिक्षा विकासमा शिक्षक तालिम कार्यक्रमको योगदानबारे गम्भीर प्रश्न उठेका छन् ।

विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालय छोड्ने दरमा न्यूनता, शिक्षकहरूको व्यावसायिक क्षमतामा पहुँच तथा सुधार जस्ता प्रमुख शैक्षिक विकास का सूचकमा शिक्षक तालिम कार्यक्रमको के योगदान छ ? तालिमको प्रभावकारिता वास्तवमा के छ ? के विद्यार्थीको सिकाइलाई लक्षित गरी शिक्षण गरिएको छ ? के यो प्रक्रियाले प्रभावकारी शिक्षणमा अनुसन्धानबाट फेला परेका कुरा हरूको अनुसरण गरिएको छ ? विद्यार्थीहरू सिकाइ प्रक्रियामा कसरी सहभागी हुन्छन् ? शिक्षकहरू पेशाप्रति समर्पित र उत्साहित छन् ? ‘संस्थागत पहिचान’ र ‘विद्यालय संस्कृति’लाई कसरी स्थापित गरिएको वा जोगाइएको छ ? विद्यालय नेतृत्वले प्रभावकारी शिक्षण र सिकाइमा कसरी प्रभाव पारेको छ ? के शिक्षकहरू विद्यार्थीको सिकाइ र उपलब्धिका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्छन् ? बालबालिकाको उच्चतम सर्वाङ्गीण विकास मा बाबुआमाहरू सरोकार राख्दछन् ? यस्ता प्रश्नहरूको उत्तर दिन सक्ने सबुत र उदाहरणहरू के के छन् ? त्यस्तै, शिक्षक तालिम पाठ्यक्रममा के सुधार गरिनुपर्छ ? विद्यमान पाठ्यक्रमले शिक्षा पाउने बालबालिकाका सर्वाङ्गीण विकास को आवश्यकतालाई सम्बोधन गरेको छ ? शिक्षाको नीति शिक्षक तालिमको विद्यमान कार्यक्रमसँग मिल्दोजुल्दो छ ?

यी र यस्ता प्रश्नहरूका आधारमा शिक्षक तालिम बारेका पूर्व अनुसन्धानहरूको विस्तृत समीक्षा गर्दा के थाहा पाइयो भने शिक्षक तालिमले विद्यार्थीका सिकाइगत व्यवहार वा शिक्षकका शिक्षण सम्बन्धी व्यवहारमा आधारभूत ज्ञान बढाउन ज्यादै कम योगदान गरेका छन् । त्यस्तै शिक्षक तालिम सम्बन्धी सिद्धान्त निर्माणमा पनि यिनको योगदान धेरै छैन । तालिमको आधारभूत अध्ययन हुन नसक्नु र शिक्षक तालिमका प्रमुख पक्षहरू समावेश गर्न नसक्नु ती अध्ययनका कमी–कमजोरी हुन् । ती अध्ययनहरूमध्ये कुनैले पनि गुणस्तर , समान ता, पहुँच, कार्यकुशलता, शिक्षक विकास र समष्टिगत विद्यालय विकास जस्ता शिक्षा पद्धतिका दृष्टिबाट शिक्षक तालिमको पूर्ण विवेचना गरेको पाइएन । अध्ययनहरूको समीक्षा गर्दा कक्षाकोठाको विश्लेषणमै सबै पूर्व अध्ययनहरू सीमित भएको पाइयो ।


तालिमप्राप्त शिक्षकहरू विद्यालयको समष्टिगत विकास का माध्यम हुन् । शिक्षामा वाञ्छित गुणस्तर र रुपान्तरणका लागि तालिमप्राप्त शिक्षकहरूलाई अझ् सबल रूपमा प्रस्तुत गरिनुपर्ने र स्रोत केन्द्रमार्फत उनीहरूलाई सहयोग प्रदान गर्नु पर्ने आवश्यकता छ ।

तालिमका असर
तालिमप्राप्त शिक्षकले गुणस्तर , समान ता, पहुँच, कार्यकुशलता, शिक्षक विकास र समष्टिगत विद्यालय विकास मा के कसरी योगदान गरेका छन् भन्ने कुरा मा शैक्षिक जनशक्ति विकास केन्द्रको सहयोगमा हामीले गरेको पछिल्लो अध्ययनले तलका तथ्यहरू उजागर गरेको छ ।

शिक्षक तालिमले शिक्षक–विद्यार्थी सम्बन्ध सुधार्न मद्दत गरेको छ । विद्यार्थीहरू सिकाइमा बढी सक्रिय छन् र उनीहरूलाई बढी परियोजना कार्य दिएर सिक्न मद्दत गरिएको छ । त्यस्तै तालिमका कारण विद्यार्थीको सिक्ने र सफल हुने अभिप्रेरणामा स्पष्ट रूपमा वृद्धि भएको छ । शिक्षकहरूले अध्यापनका विविध विधिहरूको उपयोग गरेका छन् र मूल्याङ्कनमा वस्तुपरकताको वृद्धिले राम्रा उपलब्धि हासिल भएका छन् । भर्ना, कक्षा दोहोर्याउने, कक्षा चढ्ने र बीचैमा विद्यालय छोड्ने प्रवृत्ति सुधारिएको छ । प्राथमिक कक्षाहरूमा छात्राहरूको सङ्ख्या बढेको छ, सुविधाविहीन, पछाडि परेका, दलित र विपन्न समुदायहरूलाई आफ्ना बालबालिका विद्यालय पठाउन प्रोत्साहित गरिएको छ ।

तालिमप्राप्त शिक्षकहरू विद्यालय व्यवस्थापनप्रति सहयोगी देखि एका छन् । अधिकांश अवस्थाहरूमा तालिमप्राप्त शिक्षकहरू विद्यालय र समुदायको सम्बन्ध सुधारका माध्यम भएका छन् । शिक्षामा समान ता सुनिश्चित गर्न तालिमले योगदान पुर्याएको छ । अधिकांश विद्यालय जाने उमेरका बालबालिकाहरू विद्यालयमा भर्ना भएको पाइएको छ । शिक्षकहरूको व्यवहार भेदभावरहित छ । शारीरिक दण्डमा न्यूनता देखि एको छ भने विद्यालयले सबै जात र समुदायका विद्यार्थीहरूलाई स्वागत गरेका छन् । विद्यार्थीहरूको जाँचबाट सिकाइगत सफलताको अङ्कमा वृद्धि भएको छ । उदाहरणका लागि अङ्ग्रेजी र नेपालीमा प्राप्ताङ्क उल्लेखनीय वृद्धि भएको छ । छात्रछात्राको उत्तीर्ण दर वृद्धि भएको छ । बीचैमा विद्यालय छोड्ने दर घटेको र शिक्षकको काममा व्यस्त हुने समय बढेको छ । शिक्षकहरूको सहकर्मीपन ९अयििभनष्बष्तिथ० मा सुधार भएको छ । तालिमप्राप्त शिक्षकहरूले सिक्छन् र नयाँ–नयाँ कुरा हरू परीक्षण गर्द छन् । अध्ययन गर्ने बानीमा सुधार भएको छ । तालिमप्राप्त शिक्षकहरू पाठ्यपुस्तक र पाठ्यक्रमको रराम्रो उपयोग गर्छन् र बालमैत्री शिक्षणमा संलग्न हुन्छन् ।

तालिमप्राप्त शिक्षकहरूले विद्यालयको छवि र समुदायसँग को सम्बन्धमा योगदान पुर्याएको भेटिएको छ । यिनीहरू विद्यालय सञ्चालक समिति र प्रधानाध्यापकप्रति सहयोगी देखि एका छन् । गैर –शिक्षण कार्य पनि ग्रहण गर्छन् र विद्यालयको रराम्रो अभिलेख राख्छन् । तालिमप्राप्त प्रधानाध्यापकहरू तालिमप्राप्त शिक्षकहरूको क्षमता र इच्छाको सदुपयोग र जगेर्ना गर्न समर्थ भएको देखि एको छ । शिक्षकहरूले विद्यालयको भौतिक सुधार, समुदायसँग को सम्बन्ध स्थापना र विद्यालयको छवि निर्माणमा प्रमुख भूमिका खेलेको र केही अवस्थामा अभिभावकहरूका आकाङ्क्षा अनुरुप शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याइरहेको पाइएको छ ।

त्यस्तै शिक्षक तालिमले शिक्षकमा थप ज्ञान र आत्मविश्वास बढाउनमा मद्दत गरेको छ । तथापि शिक्षण र सिकाइमा शिक्षक तालिमको उपयोग प्रदर्शित हुन अझै बाँकी छ । शिक्षकहरू शिक्षाको पहुँच बढाउने प्रक्रियामा तीव्रगतिले लागिरहेका छन् । भर्नामा क्रमिक वृद्धि भएको सजिलै देख्न सकिन्छ । तर विद्यालयमा विद्यार्थी भर्ना हुने क्रममागत पाँच वर्षका अभिलेखमा उल्लेखनीय वृद्धि भएको भने देखि एन । यसरी शिक्षक तालिमका लागि सबैतिर बाट प्रयास धेरै तर प्रभाव भने थोरै देखि एको छ ।


शिक्षक तालिमले शिक्षक–विद्यार्थी सम्बन्ध सुधार्न मद्दत गरेको छ । विद्यार्थीहरू सिकाइमा बढी सक्रिय छन् र उनीहरूलाई बढी परियोजना कार्य दिएर सिक्न मद्दत गरिएको छ । त्यस्तै तालिमका कारण विद्यार्थीको सिक्ने र सफल हुने अभिप्रेरणामा स्पष्ट रूपमा वृद्धि भएको छ ।

अभिभावक, विद्यार्थी र स्थानीय समुदायलाई अभिप्रेरित तुल्याई विद्यालय शिक्षाका सबै पक्षमा समान ता सुनिश्चित गर्न तालिमप्राप्त शिक्षकहरूबाट प्रयास गरिएको पाइन्छ । विद्यार्थीहरूको सिकाइमा क्रमिक सुधार भएको छ । यद्यपि, प्रणालीगत कुशलता सुधार्न शिक्षक तालिमको उल्लेखनीय योगदान अझै अपर्याप्त छ । शिक्षक तालिमले शिक्षक निपुणता, विद्वत्ता र पेशागत विकास मा उल्लेखनीय योगदान दिएको  छ । तालिमप्राप्त शिक्षकहरूले विद्यालयहरूको सार्वजनिक छवि सकारात्मक तुल्याउन योगदान दिएका छन् । सह–पाठ्य क्रियाकलाप लगायत विद्यार्थी र शिक्षकहरू बीचको अन्तरक्रिया उल्लेखनीय तवरले बढेको छ । व्यक्तिगत सरसफाई र स्वास्थ्यमा सुधार भएको छ । विद्यालय व्यवस्थापन र समुदायको सहभागितामा तालिमप्राप्त शिक्षकहरूको सामान्य प्रभाव देखिन्छ ।

यसका अतिरिक्त शिक्षकहरूलाई आवश्यक शिक्षण सीप प्रदान गर्न शिक्षक तालिमको महत्व भएको कुरा शिक्षकहरू आफैँले र सबैजसो सरोकारवालाहरूले स्वीकारेका छन् । तालिमको पाठ्यक्रमले शिक्षकहरूबाट धेरै नै बढी कुरा को अपेक्षा गरेको भए पनि यथार्थमा त्यस्तो उपलब्धि भने हुनसकेको छैन । कमजोर अनुगमनका कारण शिक्षकहरूले सिकेका कुरा कार्यान्वयन गर्न प्रोत्साहनमूलक वातावरण प्राप्त गर्न भने सकेका छैनन् । शिक्षक तालिम कार्यक्रमहरूले शिक्षाको गुणस्तर , पहुँच, समान ता र कुशलता सुधार्न आशातीत योगदान दिन भने सकेको छैन । शिक्षक विकास र समस्त विद्यालय विकास का पहलहरूमा शिक्षक तालिमले तुलनात्मक रूपमा बढी योगदान गरेकोे पाइन्छ ।

भविष्यको बाटो
शिक्षक तालिम र तालिमप्राप्त शिक्षकहरूले कामगर्र्ने विद्यालयका आवश्यकताहरूबीच तालमेल हुनुपर्छ । अर्को शब्दमा तालिमको प्रभावकारिताका लागि संस्थागत आवश्यकता र व्यक्तिगत आवश्यकता परस्पर मिल्ने हुनुपर्छ । एउटै शृङ्खलाअन्तर्गत मोडुलर शिक्षक तालिम प्याकेज विकास गरेर यो मिलाउन सकिन्छ । विभिन्न प्रकारका विद्यालयका आवश्यकताको सम्बोधन गर्न शिक्षक–तालिम प्याकेजको पुनर्निर्माण गर्नु पर्छ । यसका लागि विद्यालयहरूको वर्गीकरण भौगोलिक तथा भाषिक क्षेत्रका हिसाबले हुनुपर्छ र तदनुसार प्रस्तावित मोडुलर शिक्षक–तालिम प्याकेजको पुनर्संरचना गर्नु पर्छः

  • कार्यक्षेत्रकोे अनुभवका आधारमा प्रशिक्षकहरूले शिक्षकहरूलाई सैद्धान्तिक मात्र होइन, प्रयोगात्मक तालिम दिनुपर्छ । यसका लागि मास्टर ट्रेनर कार्यक्रम निर्माण गर्नु पर्छ । यसो गर्ने हो भने तालिमका मार्ग–निर्देशनहरू पुनर्निर्माण गर्नु पर्छ ।
  • हरेक सरोकारवालाले तालिमप्राप्त र तालिम अप्राप्त शिक्षकका व्यवहारबीचको फरक जान्न चाहने हुनाले विद्यालयको परिवेशमा शिक्षकले गरेका काम र प्रदर्शित व्यवहारको विवरण राख्नु उपयुक्त हुनेछ । प्रक्रिया र प्रतिफलको बढ्दो स्वामित्वका लागि शिक्षक, शिक्षक युनियन र विद्यालय सञ्चालक समिति, अभिभावक, शिक्षक संंघ–सङ्गठनसँग सल्लाह गरेर यस्तो कार्य–विवरण तयार गर्न सकिन्छ र अभिलेख राख्ने जिम्मा शिक्षकहरूलाई नै दिइनुपर्छ ।
  • केही अपवाद बाहेक शिक्षक र सबै शिक्षाका सरोकारवालाहरूले शिक्षक तालिमको महत्वको अनुमोदन गरेका छन् । यो अनुमोदनको अनुसरण गरी हरेक विद्यालयले शिक्षक तालिम मोड्युलमा राख्न तिनले उपयुक्त ठानेका विषयवस्तु र विधि समावेश गर्नका लागि तालिम प्रदायकले उपयुक्त फारम तयार गर्नु पर्छ । यसरी प्राप्त सामग्रीहरू स्रोत केन्द्रका तहमा सङ्ग्रह र विश्लेषण गर्दै शिक्षक तालिम पाठ्यक्रमको आवश्यक संशोधनका लागि राष्ट्रिय तहमा सङ्ग्रहित गर्नु पर्दछ । यो नै तालिमको लागि विस्तृत आवश्यकताको लेखाजोखा हो ।
  • हामीले गरेको अध्ययनमा समेटिएका  शिक्षकहरूको अनुभवको अवधि ५ देखि २५ वर्षसम्म रहेकाले तालिमप्राप्त शिक्षकको अनुभव वर्ष र शिक्षाको गुणस्तर मा सुधार ल्याउन तिनको योगदानबीचको सम्बन्ध बुझन एक छुट्टै अध्ययन गर्नु आवश्यक छ ।
  • शिक्षक विकास मा विद्वत्ता चाहिन्छ र तालिमप्राप्त शिक्षकहरू यसतर्फ प्रयासरत देखिन्छन् । शिक्षकहरूलाई यसमा निरन्तर सहयोग प्रदान गर्नु पर्दछ । तालिम लिएका शिक्षकहरूलाई पुरस्कार र दण्डको प्रावधान राख्नाले रराम्रो कार्य सम्पादनका लागि सहयोग पुग्न सक्छ ।
  • तालिमप्राप्त शिक्षकहरू विद्यालयको समष्टिगत विकास का माध्यम हुन् । शिक्षामा वाञ्छित गुणस्तर र रुपान्तरणका लागि तालिमप्राप्त शिक्षकहरूलाई अझ् सबल रूपमा प्रस्तुत गरिनुपर्ने र स्रोतकेन्द्रमार्फत उनीहरूलाई सहयोग प्रदान गर्नु पर्ने आवश्यकता छ ।
  • तालिमप्राप्त शिक्षकहरूको कार्य–सम्पादनको अनुगमनलगायत पुनर्ताजगी तालिमको निकै अभाव भएको तथ्य यो अध्ययनले देखायो । अतः तालिम प्रदायक संस्था र तालिममा पठाउने विद्यालयहरूबाट तालिमभन्दा अघि, तालिमको समयमा र तालिमपछि आवश्यक सहयोग गर्ने रणनीति अपनाउनु जरुरी छ ।
  • विद्यालय व्यवस्थापन विषयमा तालिमप्राप्त प्रधानाध्यापकसँग कार्य गर्ने तालिमप्राप्त शिक्षकहरूले शिक्षण र गैर –शिक्षण कार्यमा रराम्रो काम गरेको देखिन्छ । विद्यालय विकास तथा समुदायसँग सम्बन्ध कायम गर्ने यिनका प्रयासहरूमा प्रोत्साहन गर्न गुणस्तरीय शिक्षाका विविध पक्षहरूमा शिक्षक तालिमको सम्भावित योगदान वृद्धि गर्नमा योगदान पुर्याउन सक्ने खालको व्यवहार समावेश गरी प्रधानाध्यापक तालिम कार्यक्रमको संशोधन र परिमार्जन गरिनुपर्छ ।

(यो लेख डा. सुवेदी संयोजक रहेको टोलीले हालै पूरा गरेको ‘शिक्षक तालिमको प्रभावकारिता’ सम्बन्धी अध्ययनको निचोडमा आधारित छ ।)

commercial commercial commercial commercial