कालोभन्दा सेतो जाती !

  • करिब दुई वर्षअघि; धुलिखेलमा क्यान्सर रोग सम्बन्धी दुइदिने तालिमको क्रममा चिकित्सकले चकको धुलोले पनि क्यान्सर हुनसक्ने सम्भावना देखाउँदा श्रीखण्डपुर उमाविका स्वास्थ्य शिक्षक रमेश महत झ्स्किए । चकको धुलोसँग वर्षौं देखि खेलिरहेका महतले यो कुरा आफ्ना सहकर्मी शिक्षकहरूलाई सुनाए । त्यतिखेर विद्यालयमा जगेडा सेतोपाटी थियो । अर्का शिक्षक सुरेन्द्र कुमार राईले तुरुन्तै मार्कर किनेर ल्याए । मार्कर र सेतोपाटी सबैलाई राम्र्रो लाग्यो । अहिले विद्यालयका १, २ र ३ बाहेक सबै कक्षामा सेतोपाटीकै प्रयोग हुन थालेको छ ।
  • काठमाडौंको पुरानो स्कूल पद्मोदय उमाविकी शिक्षक पद्मा शर्मालाई लामो बिदापछि को दुई–तीन दिनसम्म चकको धुलोले गर्दा टाउको दुख्ने र बोल्न गाह्रो हुने हुन्थ्यो । लुगा त फोहोर भई नै हाल्थे हात फुटेर बेहाल नै हुन्थ्यो । तर अहिले त्यो समस्या उनको स्मृतिमा मात्र सीमित छ । त्यसको कारण हो, कालोपाटी र चकको ठाउँमा तीन वर्षअघि सेतोपाटी र मार्करको प्रयोग । पद्मा भन्छिन्, “मार्कर प्रयोग गरे पछि धेरै सजिलो भएको छ, अँध्यारोमा बसेको मान्छेलाई बत्ती बाल्दा लागेको खुसी जस्तै ।”
  • काठमाडौंको रानीपोखरीस्थित संस्कृत माविले पनि पाँच वर्ष देखि चक र कालोपाटी हटाएर मार्कर र सेतोपाटीको प्रयोग शुरु गरेको छ । शिक्षक; विद्यार्थीका आँखा पोल्ने, छाला चिलाउने, हात फुट्ने जस्ता समस्याको समाधान स्वरुप मार्कर र सेतोपाटीको प्रयोग शुरु गरिएको सहायक प्रधानाध्यापक कालिकाप्रसाद तिमिल्सिना बताउँछन् । मङ्गल मावि कीर्तिपुरमा पनि चकको ठाउँमा मार्करको प्रयोग गर्न थालेको पाँच वर्ष भयो । चकले जस्तो प्रत्यक्ष हानि नपुरयाउने र कक्षाकोठा पनि सफा देखि ने भएकाले यसको प्रयोगबाट शिक्षकहरू बढी खुसी देखिन्छन् ।
  • काठमाडौंका निजी स्कूलहरूमा ह्वाइट बोर्ड र बोर्ड मार्करको प्रयोग गरेको देखेका सत्यवती उच्च मावि धादिङका प्रधानाध्यापक लक्ष्मण शर्मालाई यसको आवश्यकता त्यतिखेर बोध भयो, जब उनले मुगुको स्कूलमा पनि मज्जाले यसको प्रयोग भइरहेको देखे । त्यति दुर्गम र साधन स्रोत नभएको स्कूलमा त ‘ह्वाइट बोर्ड’ प्रयोग गर्न सकिन्छ भने हामीले किन नसक्ने ? त्यसपछि लगत्तै उनले शिक्षकहरूको बैठक गरेर बोर्ड मार्कर प्रयोग गर्ने निधो गरे ।

केही वर्षअघिसम्म गैर सरकारी संस्था र केही निजी विद्यालयहरूले मात्र प्रयोग गर्ने ‘ह्वाइट बोर्ड’ र बोर्ड मार्कर शहर–बजार देखि गाउँघरका सार्वजनिक स्कूलमा प्रयोग हुन थालेका दृष्टान्त हुन् यी । काठमाडौं जिल्ला शिक्षा कार्यालयकी विद्यालय निरीक्षक चन्द्रा थापा विद्यालयहरूमा ह्वाइट बोर्ड र मार्कर लोकप्रिय हुँदै गएको बताउँछिन् ।

फाइदा दोहोरै
सेतोपाटी र मार्करबाट शिक्षक र विद्यार्थी दुवैलाई फाइदा पुग्ने स्पष्टै देखिन्छ । शिक्षकलाई हुने मुख्य फाइदा भनेको चकको धुलोबाट बचावट नै हो । त्यस्तै; मेट्न सजिलो हुने, लेख्दा चम्किलो र बढी सजिलो लाग्ने भएकाले शिक्षकहरूले यसलाई मन पराएको देखिन्छ ।

चकको धुलोका कारण आँखा र फोक्सोमा असर परेका कतिपय शिक्षकलाई मार्करको प्रयोगले प्रत्यक्ष लाभ पुगेको छ । त्यसका एक उदाहरण हुन् शान्ति विद्या गृह लैनचौरकी गणित शिक्षक लिली ध्वजु नकर्मी । चकको धुलोको एलर्जीका कारण आँखा रातोपीरो हुने समस्या भोग्दै आएकी नकर्मीले मार्करको प्रयोग गर्न थालेको केही दिनपछि नै ठूलो राहत महसुस गरिन् । “मार्कर प्रयोग गर्न थालेपछि आँखाको एलर्जीको समस्या हराएको छ”, उनी भन्छिन् । धुलोका कारण घाँटी दुख्ने दीर्घ रोगको सिकार हुन पुगेका वागेश्वरी उमावि, बैरेनी, धादिङका अङ्ग्रेजी शिक्षक राजनप्रसाद अधिकारी मार्करको प्रयोगपछि घाँटीदुखाइ कम भएको बताउँछन् । “डाक्टरले त शिक्षण पेशा नै छाड्न भनेको थियो”, उनी भन्छन्, “मार्करले केही सुधार आएकाले अलिकति आशा जगाएको छ । तर उल्लेख्य सुधार आएन भने पेशा नै छाड्नुपर्ने दिन पनि आउन सक्छ ।”

कालोपाटी र चकको प्रयोग हुँदासम्म पहिलो बेञ्चमा बस्न आनाकानी गर्ने पद्मोदयका छात्र सञ्जीव तामाङलाई मार्कर प्रयोग गर्न थालेपछि पहिलो बेच्नमा बस्न कुनै समस्या छैन । “मार्कर प्रयोग गरे पछि धुलो उड्दैन लुगा पनि फोहोर हुँदैन” सञ्जीव भन्छन्, “अक्षर पनि स्पष्ट देखिन्छ । पहिलेभन्दा अहिले त धेरै सजिलो भएको छ ।” सञ्जीवको मात्र होइन अरू स्कूलका विद्यार्थीको पनि यही अनुभव छ । अक्षर चहकिलो र प्रस्ट देखि ने हुँदा यसबाट पछिल्लो बेञ्चमा बसेका विद्यार्थीले पनि लाभ उठाउन पाएका छन् ।

महँगो हुन्छ तर धेरै होइन
पद्मोदय माविको लेखा शाखाका प्रमुख रामप्रसाद मान न्धरका अनुसार चकको लागि वार्षिक खर्च रु.३४०० जति हुन्थ्यो भने मार्कर प्रयोग गर्दा वार्षिक रु.७२०० खर्च हुन थालेको छ । मान न्धर भन्छन्, “वर्षमा चक एकग्रुस (१४४ प्याकेट) भए पुग्थ्यो भने मार्कर चार दर्जन र त्यसको मसी किन्नुपर्छ ।” संस्कृत मा.वि. र मङ्गल मा.वि.मा पनि खर्चको हिसाब यस्तै देखि एको छ । मार्करमा रिफिल गर्ने हो भने चकभन्दा धेरै महँगो नहुने सबै स्कूलको अनुभव देखिन्छ । उता धादिङको वागेश्वरी उमाविका प्रअ ध्रुवराज खतिवडा चाहिँ चकको तुलनामा मार्कर प्रयोग गर्दा डेढी जति बढी खर्च हुने अनुभव सुनाउँछन् ।  “ह्वाइट बोर्डलाई केटाकेटीले फुटाइदिँदा चाहिँ हैरानी हुँदोरहेछ ।” उनी भन्छन्, “तर उपयोगिताका हिसाबले यो धेरै रराम्रो रहेछ ।”

बजारमा चलनचल्तीमा रहेका मार्करको प्रयोग पूरै सुरक्षित भने छैन । मङ्गल माविकी शिक्षक सरिता डङ्गोल भन्छिन्, “यसकोगन्धले मलाई बेलाबेलामा टाउको दुखाउँछ । यसले पनि असर त गर्दो रहेछ । लुगामा लागिहाल्यो भने पनि धोएर यसको दाग जाँदैन ।”

टेकु अस्पतालका छाती रोग विशेषज्ञ डा. डी.पी. भण्डारीका अनुसार गुणस्तर हीन केमिकलयुक्त मार्करले पनि श्वास प्रश्वास नलीमा हानि पुर्याउँछ । “चकको धुलोले विभिन्न एलर्जीहरू र छाला, आँखा तथा घाँटीलाई प्रत्यक्ष असर गर्छ । उनी भन्छन्, “मार्करले पनि स्वास्थ्यमा गम्भीर हानि पुर्याउन सक्छ ।” यसै बीच शिक्षकहरूलाई स्वस्थ मार्करको आवश्यकतालाई ध्यानमा राखेर ‘डस्ट फ्रि क्लास रुम’ (डीएफसी) नेपालले स्वास्थ्यमा हानि न गर्ने मार्कर आफूहरूले नेपालमा नमुनाका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । (हे. बक्स) “हामीले चलनचल्तीको मार्करबाट शिक्षकको स्वास्थ्यमा हानि न गर्ने मार्कर विदेशी संस्थाको सहयोगमा सीमित विद्यालयमा वितरण गरिरहेका छौं”, सो संस्थाका अध्यक्ष भेषराज पौडेल भन्छन् । तर उनका अनुसार उक्त मार्कर हाल बजारमा उपलब्ध छैन । माग बढ्दै गएमा भविष्यमा उत्पादक कम्पनीले नेपाली बजारमा उपलब्ध गराउन सक्ने सम्भावना भने रहेको उनी बताउँछन् ।

commercial commercial commercial commercial