गुरुका गुण

यदुनाथ खनालको अङ्ग्रेजी मीठो र स्पष्ट हुन्थ्यो । उनको कक्षा शान्त र व्यवस्थित पनि हुन्थ्यो । पढाउने शिक्षकको विद्वत्ता र पढाउने शैलीले कक्षालाई नियन्त्रणमा लिँदोरहेछ भन्ने मैले त्यतिबेला नै राम्ररी बुझेँ ।

केटाकेटी छँदा शिक्षक हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ । हुनत, ६०/६५ वर्ष अगाडि केटाकेटीले आफ्नो जीवनकै उद्देश्य के बनाउन सक्थे र ? माताहरू निरक्षर जस्तै हुन्थे भने पिताजी, काकाहरू पनि चार पासे, एघार पासे रूपमा शिक्षित हुन्थे, जसको मूल लक्ष्य नै राणाहरूको चाकरी गरी अड्डा अदालतमा घुस्नु मात्र हुन्थ्यो । हाम्रा वरिपरि धेरै पढेलेखेका मानिस हुँदैनथे । बाहुनले अङ्ग्रेजी पढेर जात फाल्नु हुन्न भन्ने सोचाइ व्याप्त थियो । त्यसैअनुरुप मैले पनि घरैमा अक्षरारम्भ गरी अमरकोश, चण्डी आदि पढ्नुपरेको थियो । पछि पिताजीले शायद अङ्ग्रेजी पढाउनै पर्दोरहेछ भन्ने अनुभव गरेर मलाई पद्मोदय हाईस्कूलमा २००५ सालमा कक्षा १ मा भर्ना गराउनु भयो ।

त्यसताका बालकको ल्याकत भनौं कि पढाइ जाँचेर मात्र स्कूलमा भर्ना लिइन्थ्यो । कसैलाई मौखिक सोधिन्थ्यो भने कसै कसैलाई लेख्न र हिसाब गर्न पनि लगाइन्थ्यो । म कक्षा एक (अहिलेको जस्तो नर्सरी, केजी कहाँ थिए र !) मा सात वर्षको उमेरमा भर्ना हुन जाँदा घाम तापेर बस्नुभएका माड्सापले “के पढेको छस्, कति पढेको छस् ?” भनेर सोधेका थिए । जवाफमा मैले “मसिनोखाले फस्ट बुक पढेको र दुनोट घोकेको छु” भन्नसम्म सकेको सम्झना छ । एक दुईओटा अङ्ग्रेजीको माने सोधेपछि उनले एकमा भर्ना गर्न मिल्ने आदेश दिए र म भर्ना गरिएँ । विद्यार्थीको लुगा भनेको कमिज, सुरुवाल, टोपी, जुत्ता (कसै कसैले कोट पनि ल गाउँथे) नै थियो । सर्वसाधारणमा मोजाको चलन नै आइसकेको थिएन । धेरैको अङ्ग्रेजी भाषाको शिक्षण (The first book of English) बाट नै शुरु हुन्थ्यो । यसका लेखक, मेरो सम्झनामा प्रफुल्ल चन्द्र राय थिए । मैक्मिलन एण्ड कम्पनीले छापेको त्यो किताब तिनताक अति नै प्रचलित थियो । छोटाछोटा अङ्ग्रेजी वाक्यबाट शुरु गरेर साना निबन्धसम्म घोकाएर पढाउने चलन थियो । कसैले भेडाको या घोडाको पातोसम्म पुगेर पढ्न छोड्थे भने धेरै चाहिँ मयुर भएको पातो (पृष्ठ)सम्म घरमै पढेर स्कूल भर्ना हुन्थे ।

हाम्रो घरबेटीको छोरो मभन्दा एक कक्षा माथि थियो । स्कूल जाँदा सँगै जान्थ्यौं । बाटोमा चुरोटको बट्टा टिप्न तँछाडमछाड गर्दा (तिनताक केटाकेटी चुरोटको बट्टालाई पाँचको, दशको नोट बनाएर खेल्ने गर्दथे) साथीको धक्काले म ढुङ्गामा लड्न पुगेँ र निधार रगताम्य भयो । बाटामा हिँड्नेले औषधि पसलमा लगेर मलमपट्टी गरिदिए । कक्षामा शिक्षकले मेरो घाउ देखेर प्रश्न गरे । मैले अर्को कक्षामा पढ्ने साथीले लडाइदिँदा चोट लाग्यो भनेर भन्दा उनले त्यो लडकालाई कक्षामा बोलाउन लगाए । विचरो रुँदै आएको देखेर मलाई माया लागेछ र म ‘माड्साब म आफैं लडेको हुँ’ भन्न पुगेछु । अनि त शिक्षक (जो सधैं अलिकता पिएर कक्षामा आउने गर्थे) ले ‘अरूलाई दोष लगाउने बद्मास’ भनेर मलाई नै दुई–चार बेत हिर्काए । अहिले पनि लाग्दछ, मैले आफैँ लडेको कुरा नसकारेको भए त्यो लडकाले धेरै पिटाइखान्थ्यो । शिक्षक कडा थिए । तर, उता मैले आफैं लडेको भनेर झूठो बोल्नु पनि ठीक भएको थिएन । शिक्षकले पनि धेरै विचार गरेनन् । मेरो स्वीकारोक्तिपछि ती शिक्षकले अलिक निष्पक्ष ढङ्गले सोचेका भए मैले पिटाइ पाउनुपर्ने थिएन । मैले ती गुरुबाट सिकेको कुरा होः विद्यार्थीबीचको झ्गडामा दोषी–निर्दोषी छुट्याएर मात्र दण्ड दिनुपर्दछ र कहिल्यै पनि नशा (जाँडरक्सी) सेवन गरेर कक्षामा जानुहुन्न ।

कक्षा आठको एउटा घटना । अघिल्लो बेञ्चमा चार जना केटाहरू थियौं । मसँगैका दुईजनाबीचमागलफत्ती परेर हल्ला भयो तर गुरुले मलाई ‘किन हल्ला गरेको’ भनेर सोधे । म तिनताका अलिअलि भकभके थिएँ । भकभकाएर ‘मैले होइन’ भन्न खोज्दा खोज्दै मास्टरलेगालामा दुई थप्पड पड्काइसकेका थिए । भकभके बानी छुट्छ भन्ने नियतले पिटेका भए अर्कै कुरा ; अन्यथा आफू निरपराध हुँदाहुँदै पनि कुटाइ खानु परेकोमा मेरो सारै नै चित्त दुखाइरह्यो । ती अन्यायी गुरुलाई म अहिले पनि सम्झ्रिहन्छु । त्यो अविस्मरणीय घटनाले गर्दा सजाय दिँदा निरपराध पो पर्दछन् कि भन्ने डर मलाई आफ्नो शिक्षणकालभरि नै लागिरह्यो ।

१५–२० जनाको सानो कक्षामा शिक्षकले छात्रहरूलाई राम्ररी चिन्ने मौका र व्यक्तिगत रूपमा प्रोत्साहन दिन सक्छन् भन्ने कुरा मैले इतिहासका गुरुबाट सिकेँ । कक्षा नौ र दशमा इतिहास विषय लिने विद्यार्थी थोरै र इतिहासका शिक्षक पनि योग्य थिए । उनले भनेका कुरा विद्यार्थी राम्ररी बुझदथे । त्यस माथि; मलाई व्यक्तिगत रूपमा स्नेह गरी नबुझेका कुरा फेरि बुझइदिन्थे । त्यसले गर्दा मलाई इतिहास विषयमा अत्यन्तै रुचि बढ्यो । दुवै कक्षामा इतिहासमा मेरो अब्बल नम्बर पनि आयो । ती शिक्षकसँग पछि पछि भेट हुँदा पनि मेरो शिर श्रद्धाले निहुरिन्थ्यो ।

विषयमा विद्यार्थीको रुचि जगाउन शिक्षकको ठूलो हात हुन्छ भन्ने थप अनुभव मैले गणितका शिक्षकबाट प्राप्त गरें । ती शिक्षकसँग मैले गणितको ट्युसन पढेको हुँ । तर उनको सिकाउने कलाले गर्दा गणित मेरो अत्यन्त प्रिय विषय भएर आयो । एसएलसीको परीक्षामा गणितमा प्राप्त उच्च अङ्कले मेरो जीवनको धार नै बदलिदियो । अन्ततः मैले गणित विषयमै आईए, बीए, एमए र विद्यावारिधिसम्मको अध्ययन गरें । धेरैलाई निरस र कठिन लाग्ने यो विषय नै मलाई सर्वाधिक रसिलो र सजिलो लागिरह्यो ।


संस्कृत र नेपाली पढाउने गुरु विद्यार्थीबाट सधैं हेपिन्थे, उनको सजायलाई पनि टेर्दैनथे । तर उनी यस्ता कुरा को पर्वाह न गरी पढाई नै रहन्थे । यसबाट , कक्षामा आफ्ना तर्फबाट कुनै कमजोरी प्रदर्शन भयो भने विद्यार्थीको हनेपाइमा परिँदोरहेछ भन्ने हेक्का मलाई पछि सम्म भइरह्यो ।

कक्षा तीन/चारमा हुँदा म गणितमा कमजोर थिएँ । पिताजीले दुई महिनाको लागि घरमै एकजना इष्टमित्रलाई ‘ट्युसन’ पढाइदिन लगाउनुभयो । हिसाबमा मैले गर्ने गल्तीलाई ती शिक्षकले कहिल्यै पनि कडा दण्डको विषय बनाएनन् । सधैँ स्नेहपूर्वक ‘यसरी गर्नु पर्दछ, लौगर’ मात्र भनेर सम्झइबुझइ गर्दथे । तिनले मलाई कहिल्यै पनि थप्पड लगाएनन् । त्यसैले उनी घरमा पढाउन आउँदा म सधैँ उनको बाटो हेरेर बस्दथेँ । केटाकेटीलाई प्रेमपूर्वक नै शिक्षा, उपदेश दिनुपर्दछ भन्ने कुरा ती शिक्षकबाट सिकेको हुँ । बेतले हिर्काउने शिक्षकभन्दा मीठोसँग उत्साह दिने शिक्षक विद्यार्थीका प्यारा हुँदारहेछन् । स्कूलको विद्यार्थी हुँदा पाएको यही शिक्षाबाट प्रेरित भएर मैले विश्वविद्यालयको शिक्षक हुँदा सदैव विद्यार्थीलाई प्रेमपूर्वक नै पढाउने प्रयत्न गरें ।

आज स्कूलमा संस्कृत पढाउने ती बूढा गुरुलाई पनि म सम्झन्छिु, जो संस्कृतका नाम र धातुका रुप विद्यार्थीलाई घोक्न लगाएर आफू मेचमा उँघ्न थाल्थे अनि विद्यार्थीको हल्लाखल्लालाई बेतले टेबुल ठटाएर शान्त पार्थे । आफ्नो अध्यापन कार्यलाई सधैं नियमितता दिए पनि वृद्धत्वले गर्दा बेलाबखत उनी थकाइ मार्न खोज्थे । मैले उनीबाट वृद्ध गुरु र युवा गुरुको फरक बुझन पाएँ ।

एकजना संस्कृत र नेपाली पढाउने गुरु पनि मेरो स्मृतिमा छन्; जो मधुरो स्वर र दुब्लो पातलो भएका कारण विद्यार्थीबाट सधैँ हेपिन्थे । उनले जति मेहनत गरेर पढाए पनि विद्यार्थीहरू ध्यान दिँदैनथे । उनको सजायलाई पनि विद्यार्थी टेर्दैनथे । तर उनी यस्ता कुरा को पर्वाह न गरी पढाई नै रहन्थे । कक्षामा आफ्ना तर्फबाट कुनै कमजोरी प्रदर्शन भयो भने विद्यार्थीको हनेपाइमा परिँदोरहेछ भन्ने हेक्का मलाई पछि सम्म भइरह्यो ।

नौ/दश कक्षामा विज्ञान पढाउने शिक्षक भने बिल्कुल फरक थिए । भोलिपल्ट पढाउने पाठ पहिले नै भनिदिने र आफू पनि पूर्ण तयारी साथ आएर मुखाग्र नोट लेखाइदिने ती फुर्तिला गुरु विद्यार्थीबीच निकै सम्मानित थिए । उनीसँग विद्यार्थी डराउँथे पनि । मलाई त्यतिबेलै लाग्दथ्यो, शिक्षक भएँ भने म पनि यस्तै शिक्षक हुने कोशिश गर्ने छु ।


नारायणबहादुर मान न्धर आफ्नै सुरमा एकोहोरो पढाएर जान्थे । विद्यार्थीले बुझे/बुझेनन् भन्ने मतलबै राख्दैनथे । मैले उनीबाट सिकेको कुरा हो— आफ्नै धुनमा बेखबर भएर पढाउनु पनि शिक्षकको एउटा कमजोरी नै हुँदोरहेछ । विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन, योग्य शिक्षक हुन सही शिक्षण सीप पनि हुनुपर्दोरहेछ ।

अब कलेजका केही शिक्षकको स्मरण गर्छु । २०१३ सालको शुरु तिर आई.एस्सी. पढ्ने विचार लिएर त्रि–चन्द्र कलेजमा निवेदन दिएँ । स्कूलमा अतिरिक्त गणित नपढेकाले शुरु मा मलाई छानिएन । तर पछि अनिवार्य गणितमा रराम्रो अङ्क ल्याएको आधारमा प्रिन्सिपल आशुतोषगांगुलीले गणित मूल विषय लिएर भौतिक समूहमा पढ्ने गरी भर्ना गरिदिए । यसरी म विज्ञानको छात्र हुनपुगेँ ।

गणितका शिक्षक नारायणबहादुर मान न्धर (जो गणितमा एम.ए. गर्ने प्रथम नेपाली थिए) ले आई.एस्सीमा पढाएको गणित कक्षाको सम्झना अहिले पनि ताजै छ । उनी यति ठूलो स्वरले बोल्थे कि त्रि–चन्द्र कलेजका हल जस्ता कक्षाकोठा पूरैगुञ्जिन पुग्दथे । उनको मुखबाट निस्कने थुकका छिटाले नजिकैका बेञ्चमा बस्ने विद्यार्थीलाई हैरान पाथ्र्यो तर उनलाई त्यसको कुनै पर्वाह हुँदैनथ्यो । उनको ठूलो आवाजले गर्दा विद्यार्थीले पढाइका कुरा राम्ररी मनन् गर्न पाउँदैनथे । उनी आफ्नै सुरमा एकोहोरो पढाएर जान्थे । विद्यार्थीले बुझे/बुझेनन् भन्ने मतलबै राख्दैनथे । मैले उनीबाट सिकेको कुरा हो— आफ्नै धुनमा बेखबर भएर पढाउनु पनि शिक्षकको एउटा कमजोरी नै हुँदोरहेछ । विषयवस्तुको ज्ञान भएर मात्र पुग्दैन, योग्य शिक्षक हुन सही शिक्षण सीप पनि हुनुपर्दोरहेछ ।

गणितकै प्राध्यापकहरूमध्ये आशुतोषगांगुली चाहिँ न चर्को न त मसिनो स्वरमा पढाउँथे । उनले बोल्ने अङ्ग्रेजी पनि एकदम स्पष्ट, मीठो र बुझिने हुन्थ्यो । उनी आफ्नो कार्यव्यस्तताले गर्दा नियमितरूपले कक्षा (त्यसबखत उनी प्रिन्सिपल थिए) लिन पाउँदैनथे तर पढाउन आएपछि एकघण्टाका ठाउँमा दुई घण्टा पढाउँथे । कक्षाको कोर्ष पूरा गरेरै छाड्थे । उनको पढाउने शैलीमा सबै विद्यार्थी मुग्ध हुन्थे । उनले मलाई एमएसम्म गणित पढाए ।गांगुली सरको पढाउने शैलीले मेरो शिक्षण यात्रालाई पछि सम्म प्रभावित पारिरह्यो तर मैले जति कोशिश गरे पनि उनी जस्तो सफल गणित प्राध्यापक हुन सकिनँ ।

मैले सम्झ्निे कलेजका प्राध्यापकहरूमा प्रा. यदुनाथ खनाल पनि थिए । उनी अङ्ग्रेजी पढाउँथे । उनको अङ्ग्रेजी मीठो र स्पष्ट हुन्थ्यो, ध्यान दिएर पढ्ने विद्यार्थीले उनले बोलेका प्रत्येक शब्द हृदयङ्गम गर्न सक्थ्यो । उनको कक्षा शान्त र व्यवस्थित हुन्थ्यो । पढाउने शिक्षकको विद्वत्ता र पढाउने शैलीले कक्षालाई नियन्त्रणमा लिँदोरहेछ भन्ने मैले त्यतिबेला नै राम्ररी बुझेँ । खनाल सरले कक्षामा कुनै विद्यार्थीप्रति कडा वचन गरेको मैले कहिल्यै थाहा पाइनँ । उनी सधैं एकनासको मध्यम स्वरमा बोल्थे । मानिस धीर हुनुपर्छ र मधुरो बोल्नुपर्छ भन्ने कुरा का निम्ति मैले प्रा. खनाललाई जीवनभरि आदर्श मानिरहेँ ।

रसायनशास्त्र पढाउने गुरुहरू डा. ध्रुवमान अमात्य र अमृतप्रसाद प्रधान पनि विद्यार्थीमाझ् अति लोकप्रिय थिए । भर्खर बेलायतबाट डक्टरेट गरेर आएका ध्रुवमान मुखाग्र पढाउन सक्थे भने अमृतप्रसाद प्रधानको स्पष्ट उच्चारणले गर्दा उनले भनेका सबै कुरा बुझन सकिन्थ्यो । हामी सबै विद्यार्थी ध्रुवमान जस्तै आफ्नो विषयमा धुरन्धर हुन चाहन्थ्यौं । विद्यार्थीमा रराम्रो छाप पार्न सक्नु एक असल शिक्षकको प्रभावकारीगुण रहेछ भन्ने शिक्षा मैले यिनै गुरुहरूबाट लिनसकेँ ।

मेरो औपचारिक विद्यार्थी जीवनयात्राको समापन विद्यावारिधि गर्दाका मार्गनिर्देशक भारतीय प्राध्यापकमा पुगेर भयो । उनी कोलम्बो प्लानअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरमा गणित पढाउन भारत सरकारबाट छानिएर आएका थिए । उनी ठूला विद्वान् त थिए नै; अत्यन्त सरल र सौम्य व्यवहारका धनी पनि थिए । उनी विद्यार्थीलाई आफ्नो मित्र ठान्थे र मित्रवत् ढङ्गबाट प्रश्नहरूको जवाफ दिन्थे । तिनै डा. कृष्णमुरारि सर पछि म हिन्दुस्थानमा विद्यावारिधि गर्न जाँदा मेरा शोधनिर्देशक भए । गणित विषयमा मैले उनीसँग रहेर तीन वर्षसम्म गरेको शोधकार्य मेरो जीवनकै अविस्मरणीय घटना हो । उनी कुनै पनि समस्यालाई सजिलो ढङ्गबाट लिन्थे । शोधका प्रत्येक समस्या हल गर्ने तरिका उनी स्पष्टसँग बताइदिन्थे । उनी मलाई अति माया र विश्वासगर्थे । उनीबाट मैले शैक्षिक , सामाजिक र अनेक व्यावहारिक निर्देशनहरू पनि पाएँ । आफूभन्दा कनिष्ठलाई कसरी आत्मीयतापूर्वक व्यवहार र स्नेह दर्शाउनुपर्दछ— मैले उनीबाट सिकेको मूलभूत शिक्षा थियो । शैक्षिक विषयका समस्यालाई कसरी हल गर्ने बाटो लिनुपर्दछ, मैले उनीबाट सिकेको अर्को ठूलो शिक्षा थियो । मेरो जीवनमा प्रा.डा. कृष्णमुरारि गुरुको जति अरू कसैको पनि प्रभाव परेको छैन ।

मेरा पुराना कथाहरू आजका शिक्षक साथीहरूलाई कतै उपयोगी होलान् कि भन्ने आशाले यो संस्मरण लेखेको हुँ । अन्त्यमा, डा. कृष्णमुरारिसहित सबै दिवङ्गत गुरुहरूप्रति आदर र श्रद्धासुमन अर्पण गर्द छु ।    

commercial commercial commercial commercial