स्कूलमा व्यावसायिक शिक्षा

राम्रो पूर्वाधार, राम्रा शिक्षक, रराम्रो तालिम, रराम्रो उत्पादन– माध्यमिक र उच्च माध्यमिक तहमा व्यावसायिक शिक्षालाई सफल बनाउने सूत्र यही हो ।

विद्यालय–शिक्षाको संरचनात्मक र गुणस्तर दुवैमा सुधार गर्ने अभिप्रायका साथ सरकारले ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी)ले विद्यालयलाई आधारभूत  र माध्यमिक गरी दुई तहमा विभक्त गरेको छ । माध्यमिक तहअन्तर्गत साधारण र व्यावसायिक गरी दुई धारको विषयगत परिकल्पनालाई निरन्तरता दिइएको छ । स्कूले शिक्षा पूरा गरिसकेपछि ‘ गरिखान’ सक्षम बनून् भनेर यो नीति लिइएको हो । हाल व्याप्त युवा–बेरोजगारी समाप्त गर्ने र देशलाई आर्थिक समृद्धितिर लैजाने नै यसको अभिप्राय हो ।

नेपालमा व्यावसायिक शिक्षाको अवधारणा २०२८ सालको नयाँ शिक्षा योजनाले अघिसारेको हो । तर त्यो कार्यक्रम मूलतः अमेरिकी शिक्षा नीतिकै हुबहु नक्कल थियो । अमेरिकामा व्यावसायिक शिक्षा स्कूलको अत्यावश्यक तत्वको रूपमा पहिले देखि नै रहँदै आएको छ । यसैमा आधारित रहेर प्रसिद्ध अमेरिकी शिक्षा चिन्तक जोन दुवेले बीसौं शताब्दीको प्रारम्भमा नै एजुकेशन वीथ अकुपेशन को दर्शन अघिसारेका थिए । शिक्षा व्यावहारिक हुनुपर्छ र शिक्षा हासिल गरेको मानिसले कुनै न कुनै पेशा र व्यवसाय अँगालेकै हुनुपर्दछ । अमेरिकीहरूले यो सिद्धान्तअनुरुप आफ्नो देशको शिक्षा व्यवस्थालाई पहिल्यै ढालिसकेका थिए ।

त्यतिखेरको हराम्रो शिक्षा योजना बनाउने पनि युएसएडबाट आएका अमेरिकी नै थिए । तिनले अमेरिकामा व्यावसायिक शिक्षामा जे जे विषय थिए यहाँ पनि तिनै राख्न सिफारिस गरे । त्यतिखेर कृषि, इण्ड्रष्टियल आर्ट, सेक्रेटेरियल साइन्स, होम इकोनोमिक्सलाई व्यावसायिक विषयका रूपमा राखियो । अहिले पनि अमेरिकाको व्यावसायिक शिक्षा यिनै चार वटा विषयमा केन्द्रित छ । उक्त नीति आफैंमागलत नभए पनि त्यतिबेलाको नेपाली परिवेश भने त्यस्तो नीति अनुकूलको थिएन । किनकि त्यतिबेला नेपाली श्रमबजार नै तयार भइसकेको थिएन । उद्योग धन्दा पनि फस्टाइसकेका थिएनन् ।

अहिले नेपाली समाज को अनिवार्य आवश्यकता बनिसकेको छ व्यावसायिक शिक्षा । त्यसका ठोस आधार र कारणहरू छन् । पहिलो , हराम्रो श्रमबजार विस्तारित भइसकेको छ । नेपालमा निर्माण उद्योगको विकास उत्साहजनक नभए पनि सेवा क्षेत्र बुमिङ्ग नै भएको छ । वित्तीय संस्थाहरूको त बाढी नै आएको छ । पर्यटन क्षेत्रमा पनि प्रगति नै भइरहेको छ । रेस्टुरेन्टहरूको विस्तार पनि उल्लेख्य रूपमा भएको छ । दोस्रो, नेपाली युवा जनशक्तिको महत्वपूर्ण हिस्सा अन्तर्राष्ट्रिय श्रमबजारमा खपत भइरहेको छ । अहिले हाम्रा मानिसहरू अरब, दक्षिणकोरिया, मलेशिया, इजरायल देखि युरोप र अमेरिकासम्म गएका छन् । करिब १५ लाखको हाराहारीमा मानिसहरू बाहिर गएका छन् । तीमध्ये कम्तीमा ८० प्रतिशत अदक्ष हुने गर्छन् । त्यसैले उनीहरू न्यून पारिश्रमिक पाउने कामका लागिगइरहेका छन् । यदि तिनीहरू मध्यमस्तर को सीप हासिल गरेर विदेश गएका हुन्थे भने तिनले अहिलेको तुलनामा धेरै नै कमाउथे । त्यो पैसा यहाँ आउँदा देशकै अर्थव्यवस्थालाई ठूलो टेवा पुग्न सक्थ्यो ।

तेस्रो, नेपालको शिक्षाको प्रभावकारिताको स्तर निकै तल छ । यसको आन्तरिक र बाह्य सक्षमता दर पनि त्यस्तै हालतमा छ । कक्षा एकमा भर्ना भएका केटाकेटीमध्ये थोरैले मात्र समयमै स्कूलको पढाइ पार ल गाउँछन् भने धेरैले चाहिँ कक्षा दोहोर्याउने गर्छन् । पढाइ नै छाडेर हिँड्ने केटाकेटीको सङ्ख्या पनि कम छैन । पास गर्नेहरूसँग पनि गरिखाने सीप हुँदैन । फलस्वरुप उनीहरू केवल सरकारी जागिर वा त्यस्तै सजिलो काममा लाग्न चाहन्छन् । सीप नभएपछि यस्तो हुनु अस्वाभाविक पनि होइन । अर्कोतिर हराम्रो शिक्षाले मानिसलाई श्रमप्रति आदर गर्ने भन्दा कामै न गर्ने बनाइरहेको छ । अहिले पनि करिब ६० प्रतिशत नेपालीहरूको मुख्य पेशा कृषि छ । तर पढे–लेखेको नयाँ पुस्ता त्यहाँ श्रम गर्न मन पराउँदैन । बरु उनीहरू त्यसै बस्न रुचाउँछन्, खेतबारीमा बाबुआमासँग काम गर्न जान मन गर्दैनन् । तर यो देशको साँच्चै विकास गर्न नयाँ पुस्तालाई हात र दिमाग दुवैले उत्तिकै काम गर्न सक्ने बनाउनु आवश्यक छ । त्यसका लागि माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीमा पढाइसँगै काम गर्ने र सिक्ने संस्कृतिको विकास गराउनु आवश्यक छ । किनकि यो नै त्यसनिम्ति उपयुक्त समय हो ।
चौथो, कक्षा १ मा भर्ना भएकामध्ये ७० प्रतिशत केटाकेटीहरूले कक्षा १० उत्तीर्ण न गर्दै स्कूल छाड्छन् । कक्षा १२ मा पुग्दा त पढाइ छाड्नेको सङ्ख्या ८० प्रतिशत नाघ्छ । कक्षा ११ मा भर्ना भएकामध्ये करिब ३३ प्रतिशतको हाराहारीमा मात्र कक्षा १२ उत्तीर्ण गर्दा रहेछन् । पूरक वा दोहोरयाएर जाँच पास गर्ने को सङ्ख्या पनि धेरै छैन । उच्च माध्यमिक तहमा पुगेर रोकिने युवायुवतीहरूको यति ठूलो सङ्ख्या जो उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय जाँदैन, तिनीहरूलाई गरिखाने कुनै सीप त चाहिन्छ नै । माध्यमिक तथा उच्च माध्यमिक तहमा व्यावसायिक शिक्षा दिने हो भने उनीहरूले त्यस्तो सीप प्राप्त गर्न सक्छन् । तर अहिले यस्ता युवायुवतीका हातमा न सीप छ, न त अवसर नै । त्यसै कारण माध्यमिक तथा उच्च माध्यमिक तहमा व्यावसायिक शिक्षा अपरिहार्य भएको हो ।

सबै मानिसले विश्वविद्यालय तहको शिक्षा लिनुपर्छ भन्नेगलत सोचाइ हराम्रो समाज मा व्याप्त छ । अर्थात् हराम्रो लगाव सिङ्गल ट्रयाक सिष्टम मा छ, मल्टी ट्रयाक मा होइन । तर यथार्थमा सिक्ने कुरा जीवनका प्रत्येक पल र प्रत्येक क्षेत्रमा उत्तिकै हुन्छ, विश्वविद्यालयका कक्षाहरूमा मात्र होइन । जहाँ जुन तरिकाले सिके पनि त्यो ज्ञान हो, योग्यता हो । पाइन्टको पछाडि कापी हालेर विश्वविद्यालय वा कलेज गएका भरमा हासिल गरेको डिग्री चाहिँ ‘योग्यता’ हुने, भलै उसले रराम्रोसित एक वाक्य लेख्न नजानोस्, तर आफ्नै अनुभवबाट वा अनौपचारिक तरिकाले वा तालिम इन्स्टिच्युटबाट सिकेको सीप तथा ज्ञानलाई चाहिँ योग्यता नै नमान्ने हालको सोच बदलिनु जरुरी देखिन्छ । जहाँ जसरी सिकेको भए पनि हासिल गरेको ज्ञान तथा सीपलाई मान्यता दिने परिपाटीको सुरुआत गर्ने काम ‘मल्टी ट्रयाक सिष्टम’ले गर्द छ । व्यावसायिक शिक्षा पनि यही ‘सिष्टम’अन्तर्गत पर्दछ ।
२०२८ सालको शिक्षा नीतिले व्यावसायिक शिक्षालाई अनिवार्य तुल्याएर ठूलो गल्ती गरेको थियो । किनकि सबै मानिसले व्यावसायिक शिक्षा लिनु आवश्यक नै हुँदैन । त्यसैले व्यावसायिक शिक्षालाई ऐच्छिक बनाइनुपर्छ, व्यक्तिको रोजाइमा छाडिदिनुपर्छ । व्यावसायिक शिक्षा पढेकाहरूमध्ये कैयन्ले त उच्च शिक्षा पनि हासिल गर्न चाहन्छन् । त्यसैले व्यावसायिक शिक्षा लिए पनि उच्च शिक्षा हासिल गर्नका लागि ज्ञान तथा सीपको पर्याप्त पूर्वाधार स्कूलमै बनाइदिनुपर्छ । त्यसको लागि गणित, अन्तर्राष्ट्रिय भाषाको रूपमा अङ्ग्रेजी, राष्ट्रिय भाषाको रूपमा नेपाली, वैज्ञानिक समझ्दारीका लागि विज्ञान विषयमा रराम्रो जग तयार गरिदिनुपर्छ । यस बाहेक नेपाली समाज को आवश्यकतानुसारका अरू केही विषयहरू पनि थपिन सक्छन् । व्यावसायिक शिक्षाअन्तर्गत के विषय लिने भन्ने बारेमा पनि विद्यार्थीलाई नै खुला छाडिदिनुपर्छ । बरु उनीहरूलाई ‘करियरगाइडेन्स’को आवश्यकता पर्दछ । त्यो सेवा रराम्रोसित दिनुपर्दछ ताकि उनीहरूले आफ्नो रुचि र बजारको आवश्यकताकाबीच रराम्रो तालमेल गरेर अगाडि बढ्न सकून् ।

पर्याप्त पूर्वाधार र तयारीविना व्यावसायिक शिक्षा शुरु गर्नु हुँदैन । अहिले पनि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट को कोर्स पढाइ भइराखेको छ । यो कोर्स अन्तर्गत पढेका विद्यार्थीहरूलाई प्राक्टिकलका अलावा होटलहरूमा इन्टर्नसीपको पनि आवश्यकता पर्छ । यी दुवै कुरा कामचलाउ हिसाबले होइन, साँच्चिकै स्तरीय तरिकाले सम्पन्न भएको हुनु आवश्यक छ । तर व्यवहारमा हामीले त्यो मापदण्ड अनुसार शिक्षा दिएका छौं कि छैनौं भन्ने नै खुला प्रश्नको रूपमा रहेको छ । दोस्रो कुरा , यसरी होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरूले १२ कक्षा पास गरिसकेपछि यही क्षेत्रमा काम गर्दैछन् कि छैनन् ? काम गरेका छन् भने बेसै भयो । छैनन् भने समय र लगानी दुवै खेर गयो । सानै सही तर यही क्षेत्रमा काम गरेका छन् भने कोर्स व्यावहारिक छ, यसलाई अझै अद्यावधिक गरेर अगाडि बढाउनुपर्छ । होइन, यो क्षेत्रमा काम गरेका छैनन् भने होटल म्यानेजमेन्ट विषय पढाउनु को सार्थकता हुँदैन । ज्ञान र सीपयुक्त बनाएर सम्बन्धित क्षेत्रमा गरिखाने बनाउन सकिने गरी मात्र व्यावसायिक शिक्षा दिनुपर्छ । पढाउन चाहिँ पढाउने तर गर्न केही नसक्ने खालको जनशक्ति उत्पादन गर्नु को कुनै तुक हुँदैन । त्यसैले पर्याप्त भौतिक तथा शैक्षिक पूर्वाधारको अपरिहार्यतामा जोड दिइएको हो ।

स्कूलस्तर मा कठिन र महँगा प्राविधिक तालिम दिन हराम्रो जस्तो देशमा सम्भव छैन । त्योस्तर को लगानी गर्न नेपाली सरकार र समाज दुवै सक्षम छैन । त्यसैले मेरो विचार मा नेपालमा ‘सफ्ट स्किल एसोसिएटेड’ व्यावसायिक शिक्षा दिइनु सबैभन्दा बढी व्यावहारिक हुन्छ । होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्र, एकाउन्टिङ, कम्युनिटी मोविलाइजेशन लगायतका क्षेत्रमा बजारको माग र आवश्यकता हेरेर शिक्षा दिनुपर्छ । यसको लागि धेरै ठूलो वर्कसप पनि चाहिँदैन र पर्याप्त अभ्यास गर्ने अवसर पनि मिल्छ ।
माध्यमिक तहको शिक्षामार्फत युवाहरूमा व्यवसायमुखी अवधारणा र उद्यमशीलता विकास गरिनुपर्छ । उनीहरूलाई विद्यालय तहमै व्यवसायको अवधारणा, नयाँ व्यवसायको थालनी र सञ्चालन, व्यावसायिक प्रस्तावको तर्जुमा; बजारको खोजी र प्रवद्र्धन, आर्थिक स्रोतको खोजी र परिचालन, व्यवसायको समग्र व्यवस्थापन लगायतका कुरा हरूमा सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक तवरमा आत्मविश्वास जगाउने खालको शिक्षा पनि दिनुपर्छ । जसले गर्दा स्कूल तहको शिक्षा पूरा गरिसक्नासाथ केही गर्ने अठोट भएका नवयौवनाहरूले नयाँ व्यवसायको सुरुआत गर्न सकून् ।

अझ् बेरोजगारीले आक्रान्त नेपाली समाज मा स्वरोजगारीको ठूलो खाँचो छ । त्यसनिम्ति स–साना उद्यमी जन्माउने अभियान नै सञ्चालन गर्नु जरुरी छ । दशौं लाख त्यस्ता व्यवसाय सञ्चालन गर्न सकिन्छ जहाँ पाँच देखि बीस–पच्चीस जनाले काम पाऊन् । मध्यमस्तर को कमाइ होस् । ब्याङ्कले पनि जग्गा धितो राखेर होइन उद्यमीको सीप र प्रस्तावमा लगानी गर्नु पर्छ । केही वर्षमै ब्याङ्कको ऋण पनि चुक्ता हुन्छ, व्यवसाय पनि फस्टाउँदै जान्छ । आफूले पनि कमाउँदै जाओस्, अरू केही मानिसलाई रोजगारी पनि देओस् ।

स्कूल तहमा सिकेको प्राविधिक तथा व्यावसायिक शिक्षामा अनुभवसँग थप ज्ञान हासिल गर्न चाहनेलाई खुला सिकाइ मोडअन्तर्गत भोलि विश्वविद्यालयको तहको शिक्षा पनि दिन सकिन्छ । यसो गर्दा व्यवसाय पनि हुने, पैसा पनि कमिने र सँग सँगै पढाइ पनि हुँदै जान्छ । अबको नेपालले लिनुपर्ने बाटो यही हो । तर हामी अब जे गर्छौं पूरा साधन–स्रोत लगाएर अघि बढ्नुपर्छ । प्रतिबद्धता र इमान दारीका साथ काम गर्नु पर्छ । तयारी रराम्रो हुनुपर्छ । सुरुआत थोरै विद्यालयबाट गर्नु पर्छ । एक साथ धेरै जिल्लामा होइन, बरु रराम्रो तयारीसहित एउटा जिल्लाबाट काम शुरु गर्नु पर्छ । पाँच वर्ष त्यसमा केन्द्रित भएर लगानी गरे पछि हामी त्यस्तो जनशक्ति उत्पादन गर्न सकौं जसलाई श्रमबजारले उत्साहका साथ स्वागतगरोस् । सुरुआती चरणका विद्यालयमा सफल भएपछि मात्र अन्यत्र विस्तार गर्नु पर्छ । रराम्रो पूर्वाधार, राम्रा शिक्षक, रराम्रो तालिम, रराम्रो उत्पादन– माध्यमिक र उच्च माध्यमिक तहमा व्यावसायिक शिक्षालाई सफल बनाउने सूत्र यही हो ।

‘स्कूलमा व्यावसायिक शिक्षाको अवधारणा भनेको स्कूले उमेर समूहका केटाकेटीहरूलाई स्कूलमै व्यावसायिक शिक्षा दिने भन्ने हो । स्कूले उमेरभन्दा माथिका मानिसहरूलाई समेट्न सीटीईभीटीले ‘पोस्ट स्कूल’को तयारी गर्नु पर्छ । १८ वर्ष उमेर पार गरेका र बीचमै स्कूल छाडेर हिँडेकालाई सीप तथा ज्ञान दिने काम उसैको हुनुपर्छ । यसलाई उच्च तहमा खुल्ला पद्धतिबाट समेत प्राविधिक शिक्षा दिने विश्वविद्यालयको रूपमा विकसित गर्न सकिन्छ । यसै पनि आजको संसारमा अब ‘एकेडेमिक’ र ‘नन्–एकेडेमिक’ भन्ने शास्त्रीय बहसको सान्दर्भिकता सकिएको छ । मुख्य सवाल उसले जानेको छ कि छैन भन्ने हो । जहाँबाट सिकेको भए पनि जानेको छ भने पुगिहाल्यो । तर त्यो ज्ञान तथा सीपले मान्यता चाहिँ पाउनै पर्छ ।

commercial commercial commercial commercial